Saturday 4 May 2013

हलमा शिरीषको फूल

film
पारिजातको चर्चित उपन्यास 'शिरीषको फूल' माथि बनेको फिल्ममाथि परेको रिटको फैसला फिल्मको पक्षमा गएपछि शुक्रबार राजधानीका हलहरूमा रिलिज भएको छ । जमिन फिल्मस्का सुरज मिश्र र उत्तम खत्रीले पुनरावेदन अदालत ललितपुरमा फिल्मको प्रदर्शन रोक्न माग गर्दै रिट हालेका थिए ।
न्यायाधीशद्वय टीकाबहादुर हमाल र रामचन्द्र यादवको संयुक्त इजलासले फिल्म क्रिएसन नेपालका गणेश लामा र चलचित्र विकास बोर्डको पक्षमा निर्णय गरेको हो । जमिन फिल्मस्ले सुरुमा पारिजात स्मृति केन्द्रसँग अनुमति लिए पनि सम्झौताअनुसार तीन वर्षभित्र फिल्म निर्माण नभएकोले इजाजत रद्द भएको थियो र त्यसपछि फिल्म क्रिएसन नेपालले इजाजत पाएको थियो ।
कृतिको सम्मानार्थ केन्द्रलाई रोयल्टी बुझाएर निर्माण गरिएको फिल्म जापानी चलचित्रकर्मी डा. तोसिआकी इतोहले निर्माण गरेका हुन् । फिल्ममा गणेश लामा, जगत राजथला, शर्मिला गुरुङ, सौजन्य सुब्बा, अप्सरा कार्की लगायतले अभिनय गरेका छन् ।

साभार: कान्तिपुर दैनिक

No comments:

Post a Comment