Saturday 2 November 2013

'तिहार बिसेष धमाका २०१३' सांस्कृतिक कार्यक्रम सम्पन्न

१ नोभेम्बर २०१३, पर्बत सेवा समाज युएई द्वारा आयोजित 'तिहार बिसेष धमाका २०१३, कार्यक्रम बर दुबई स्थित इम्पेरिअल सुइट होटल मा भव्यताका साथ् सम्पन्न भएको छ ! उक्त कार्यक्रममा नेपाल बाट आउनु भएका चर्चित लोक गायक बिमलराज क्षेत्री को बिसेस प्रस्तुति रहेको थियो भने दुबईबासि कलाकारहरुले आफ्नो आफ्नो कला प्रस्तुत गरि दर्सकहरुलाई नचाएर बिदेसमा रहेर पनि आफ्नो कला संस्कृतिलाई बचाउनु पर्छ भन्ने संदेसका साथ मनोरंजन गराउन सफल हुनु भएको थियो उक्त कार्यक्रमको सभापतित्वो यसै पर्बत सेवा समाजका अध्यक्ष्य मणि प्रसाद भुर्तेल ले गर्नु भएको थियो र बिसेस

Saturday 26 October 2013

मोटोपनाले बढाउँछ पत्थरीको डर

मोटोपनालाई रोगको घर पनि भनिन्छ । मोटोपनले खासगरी मुटु तथा रक्तरोगको खतरा बढाउने बताइन्छ । हृदयाघात, उच्च रक्तचाप, मधुमेह आदि बढि मोटोपनाका कारण हुने समस्या हरु हुन् । तर मोटोपनाका नकारात्मक असर यतिमा मात्र सिमित छैनन् ।
पछिल्लो अध्ययनले मोटोपनाले खासगरी किशोर किशोरीहरुमा पित्तथैलीको पत्थरीको खतरा बढाउने तथ्य समेत पत्ता लगाएको छ । अमेरिकामा गरिएको अध्ययनले सरीर बढि तौल भएका किशोरकिशोरीहरुमा पित्तथैलीको पत्थरीको समस्या बढि भएको देखिएको हो ।
१० देखि १९ वर्ष उमेरका ५ लाख १० हजार बालबालिका तथा किशोरकिशोरीमा यस्तो अध्ययन गरिएको थियो । यसक्रममा सरीरको तौल बढि भएकाहरुमा पत्थरीको समस्या ठीक्क तौल भएकाहरुमा भन्दा दोब्बर बढि पाइयो भने अझ मोटोपनाले सताएकाहरुमा पत्थरीको समस्या झनै उच्च भएको पाइयो ।

Tuesday 22 October 2013

सासु आमालाई बुहारीले फुरुक्कै पार्ने ९ सुत्र

हाम्रो समाज तथा संस्कारमा सासु आमालाई मिल्नै नसक्ने जात पनि भनिन्छ । परम्परावादी समाजमा धेरै हदसम्म यो लागु पनि हुन्छ । सासुको शक्ति छँदासम्म बुहारीलाई निकै हेप्ने र बुहारीको पालो आएपछि सासुलाई साटो फेर्र्ने चलन हुन्छ । तर घर परिवारलाई सफल, शान्त तथा सुलक्षणयुक्त बनाउन भने सासु बुहारीको सम्बन्ध सुमधुर हुनुपर्छ । यसका लागि सासु र बुहारी दुबैले भूमिका खेल्नर्पर्छ ।
वास्तवमा छोराको बिहे भैसकेपछि जो कोही आमाको मनमा एउटा सन्देह हुन्छ कि छोरा अब बुहारीको भयो, मेरो मतलब गर्दैन, बुहारीकै कुरा सुन्छ । त्यसकारण पनि आमाको छोरा बुहारीप्रति एउटा आशंका वा पर्वाग्रह रहन्छ । यो शास्वत सत्यलाई छोरा बुहारीले मनन गर्दै त्यस्तो आशंका दूर गर्ने र आमालाई भरपूर माया गर्ने गर्नुपर्छ र कुरा बुझाउने प्रयास गर्नुपर्छ । यसमा बुहारीको ठूलो हात हुन्छ । सासुलाई खुसी पार्नका लागि बुहारीहरुले अपनाउनुपर्ने १० काइदा यस्ता छन् 

Thursday 26 September 2013

"मलाइ राजनिति भन्दा समाजसेवामा रुचि छ"

रेखा थापा - नायिका
विगत लामो समय देखि नेपाली रजतपटमा जगमगाएकी नायिका रेखा थापाको नेपाली चलचित्र क्षेत्रमा एउटा विशिष्ट परिचय छ । डेढ सय भन्दा बढी चलचित्रमा भुमिका निर्वाह गरेकी थापाले आफ्नै निर्माणमा ९ वटा चलचित्र निर्माण गरिसकेकी छन्, समसामयिक बिषय संग सम्बन्धित रहेर मुकुन्द ढुंगानाले नायिका रेखा थापासंग गरिएको कुराकानी –
के गर्दै हुनुहुन्छ आजकल ?
आजकल म मेरो नयाँ फिल्म कालीमा व्यस्त छु । काली असोजको २५ गते दर्शकहरुमाझ आउदैछ । रेखा फिल्मसले सधै दशै ताका फिल्म रिलिज गर्दै आएको छ! 
तपाईको जन्मस्थान र बाल्यकालका विषयमा केहि बताइदिनुहोस न् ?
म मोरङमा जन्मिएको हुँ । बाल्यावस्था मेरो मोरङमा नै बित्यो । १५ बर्षको उमेरबाट म काठमाडौ निवासी भए ,कतिखेर काठमाडौको हावापानीले छोयो थाहा नै भएन् । बाल्यकाल सामान्य तरिकाले नै बित्यो । 

Friday 9 August 2013

पर्बत जिल्ला मा रहेका ५८ गा. बि. स. हरु यस प्रकार छन् !

१. आर्थर डाडाखर्क
२. बाच्छा
३. वाहाकी ठाटी
४. बाजुंग
५. बालाकोट
६. बनौ
७. बास्खर्क
८. बेहुलिबास
९. भंगारा
१०.भोक्सिंग
११.भोर्ले
१२.भूक देउराली
१३.भुक्तान्गले
१४.बिहादी बराचौर
१५.बिहादी रानीपानी
१६.बितालावा पिपल्टारि
१७.चित्रे
१८.चुवा
१९.देउपुरकोट
२०.देउराली
२१.देवीस्थान
२२.धाइरिङ्ग
२३.दुर्लुङ्ग
२४.फलामखानी
२५.फलेबास देवीस्थान
26फलेवास खानिगाउ
२७.होस्रान्ग्दी
२८.हुवाश

Saturday 20 July 2013

पर्बत सेवा समाज युएई - दूबई को क्षत्रीय समिति गठन कार्यक्रम सम्पन्न

जुलाई १९ , २०१३ 
पर्बत सेवा समाज युएई - दूबई को क्षत्रीय समिति गठन कार्यक्रम येही  शुक्रबार १९ जुलाई २०१३ का दिन बर दुबई स्थित मेट्रो पार्कमा सम्पन्न भएको छ उक्त गठन कार्यक्रमको सभापतित्व यसै पर्बत सेवा समाज युएईका केन्द्रिय अधक्ष्य श्री मणि प्रसाद भुर्तेल ले गर्नु भएको थियो भने पर्मुख अतिथिमा सल्लाहकार श्री कृष्ण भुसाल रहनु भएको थियो यसैगरी अतिथिहरुमा केन्द्रिय समितिका महासचिब पुरुस्वोत्तम सुबेदी, सचिब सरोज जी सी, कोसध्य्क्ष्य परसुराम पौडेल सह-सचिब रेशम श्रेष्ठ, सदस्यहरु राजु तिवारी, किसन पुलामी मगर, राम प्रसाद लामिछाने, बेद्नाथ आचार्य, श्रीमती शान्ति काफ्ले लगाएत को उपस्थिति रहेको उक्त गठन कार्यक्रम मा केन्द्रिय समितिका सदस्य लगाएत नबनिर्बाचित कार्य समितिका सदस्यहरुको साथसाथै उपस्थित सबैमा परिचयात्मक कार्यक्रम गरिएको थियो भने आतिथिहरु बाट यस पर्बत सेवा समाज युएई को लक्ष्य उदेश्य लगाएत का बिसयमा जानकारीका साथै अन्तरक्रिया कार्यक्रम गरेर गठन कार्यक्रम सम्पन्न गरिएको थियो !

Saturday 29 June 2013

पर्बत सेवा समाज युएई को परिचयात्मक कार्यक्रम सम्पन्न !


२८ जुन, २०१३ - पर्बत सेवा समाज युएई द्वारा आयोजित युएईमा रहेका विभिन्न संघ संस्था संगको परिचयात्मक कार्येक्रम बरदुबई स्थित एभरेस्ट होटेल मा येही शुक्रबार २८ जुन २०१३ का दिन भव्यताका साथ सम्पन्न भएको छ ! उक्त कार्येक्रमको सभापतित्व यसै पर्बत सेवा समाज युएईका अध्यक्ष्य श्री मणि प्रसाद भुर्तेल ले गर्नु भएको थियो भने प्रमुख अतिथिमा नेपाली समाजका भूपू अध्यक्ष्य यम तमु रहनु भएको थियो र कार्येक्रमको संचालन महासचिब पुरुस्वोत्तम सुबेदी ले गर्नु भएको थियो ! कार्येक्रमको सुरुवात  अतिथिहरुको आसन ग्रहण को साथै ब्याज वितरण गरेर गरिएको थियो भने कार्येक्रमको स्वागत मन्तब्य श्रीमती बिष्णुमाया सुबेदीले दिनु भएको थियो !

