Sunday 31 March 2013

सेमिफाइनल पुगेसँगै नेपाल ट्वान्टी-२० विश्वकप छनोटमा

news-final नेपाल एसीसी ट्वान्टी-२० कप क्रिकेटको सेमिफाइनल प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा सिंगापुरलाई १ सय २१ रनले पराजित गरेपछि नेपाल समूह ए को उपविजेताका रुपमा अन्तिम चारमा प्रवेश मात्र गरेन, नोभेम्बरमा हुने ट्वान्टी-२० विश्वकप छनोट खेलका लागि छनोट भएको छ ।
एक दिवसीय मान्यता प्राप्त अफगानिस्तान र आयोजक युएई सोझै छनोट चरणमा पुगेकाले शीर्ष चारमा पुगेका बाँकी दुई टोली पनि विश्वकप छनोट खेल्न पाउने भएका हुन् । जस अनुसार नेपालसँगै हङकङले पनि विश्वकप छनोट खेल्ने भएको हो ।
टेष्ट नखेल्ने १६ देशले खेल्ने छनोट खेलको शीर्ष ६ टोलीले बंगलादेशमा सन् २०१४ मा हुने ट्वान्टी-२० विश्वकप खेल्नेछ । नेपालले विश्वकप छनोट खेल्न लागेको यो दोस्रो पटक हो । अघिल्लो संस्करणमा नेपाल छनोट चरणमा सातौं भएको थियो ।

एउटै फूलका लागि एक लाख खर्च


flora
फूलमा माहुरी र भवँरा मात्रै होइन, मानिसहरुको पनि विशेष आकर्षण छ भन्ने पछिल्लो प्रमाण बनेको छ, भृकुटीमण्डपमा जारी पुष्प मेला । भनिन्छ, फूलमा महिलाहरुको विशेष आकर्षण हुने गर्छ । तर, विहीबारदेखि राजधानीमा शुरु भएको पुष्प मेलामा भने पुरुषहरुको समेत विशेष आकर्षण देखिएको छ । अझै रोचक त एउटै प्लान्टलाई एकलाख रुपैयाँसम्म तिर्ने ग्राहकसमेत भेटिएका छन् ।
‘रंगी-विरंगी फूलहरुले घर, होटल तथा अफिस सजाउने संस्कृति नेपालीहरुमा बढ्दै गएको छ’ नेपाल फ्लोरिकल्चर एशोसियसन (फ्यान) का कार्यक्रम संयोजक जेवी तामाङले भन्नुभयो- ‘पछिल्लो समय नेपालीहरुले विभिन्न प्रजातिका फूलहरुमा लाखौं रुपैयाँ खर्च गर्न थालेका छन् ।’
नेपालमा फूल प्रेमीहरुको संख्या हृवात्तै बढेको पुष्प व्यवसायीहरु बताउँछन् । उनीहरुले फूलमा ठूलो रकम समेत खर्चिने गरेका छन् । फूलका सौखिनहरुले एउटै शो-प्लान्टलाई १ लाख रुपैयाँभन्दा बढी रकम खर्चिने गरेको पुष्प व्यवसायीहरुको अनुभव रहेको छ । राजधानीको भृकुटीमण्डपमा बिहिबारदेखि आयोजना भएको पुष्प मेलामा विगतको तुलनामा निकै बढी फूलप्रेमीहरु किनमेल तथा अवलोकनका लागि आएको आयोजक ˆयानले जनाएको छ । अहिले भृकुटीमण्डपको प्रर्दशनी हल रंगी-बिरंगी फूलमय भएको छ ।

Saturday 30 March 2013

पर्वत माझफाँटमा ट्याक्सी दुर्घटनामा ४ जना घाइते १ जनाको अवस्था गम्भीर !

पर्वत माझफाँट गाबिसमा शुक्रबार दिउँसो भएको ट्याक्सी दुर्घटनामा चार जना यात्रु घाइते भएका छन । म्याग्दीको बेनी बजारबाट पोखरातर्फ आउँदै गरेको ग १ ज १३५८ नम्बरको ट्याक्सी माझफाँट – ३ मा दुर्घटना भएको हो ।दुर्घटनामा म्याग्दी जिल्लाको नारच्याङ्ग गाबिस – १ की टीका पुन, काठमाडौ महानगरपालिका – ३ का अर्पण गौचन, सोही ठाउँका आशिष शेरचन र म्याग्दी राखुपिप्ले – ३ म्याग्दीकी माया पुन घाईते भएका छन् ।
घाइतेहरुको म्याग्दी अस्पतालमा उपचारपछि थप उपचारका लागि पोखरा लगिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । घाइते मध्ये अर्पण गौचनको अबस्था गम्भीर रहेको बताइएको छ ।

