Monday 29 April 2013

आयो हरिवंशको आत्मकथा

haribngsa
 'किताब र पढाइ मेरा लागि सानैदेखि मन नपर्ने शब्द थिए, तर परिस्थितिले अहिले लेखक बन्न बाध्य भएँ,' अभिनेता हरिवंश आचार्यले आइतबार यसो भनिरहँदा श्रोताहरूबीच हल्का हाँसो फैलियो । उनी आफ्नो आत्मकथा सार्वजनिक भएपछि त्यसको रचनागर्भबारे बोल्दै थिए, जसमा हाँसो मात्रै छैन ।
'चिना हराएको मान्छे' को लोकार्पण व्यंग्य चित्रकार दुर्गा बराल (वात्स्यायन) ले हरिवंशबारेको कार्टुन अनावरण गरेर गरे । यसका लागि हरिवंश पत्नी मीराको दोस्रो पुण्यतिथिको अवसर पारिएको हो ।
पत्नी रमिलासाथ मञ्चस्थ हरिवंश दुःखी बढी र खुसी कम देखिन्थे । उनले पुस्तकबारे बोल्नुअघि आइतबार बिहान घरमा मीराको श्राद्ध गर्दाको क्षण सबैसँग साझा गरे । 'सधैं रातो रंगमा, सारीमा देख्थें मीरालाई,' उनले अवरुद्ध गलाले भने, 'तर, आज पहेंलो र सेतो रंगमा फोटो रंगाउनुपर्दा भावुक भएको छु ।' आफूलाई सफलता शिखरसम्म पुर्‍याउन मीराले गरेको योगदान सम्भ“mदै उनले आत्मकथा लेख्ने ठूलो साहस पनि उनकै प्रेरणा रहेको बताए । 'दुःख पोख्ने ठाउँ मीरा थिइन्,' उनले भने, 'यसरी कहिल्यै किताब लेखुँला भनेर सोचेको पनि थिइनँ ।'

Sunday 28 April 2013

एप्पलका ह्याकर गुगलमा जागिरे बन्दै

Apple-vs.-Google
सफ्टवेयरको दुनियाका कट्टर प्रतिद्धन्दी एप्पल र गुगलबीचको आपसी प्रतिस्पर्धामा अर्को अध्याय थपिएको छ । एप्पलको आइफोन र आइप्याडको अपरेटिङ सिस्टम आइओएस ह्याक गर्नका लागि निकै चर्चित सफ्टवेयर ‘जेलब्रेक’ निर्माण गरेर आइफोन ह्याक गर्ने ह्याकर निकोलस एलिग्राले गुगलमा छिर्ने भएका छन् । उनी प्रशिक्षार्थीको रुपमा गुगल कम्पनीमा प्रवेश गर्ने भएका हुन् ।
जेलब्रेक एउटा यस्तो सफ्टवेयर हो जसका माध्यमबाट आइफोन र आइप्याडका प्रयोगकर्ताहरुले आइओएस डिभाइसमा अर्को एप्लिकेसन पनि इन्स्टल गर्न सक्छन् ।
यस्तो चर्चित सफ्टवेयर बनाउने निकोलसले आफ्नो टि्वटर अकाउण्ट मार्फत आफु गुगलमा प्रशिक्षार्थीको रुपमा छिर्न थालेको खुलास गरेका हुन् । आफुले आउँदा केही हप्तामा गुगलमा इन्टर्नशीप गर्न लागेको उनको भनाइ छ ।

