Tuesday 7 May 2013

एसपी खरेलले स्टार बनायो

hero  प्रदेशी साहको परिचय तीन सातायता फेरिएको छ । वीरगन्ज १५ मुर्लीका २६ वर्षे तन्नेरीलाई सबैले 'एसपी खरेल' भन्छन् । भोजपुरी चलचित्र 'एसपी खरेलः द रियल हिरो' ले उनको परिचय र छवि बदलिदिएको हो । झन्डै एक दशकदेखिको संघर्ष अहिले सफल भएको मान्छन् उनी । 
भोजपुरी चलचित्र उद्योगमा नयाँ स्टारको -पमा छाएका उनी आशलाग्दा नायकको रूपमा पनि दरिएका छन् । 'पहिलो चलचित्रले नै पहिचान दियो,' प्रदेशीले भने 'म एसपी खरेलको भूमिकामा जमेकाले होला, मलाई आफन्त, इष्टमित्र, शुभचिन्तक, फ्यानले एसपी खरेल भन्न थालेका छन् ।' यहाँसम्म कि बसको टिकट, सभासमारोहका लागि होटलको कोठा बुक गर्दासमेत एसपी खरेल लेखिदिन्छन् रे । अहिले विवाहको सिजनमा उनलाई आउने निम्तोमा समेत एसपी खरेल उल्लेख हुन्छ ।  फ्यानले घेर्ने र अटोग्राफ माग्ने सिलसिला बढ्दै गएपछि अचेल उनी मास्क लगाएर हिँड्न थालेका छन् । 'फ्यानलाई निराश गर्न पनि सकिँदैन,' उनले भने, 'धेरै समय दिएर अल्भिmन पनि सकिँदैन ।'  दुई सातासम्म वीरगन्जमा चलेको आफ्नो फिल्मको दैनिक एक शो हेर्ने र आफूलाई हलबाट फोन गर्ने अज्ञात महिला फ्यानले त चकित नै बनाएको उनी दाबी गर्छन् ।
पहिलो चलचित्रले दर्शकको साथ र व्यावसायिक सफलता पाएपछि प्रदेशी हौसिएका मात्र छैनन् झन्डै २ वर्ष व्यस्त हुने गरी उनलाई लगातर ३ वटा भोजपुरी चलचित्रको प्रस्ताव समेत आइसकेको छ । केही दिनमै दिल्लीस्थित माँ जानकी मुभिजले निर्माण गर्न लागेको भोजपुरी चलचित्र 'पटना जक्सन' मा खेल्न उनी पटना जाँदै छन् । ललित अग्रवाल निर्माता रहेको यो चलचित्र ग्याङस्टरहरुको कथामा आधारित छ । हिन्दीमा पनि डब र प्रदर्शन गर्ने योजना रहेको यो चलचित्रको कथा अत्यन्त मन परेकाले उनले सुन्नेबित्तिकै स्वीकार गरेको बताए । त्यसपछि उनले सुरेन्द्रलाल प्रधान निर्माता रहेको माँ राधिका मुभिजको दुई भोजपुरी चलचित्र 'जिना मरना तेरे संग' र 'सबसे बडा खिलाडी' पनि साइन गरिसकेका छन् । 
हाल प्रदर्शन भइरहेको भोजपुरी चलचित्र 'एसपी खरेल : द रियल हिरो' का नायक प्रदेशी साह । अत्यन्त सफल यो चलचित्र पछि उनलाई भारत र नेपालका थप ३ वटा भोजपुरी चलचित्रबाट प्रस्ताव आएकाले उनी २ वर्ष त्यसमै व्यस्त हुनेछन् । 

No comments:

Post a Comment