साभार : merojila .कम 

Friday 29 March 2013

सुरक्षाकर्मी परिचालन गरेर पर्वतका गाउँगाउँमा मतदाता नामावली सङ्कलन

सुरक्षाकर्मी परिचालन गरेर पर्वतका गाउँगाउँमा मतदाता नामावली सङ्कलन कार्यलाई निरन्तरता दिइएको छ ।
छिमेकी जिल्लाहरुमा अवरोध र लुटपाट भएपछि सुरक्षा सतर्कतासहित मतदाता नामावली सङ्कलन भएको हो । बिहीबार मात्रै सात गाविसमा १७० जनाले फोटोसहितको मतदाता नामावलीमा नाम लेखाएका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्वतले दिएको जानकारीअनुसार बिहीबार खुर्कोट गाविसमा ३७ जनाको र पकुवामा पनि १२ जनाको  नाम सङ्कलन भएको छ । यसैगरी सरौखोलामा १९ जना, बालाकोटमा ११ जना, पाङ्गराङ्गमा ४१, खानीगाउँमा १८ र क्याङ्गमा ३१ जनाले फोटोसहितको मतदाता नामावलीमा नाम लेखाएका छन् ।
नेकपा–माओवादी पर्वतले सबै मतदाता नामावली सङ्कलन केन्द्रमा अवरोध गर्ने बताएकाले सबै केन्द्रमा पाँचजनाका दरमा प्रहरी खटाएको छ ।

Thursday 28 March 2013

क्षयरोग बिशेष


क्षयरोगके तपाईंलाई दुई साताभन्दा बढी समयदेखि खोकी लागिरहेको छ ? मुख्यतः साँझपख ज्वरो आउँछ ? राति पसिना आउनुका साथै छाती दुख्छ ? खाना रुच्दैन ? शरीरको तौल कम भएको छ ? खकारमा रगत देखिएको छ ? छ भने चिकित्सककहाँ पुगिहाल्नुस् । यो फोक्सोमा क्षयरोग लागेको लक्षण हुन सक्छ ।
राष्ट्रिय क्षयरोग केन्द्रका अनुसार, हाम्रो मुलुकमा करिब ८० हजार क्षयरोग ी भएको अनुमान गरिएको छ । वर्षेनी पाच हजारदेखि सात हजारजनासम्मको मृत्यु यही रोगका कारण हुन्छ । वर्षेनि ४५ हजार नयाँ क्षयरोग ी थपिने गरेका छन् ।
क्षयरोग भन्नासाथ मुख्यतः फोक्सोको संक्रमण ठानिन्छ । माइक्रोब्याक्टेरियम ट्युबरकुलोसिस नामक जीवाणुले गर्दा क्षयरोग हुन्छ । यो ब्याक्टेरियाले मुख्यतः फोक्सोमै आक्रमण गर्छ । छाती रोग विशेषज्ञ डा. रमेश चोखानीका अनुसार, करिब ९७ प्रतिशत क्षयरोग फोक्सोमै हुने गरे पनि यो ब्याक्टेरियाले मस्तिष्क, आन्द्रा, मृगौला, हाड, जोर्नी लगायत कुनै पनि अंगमा आक्रमण गरेर त्यसलाई संक्रमित पार्न सक्छ ।
' क्षयरोग नियमित उपचारले पूरै निको हुन्छ,' क्षयरोग केन्द्रका निर्देशक डा. राजेन्द्र पन्त भन्छन्, 'मुलुकभरिका ४ हजार १ सय डट्स केन्द्रमा यो रोगको निःशुल्क औषधि र परीक्षण सेवा उपलब्ध छ ।'