Tuesday 25 June 2013

सूर्य किरणको सम्पर्कमा आउनाले दीर्घायु

नियमित रूपमा सूर्य किरणको सम्पर्कमा आउनाले बेफाइदा त नहुने होइन, फाइदाचाहिँ बढी हुन्छ । सनबाथ गर्दा वा अरू किसिमले सूर्य प्रकाशको उपभोग गर्दा हृदयाघातको खतरा कम हुन्छ, रक्तचाप नियन्त्रित रहन्छ र लामो उमेर पाइन्छ ।
यो अध्ययन युनिभर्सिटी अफ इडेनबर्गका अनुसन्धानकर्ताहरूले गरेका हुन्, जसअनुसार मानिसको छाला सूर्य किरणको सम्पर्कमा आउँदा रगतमा नाइटि्रक अक्साइन नामक मिश्रण उत्पन्न हुन्छ । यो मिश्रणले रक्तचाप कम गर्न सघाउ पुर्‍याउँछ । सूर्य किरणको सम्पर्कमा आउनाले सम्पूर्ण स्वास्थ्य राम्रो हुन्छ । किनभने, रक्तचाप नियन्त्रित रहे छालाको क्यान्सर हुने जोखिम कम हुने अध्ययनमा उल्लेख छ । उसो त अब वैज्ञानिकहरू सूर्य प्रकाशको सम्पर्कमा बढी वा कम रहने व्यक्तिहरूको स्वास्थ्यमा कस्तो असर पर्छ भन्ने विषयमा पनि अनुसन्धान गर्ने तरखरमा छन् ।

Monday 24 June 2013

चिया पिउनुका फाइदै फाइदा,,,,!!!!!

teaचिया पिउन कसलाई पो मन लाग्दैन र ? साँच्ची चिया पिउने बानी कसैको लागि लत नै बनिसकेको हुन्छ ।
कसैले अलि आवश्यकता भन्दा बढि नै चिया पिउने पनि गर्छन् । आवश्यकता भन्दा बढि चिया पिउँदा त्यसले स्वास्थ्यमा नकारात्मक असर पूराउन सक्छ ।
तर सन्तुलित रुपमा चिया पिउनु स्वास्थ्यका लागि फाइदाजनक नै हुन्छ, जस्तै :
चिनी निकै कम राखेको वा राख्दै नराखेको चिया पिउनु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । दूध र चिनी नमिलाएमा त चिया पूरै क्यालोरी मुक्त नै हुन्छ जसका कारण मोटोपनाको समस्याबाट पिरोलिनु पर्दैन । चियाले सरीरमा पाचन प्रणालीलाई सुदृढ बनाउँछ । वजन घटाउन चाहने तथा मधुमेहका रोगीहरुका लागि गि्रन टी को नियमित सेवन उपयुक्त हुन्छ ।
चिया पिउँदा सरीरमा पानीको कमी पूरा गर्न मद्धत मिल्छ ।

Sunday 23 June 2013

मोक्तान परिवारको एल्बम एकैचोटी

मोक्तान परिवारको एल्बम एकैचोटीगायिका कुन्ती मोक्तान र छोरीहरु शितल र सुवानी मोक्तानले एक साथ आफ्ना एल्बम सार्वजनिक गरेका छन्। शनिबार राजधानीमा आयोजित कार्यक्रममा गीतकार रत्नशमशेर थापा, राजेन्द्र थापा र शम्भुजित बास्कोटाले संयुक्त रुपमा 'हाम्रो भेट' र 'जुनी जुनीको लागि' विमोचन गरे। एल्बम 'हाम्रो भेट'मा भोला रिजालको शब्द, कुन्तीको स्वर र शिलाबहादुरको संगीत रहेको छ। कुन्तीको यो १३ औं एल्बम हो। 'जुनी जुनीको लागि' एल्बमका गीतहरु शितल र सुवानी आफैंले तयार गरेका हुन्। उनीहरुको यो तेस्रो एल्बम हो। 

Thursday 20 June 2013

यस्तो रहेछ काठमाडौंमा बन्ने २५ तले 'काठमाडौं टावर' (फोटो फिचर)

Kathmandu Tower
काठमाडौं महानगरपालिकाले पुरानो बसपार्कमा सुविधा सम्पन्न र प्रविधियुक्त 'काठमाडौं टावर' निर्माण गर्ने प्रक्रिया फेरि अगाडि बढाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाटो खोलेपछि निर्माण प्रक्रिया पुनः सुचारु हुने भएको छ । साढे २३ रोपनी क्षेत्रफल रहेको पुरानो बसपार्कको करिब १० रोपनीमा भवन  निर्माण गरिने छ । भुइँतलामा बसपार्क, अन्य माथिल्ला दुई तलामा हलुका सवारी साधनको पार्किङस्थल बनाइने छ । बाँकी जग्गामा सवारी साधन भित्रिने र बाहिरिने  ढोकालगायत विभिन्न आधुनिक प्रकारका मनोरञ्जन स्थल बनाइनेछ ।

Sunday 16 June 2013

पर्वतको माझफाँटमा ट्रक दुर्घटना तीन जना घाइते

पर्वत,३ असार । गृहलक्ष्मी ग्याँस बोकेर पोखराबाट बेनी जाँदैगरेको ग१ख ८४४ नम्वरको ट्रक आइतबार राति साँझ ८.३० बजे पर्वतको माझफाँट–२ लामाखेतमा दुर्घटना भएको छ ।सडकबाट करिव फिट तल कालीगण्डकी किनारमा ट्रक खस्दा त्यसमा सवार तीन जना घाइते भएका छन् । घाइते हुनेहरुमा तुलबहादुर राना, बेलबहादुर राना र केशव गुरुङ रहेका जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । ४ सय ४० वटा भरिएका ग्याँस सहितको ट्रक कालीगण्डकी किनारमा खसेपनि ग्याँसबाट अन्य कुनै दुर्घटना भने हुन नपाएको पर्वत अस्थाई प्रहरी चौकी पर्वत बेनीका इन्चार्ज एवं प्रहरी सहायक निरिक्षक केदारनाथ अधिकारीले बताए ।

नरहरि प्रेमीको.... तिमीले मुटु टुक्रा पारेउ ..........Latest Nepali Modern Song 2013



Wednesday 12 June 2013

एसएलसीमा सर्वोकृष्ट अंक ल्याउने अशिम

यस बर्षको प्रवेशिका परीक्षामा झापा बिर्तामोडस्थित लिटल फ्लावर्स आवासीय अंग्रेजी माध्यमिक बिद्यालयका विद्यार्थी असीम घिमिरेले सर्बोत्कृष्ट नतिजा ल्याएका छन् । सिम्बलनम्बर ००४४३६५-आइ का घिमिरे ८०० पुर्णाङ्कमा ७५१ नम्बर अर्थात ९३ दशमलव ८७ प्रतिशत नम्बर ल्याएर सर्बोत्कृष्ट दरिएका हुन् । उनले अंग्रेजीमा ९७, नेपालीमा ८५ गणितमा ९९, विज्ञानमा ९८ सामाजिक बिज्ञानमा ८२ स्वास्थ्य र जनसंख्यामा ९३ ऐच्छिकगणितमा ९७ र कम्प्युटरमा १०० नम्बर ल्याएको बिद्यालयका प्रशासन प्रमुख बिज्ञान खड्काले जानकारी दिएका छन् ।
दुई महिनादेखि राजधानीको शान्तिनगरस्थित डिसेन्ट ब्वाइज होस्टलमा बसेर बि्रजकोर्सा गरिरहेका असीमले आफुले ९० प्रतिशत नम्बर कट्ला भनेर सोचे पनि परिणाम त्यसभन्दा राम्रो आउँदा खुसस् लागेको कान्तिपुरलाई टेलिफोनमा बताए ।

एलएलसी प्रथमको दाबी

jai-hosकाठमाडौं : यस वर्षको एलएलसीमा छात्रतर्फ प्रसन्न नेपाल र छात्रातर्फ सरु श्रेष्ठले सर्वाधिक अंक ल्याएको दाबी गरेका छन् । नेपाल लिटिल एन्जल्स स्कुल ललितपुर र श्रेष्ठ ग्यास्ट स्टोन एकेडेमी भक्तपुरकी छात्रा हुन् । सिम्बोल नम्बर ०३२६९९१ ‘ओ’ रहेका नेपालले ८ सय पूर्णांकमा ७ सय ४९ अंक अर्थात् ९३ दशमलव ६२ प्रतिशत प्राप्त गरेका छन् । नेपालले अनिवार्य अंग्रेजीमा ९१, नेपालीमा ८५, गणितमा ९९, विज्ञानमा ९८, सामाजिक शिक्षामा ८४, स्वास्थ्य तथा जनसंख्यामा ९३, अतिरिक्त गणितमा १०० र कम्प्युटर विज्ञानमा ९९ नम्बर प्राप्त गरेका छन् । कक्षामा सधँै प्रथम हुने नेपालले सोचेभन्दा धेरै अंक ल्याएको बताए । ‘यति धेरै अंक ल्याउँछुजस्तो लागेको थिएन । ९० प्रतिशतजति ल्याउँछु भनेको थिएँ,’ उनले भने, ‘तैपनि आशा गरेभन्दा बढी अंक ल्याएँ, खुसी छु ।’ भविष्यमा डाक्टर बन्ने योजना रहेको नेपालले सुनाए ।

रेग्मी बने धौलागिरी टपर

पर्वत,  जेठ २९ गते । हिजो मंगलबार प्रकाशित प्रवेशिका एसएलसी परीक्षाको नतीजा अनुसार धौलागिरीका पर्वत, म्याग्दी र बागलुङ जिल्लाहरुबाट परीक्षामा सम्मिलित परीक्षार्थीहरुमध्य प्रारम्भिक अनुमान बमोजिम सर्वाधिक अंक प्राप्त गरी पर्वत जिल्लाको सदरमुकाम कुस्मा बजार स्थित आदर्श आवासीय माविका आलोक रेग्मीले ७४० अंक (९२.५ प्रतिशत) ल्याएर धौलागिरी टपर भएको पर्वत जिल्ला शिक्षा कार्यालयले जनाएको छ । जबकि पर्वत जिल्लामा यसबर्ष गत बर्षको तुलनामा १७ प्रतिशतले कम ३६ दशमलब २८ प्रतिशत बिद्यार्थी उर्तिण भएका छन् । यस बर्ष एसएलसी परिक्षामा सामेल भएका नियमित तर्फ १ हजार १ सय ४९ जना बिद्यार्थी उर्तिण भएका छन । उर्तिण बिद्यार्थी मध्ये बिशिष्ठ श्रेणीमा ६५ जना, प्रथम श्रेणीमा ३ सय ६६ जना, द्वितिय श्रेणीमा ६ सय ७४ जना र तृतिय श्रेणीमा जम्मा ४४ जना बिद्यार्थी उर्तिण भएका छन् ।

Thursday 6 June 2013

पर्बत सेवा समाज युएई को रस अल खैमा क्षत्रीय समिति गठन

६ जून २०१३ - पर्बत सेवा समाज युएई को रस अल खैमा क्षत्रीय समिति गठन कार्येक्रम सम्पन्न भएको छ उक्त गठन कार्यक्रमको सभापतित्वो पर्बत सेवा समाज युएई केन्द्रिय समितिका उपाध्यक्ष्य बिमल केसी ले गर्नु भएको थियो भने आतिथिहरु मा पर्बत सेवा समाज युएई क केन्द्रिय महासचिब तथा संगठन बिभाग प्रमुख पुरुषोत्तम सुबेदी, केन्द्रिय कोसाध्यक्ष्य परसुराम पौडेल, केन्द्रिय सदस्य खेम अधिकारी एबम पर्बतबाशी धर्मदत्त शर्मा रहनु भएको थियो भने उक्त गठन कार्यक्रम मा पर्बत सेवा समाज युएई को गठनको  लक्ष्य उद्स्य र काम कर्तव्यको बारेमा जानकारी गराइएको थियो !
पर्बत सेवा समाज युएई रस अल खैमा क्षत्रिय कार्य समितिमा अध्यक्ष्यखगेन्द्र अधिकारी, उपाध्यक्ष्य दिपक तिवारी, सचिब ख्याम

Tuesday 4 June 2013

धन लाभका लागी राशी अनुसारका रूद्राक्ष...

