Saturday 26 October 2013

मोटोपनाले बढाउँछ पत्थरीको डर

मोटोपनालाई रोगको घर पनि भनिन्छ । मोटोपनले खासगरी मुटु तथा रक्तरोगको खतरा बढाउने बताइन्छ । हृदयाघात, उच्च रक्तचाप, मधुमेह आदि बढि मोटोपनाका कारण हुने समस्या हरु हुन् । तर मोटोपनाका नकारात्मक असर यतिमा मात्र सिमित छैनन् ।
पछिल्लो अध्ययनले मोटोपनाले खासगरी किशोर किशोरीहरुमा पित्तथैलीको पत्थरीको खतरा बढाउने तथ्य समेत पत्ता लगाएको छ । अमेरिकामा गरिएको अध्ययनले सरीर बढि तौल भएका किशोरकिशोरीहरुमा पित्तथैलीको पत्थरीको समस्या बढि भएको देखिएको हो ।
१० देखि १९ वर्ष उमेरका ५ लाख १० हजार बालबालिका तथा किशोरकिशोरीमा यस्तो अध्ययन गरिएको थियो । यसक्रममा सरीरको तौल बढि भएकाहरुमा पत्थरीको समस्या ठीक्क तौल भएकाहरुमा भन्दा दोब्बर बढि पाइयो भने अझ मोटोपनाले सताएकाहरुमा पत्थरीको समस्या झनै उच्च भएको पाइयो ।

वास्तवमा पित्तथैलीमा पत्थरी हुनु भनेको स साना पत्थर जस्ता वस्तु पित्तथैलीमा जम्नु हो । यी वस्तु खासमा कुनै ढुंगा वा पत्थर नभएर कोलेस्टेरोल भन्ने पदार्थ जम्मा भएर बनेको हुन्छ । पित्तथैलीमा हुने पत्थरीले आन्द्रामा आउनुपर्ने पित्तको बाटो रोकिदिने, पित्तथैली तथा कलेजो र प्यांक्रियाजमा समेत क्षति पूराउँछ । उपचार गरेर यस्ता पत्थरी नहटाएमा त्यो घातक हुनसक्छ र विरामीको ज्यानै जानसक्छ ।

No comments:

Post a Comment