Wednesday 27 March 2013

त्रिभुवन विमानस्थल सुधार गर्न ९० करोड

TIA
जापान सरकार जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)मार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुदृढीकरण आयोजना कार्यक्रम सम्पन्न गर्नका लागि नेपाल सरकारलाई रु ९० करोड ७० लाखको अनुदान सहयोग दिन सहमत भएको छ ।
आज अर्थमन्त्रालयमा आयोजित एक कार्यक्रममा जापान र नेपाल सरकारबीच सो विमालस्थलको ¥याडर तथा सञ्चार प्रणाली विकास गरी सुरक्षित हवाई सेवा उपलब्ध गराउनका लागि उक्त अनुदानमा सहमति भएको हो ।
आयोजनालाई सघाउन अर्थसचिव शान्तराज सुवेदी र नेपालका लागि जापानका राजदूत कुनियो ताकाहासीबीच सहमति भएको थियो भने अनुदान सहयोगमा रकम उपलब्ध गराउने सहमति पत्रमा अर्थमन्त्रालयका सहसचिव मधुकुमार मरासिनी र जाइका नेपाल प्रमुख सुतोमु शिमीजुले हस्ताक्षर गरे ।

सधैं एकै समय उठौं

राति राम्ररी सुत्न नपाएकाहरूले बिहान ढिलोसम्म सुत्न अलार्म घडीको स्नुज बटन थिच्नुपर्ने स्थिति आउनुले सम्बन्धित व्यक्तिलाई झन समस्यामा पार्न सक्छ । लाफ वोर्फ विश्वविद्यालयमा दुई वर्षसम्म गरिएको उक्त अनुसन्धान अनुसार, यो अभ्यासले शरीरको प्राकृतिक घडीको नैसर्गिक लयलाई बिगार्छ र समस्या बढाउँछ । एक हजारभन्दा बढी व्यक्तिमा गरिएको अनुसन्धान अनुसार, अलिकति पनि सुत्न नसक्ने अनिद्राका रोगीहरूले बिहानभरि निद्रा कुर्नुको साटो एउटै समयमा उठ्नु राम्रो हुन्छ । थप केही घन्टा सुत्नका लागि ओछ्यानमा ओल्टेकोल्टे फेरिरहनुको सट्टा दिनहँु बिहान एउटै समयमा उठ्ने गर्नुपर्छ । अध्ययन अनुसार, अनिद्राले ग्रस्त व्यक्तिहरू आफ्ना सामान्य सहकर्मीहरूको तुलनामा काम गर्न १० प्रतिशत कम सक्षम हुन्छन् ।

पर्वतको हुवास हातेमालो चोकमा प्रर्दशन

पर्वतको टकलाक गाबिसमा भएको हत्यामा संलग्न अभियुक्तलाई काबार्हीको माग गर्दै बुधवार गाउँलेले प्रंर्दशन गर्नुका साथी इलाका प्रहरी कार्यालय हुवास घेराउ गरेका छन ।
टकलाक गाबिस वडा नं ६ का थिरलाल न्यौपानेलाई कुटपिट गरी हत्या गरेको अभियोगमा प्रहरी नियन्त्रणमा रहेका दुई अभियुक्तलाई मुद्दा चलाउन माग गर्दै टकलाक र त्रिबेणीका बासिन्दाले टकलाक देखि हुवास हातेमालो चोकमा प्रर्दशन गरेका हुन ।
फागुन १४ गते भएको कुटपिटबाट घाइते भएका थिरलालको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचारका क्रममा फागुन २५ गते मृत्यु भएको थियो । मृतकको १३ दिनको पुण्य तिथिमा हत्यामा संलग्न अभियुक्तले कुनै हालतमा पनि उन्मुक्ति नपाओस भनेर जनचेतना जगाउने र दबाब दिने उद्देश्यले प्रर्दशन तथा घेराउ गरिएको स्थानियबासी भिमलाल न्यौपानेले जानकारी दिए ।
न्यौपानलाई कुटपिट गरेको अभियोगमा सोही ठाउँका कृष्ण न्यौपाने र अमृत न्यौपाने प्रहरी नियन्त्रणमा रहेका छन । नियन्त्रणमा रहेका अभियुक्तलाई आर्थिक चलखेल गराई रिहा गराउने षडयन्त्र हुन सक्ने आशंका स्थानियबासीको छ ।

