Sunday 16 June 2013

पर्वतको माझफाँटमा ट्रक दुर्घटना तीन जना घाइते

पर्वत,३ असार । गृहलक्ष्मी ग्याँस बोकेर पोखराबाट बेनी जाँदैगरेको ग१ख ८४४ नम्वरको ट्रक आइतबार राति साँझ ८.३० बजे पर्वतको माझफाँट–२ लामाखेतमा दुर्घटना भएको छ ।सडकबाट करिव फिट तल कालीगण्डकी किनारमा ट्रक खस्दा त्यसमा सवार तीन जना घाइते भएका छन् । घाइते हुनेहरुमा तुलबहादुर राना, बेलबहादुर राना र केशव गुरुङ रहेका जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । ४ सय ४० वटा भरिएका ग्याँस सहितको ट्रक कालीगण्डकी किनारमा खसेपनि ग्याँसबाट अन्य कुनै दुर्घटना भने हुन नपाएको पर्वत अस्थाई प्रहरी चौकी पर्वत बेनीका इन्चार्ज एवं प्रहरी सहायक निरिक्षक केदारनाथ अधिकारीले बताए ।
दुर्घटनाबाट घाइतेहरुलाई म्याग्दीस्थीत बज्रदल गण, प्रहरी र स्थानीयले उद्दार गरि अस्पताल पु¥याएका थिए । घाइतेहरु अहिले खतरामुक्त रहेको म्याग्दी जिल्ला अस्पतालले जनएको छ । अस्थाई प्रहरी चौकी पर्वत बेनीका अनुसार ट्रक चालक चेतन कार्की फरार छन् । दुर्घटनामा यत्रतत्र छरिएका ग्याँसका सिलिण्डरहरु सुरक्षाकर्मी, तथा स्थानीयको सहयोगमा व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ ।
मेरोजिल्लाडटकम

No comments:

Post a Comment