हिन्दु धर्ममा रूद्राक्षलाई निकै महत्वका साथ हेर्ने गरिन्छ । धार्मिक आस्थाका रूपमा रहेको रूद्राक्षले अलौकिक शक्ति प्रदान गर्ने विश्वास गरिन्छ । यस्तै, रूद्राक्षलाई आयुर्वेदिक औषधीमा समेत निकै उपयोगी हुने गर्छ । महाशिवरात्रीको दिनमा आफ्नो राशि अनुसार धारणीय रूद्राक्ष धारण गरेमा फलिफाप हुने धार्मिक विश्वास पनि रहेको छ । राशी अनुसार रूद्राक्ष प्रयोग गर्नाले धनको लाभ, परिवारमा सुख शान्ति, व्यापारमा बृद्धी हुने विश्वास गरिन्छ । त्यसैले राशि अनुसार रूद्राक्षको प्रयोग गर्नाले धनप्राप्ति हुनुकजो साथै जीवनमा सुख शान्ति पनि आउने विश्वास गरिन्छ ।
थाहा पाऔ कुन राशीका लागी कुन रुद्राक्ष प्रयोग गर्नु उपयुक्त हुन्छ ।

Monday 3 June 2013

छ दशक अघिको नेपाल ( भिडियोमा )

- छ दशक अघि नेपाल कस्तो थियो होला ? बुवा हजुरबुवाको समय हामी नाती पुस्ताले  कसरी थाहा पाउनु ? तरपनी मैले अनुभुती गर्न पाए । संग्राहलयमा  झुण्डाईएका फोटोहरु हेरेर हैन, आफ्नै आखाँले भिडियो देखेर । भर्खरै एउटा युट्युव भिडियो हेर्ने मौका मिल्यो । निकै रोचक एवं जानकारी मुलक भिडियो जसमा पुर्वदेखी पश्चिम नेपालसम्मको भौगोलिक अवस्था, मानिसको चालचलन, लवाई खुवाई प्रश्टै अनुभुती गर्न सकिन्छ ।

Tuesday 28 May 2013

गर्भावस्थामा मधुमेह - निको हुन्छ तर सावधानी आवश्यक

helthडायबेटिज (मधुमेह) एक किसिमको दीर्घरोग हो। रगतमा चिनीको मात्रा कम गर्ने हर्मोन इन्सुलिनको उत्पादनमा कमी आएर वा प्रभावकारिता कम भएर वा दुवैका कारण मधुमेह हुन सक्छ। सामान्यतः एकपटक मधुमेह देखिएपछि यसलाई नियन्त्रण गर्न सकिन्छ तर पूर्ण रूपले निको बनाउन सकिँदैन। गर्भावस्थामा देखिने मधुमेह
(जेस्टेसनल डायबेटिज) भने शिशुको जन्मसँगै निको हुन्छ। त्यस्ता महिलामा पुनः मधुमेह हुने सम्भावना भने उच्च हुन्छ।
गर्भावस्थामा मधुमेह कहिले पत्ता लाग्यो भन्नेबारे ठूलो मतान्तर छ। सन् १८२३ मा बेरलिन विश्वविद्यालयका एचजी बेनेविचले आफ्नो शोधपत्रमा २२ वर्षीया महिलाको गर्भावस्थामा देखिएको मधुमेहको लक्षणलाई पहिलो उल्लेख गरेका छन्। ती महिलामा धेरै तिर्खा लाग्ने, पिसाब लाग्ने तथा धेरै भोक लाग्ने लक्षण देखिएको थियो। परणिम, उनले १२ पाउन्डको मृत बच्चा जन्माइन्। त्यसबेला रगतमा ग्लुकोजको परीक्षण सम्भव नभए पनि पिसाबमा चिनी मापन गरेर मधुमेह ठहर गरिएको थियो।

Sunday 26 May 2013

आफ्नो सन्तानलाई जंगलमा ज्युँदै छाड्ने (निर्दई आमा)

Mina Pariyarकुनै आमाले आफूले जन्मदिएका सन्तानलाई जंगलमा ज्युँदै छाडेर पर पुरुषको अंगालोमा बाँधिन जान्छन भन्ने तपाईले कल्पना गर्न सक्नुहुन्छ ? तर यस्ता निष्ठुरी आमाहरु पनि हुन्छन जसले परपुरुषलाई खुसी पार्न बच्चालाई अनकण्टार जंगलमा फालेर हिड्न सक्दा रहेछन । चितवनको नारायणगढकी मिना परियार (पौडेल) आफ्नो ११ महिने छोरालाई पर्वतको मुडिकुवा गाविसमा पर्ने सिर्सुवाको जंगलमा छाडेर आफू भने रात विताउन प्रेमीसँग गइन् । प्रहरीले आफन्तको सहयोगमा बच्चा जंगलमा फालेको २० घण्टापछि जीवित उद्धार गरेको छ भने महिलालाई समेत नियन्त्रणमा लिएको छ । बागलुङ जिल्लाको पैञ्युपाटा ५ मा माइतीघरबाट आफ्ना प्रेमीलाई भेट्न पर्वतको फलेबास हिंडेकी मिनाले मंगलबार दिउँसो ४ बजे छोरा भिष्म पौडेललाई झाडी र भिरालो स्थानमा छाडेर हिंडेकी थिइन । मंगलबार दिउँसो शिशुलाई छाडेर फलेबासमा एक पुरुषसँग रात बिताएकी मिनालाई बुधबार दिउँसो सदरमुकाम कुस्माबजारमा एक्लै देखेपछि आफन्त र प्रहरीले बच्चाको खोजी गरेका थिए । खोजी गर्ने क्रममा बोकेको पछ्यौरामा बाँधेर छाडेको अबस्थामा झाडीमा बुधबार दिउँसो २ बजे प्र्रहरी र आफन्तले जिवीतै उद्दार गरेको जिल्ला प्रहरी निरीक्षक बिजयराज पण्डितले बताउनुभयो ।

Wednesday 22 May 2013

नायिका निशा अधिकारी सगरमाथाको चुचुरोमा

नायिका निशा अधिकारी सगरमाथाको चुचुरोमा
नायिका निशा अधिकारी आज बिहान ८ बजे सगरमाथा चुचुरोमा पुग्न सफल भएकी पर्यटन बोर्डका सम्पर्क अधिकृत सगरमाथा आरोही ज्ञानेन्द्र श्रेष्ठले बताएका छन्। अधिकारी चैत २७ गते काठमाडौंबाट सगरमाथा आरोहणको लागि प्रस्थान गरेकी थिइन्। उनीसँगै १२ जना टोली सगरमाथा आरोहणको लागि गएको थियो। अधिकारी आरोहीको सहयोगीको रुपमा सगरमाथा चुचुरोमा चढेकी हुन्। उनी भोली काठमाडौं आइपुग्ने बताइएको छ। श्रेष्ठका अनुसार यो सिजनमा ६ सय नेपाली सगरमाथा आरोहणका लागि गएका छन् । ती मध्ये हिजोसम्म २ सय जना चुचुरोमा पुगिसकेका छन् बाँकी यो हप्ताभरीमा पुग्न सक्ने उनले बताए। 'अब एक हप्ताभरी जोजो चुचुरोमा पुग्न सफल भए भए,' उनले भने, 'त्यसपछि नसक्नेले यो सिजनमा चढ्न सक्दैनन्। जुन लागेपछि हिउँ पग्लन थाल्छ। चढ्न सकिन्न।' यसैबीच सगरमाथाको चुचुरोमा पुगेर फर्किँदै गर्दा दुई विदेशी आरोहीको मृत्यु भएको छ । सगरमाथाबाट फर्किने क्रममा गएराति उनीहरुको मुत्यु भएको हो। बिना अक्सिन फर्किँदै गर्दा बंगलादेशका मोहम्मद खलिल हुसेन र कोरियाका सुङ हो सियोको सोमबार राति मृत्यु भएको पर्यटन मन्त्रालयले जनाएको छ।

Sunday 19 May 2013

डिप्रेसनमा प्रार्थना

आस्था र भक्ति सबैलाई काम लाग्ने विषय हो । डिप्रेसनले सिकार व्यक्तिका लागि त झन् अत्यावश्यक हुन्छ । भजनकीर्तन वा प्रार्थना डिप्रेसनले पीडित व्यक्तिको उपचारमा सहयोगी साबित हुन्छ । जर्नल अफ अफेक्टिभ डिजअर्डरमा प्रकाशित एउटा अनुसन्धान प्रतिवेदनमा यस्तै उल्लेख छ । त्यसमा भनिएको छ, 'डिप्रेसनले ग्रस्त व्यक्तिले अरू उपचारसँगै पूजापाठ पनि गर्ने गरे तिनीहरू छिटो निको हुन सक्छन् ।'
हार्वर्ड मेडिकल स्कुलको अनुसन्धानकर्ताहरूका अनुसार, ईश्वरमा आस्था राख्ने व्यक्ति मानसिक रूपले मात्र स्वस्थ रहँदैनन्, डिप्रेसनको उपचारको समय उनीहरूमा राम्रो परिणाम देखिनेसमेत गरेको छ ।
यो अनुसन्धानमा डिप्रेसन भएको १ सय ५९ व्यक्तिलाई एक वर्षसम्म निरीक्षण गरियो । हरेक रोगीलाई ईश्वरमा तिनको आस्था र यसको उपचारमा पर्ने असरबारे १ देखि ५ सम्म अंक दिन भनियो । ईश्वरमा कम आस्था राख्ने व्यक्तिमा उपचारको असर ईश्वरमा आस्था राख्नेको तुलनामा कम देखियो ।
बदाम र ओखरले तौल कम
ड्राइफ्रुटको सेवनले मोटोपना बढ्दैन । बरु तौल कम गर्न सघाउ पुग्छ ।