संसारभरि होलीको धुम

holi
भारतीय र नेपाली डायसपोराको विस्तारसँगै संसारभरि परम्परागत सांस्कृतिक पर्व होली पुगेको छ । क्यारिबियाली मुलुकमा फगुवाको नामले होलीलाई परम्परागत ढंगले मनाइन्छ । उन्नाइसौं शताब्दीको अन्त्य र बीसौं शताब्दीको सुरुमा मजदुरी गर्नलाई भारतीयहरू क्यारिबियाली देशहरूमा पुगेका थिए । यो क्रममा गुआना तथा सुरिनाम र टि्रनिडाडजस्तो मुलुकमा ठूलो संख्यामा भारतीयको बसोबास हुन पुग्यो । उनीहरूको चाडपर्व, रीति र परम्परा पनि त्यहाँ स्थापित भयो । विस्तारै फगुवा पनि त्यहाँको महत्त्वपूर्ण पर्व बन्न पुग्यो । बढ्दो लोकपि्रयतासँगै त्यहाँ पनि होलीमा राष्ट्रिय बिदा हुन्छ । गुयानाको कुल जनसंख्यामा ३३ प्रतिशत हिन्दु छन् । त्यहाँ युवायुवतीलाई रंगीन पाउडर र पानीको साथ सहज ढंगले होली खेलेको देख्न सकिन्छ । यो अवसरमा गाउँगाउँमा विशेष समारोहको आयोजना गरी नृत्य, संगीत र सांस्कृतिक उत्सवका साथ होरी मनाइन्छ । होलीको बेला टि्रनिडाड एन्ड टोबागोमा भारत र नेपालकोझैं माहौल हुन्छ । विभिन्न सामाजिक प्रयोजन पूरा गर्न चन्दा संकलनका लागि विदेशी विश्वविद्यालयहरूमा पनि यसको आयोजन हुन्छ । बंगलादेश र पाकिस्तानका अल्पसंख्यक हिन्दुले जोडतोडका साथ होली मनाउँछन् । ठूलो संख्यामा भारतीय हिन्दुहरूको बसोबास भएको मलेसिया, दक्षिण अपि|mका, बेलायत, अमेरिका, मरिसस र फिजीमा पनि यसको धुम हुन्छ । भारतमा भगवान् कृष्णको भूमि मानिने उत्तर प्रदेशको मथुरा, वृन्द्धावन, नन्दगाव, बर्साना लगायत व्रज क्षेत्रको होली त विश्वभरि चर्चित छ । होलीमा यो सबभन्दा ठूलो पर्यटकीय आकर्षणको क्षेत्र पनि हो ।

Tuesday 26 March 2013

विश्वका टपटेन वेबसाइट

images
विश्वलाई सूचना प्रविधिले एक सानो गाउँ जस्तै बनाइदिएको छ । सूचना प्रविधिकै माध्यमबाट कम्प्युटर अगाडि बसेर दुनियाभरकै कुरा तत्काल सुन्न र देख्न सम्भव भएको छ । सूचना प्रविधिले असम्भव मानिएका विषयलाई पनि सम्भव पारिदिएको छ ।
सूचना प्रविधि यस्तो प्लाटर्फम बनेको छ जसमा करोडौँ मानिस एकैसाथ समेटिन सक्छन् । विश्वमा यस्ता वेबसाइट छन् जसमा एकैचोटी लाखौँ करोडौँ मान्छे छिरिरहेका हुन्छन् अर्थात् वेबसाइट हेरिरहेका हुन्छन् ।
ती साइटमा हरेक दिन करोडौँ मानिसले एकसाथ आ आफ्नो सरोकारको विषय पढ्छन्, हर्ेछन् तथा खोज्छन् । हामीले यहाँ विश्वका दशवटा वेबसाइटको चिनारी प्रस्तुत गरेका छौँ । प्रयोगकर्ता अर्थात् भिजिटरको संख्याका हिसाबमा यी विश्वका टपटेन वेबसाइट हुन् ।

