Monday 22 April 2013

अन्डाको सेतो भागले रक्तचाप घटाउँछ

health egg
अन्डाको सेतो भाग बडो गुणकारी हुन्छ । यसमा रक्तचाप घटाउने क्षमता हुन्छ । साथै यसको कुनै नकारात्मक प्रभाव पनि पर्दैन ।
अनुसन्धान अनुसार, अन्डाको सेतो भाग खानाले रक्तचाप कम हुन सक्छ । अमेरिकी वैज्ञानिकको एउटा अध्ययनले यो दृष्टिकोणलाई समर्थन गरेको छ । अन्डाको सेतो भाग ती व्यक्तिहरुबीच पहिलेदेखि नै लोकपि्रय छ, जो कोलेस्ट्रोल बढी हुने कारणले पहेँलो भाग खान चाहँदैनन् । अध्ययन प्रतिवेदनमा भनिएको छ, 'अब के पनि पत्ता लागेको छ भने अन्डाका सेतो भाग मात्र खाने गरेर रक्तचाप कम गर्न सकिन्छ । यसमा त्यो क्षमता हुन्छ ।' वैज्ञानिकको यो अध्ययन अमेरिकी केमिकल सोसाइटीको २४५ औं राष्ट्रिय बैठक र प्रदर्शनीमा प्रस्तुत गरिएको हो ।  
अध्ययन अनुसार, अन्डाको सेतो भागमा भएको अवयव 'पेप्टाइड' हुन्छ । यो प्रोटिन निर्माणको प्रमुख तत्त्व हो । यसैले रक्तचापलाई कम गराउँछ । यो 'क्याप्टोप्रिल' (रक्तचापको औषधि) को एक मात्राजति नै प्रभावकारी हुन्छ ।

No comments:

Post a Comment