Monday 13 May 2013

बिहेमा ३० मिनेट नाचेको ८ करोड लिए साहरुखले

बलिउड नायक साहरुख खान निक्कै महंगा छन् । पाइलै पिच्छे साहरुखको लागि पैसा ओइरिन्छ । हालै मात्र बलिउड बादशाह खानले एक बिहेमा आधा घन्टा मनोरञ्जन दिएवापत ८ करोड लिएको बताइएको छ ।हालै मात्र दुबइमा भएको एक बिवाहा समारोहमा साहरुखले ३० मिनेट नाचेको ८ करोड लिएका छन् । साहरुखलाई यो कार्यक्रममा नाच्नका लागि निम्ता दुबइका एक धनाढ्य परिवारले गरेका हुन् । अहमद हसिम खूरी र मरियम ओथमनले साहरुखलाई ८ करोड वुझाएका हुन् ।
२ बर्ष अघिसम्म साहरुखले कुनै कार्यक्रममा नाचेको ४ करोड लिने गर्दथ्य । तर अहिले उनले आफ्नो पारिश्रमिक बढाएका छन् । साहरुखलाई गतबर्ष २५० वटा कार्यक्रमबाट निम्ता आएको थियो । तर उनले जम्मा १० वटा कार्यक्रममा मात्र भाग लिएका थिए । साहरुख बर्षमा १ अरब भारतिय रुपियाँ यस्तै कार्यक्रममा सहभागी भएर मात्र कमाउने गर्दछन् । साहरुख आफ्ना नजिक र व्यक्तिगत रुपमा चिनेका व्यक्तिहरुको कार्यक्रममा मात्र यसरी सहभागी हुने गर्दछन् । साहरुखलाई ८ करोड वुझाउने अहमद हसिम खूरी रियल इस्टेट र एयरलाइन्सको मालिक हुन् ।

Sunday 12 May 2013

मौसम आँपको

mango
फलफूलमा अबको मौसम हो आँपको । यसलाई फलको राजा भनिन्छ । शास्त्रमा यसलाई अमृत फल भनिएको छ । आँप काँचो होस् वा पाकेको, दुवैमा औषधीय गुण हुन्छ । आयुर्वेदका अनुसार, आँपका पाँचै अंग अर्थात् बोक्रा, जरा, पात, फल, फूल सबै काममा आउँछन् । पाकेको आँप गुलियो, वीर्यवर्धक, पौष्टिक, वायुनाशक, कान्तिदायक, शीतल, पित्तनाशक हुन्छ । आँपको सेवनले भोक पनि बढ्ने गर्छ । यसले मुटुलाई बलियो बनाउनुको साथै पित्तलाई नियन्त्रणमा ल्याउने काम गर्छ । आँप कफवर्धक पनि मानिन्छ । आँप चाउरी रोक्नसमेत प्रभावकारी मानिन्छ । पाकेको आँपमा प्रोटिन, बोसो, खनिज पदार्थ, कार्बोहाइड्रेट, क्याल्सियम, फोस्फोरस, फलाम, भिटामिन 'ए', 'सी' र 'बी' लगायत पाइन्छ । आँपको मुख्य घटक सर्करा हो, जुन विभिन्न फलमा ११ देखि २० प्रतिशतसम्म हुन्छ । आँपमा पाइने मुख्यतः चिनी त्यसको खानयोग्य खण्डको ६.७८ देखि १६.९९ प्रतिशतसम्म हुन्छ । ग्लुकोज र अन्य सर्करा भने १.५३ देखि ६.१४ प्रतिशतसम्म पाइन्छ । आँपमा टार्टरिक र मेलिक अम्लसमेत पाइन्छ । साइटि्रक अम्ल भने थोरै मात्रामा हुन्छ । यो अम्ललाई मानव शरीरले उपयोग गर्ने गर्छ । यो अम्ल शरीरमा क्षारीय सञ्चय कायम राख्न सहयोगी हुन्छ ।

कुकुर पाल्नेलाई मुटुरोगको सम्भावना कम

dog
अमेरिकामा गरिएको एक अध्ययनले कुकर पाल्ने मानिसलाई मुटुरोग लाग्ने सम्भावना कम हुने निश्कर्ष निकालेको छ । हृदयरोग सम्बन्धी अमेरिकाको ठूलो संस्था अमेरिकन हर्ट एसोसिएसनले गरेको अध्ययनले घरेलु जनावर पाल्ने मान्छेहरुमा मुटुरोगको सम्भावना कम हुने निश्कर्ष निकालेको हो । बिशेषगरी कुकुर पाल्ने मानिसहरुमा मुटुरोगको सम्भावना कम हुने बिहीबार सार्वजनिक गरिएको प्रतिवेदनमा भनिएको छ । घरेलु जनावरमध्ये पनि बिशेषतः कुकुर पाल्ने व्यक्तिहरु कुनै न कुनै रुपमा हिड्ने काम परिरहने र ती जनावरको उपस्थितिमा उनीहरुको तनाव पनि कम हुने भएकाले रोगको सम्भावना कम हुने अध्ययनको निश्कर्ष छ । एसोसिएसनले डा. ज्लेन एन लेभिन प्रमुख रहने गरी अध्ययन टोली गठन गरेको थियो । अवलोकन विधिबाट गरिएको अध्ययनमा बढी स्वस्थ मानिसहरुले यस्ता घरेलु जनावर राख्ने गरेको समेत भेटिएको छ । 'घरेलु जनावर पाल्दैमा मुटुरोग कम हुने होइन्', टोली प्रमुख डा. लेभिनले भनेका छन्,'तर, घरेलु जनावर राख्दा मानसिक, सामाजिक र शारिरीक कारणले गर्दा मुटुरोग लाग्ने सम्भावना कम हुन्छ ।' तथ्यांक अनुसार अमेरिकीहरुले ७ करोड कुकुर र त्यो भन्दा बढी बिरालो घरेलु जनावरको रुपमा पाल्ने गरेका छन् ।

धूमपानले ठूलो आन्द्राको क्यान्सर

smokeनयाँ अध्ययनअनुसार, धूमपानले महिला र पुरुष दुवैमा ठूलो आन्द्राको क्यान्सरको जोखिम बढाउने गर्छ । धूमपानले हुने बोसे आन्द्राको क्यान्सरको डर पुरुषभन्दा महिलामा बढी हुनेसमेत उक्त अध्ययनले औंल्याएको छ ।
वैज्ञानिक जर्नल 'अमेरिकन एसोसिएसन अफ क्यान्सर रिसर्च' मा उक्त अध्ययन गत साता प्रकाशित भएको हो, जसका मुख्य अनुसन्धानकर्ता नेपाली चिकित्सक डा. रञ्जन पराजुली हुन् । डा. एइवेन्ड बजरकोस, प्रा. ग्राम इगरसमेतको संलग्नतामा गरिएको उक्त अध्ययन डा. पराजुलीले अमेरिकन क्यान्सर सोसाइटीको यसपालिकै वाषिर्क सम्मेलनमा प्रस्तुत गरिसकेका छन् ।

Friday 10 May 2013

हत्केलाबाट तपाई आफ्नो भाग्य आफै पत्ता लगाउनु होस……..

शास्त्रका अनुसार संसारमा जति पनि मानिसहरु जन्मिएका छन्, उसको भाग्य जरुर रहेको हुन्छ । उ कति सम्म भाग्यमानी छ, या दुर्भाग्यशाली छ भन्ने कुरा उसको भाग्य रेखामा निर्भर रहेको हुन्छ ।हत्केलाको बीचको औंलाको ठिक मुन्तिरा शनि पर्वत रहेको हुन्छ, यसैलाई नै भाग्य मान्दछ । हत्केलाको जुनसुकै स्थानबाट यस्तो रेखा सो स्थानमा पुगेको छ भने त्यसलाई नै भाग्य रेखा भनिन्छ । जसको नाडीबाट सिधै शनि पर्वत अर्थात बिचको औला पट्टि गएको हुन्छ त्यो व्यक्ति धेरै नै भाग्यशाली रहेको हुन्छ । यस्ता व्यक्ति धेरै नै महत्वकांक्षी र लक्ष्यप्रति केन्द्रित रहेको हुन्छ । शनि पर्वत तिर गएको रेखा चोरी औलाको मुनिपट्टि बाडियो अर्थात गुरु पर्वत यानी हुदै गयो भने सो व्यक्ति दानी एवम परोपकारी हुन्छ । उनले उच्च पद र प्रतिष्ठा प्राप्त गर्दछ ।तर सर्त यो हो कि, यो रेखालाई अरु कुनै रेखा काटिएको हुनु हुदैंन । जुन स्थानमा भाग्य रेखा काटेको हुन्छ, जीवनको सोही समयमा त्यस व्यक्तिले संघर्ष र कष्टको सामना गर्नु पर्दछ । भाग्य रेखा लामो भएर बिचको कुनै बाटो बाहिर गयो भने परिश्रम गरेपनि सफलता भने कोसौं टाढा भईदिन्छ । बुढि औलाको मुनितिर जीवन रेखामा शुक्र पर्वत रहेको हुन्छ । हस्तरेखा विज्ञानका अनुसार, अब त्यस स्थानबाछ कुनै रेखा निक्लिएर शनि पर्वत पट्टि गयो भने विबाह पछि व्यक्तिको भाग्य उदय हुनेछ ।

Thursday 9 May 2013

आज आमाको मुख हेर्ने दिन

last२६ वैशाख, ममताकी प्रतीक आमाको आशीर्वाद लिने र सम्मान गर्ने दिनका रूपमा आज वैशाख कृष्णपक्ष औंसी नेपालीहरूले मातातीर्थ औंसी (मातृऔंसीका) रूपमा मनाउँदैछन् ।
आजका दिनलाई शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनीबाट शुभाशीर्वाद थाप्ने उल्लेख गरिएको पाइन्छ । छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्राराम्रा लुगा लगाउन र मीठा खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ ।

