Sunday 26 May 2013

आफ्नो सन्तानलाई जंगलमा ज्युँदै छाड्ने (निर्दई आमा)

Mina Pariyarकुनै आमाले आफूले जन्मदिएका सन्तानलाई जंगलमा ज्युँदै छाडेर पर पुरुषको अंगालोमा बाँधिन जान्छन भन्ने तपाईले कल्पना गर्न सक्नुहुन्छ ? तर यस्ता निष्ठुरी आमाहरु पनि हुन्छन जसले परपुरुषलाई खुसी पार्न बच्चालाई अनकण्टार जंगलमा फालेर हिड्न सक्दा रहेछन । चितवनको नारायणगढकी मिना परियार (पौडेल) आफ्नो ११ महिने छोरालाई पर्वतको मुडिकुवा गाविसमा पर्ने सिर्सुवाको जंगलमा छाडेर आफू भने रात विताउन प्रेमीसँग गइन् । प्रहरीले आफन्तको सहयोगमा बच्चा जंगलमा फालेको २० घण्टापछि जीवित उद्धार गरेको छ भने महिलालाई समेत नियन्त्रणमा लिएको छ । बागलुङ जिल्लाको पैञ्युपाटा ५ मा माइतीघरबाट आफ्ना प्रेमीलाई भेट्न पर्वतको फलेबास हिंडेकी मिनाले मंगलबार दिउँसो ४ बजे छोरा भिष्म पौडेललाई झाडी र भिरालो स्थानमा छाडेर हिंडेकी थिइन । मंगलबार दिउँसो शिशुलाई छाडेर फलेबासमा एक पुरुषसँग रात बिताएकी मिनालाई बुधबार दिउँसो सदरमुकाम कुस्माबजारमा एक्लै देखेपछि आफन्त र प्रहरीले बच्चाको खोजी गरेका थिए । खोजी गर्ने क्रममा बोकेको पछ्यौरामा बाँधेर छाडेको अबस्थामा झाडीमा बुधबार दिउँसो २ बजे प्र्रहरी र आफन्तले जिवीतै उद्दार गरेको जिल्ला प्रहरी निरीक्षक बिजयराज पण्डितले बताउनुभयो ।
सात बर्षअघि चितवनको नारायणघाटमा बसोबास गर्ने कृष्ण पौडेलसँग अन्तरजातीय प्रेम विवाह गरेकी मिना गत माघदेखि माइतीघरमा बस्दै आएकी थिइन् । माइतीघरमा बस्दा मिनाको फलेवासका एक युवासँग प्रेम सम्बन्ध सुरु भएको थियो । तर ती युवाले बच्चा भएकाले बिबाह गर्न नसक्ने बताएपछि बच्चालाई ज्युँदै जंगलमा छाडेर हिंडेको मिनाले बताएकी छन । बच्चाको पर्वत जिल्ला अस्पतालमा उपचार गराई थप उपचारका लागि पोखरा पठाइको छ । बच्चामा निमोनियको संक्रमण देखिएको छ । बच्चालाई जंगलमा छाडेको हुनाले महिलालाई नियन्त्रणमा लिएर ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गर्न अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरिक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो । ‘महिलाले बच्चाको ज्यान मार्ने प्रयासमा नै फालेको देखिएकोले मुद्दा चलाउँछौ’ उहाँले भन्नुभयो । मिनाका ५ बर्षिय छोरा किस्मत र ३ बर्षिय छोरा काले पनि मामा घर बस्दै आएका छन् । अन्तरजातीय विवाह गरेपछि घरपरिवारले हेंला गरेपछि मिनाका श्रीमान् कृष्णबहादुर पौडेलले समेत गाउँबाट निस्किएर बागलुङकै राङखानीमा सवारीचालकको काम गर्दै आउनु भएको छ । श्रीमान र उनीबीच यसअघि कुनै मनमुटाव नभएको महिलाका दाजु गोपाल परियारले जानकारी दिनुभयो ।

Naya Khabar!!

No comments:

Post a Comment