Wednesday 12 June 2013

एसएलसीमा सर्वोकृष्ट अंक ल्याउने अशिम

यस बर्षको प्रवेशिका परीक्षामा झापा बिर्तामोडस्थित लिटल फ्लावर्स आवासीय अंग्रेजी माध्यमिक बिद्यालयका विद्यार्थी असीम घिमिरेले सर्बोत्कृष्ट नतिजा ल्याएका छन् । सिम्बलनम्बर ००४४३६५-आइ का घिमिरे ८०० पुर्णाङ्कमा ७५१ नम्बर अर्थात ९३ दशमलव ८७ प्रतिशत नम्बर ल्याएर सर्बोत्कृष्ट दरिएका हुन् । उनले अंग्रेजीमा ९७, नेपालीमा ८५ गणितमा ९९, विज्ञानमा ९८ सामाजिक बिज्ञानमा ८२ स्वास्थ्य र जनसंख्यामा ९३ ऐच्छिकगणितमा ९७ र कम्प्युटरमा १०० नम्बर ल्याएको बिद्यालयका प्रशासन प्रमुख बिज्ञान खड्काले जानकारी दिएका छन् ।
दुई महिनादेखि राजधानीको शान्तिनगरस्थित डिसेन्ट ब्वाइज होस्टलमा बसेर बि्रजकोर्सा गरिरहेका असीमले आफुले ९० प्रतिशत नम्बर कट्ला भनेर सोचे पनि परिणाम त्यसभन्दा राम्रो आउँदा खुसस् लागेको कान्तिपुरलाई टेलिफोनमा बताए ।
आफुलाई बिज्ञान बिषयमा चाख भएकाले चिकित्साशास्त्र या इन्जिनियरिङमध्ये एक बिषयअध्यायनगर्ने उनले बताए । उनले विद्यालय शिक्षाको प्रारम्भ होली बेसिल स्कुल, लक्ष्मीपुरमा र कक्षा-१ देखि ३ सम्म अरुणोदय अङ्ग्रेजी मावि घैलाडुब्बामा पढेका थिए । कक्षा चारदेखि लिटल फ्लावर्समा पढ्दै आएका असीम प्रारम्भदेखि नै जेहेन्दार रहेको बिद्यालयका भाइस पि्रन्सीपल देवकुमार दासको भनाइ छ । 'उ शुरुदेखि नै उत्कृष्ट हो' उनले भने 'असीमले जे गरेको छ त्यो हाम्रो अनुमानभन्दा पर छैन' । असीमकी आमा हिरादेवी आदर्श उच्च माबि घैलाडुब्बाकी प्राथमिक शिक्षिका हुन भने बाबु टिकाराम पशुपति अंग्रेजी उच्चमाबि सुरुङ्गाका शिक्षक हुन् । घैलाडुब्बास्थित लक्ष्मीपुर निवासी घिमिरे दम्पत्तिका दुई सन्तानमा असीम पहिलो हुन् । उनकी बहिनी वर्षा पनि सोहि बिद्यालयकी कक्षा दशमा अध्ययनरत जेहेन्दार छात्रा हुन् । बुधबार बिहान छोराको परिक्षा परिणाम थाहा पाएका टिकारामले प्रशन्न हुँदै परिणामले आफुलाई खुसी बनाए पनि आश्चर्य नलागेको प्रतिकृया दिए । 'गहिराइमा गएर पढ्ने उसको बानी थियो, रट्ने होइन,' उनले भने, 'असीमको यसै लगनशिलताले उसलाई यो परिणाम दिएको मेरो बुझाई छ ।' उनले छोराले चिकित्सा बिज्ञान पढोस् भन्ने आफूले चाहे पनि उसले इन्जिनियरिङ या भौतिक विज्ञान पढ्न चाहेको आफुले बुझेको खुलाए । पढाइको बिषयमा असीमको इच्छाभन्दा पर गएर आफुले कुनै दवाब नदिने उनले थपे ।
Copy right:  http://www.ekantipur.com/np

No comments:

Post a Comment