Wednesday 8 May 2013

फेसबुकबाटै मायालुको टुंगो

facebook-dating
प्रेमीप्रेमिकाको खोजिमा अनलाइनमा डेटिङ साइटमा घोत्लिनेहरुलाई अब फुर्सद मिल्ने भएको छ । अनलाइन डेटिङ प्रोफाइल बनाएर डेटिङमा गएर रमाइलो गर्नका लागि मात्र नभएर जिवन बिताउने जोडी खोज्ने चलन पश्चिमा समाजमा पर्याप्त छ र हाम्रोमा पनि यो ट्रेण्ड भित्रिइसकेको छ । तर अब भने यस्तो डेटिङ प्रोफाइलको झण्झटबाट मुक्ति मिल्ने भएको छ । किनकी एउटा यस्तो नयाँ वेबसाइट सार्वजनिक भएको छ जसले फेसबुकबाटै जोडी मिलाइदिनेछ । क्यानुडल डट कम नामक उक्त वेबसाइटले फेसबुक प्रयोगकर्ताको प्रोफाइल अध्ययन गरी अविवाहितहरुलाई मिल्दो जोडी जुटाइदिने प्रयास गर्नेछ । फेसबुक प्रयोगकर्ताले आफ्नो प्रोफाइलमा राखेको मनपर्ने चलचित्र, किताब, रुचीको विषय, ठाउँ जस्ता कुराहरुको अध्ययन गरी मन मिल्ने युवा युवतीबीच जोडि मिलाइदिने प्रयास उक्त वेबसाइटको हुने एक अस्ट्रेलियाली वेबसाइटले जनाएको छ । यो वेबसाइट ग्लोबल डेटिङ कम्पनी कुपिडले बनाएको हो । कुपिडका मार्क डटीका अनुसार यो नयाँ साइटले छिटो र सरल तरिकाले जोडी भेट्टाइदिनेछ ।

Tuesday 7 May 2013

घाम ताप्नूस्, स्वस्थ रहनूस्

आँगनभरि छरिएर रहेको शरीरलाई चाहिने पोषण तपाईं टिप्नुहुन्छ ? प्रायः हामी आफूनजिक र वरपिरि छरिएका राम्रा वस्तु/औषधी देख्दैनौँ। तर, जब त्यही वस्तु/औषधी विदेशबाट प्याकेटमा आउँछन्, तब हामी धेरै रकम खर्चेर किन्छौं। हो, त्यस्तै एउटा प्राकृतिक औषधी हो, सूर्यको किरण, जुन दिनको करबि १२ घन्टा हामीसँगै हुन्छ। तर, त्यो औषधी हो भन्ने हामीलाई ज्ञान नै छैन। त्यसैले तुलनात्मक रूपमा अन्यत्रभन्दा बढी घाम लाग्ने गरे पनि हामीलाई भिटामिन 'डी'को कमी भइरहेको हुन्छ। जबकि, भिटामिन 'डी' सूर्यको किरणबाटै पाइन्छ। भिटामिन 'डी' दाँत र हाडका लागि अति जरुरी हुन्छ। यसको कमीले शरीरमा क्याल्सियमको शोषण कम हुन्छ र विभिन्न शारीरकि समस्या निम्तिन सक्छ। भिटामिन 'डी'को कमीले बालबालिकाको हातखुट्टा बाँगिने समस्या 'रिकेट्स' हुन्छ। यसको कमीले विभिन्न किसिमका संक्रामक रोग पनि लाग्न सक्छ। गर्भवती महिलाको शरीरमा भिटामिन 'डी'को कमी हुँदा गर्भको बच्चाको स्वास्थ्यमा नकारात्मक असर पर्छ। भिटामिन 'डी' प्रकृतिमा सजिलैसँग पाइने भए पनि यसबाट निम्तिने समस्याचाहिँ उल्लेख्य छ। भारतको दिल्ली, मुम्बई, चेन्नई र हैदरावादमा २ हजार ५ सय स्त्रीरोग विशेषज्ञमाथि गरएिको एक अनुसन्धानमा ९५ प्रतिशतमा भिटामिन 'डी'को कमी पाइएको थियो। पेसाले चिकित्सक भएकाले उनीहरूको व्यस्त जीवन नै यसको कारक थियो। उनीहरू बिहानदेखि बेलुकीसम्मै घर, अफिस र मोटरमा मात्रै बस्ने र घामको सम्पर्कमा आउनै नपाउने भएकाले यस्तो समस्या आएको अनुसन्धानले देखाएको छ।

ढंग पुर्‍याएर चोरिएको कथा

manjari 'ओइ फोहोरी केटा, मलाई तिमी मनपर्‍यो ।' धनी गुन्डा बुबाकी एक्ली छोरी मन्जरी (सुजाता) ले मोटरसाइकल वर्कशपमा काम गर्ने फोहोरी केटा ईश्वर (गौरव) लाई मन पराउनु नै  फिल्म 'मञ्जरी' को मूलकथा हो । आर्थिकदेखि जातीयस्तरको बेमेलले गर्दा प्रेम जोडीबीच आइपर्ने अवरोध प्रायः फिल्मका चल्तीका मसला हुन् ।
'मञ्जरी' कथा सामान्य मात्रै नभई सन् २००८ को सर्वाधिक कमाइ गरेको बंगाली फिल्म 'चिरोदिनी तूमी जे अमर' बाट हुबहु उतारिएको हो । अभिमन्यु मुखर्जीको स्त्रिmप्ट रहेको बंगाली फिल्ममा मोटरसाइकल वर्कशपमै काम गर्ने सिलिगुडीको कृष्णको त्यहीँकी एक स्कुले युवती पल्लवीसँग आँखा जुध्दाजुध्दै घनिष्ठ प्रेम बस्छ । र, कृष्णले पल्लवीलाई भगाएर कोलकाता लान्छ । भगाउँदा प्रेमिकालाई घडी समेत फुकालेर -घरको केही पनि नल्याई) आउन भनेको कृष्णले सहरमा साथीभाइको सहयोगले बिहे गर्छ । तर केटीका गुन्डा प्रवृत्तिको बाबु र अंकलले भने उनीहरूलाई फेला पार्छन् र फिर्ता ल्याउँछन् । त्यसपछि फिल्मले दर्दनाक अन्त्य लिन्छ । निर्देशक गणेशदेव पाण्डेकै लेखन भनिएको फिल्म 'मञ्जरी' उक्त कथाबाट किञ्चित फरक छैन । फरक छ केवल पात्र, भाषा, स्थान र फिल्म युनिट ।

एसपी खरेलले स्टार बनायो

hero  प्रदेशी साहको परिचय तीन सातायता फेरिएको छ । वीरगन्ज १५ मुर्लीका २६ वर्षे तन्नेरीलाई सबैले 'एसपी खरेल' भन्छन् । भोजपुरी चलचित्र 'एसपी खरेलः द रियल हिरो' ले उनको परिचय र छवि बदलिदिएको हो । झन्डै एक दशकदेखिको संघर्ष अहिले सफल भएको मान्छन् उनी । 
भोजपुरी चलचित्र उद्योगमा नयाँ स्टारको -पमा छाएका उनी आशलाग्दा नायकको रूपमा पनि दरिएका छन् । 'पहिलो चलचित्रले नै पहिचान दियो,' प्रदेशीले भने 'म एसपी खरेलको भूमिकामा जमेकाले होला, मलाई आफन्त, इष्टमित्र, शुभचिन्तक, फ्यानले एसपी खरेल भन्न थालेका छन् ।' यहाँसम्म कि बसको टिकट, सभासमारोहका लागि होटलको कोठा बुक गर्दासमेत एसपी खरेल लेखिदिन्छन् रे । अहिले विवाहको सिजनमा उनलाई आउने निम्तोमा समेत एसपी खरेल उल्लेख हुन्छ ।  फ्यानले घेर्ने र अटोग्राफ माग्ने सिलसिला बढ्दै गएपछि अचेल उनी मास्क लगाएर हिँड्न थालेका छन् । 'फ्यानलाई निराश गर्न पनि सकिँदैन,' उनले भने, 'धेरै समय दिएर अल्भिmन पनि सकिँदैन ।'  दुई सातासम्म वीरगन्जमा चलेको आफ्नो फिल्मको दैनिक एक शो हेर्ने र आफूलाई हलबाट फोन गर्ने अज्ञात महिला फ्यानले त चकित नै बनाएको उनी दाबी गर्छन् ।

Monday 6 May 2013

कालीगण्डकीमा सञ्चालित जल यातायात बन्द

स्याङ्जाको मिर्मीस्थित देशकै ठूलो जलविद्युत् गृह कालीगण्डकी ‘ए’ को बाँध निर्माणका क्रममा बनेको जलाशयमा चल्ने जिल्लाकै एकमात्र जल यातायात (स्टिमर) स्थानीय क्लबको आन्दोलनका कारण अनिश्चितकालका लागि बन्द भएको छ ।
स्थानीय पिँढीखोला गाविस-८ स्थित जोगिमारामा रहेको जनसुधार युवा क्लबले विभिन्न चारसूत्रीय माग राखी आन्दोलनमा उत्रिएपछि आँधीमुहानदेखि सेतीवेणीसम्मको सात किलोमिटर जल यातायात अनिश्चितकालका लागि बन्द भएको हो । आन्दोलनका कारण स्टिमर बन्द हुँदा त्यस क्षेत्रका हजारौँ सर्वसाधारण मर्कामा परेका छन् । क्लबका अध्यक्ष टेकबहादुर क्षत्रीका अनुसार क्लबले स्टिमरमा यात्रा गर्दा अनिवार्य लाइफ ज्याकेटको व्यवस्था हुनुपर्ने, स्टिमर उपभोक्ता समिति गठन गरी यातायातको भाडा निर्धारण गर्नुपर्ने, क्षमताभन्दा बढी यात्रु हालेर यात्रा गराउन नपाइने, ३० किलो सम्मको सामान ढुवानी निःशुल्क गर्नुपर्ने, दृष्टिविहीन, अपाङ्ग, अशक्तहरूलाई विशेष छुटको व्यवस्था हुनुपर्नेलगायतका माग राख्दा स्टिमर सञ्चालक संस्था शिला शालिग्राम शिला जल यातायात व्यवस्थापन समितिले बेवास्ता गरेकाले आन्दोलनमा उत्रिएको हो ।

