Sunday 6 September 2015

पर्बत सेवा समाज यु.ए.ई.को तीज बिसेस कार्यक्रम सम्पन्न

पर्बत सेवा समाज यु.ए.ई. ले आफ्नो तीज बिसेस कार्यक्रम भव्यता क सम्पन्न भए को छ | बर दुबई इम्पेरिअल सुइट होटेल मा भएको कार्यक्रमको सभापतित्व अधक्ष्य श्री राजेन्द्र अधिकारी ले गर्नु भएको थियो | भने कार्यक्रम को प्रमुख अतिथि समाज का सम्रक्ष्यक श्री मणि भुर्तेल हुनुहुन्थ्यो भने कार्यक्रम संयोजक प्रथम उपाधक्ष्य श्री परशुराम पौडेल हुन्नुहुन्थ्यो बिसेस अतिथि मा सम्रक्ष्यक श्री खिमनन्द भुर्तेल , कलाकार द्वय श्री कुलेंद्र बि.क , सुश्री रमिला न्यौपाने हुनुहुन्थ्यो | अन्य अतिथिमा सल्लाहकार गंगाधर शर्मा , सुदेश काफ्ले ,कलाकार हरु लोकनाथ सापकोटा,बिक्रम पौडेल , हरि डुम्रे, नरेन सापकोटा, नारायण न्यौपाने , सबिता आचार्य , लक्ष्मी शर्मा , सुशिला गुरुङ लगायत का कलाकार हुनु हुन्थ्यो | त्यस्तै अरु अतिथिहरु मा नेपाली समाज का अधक्ष्य चन्द्र प्रसाद सापकोटा , बाग्लुंग समाज क अधक्ष्य पिताम्बर पाण्डे लगायत नेपाली संघ सस्था का प्रतिनिधि , राजनैतिक दल का प्रतिनिधि समाजसेवी पत्रकार हरुको उपस्तिथी रहेको थियो | कार्यक्रम लाई सफल बनाउन नमस्ते ट्राभल ,एअर अरेवीया ,सपना ग्लोबल , हिमालयन इलोक्त्रोनिस , यु.ए.ई. एक्स्चेंग ,नेपाली रेस्टुरेन्ट , काठमाडौँ हाईलेन्ड रेस्टुरेन्ट , याक एंड यति दोहोरि साझ , के के टायर, सन्राराईज गार्मेन्ट , सिता श्रेस्ठ को सहयोग रहेको थियो |
दुइ चरण मा विभाजित गरि संचालन गरिएको कार्यक्रम मा प्रथम चरण को कार्यक्रम महासचिव सरोज जी सी ले गर्नु भएको थियो | राष्ट्रिय गीत संगै कार्यक्रम उद्घाटन गरेपछि सुरु भएको कार्यक्रम मा स्वागत मन्तब्य क्षेत्रिय समिति दुबई अधक्ष्य श्री तिलक सापकोटा राख्नु भएको थियो | कलाकारको तर्फ बाट श्री बिक्रम पौडेल ले स्वागत मन्तब्य राख्नु भएको थियो |यसैगरी यस कार्यक्रम को बिसयमा कार्यक्रम संयोजक तथा प्रथम उपाधक्ष्य श्री परशुराम पौडेल ले प्रकाश पर्नु भयो त्यसपछि प्रमुख अतिथि को मन्तब्य संगै सभापतिले कार्यक्रम मा सबै अतिथि ,कलाकार , सम्रक्ष्यक , सल्लाहकार , प्रायोजक केद्रीय समिति, दुबई क्षेत्रिय समिति , पत्रकार लगायत सम्पूर्ण कार्यक्रम मा सहयोग गर्ने सहयोगी लाई धन्यवाद दिदै प्रथम चरण को कार्यक्रम समापन गर्नुभएको थियो | पहिलो चरण को कार्यक्रम समापन संगै दोस्रो चरण सास्कृतिक कार्यक्रम को संचालन कलाकार नारायण न्यौपाने र बिक्रम पौडेल ले गर्नु भएको थियो | दोस्रो चरण को कार्यक्रम सुरुवात संगै गायक कुलेंद्र क रुमाल हल्लाई हल्लाई , नजाऊ है सानु पधेरिमा लगायत का गीत मा दर्सक लाई नचाउनु भएको थियो भने गायिका रमिला न्यौपानेले आज त भेट्न आउदिन है कालु , झम झम दर्कियो पनि , मेरो मायाले काठमाडौँ मा टेक्सी चलाउछ जस्ता गीत ले दर्सक लाई नचाउनु भयो त अर्का कलाकार लोकनाथ सापकोटा खोइ संबिधान जस्ता मार्मिक र रमाइला गीत प्रस्तुत गर्नु भयो | त्यसै गरि अरु कलाकार हरु हरि डुम्रे ले लारक्कै लर्को रातो सरि भुइँ मा जस्ता गीत प्रस्तुत गरे त बिक्रम पौडेल ले किन गर्छेउ ढिपी भन्दै श्रीमती फकाए | यसको साथ मा शान्ति काफ्ले को माथि माथि सैलुगेमा चौरी डुलाउनेलाई नाच्दै बोलाउनु त डीबी कालिग को प्रहरी को प्रस्तुति मा हास्नु दर्सकलाइ आखा झिम्कौना या बसेर थकाई मर्ने फुर्सद नै थिएन | साथमा नरेन सापकोटा को गीत सबिता आचार्य को नाच यस्तै मनोरंजन्त्मक , मार्मिक हास्य प्रस्तुति का साथमा कार्यक्रम भब्य रुपमा मा सम्पन्न भयो | यस कार्यक्रम मा आएर कार्यक्रम ओ सोभा बढाउने दर्सक , अतिथि , कलाकार , पत्रकार का साथै यो कार्यक्रम लाई सफल पर्न अहोरात खटिने सम्पूर्ण पर्बत सेवा समाज यु.ए.ई. मा आबद्य सम्रक्ष्यक , सल्लाहकार, केन्द्रिय समिति पधादिकारी ,केन्द्रिय सदस्य , क्षेत्रिय समिति दुबई का पधाधिकारी , सदस्य का साथै सम्पूर्ण स्वयम्सेबी कलाप्रेमी सम्पूर्ण मा पर्बत सेवा समाज यु. ए. ई धन्यवाद ब्यक्त गर्दछ |फोटोहरु सौजन्य : लाल बहादुर ढेंगा