१. फेसबुक डट कम – ८३ करोड ६७ लाख यूनिक भिजिर्टस ।

२. गुगल डट कम – ७८ करोड २८ लाख युनिक भिजिर्टस ।


Sunday 24 March 2013

पर्बत जिल्ला संक्षिप्त परिचय

पर्वत जिल्ला पश्चिमाञ्चल विकास क्षेत्रको मध्य पहाडी जिल्ला हो । यो नेपालका ७५ जिल्ला मध्ये चौंथो सानो जिल्ला हो । पर्वत जिल्ला भौगोलिक विविधताले भरिएको एक रमणीय जिल्लाको रुपमा चिनिन्छ । विश्व मानचित्रमा पर्वत २८० ००’ १९’’ देखि २८० २३’ ५९’’ अक्षांस र ८३० ३३’ ४०’’ देखि ८३० ४९’ ३०’’ देशान्तरमा रहेको छ । यस जिल्लाको कूल क्षेत्रफल ५३६.८६ वर्ग कि.मी. रहेको छ । उचाईका हिसावले सामुन्द्रिक सतहबाट ५२० मिटर उचाइमा रहेको सेतीवेणी देखी ३३०९ मिटर उचाइमा रहेको हम्पालको लेकसम्मको भू-भाग यस जिल्लामा पर्दछ ।
यस जिल्लाका रमणीय लेकाली चुचुराहरुमा उत्तरी भागमा पर्ने हम्पाल र लोप्रेका लेकहरु मध्य भागका पञ्चासे, डहरे तथा दक्षीणी भागका चिसापानी र गोर्ल्याङ्ग पर्वत जिल्लाका अग्ला चुचुराहरु हुन् । जहां शिशिरमा हिउंले ढाक्ने र वसन्तलाई लेकाली जडीवुटी, वन्य जन्तु र लालीगुरांस लगायतका धेरै सुन्दर फुलहरुले सिंगारीरहेका हुन्छन् । यी चुचुराहरुबाट उत्तरी क्षेत्रमा देखिने हिमशृङ्खला र टाढा-टाढाका मनमोहक दृष्य तथा विहानीको सूर्योदयको सुन्दरताले पर्यटकहरुलाई मन्त्र मुग्ध पार्ने हुँदा पर्यटन विकासको सम्भावना त्यत्तिकै छ ।

Friday 22 March 2013

पर्बत सेवा समाज युएई को प्रथम भेला सम्पन्न

"पर्वत सेवा समाज युएई" को भेला समारोह एबम २५ सदस्सिय कार्यसमिती गठन कार्यक्रम यही मार्च २२, २०१३ का दिन बर दुबइ स्थित एभरेष्ट होटेलमा सु-सम्पन्न भएको छ । उक्त समारोहमा नब नियुक्त कार्य समितिका संरक्षक खिमानन्द भुर्तेल ले शुभकामना मन्तबय दिदै यस् पर्बत सेवा समाज गठन गर्न पाउदा निकै खुशी भएको र यस समाज ले निस्पक्ष र स्वोतन्त्र रुपले कुनै राजनीतिक हस्तछेप बिना काम गर्ने कुरामा सबैलाई विश्वस्त हुन आग्रह गर्दै पर्तिबद्दता जनाउनु भयो । कार्यक्रमको स्वागत मन्तब्य राजेन्द्र अधिकारि ले दिनु भएको थियो भने समारोहको सभापतित्व पुरुस्वोत्तम सुबेदीले गर्नु भएको थियो यसैगरी सचिब सरोज जि सि ले पर्बत जिल्लाको सम्क्षिप्त जानकारी र भौगोलिक अवस्था एबम जिल्लाका मुल्य मान्यताहरूको बारेमा जानकारी दिनुभएको थियो भने कार्यक्रम सन्चालन मणी प्रसाद भुर्तेल ले गर्नु भएको थियो ।  
उक्त "पर्वत सेवा समाज युएई" भेलाले गरेको कार्य समिति गठनको नामावली यस प्रकार छ । 
अध्यक्ष्य श्री मणी प्रसाद भुर्तेल 
प्र. उपाध्यक्ष्य श्री राजेन्द्र अधिकारी
" श्री मिन बहादुर नेपाली
" श्री बिमल के सी
महासचिब श्री पुरुसोत्तम सुबेदी
सचिब श्री सरोज जी. सी.
सह सचिब श्री रेशम श्रेष्ठ
कोषाध्यक्ष्य श्री परसुराम पौड्याल
सह कोषाध्यक्ष्य श्री रुद्र प्रसाद सुबेदी

Thursday 21 March 2013

हार्दिक स्वागत एबम अभिबादन


सर्बपर्थम हार्दिक स्वागत एबम अभिबादन !
आशा छ यस् वेबसाईट ले यूएइ मा रहनुभएका पर्वतबाशी नेपालीहरुलाई एक ढिक्का भइ अगाडि बढ्न सहयोग गर्ने छ ।

कृपया आफ्नो सल्लाह र सुझाब को लागि कन्जुस्याइ नगर्नुहोला ।

धन्यवाद ।

Welcome to our website ..............

Find us at : parbatsewasamajuae.blogspot.com
Email: parbatsewasamajuae@gmail.com

Thank you for visiting......PARBATSEWASAMAJUAE