यु ट्युबले कोर्दैछ संगीतकर्मीको भाग्य

images
चर्चित भिडियो शेयरिङ साइट यु ट्युब इन्टरनेट प्रयोगकर्ताहरुको पहिलो रोजाइ त बनिरहेकै छ, यसले संगीतकर्मीको भाग्य र भविष्य समेत सुरक्षित पारिदिन थालेको छ । बजारमा संगीतको व्यापार घटिरहेका बेला संगीत साधकहरुका लागि यु ट्युब जिविकोपार्जन तथा प्रसिद्धिको माध्यम बन्न थालेको छ । यसले कतिपय गायकहरुलाई विश्वव्यापी शाख सिर्जना गरिदिएको छ । साइ, जस्टिन बाइबर तथा म्याकलेमर लगायतका गायकहरुले यु ट्युबमार्फत नै तहल्का मच्चाइरहेको उदाहरणले यो कुरा प्रष्ट पार्छ ।इन्टरनेट मार्फत संगीतको सशुल्क डाउनलोड, भिडियोसँगै अनलाइन विज्ञापन तथा प्रायोजनका साथै यु ट्युबमार्फत पाउने प्रसिद्धिका कारण हुने विश्वव्यापी कन्सर्ट उल्लेखित गायकहरुको कमाइको मुख्य आधार बनिरहेको छ । यु ट्युवमा संगीत सामाग्री साझेदारी विभागका निर्देशक विविन लेविटका अनुसार विश्वलाई संगीतको माध्यमबाट एकठाउँमा आबद्ध गर्न यु ट्युव उच्चतम प्लाटर्फम बनिरहेको छ ।

रिसाउनुपूर्व एकपटक सोचौं !

क्रोध मस्तिष्कमा उत्पन्न हुने एउटा आवेग हो। मस्तिष्कको संरचना नै यस्तो हुन्छ जसमा आवेग आइरहन्छ। आवेग दिमागमा दह्रो डेरा जमाएर बसेको हुन्छ र त्यो व्यक्तिको स्वभावको अङ्ग नै बनिसकेको हुन्छ। रिसको एउटै कारणका पछाडि दुई व्यक्तिका भिन्न-भिन्न प्रतिक्रिया हुन्छन्-कोही रिसले रातो-पिरो, भएर मर्ने-मार्नेसम्म उत्रन्छन् भने कोही त्यसलाई सरलताका साथ निवारण गर्छन्। यो भिन्नता व्यक्तिको मस्तिष्कमा बसेको संस्कारका कारण हो। मनको जटिलता पनि हाम्रो क्रोधी स्वभावको कारण हुनसक्छ। जब हाम्रो मस्तिष्क कुनै जटिलतामा अल्झन्छ, तब हामी त्यसको रिस अन्य व्यक्तिमाथि पोख्न खोज्छौं। रिसाउने अधिकांश कारण अत्यन्त सामान्य र साना हुन्छन्। कतिपय रिस त आधारहीन नै हुन्छन्। बिनाकारण पनि हाम्रो मस्तिष्कमा रिस आएर बस्न सक्छ। रिसका बेलामा राम्रो कुरा सोच्ने फुर्सद पनि हुँदैन। सबैभन्दा नराम्रो कुरा त आफ्नो रिस निर्दोष व्यक्तिमाथि पोख्नु हो। रिसको परिणाम कहिल्यै राम्रो हुँदैन। अफिसमा काम बिगारेर घर आएर छोराछोरीलाई गाली गर्नु अथवा घरमा झगडा गरेर स्कुल गै विद्यार्थीमाथि रिस पोखेका घटनाहरू हामीले सुन्दै, देख्दै अनि भोग्दै आएका छौं। रिसको यस्तो आवेगले कसैलाई फाइदा गर्दैन। रिसको घनिष्ट सम्बन्ध अस्थिरता, क्षणिकता, उद्वेग, अहंकार, असहिष्णुता आदि मनका अन्य विकारहरूसँग हुन्छ। रिसलाई मनभित्र दबाएर लामो समयसम्म राख्दा अझ ठूलो हानि हुन्छ।

नेपालले जित्यो आईसीसी वर्ल्ड क्रिकेट डिभिजन-३ को उपाधि

nepal-champion
नेपालले आईसीसी वल्डकप लिग डिभिजन थि्रको विजेता बनेको छ । बर्मुडामा नेपाली समयअनुसार आईतबार राति भएको खेलमा युगान्डालाई ५ विकेटले पराजित गर्दै उपाधि विजेता भएको हो ।
एक सय ५२ रनको चुनौति पाएको नेपालले ३९ दशमलब २ ओभर खेल्दै पाँच विकेटको क्षतिमा निर्धारित लक्ष्य पुरा गरेको थियो ।
जीत दर्ताका लागि सरद भेसवाकरले नटआउट ५० रन बनाए भने पृथु बास्कोटाले पनि नट आउट १९ रन बनाए । त्यस्तै प्रदीप ऐरीले ६० रन बनाएका थिए भने र विनोद भन्डारी र ज्ञानेन्द्र मल्लले ५/५ रन बनाएका थिए भने शिव खकुरेल ४ रन र पारस खड्का एक रन बनाएर आउट भएका थिए । खेल अवघिभर नेपालले ८ वटा वाइड पाएको थियो । अब नेपालले १० टोली समावेश विश्वकप क्लालिफायर खेल्नेछ। प्रतियोगितामा नेपालसँगै अफगानिस्तान, क्यानाडा, केन्या, स्कटल्यान्ड युगान्डा, हङकङ, पपुवा न्युगिनी, युएई र नामिबिया छन्।

नियमित दही खाने कि ?

महिनावारी भएका बेला सामान्य पेट दुख्नु स्वाभाविक हो तर कसै-कसैलाई यो बेला अत्याधिक पेट दुख्छ र नियमित कामकाज गर्न पनि गार्‍हो हुने हुन्छ। महिनावारीको यस्ता पीडाका कारण करिब ८० प्रतिशत महिला चिन्तित हुन्छन्। हालै गरिएको एक अध्ययनमा यस्ता पीडित महिलाहरूले दैनिक २ कप जति दही सेवन गरे करिब ४८ प्रतिशतमा पीडा कम भएको देखिएको छ। दहीमा पाइने क्याल्सियम तथा अन्य खनिज पदार्थले हार्मोनहरू -इस्ट्रेजेन र प्रोजेस्ट्रोन) को सन्तुलन कायम गर्ने एवं स्नायुहरूलाई पनि निस्क्रिय बनाउन मद्दत गर्ने विज्ञहरूको तर्क छ। नियमित दहीको सेवनले मानसिक तनाव पनि कम हुने उक्त  अध्ययनको निष्कर्ष छ।

मनको एउटा अवस्था हो, खुसी

मनको एउटा अवस्था हो, खुसी। हरेक मानिस खुसी रहन चाहन्छ तर सक्दैन। यद्यपि खुशी रहन केही उपाय अपनाउन सकिन्छ। सधै सकारात्मक सोचौं-नकारात्मक सोचाइले मानिसलाई दुःखी बनाउँछ। त्यस्तो सोच राख्नुको फाइदा पनि छैन। हँसिलो रहौं-हर वखत हासौं, मुस्कुराऔं। उदास किन हुने? जबकि यसवाट कुनै लाभ मिल्दैन। परिस्थिति जस्तोसुकै भए पनि मुस्कुराउनुपर्छ। 
चार्लिन च्याप्लिनबाट प्रेरणा लिउँ - बि्रटिस हास्य कलाकार चार्ली च्याप्लिनको निजी जीवन कष्टकर थियो। उनी गरिव पृष्टभूमिवाट आएका थिए। यद्यपि उनले आफ्नो निजी जीवनलाई कहिल्यै पर्दामा देखाएनन्। लाग्थ्यो, संसारमा उनीभन्दा खुसी अरू कोही छैनन्। परिस्थिति आउँछ, जान्छ-स्वाभाविक हो जीवनमा उतार चढाव आउँछ। यसबाट अत्तालिनु पर्ने कुनै आवश्यकता छैन। मनोबल बलियो बनाउनुपर्छ र हरेक किसिमको परिस्थितीसँग डटेर सामना गर्नुपर्छ। आफूले मात्र होइन, हरेकले यस्तो अवस्थाको सामना गर्नुपर्छ।

Saturday 4 May 2013

नेपाली समाज युएईको अध्यक्षमा कार्की

13rd May 2013, नेपाली समाज युएईको अध्यक्षमा ज्ञानेन्द्रवहादुर कार्की चयन भएका छन् । शुक्रबार दुबईको एभरेष्ट होटलमा सम्पन्न भेलाले कार्कीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।भेलाले उपाध्यक्षत्रयमा चन्द्र बिक्रम सारु, भिम अधिकारी र भेषराज ढकाल, कोषाध्यक्षमा गणेश न्यौपाने र महासचिवमा उमाकान्त पाण्डेलाई चयन गरेको छ ।
अध्यक्षता नेपाली समाज निर्वाचन समितिका संयोजक गोपाल कंडेलले गर्नु भएको थियो । विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, समाजसेवी, बुद्धिजीवि, आजीवन सदस्य र पत्रकारहरु अतिथि रहेको निर्वाचन भेलालाई उत्तम अधिकारीले संचालन गरेका थिए । अन्त्यमा वरिष्ठ समाजसेवी चन्द्र प्रसाद सापकोटा, पूर्वअध्यक्ष कृष्ण ढकाल लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले नवनिर्वाचित सबै पदाधिकारीहरुलाई शुभकामना दिएका थिए । राजु गुरुङले सम्पूर्ण संघ संस्थाहरु र उपस्थित सबैलाई धन्यबाद दिएका थिए । त्यस्तैगरी गोपाल कंडेलले निर्वाचनको लागि सहयोग पुर्‍याउने सम्पूर्ण सहयोगीहरुलाई धन्यबाद दिदै नेपाली समाज निर्वाचन समिति विगठन भएको घोषणा समेत गरेका थिए ।

हलमा शिरीषको फूल

film
पारिजातको चर्चित उपन्यास 'शिरीषको फूल' माथि बनेको फिल्ममाथि परेको रिटको फैसला फिल्मको पक्षमा गएपछि शुक्रबार राजधानीका हलहरूमा रिलिज भएको छ । जमिन फिल्मस्का सुरज मिश्र र उत्तम खत्रीले पुनरावेदन अदालत ललितपुरमा फिल्मको प्रदर्शन रोक्न माग गर्दै रिट हालेका थिए ।
न्यायाधीशद्वय टीकाबहादुर हमाल र रामचन्द्र यादवको संयुक्त इजलासले फिल्म क्रिएसन नेपालका गणेश लामा र चलचित्र विकास बोर्डको पक्षमा निर्णय गरेको हो । जमिन फिल्मस्ले सुरुमा पारिजात स्मृति केन्द्रसँग अनुमति लिए पनि सम्झौताअनुसार तीन वर्षभित्र फिल्म निर्माण नभएकोले इजाजत रद्द भएको थियो र त्यसपछि फिल्म क्रिएसन नेपालले इजाजत पाएको थियो ।

Monday 29 April 2013

आयो हरिवंशको आत्मकथा

haribngsa
 'किताब र पढाइ मेरा लागि सानैदेखि मन नपर्ने शब्द थिए, तर परिस्थितिले अहिले लेखक बन्न बाध्य भएँ,' अभिनेता हरिवंश आचार्यले आइतबार यसो भनिरहँदा श्रोताहरूबीच हल्का हाँसो फैलियो । उनी आफ्नो आत्मकथा सार्वजनिक भएपछि त्यसको रचनागर्भबारे बोल्दै थिए, जसमा हाँसो मात्रै छैन ।
'चिना हराएको मान्छे' को लोकार्पण व्यंग्य चित्रकार दुर्गा बराल (वात्स्यायन) ले हरिवंशबारेको कार्टुन अनावरण गरेर गरे । यसका लागि हरिवंश पत्नी मीराको दोस्रो पुण्यतिथिको अवसर पारिएको हो ।
पत्नी रमिलासाथ मञ्चस्थ हरिवंश दुःखी बढी र खुसी कम देखिन्थे । उनले पुस्तकबारे बोल्नुअघि आइतबार बिहान घरमा मीराको श्राद्ध गर्दाको क्षण सबैसँग साझा गरे । 'सधैं रातो रंगमा, सारीमा देख्थें मीरालाई,' उनले अवरुद्ध गलाले भने, 'तर, आज पहेंलो र सेतो रंगमा फोटो रंगाउनुपर्दा भावुक भएको छु ।' आफूलाई सफलता शिखरसम्म पुर्‍याउन मीराले गरेको योगदान सम्भ“mदै उनले आत्मकथा लेख्ने ठूलो साहस पनि उनकै प्रेरणा रहेको बताए । 'दुःख पोख्ने ठाउँ मीरा थिइन्,' उनले भने, 'यसरी कहिल्यै किताब लेखुँला भनेर सोचेको पनि थिइनँ ।'

Sunday 28 April 2013

एप्पलका ह्याकर गुगलमा जागिरे बन्दै

Apple-vs.-Google
सफ्टवेयरको दुनियाका कट्टर प्रतिद्धन्दी एप्पल र गुगलबीचको आपसी प्रतिस्पर्धामा अर्को अध्याय थपिएको छ । एप्पलको आइफोन र आइप्याडको अपरेटिङ सिस्टम आइओएस ह्याक गर्नका लागि निकै चर्चित सफ्टवेयर ‘जेलब्रेक’ निर्माण गरेर आइफोन ह्याक गर्ने ह्याकर निकोलस एलिग्राले गुगलमा छिर्ने भएका छन् । उनी प्रशिक्षार्थीको रुपमा गुगल कम्पनीमा प्रवेश गर्ने भएका हुन् ।
जेलब्रेक एउटा यस्तो सफ्टवेयर हो जसका माध्यमबाट आइफोन र आइप्याडका प्रयोगकर्ताहरुले आइओएस डिभाइसमा अर्को एप्लिकेसन पनि इन्स्टल गर्न सक्छन् ।
यस्तो चर्चित सफ्टवेयर बनाउने निकोलसले आफ्नो टि्वटर अकाउण्ट मार्फत आफु गुगलमा प्रशिक्षार्थीको रुपमा छिर्न थालेको खुलास गरेका हुन् । आफुले आउँदा केही हप्तामा गुगलमा इन्टर्नशीप गर्न लागेको उनको भनाइ छ ।

Thursday 25 April 2013

पृथ्वी जस्तै दुइ वटा नयाँ ग्रह पत्ता लाग्यो

वैज्ञानिकहरुले पृथ्वी जस्तै दुइ वटा नयाँ ग्रह पत्ता लगाएका छन्। नासको केल्पर मिसन अन्तर्गत विलियम बोरुकीले नेतृत्व गरेको वैज्ञानिकहरुको टिमले दुइ ग्रह पत्ता लगाएको ह।  
वैज्ञानिकहरुको यो टिमले पाँच वटा ग्रह पत्ता लगाएको हो, यि पाँचवटा ग्रह सुर्य जस्तै तारा केल्पर-६२ लाई परिक्रमा गर्ने गर्दछन्। पाँच मध्य चार ग्रह पृथ्वी भन्दा ठुला छन्, जसलाई सुपर अर्थ भनिएको छ। एउटा ग्रहले मंगलग्रह जत्रै छ भने पृथ्वीको आधा छ। भेटिएका चार सुपरअर्थको रेडियस क्रमश १.३, १.४,१.६,१.९ गुणा पृथ्वी भन्दा बढि छ । 
यी चार सुपरअर्थ मध्य दुइ सुपर अर्थको केप्लर-६२ बाट त्यतिनै मात्रमा ताप प्राप्त गर्दछन् जति पृथ्वीले सुर्यबाट गर्दछ। त्यसैले यी दुइ ग्रहमा पानी हुन सक्ने वैज्ञानिकहरुले आशंका गरेका छन्। सिद्धान्तका हिसावले यी दुइ ग्रह मानिस बस्न योग्य भऐको वैज्ञानिकको ठहर रहेको छ।यो नयाँ ग्रहको खोजीलाई साइन्स एक्सप्रेसमा छापिएको छ।

पारिजातको जीवनकथा

पारिजात नै त्यस्ती स्रष्टा हुन् जो नेपाली भाषासाहित्यकी एउटा सार्वजनिक चौताराकी पर्यायवाची बनिन् । जजसले पारिजातलाई हाम्री मात्र पेवा भने पनि र पारिजात स्वयम्ले पनि आफूलाई कुनै खेमाभित्र सीमित पार्न चाहे पनि अन्ततः उनी सम्पूर्ण नेपालीकी पेवा बनिन् । अनि उनी नेपाली भाषासाहित्यकी एक प्रतिनिधि अस्तित्व नै बनिन् । पारिजातको जन्म १९९४ सालमा भएको थियो । यिनको स्कुलको नाउँचाहिँ विष्णुकुमारी वाइबा थियो । साथै यिनको चिनाको नाउँ भने छेकुडोल्मा थियो । विष्णुकुमारी वाइबाले पारिजातको फूल नदेख्तै आफैं आफ्नो नाउँ पारिजात राखेकी थिइन् । पारिजातको फूलको बोट भने यिनले काठमाडौं आएपछि मात्र देखेकी थिइन् । पारिजातको नाउँ राम्रो लागेर र पारिजातको फूल झरेपछि भुइँबाट मात्र टिपिन्छ भन्ने थाहा पाएर यिनले आफूलाई पारिजातमा नै रङ्गाएकी थिइन् । 
पारिजातका बुबा केएस लामा भारतीय सैनिक सेवामा आबद्ध थिए र आमा अमृता लामाले चाहिँ घरगृहस्थीलाई आफ्नो थाप्लामा बोकेकी थिइन् । पछि सैनिक सेवा छाडेर के. एस. लामा होमियो चिकित्सामा लागे । सैनिक सेवा छाडेपछि अथवा भनूँ औषधी बेच्ने काममा लाग्दा लामापरिवारको घरको छानो आर्थिक रूपले पातलो भएको थियो ।

भारतकी प्रथम पार्श्व गायिका रहिनन्

नयाँदिल्ली , 'मेरे पिया गए रङ्गुन...', 'कभी आर कभी पार...' तथा 'कजरा मोहब्बतवाला...' जस्ता हिन्दी फिल्मका कालजयी गीतहरूकी गायिका शमशाद बेगमको निधन भएको छ । हिन्दी फिल्मकी प्रथम गायिका मानिएकी शमशादले मुम्बईस्थित निवासमा मंगलबार राति अन्तिम सास फेरेको उनको परिवारले जनाएको छ । उनी ९४ वर्षकी थिइन् । केही महिनादेखि अस्वस्थ थिइन् ।
सन् १९१९ मा पञ्जाबमा जन्मेकी शमशादले १८ वर्षको उमेरदेखि गीत रेकर्ड गर्न थालेकी थिइन् । 'कहीँ पे निगाहेँ कहीँ पे निशाना...', 'बूझ मेरा क्या नाम रे...', 'सैयाँ दिल मे आना रे...', 'लेके पहला पहला प्यार...,' 'छोड बाबुल का घर...' उनका अन्य सदाबहार गीत हुन् ।  उनी करिअरको उचाइमा रहेका बेला लता मंगेशकरले पाश्र्व गायन थालेकी थिइन् । दुवैले 'डर ना मोहब्बत कर ले...', 'प्यार के जहां की...', 'बचपन के दिन...' जस्ता गीत सँगै गाएका थिए । भारतीय संगीतकर्मी र फिल्मकर्मीले शमशादको निधनले हिन्दी सिनेमा संगीतको एउटा युगको अन्त्य भएको बताएका छन् । 'मलाई निकै दुःख लागेको छ,' लताले भनेकी छन् । 

Wednesday 24 April 2013

घरको चौकिदारी गर्न २ गोही नियुक्त

crocघरको सुरक्षाका लागि सुरक्षा गार्ड राख्ने, कुकुर पाल्ने जस्ता कुरा त सुनिएकै देखिएकै हो । तर थाइल्याण्डका एक मानिसले भने आफ्नो घरको सुरक्षाका लागि अनौठो चौकिदार नियुक्त गरेका छन् ।
अविरुत न्याथिपले आफ्नो घरको सुरक्षाका लागि दुइवटा गोहीलाई चौकिदार नियुक्त गरेका हुन् । उनले निकै रिसाहा १५ वर्षे थोंग नामको गोही र अर्को गुएन नामको गोहीलाई घरको सुरक्षाका लागि खटाएका हुन् ।
गोहीलाई सुरक्षागार्ड नियुक्त गरेपछि चोरीका घटना ठ्याप्पै रोकिएको दाबी उनको रहेको छ । ‘म माथि तलामा उक्लिने बित्तिकै गोही आएर मूल ढोकामा तेर्सिइहाल्छ । डरलाग्दो गोही ढोकामा तेसिर््एपछि कसैले पनि ढोका भित्र छिर्ने हिम्मत गर्ने कुरै भएन, कामका मान्छे भए पहिले सम्पर्क गरेर आउनुपर्छ ।’ उनी भन्छन् ।
छिमेकीहरु पनि त्यो घरको सुरक्षा शैली देखेर दंग छन् । अविरुतका घरमा रहेका दुइ गोही सुरक्षा गार्डले छिमेकीहरुलाई चिनिसकेका छन् र नजिकै बस्दा पनि केही गर्दैनन् तर अपरिचित मान्छेलाई भने देख्नै सहँदैनन् ।

copyright : onlinekhabar

Monday 22 April 2013

नर्कमा पोखिएको सपना

लेबनान जान भनेर हिँड्नुअघि संखुवासभाकी अनिता राई (नाम परिवर्तन) ले योजना बनाएकी थिइन्, 'महिनाको ८ सय डलर कमाइ हुन्छ, ओभर टाइम गरेको त अझ छुट्टै आउँछ । सुरुका दुई चार महिनाले ऋण तिर्छु । बाँकी पैसाले सानो घर बनाउँछु, आफ्नो व्यवसाय सुरु गरेर बस्छु ।' तर उनको योजना 'सपना' त्यो बेला भयो, जुन बेला उनले आफू ८ हजार डलरमा बेचिएको थाहा पाइन् । पुसको दोस्रो साता लेबनान जान हिँडेकी उनी इराक पुगिन् । तलब त के खानसमेत राम्ररी पाइनन् । झन्डै चार महिनापछि काठमाडौं आइपुगेकी उनी धेरै कुरा गर्दिनन् । कुरा गर्दागर्दै उनका गहमा आँसु भरिन्छ । लेबनान हिँडेकी उनी कसरी इराक पुगिन् त्यहाँ उनले के के भोगिन् उनकै शब्दमा ।
काठमाडौंबाट म प्लेनमा दुबई पुगें । त्यहाँ हिन्दी बोल्ने एउटा केटो लिन आएको थियो । त्यो केटाले अर्को दिन प्लेन चढायो । एयरपोर्ट पुगेपछि थाहा भयो, मलाई त लेबनान भनेर इराक पठाएछ । इराकको एयरपोर्टमा गाडीको ड्राइभर लिन आएको थियो । उसले त्यहाँबाट लगेर एउटा कोठामा मलाई छाडेर बाहिरबाट चुक्कुल लगाएर गयो । तीन दिनसम्म कोही बोलाउन आएनन् । चिसो भुइँमा पातलो डसनाको ओछ्यान थियो ।

अन्डाको सेतो भागले रक्तचाप घटाउँछ

health egg
अन्डाको सेतो भाग बडो गुणकारी हुन्छ । यसमा रक्तचाप घटाउने क्षमता हुन्छ । साथै यसको कुनै नकारात्मक प्रभाव पनि पर्दैन ।
अनुसन्धान अनुसार, अन्डाको सेतो भाग खानाले रक्तचाप कम हुन सक्छ । अमेरिकी वैज्ञानिकको एउटा अध्ययनले यो दृष्टिकोणलाई समर्थन गरेको छ । अन्डाको सेतो भाग ती व्यक्तिहरुबीच पहिलेदेखि नै लोकपि्रय छ, जो कोलेस्ट्रोल बढी हुने कारणले पहेँलो भाग खान चाहँदैनन् । अध्ययन प्रतिवेदनमा भनिएको छ, 'अब के पनि पत्ता लागेको छ भने अन्डाका सेतो भाग मात्र खाने गरेर रक्तचाप कम गर्न सकिन्छ । यसमा त्यो क्षमता हुन्छ ।' वैज्ञानिकको यो अध्ययन अमेरिकी केमिकल सोसाइटीको २४५ औं राष्ट्रिय बैठक र प्रदर्शनीमा प्रस्तुत गरिएको हो ।  
अध्ययन अनुसार, अन्डाको सेतो भागमा भएको अवयव 'पेप्टाइड' हुन्छ । यो प्रोटिन निर्माणको प्रमुख तत्त्व हो । यसैले रक्तचापलाई कम गराउँछ । यो 'क्याप्टोप्रिल' (रक्तचापको औषधि) को एक मात्राजति नै प्रभावकारी हुन्छ ।

Sunday 21 April 2013

खुट्टा हल्लाउनु हानिकारक

चुपचाप बसिरहेको बेला वा कसैसँग कुरा गरिरहेको बेला तपाइर्ंले खुट्टा हल्लाउने गर्नुभएको छ ? सामान्यतः यस्तो गर्ने बानी सबैजसोका हुन्छ । यसलाई बानीबेहाराकै एउटा अंग पनि मान्ने गरिन्छ । तर विशेषज्ञहरू यसलाई बिरामीको संकेत मान्ने गरेका छन् । विशेषज्ञहरूले केसम्म भनेका छन् भने खुट्टा हल्लाउने बानी भएकाहरूलाई हृदयाघात हुने खतरा बढी हुन्छ । अनुसन्धानअनुसार खुट्टा हल्लाउने समस्याले पीडित व्यक्तिमा हृदयाघात हुने जोखिम दोब्बर बढ्छ । चिकित्सा विज्ञानमा खुट्टा हल्लाउने बानीलाई 'रेस्टलेस लेग सिन्ड्रोम' भनिन्छ । खुट्टा हल्लाउने बानी प्रत्यक्ष रूपमा निद्रा कम लाग्ने समस्यासँग समेत जोडिएको अनुसन्धानमा उल्लेख छ । हार्वर्ड मेडिकल स्कुल, बोस्टनका प्रमुख अनुसन्धानकर्ता डा.जोन डब्लू विकलम्यान भन्छन्, 'खुट्टा हल्लाउने बानीले पीडित व्यक्तिहरूमा हृदयाघातको खतरा दुई गुणाले बढ्ने गर्छ ।

Tuesday 16 April 2013

अब मिर्गौला, मुटु, रक्तचाप, मानसिक रोगका औषधि पनि निःशुल्क

तपाईमा रक्तचाप छ तर त्यस विरुद्धको औषधि किन्न पैसा छैन भने चिन्ता नगर्नुहोस् ! स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अब नसर्ने रोगहरू मिर्गौला, मुटु, रक्तचाप, मानसिक जस्ता रोगहरूको औषधि पनि निःशुल्क रूपमा वितरण गर्ने तयारी गरिरहेको छ ।
यसका लागि मन्त्रालयले आन्तरिक तयारी पूरा गरी आवश्यक बजेटका लागि अर्थ मन्त्रालयसँग पत्राचार गरेको छ । अर्थमन्त्रालयको स्वीकृतिपछि मन्त्रालयले निःशुल्क वितरण गरिने ती रोगका औषधिको वितरणसम्बन्धी नयाँ कार्यविधि मन्त्रिपरिषद्समक्ष प्रस्तुत गर्ने छ । मन्त्रालयका उच्च स्रोतका अनुसार नयाँ आर्थिक वर्षदेखि औषधि वितरणको कार्यसुरु गर्न मन्त्रालयले आन्तरिक तयारी गरिरहेको छ ।
मन्त्रालयअन्तर्गतको प्राथमिक स्वास्थ्य सेवा पुनर्जागरण महाशाखाका प्रमुख प्राडा आनन्दकुमार श्रेष्ठले भने, “सर्ने भन्दा नसर्ने रोग दिन प्रतिदिन बढिरहेको छ, यसलाई समयमै सम्बोधन गर्न नसर्ने रोगविरुद्धका औषधि निःशुल्क वितरणको तयारी गरिएको हो ।”

वर्षका रियल हिरोज - 2069

बितेको वर्ष हामीले राम्रो भन्दा नराम्रो खबर बढी सुनेर बितायौं। बल्ल-बल्ल गठन भएको संविधानसभा संविधान नै नबनाई विघटन भयो।  राजनीतिक अस्थिरता उत्कर्षमा पुग्यो। बेरोजगारी बढेको तथा नेपालीहरूको आम्दानी घटेको तथ्याङ्क बाहिर आयो। विदेशबाट नेपाल र्फकने  भन्दा नेपालबाट विदेश जाने युवाको संख्या दोब्बर बढी देखियो। देशका लागि केही गर्नेभन्दा देश र समाजबाट कसरी हुन्छ बढीभन्दा बढी  असुल्ने अवसरवादीहरूको बिगबिगी देखियो। राजनीतिभित्र राम्रा समाचार नसुनेको धेरै भएकै थियो, प्रशासन र अन्य क्षेत्रबाट दुःखद खबरमात्र  बाहिर आए। यति हँुदा-हुँदै पनि नेपाली समाजलाई सकारात्मक सन्देश दिन केही व्यक्ति सक्रिय भए। उनीहरूका कारण आफू नेपाली भएकोमा  गर्व लाग्ने केही घटना घटे। हामी केही गर्न सक्छौ भन्ने सन्देश प्रभावित भए, जसलाई साप्ताहिकले वर्षका रियल हिरोका रूपमो लिएको छ।

Friday 12 April 2013

पर्वतमा नयाँ कामको थालनी

जिल्ला पशुसेवा कार्यालय पर्वतका बरिष्ठ पशुविकास अधिकृत डा दीर्घनाथ ढुङ्गानाले उदाहरणीय कामको थालनी गर्नुभएको छ ।
अधिकृत डा ढुङ्गानाले आफ्नै मोबाइबाट जिल्लावासी कृषकहरूका पशुमा हुने रोग र समस्याको बारेमा समस्या समाधान गराउन सेवा सुरु गर्नुभएको हो । सो सुरुवातपछि घरमा पशु बिरामी भएमा वा पशुमा कुनै खालको समस्या छ भने कृषकहरुले घरमै बसीबसी पशुमा भएको समस्यालाई समाधान गर्न सक्ने भएका छन् । जिल्लामा २०० व्यावसायिक कृषकहरू रहेको र प्रायजसो सबै घरधुरीमा नै पशुपालन गरिएको भएता पनि जिल्लाका सबै गाविसहरूमा सेवा केन्द्रहरू नभएको र सबै सेवा केन्द्रमा विशेषज्ञ सेवा दिन नसकिएका कारण कृषकहरूलाई सहजताका लागि मोबाइलबाट नै सेवा सुरु गरिएको डा ढुङ्गानाले बताउनुभयो ।