Thursday 25 April 2013

पृथ्वी जस्तै दुइ वटा नयाँ ग्रह पत्ता लाग्यो

वैज्ञानिकहरुले पृथ्वी जस्तै दुइ वटा नयाँ ग्रह पत्ता लगाएका छन्। नासको केल्पर मिसन अन्तर्गत विलियम बोरुकीले नेतृत्व गरेको वैज्ञानिकहरुको टिमले दुइ ग्रह पत्ता लगाएको ह।  
वैज्ञानिकहरुको यो टिमले पाँच वटा ग्रह पत्ता लगाएको हो, यि पाँचवटा ग्रह सुर्य जस्तै तारा केल्पर-६२ लाई परिक्रमा गर्ने गर्दछन्। पाँच मध्य चार ग्रह पृथ्वी भन्दा ठुला छन्, जसलाई सुपर अर्थ भनिएको छ। एउटा ग्रहले मंगलग्रह जत्रै छ भने पृथ्वीको आधा छ। भेटिएका चार सुपरअर्थको रेडियस क्रमश १.३, १.४,१.६,१.९ गुणा पृथ्वी भन्दा बढि छ । 
यी चार सुपरअर्थ मध्य दुइ सुपर अर्थको केप्लर-६२ बाट त्यतिनै मात्रमा ताप प्राप्त गर्दछन् जति पृथ्वीले सुर्यबाट गर्दछ। त्यसैले यी दुइ ग्रहमा पानी हुन सक्ने वैज्ञानिकहरुले आशंका गरेका छन्। सिद्धान्तका हिसावले यी दुइ ग्रह मानिस बस्न योग्य भऐको वैज्ञानिकको ठहर रहेको छ।यो नयाँ ग्रहको खोजीलाई साइन्स एक्सप्रेसमा छापिएको छ।

पारिजातको जीवनकथा

पारिजात नै त्यस्ती स्रष्टा हुन् जो नेपाली भाषासाहित्यकी एउटा सार्वजनिक चौताराकी पर्यायवाची बनिन् । जजसले पारिजातलाई हाम्री मात्र पेवा भने पनि र पारिजात स्वयम्ले पनि आफूलाई कुनै खेमाभित्र सीमित पार्न चाहे पनि अन्ततः उनी सम्पूर्ण नेपालीकी पेवा बनिन् । अनि उनी नेपाली भाषासाहित्यकी एक प्रतिनिधि अस्तित्व नै बनिन् । पारिजातको जन्म १९९४ सालमा भएको थियो । यिनको स्कुलको नाउँचाहिँ विष्णुकुमारी वाइबा थियो । साथै यिनको चिनाको नाउँ भने छेकुडोल्मा थियो । विष्णुकुमारी वाइबाले पारिजातको फूल नदेख्तै आफैं आफ्नो नाउँ पारिजात राखेकी थिइन् । पारिजातको फूलको बोट भने यिनले काठमाडौं आएपछि मात्र देखेकी थिइन् । पारिजातको नाउँ राम्रो लागेर र पारिजातको फूल झरेपछि भुइँबाट मात्र टिपिन्छ भन्ने थाहा पाएर यिनले आफूलाई पारिजातमा नै रङ्गाएकी थिइन् । 
पारिजातका बुबा केएस लामा भारतीय सैनिक सेवामा आबद्ध थिए र आमा अमृता लामाले चाहिँ घरगृहस्थीलाई आफ्नो थाप्लामा बोकेकी थिइन् । पछि सैनिक सेवा छाडेर के. एस. लामा होमियो चिकित्सामा लागे । सैनिक सेवा छाडेपछि अथवा भनूँ औषधी बेच्ने काममा लाग्दा लामापरिवारको घरको छानो आर्थिक रूपले पातलो भएको थियो ।

भारतकी प्रथम पार्श्व गायिका रहिनन्

नयाँदिल्ली , 'मेरे पिया गए रङ्गुन...', 'कभी आर कभी पार...' तथा 'कजरा मोहब्बतवाला...' जस्ता हिन्दी फिल्मका कालजयी गीतहरूकी गायिका शमशाद बेगमको निधन भएको छ । हिन्दी फिल्मकी प्रथम गायिका मानिएकी शमशादले मुम्बईस्थित निवासमा मंगलबार राति अन्तिम सास फेरेको उनको परिवारले जनाएको छ । उनी ९४ वर्षकी थिइन् । केही महिनादेखि अस्वस्थ थिइन् ।
सन् १९१९ मा पञ्जाबमा जन्मेकी शमशादले १८ वर्षको उमेरदेखि गीत रेकर्ड गर्न थालेकी थिइन् । 'कहीँ पे निगाहेँ कहीँ पे निशाना...', 'बूझ मेरा क्या नाम रे...', 'सैयाँ दिल मे आना रे...', 'लेके पहला पहला प्यार...,' 'छोड बाबुल का घर...' उनका अन्य सदाबहार गीत हुन् ।  उनी करिअरको उचाइमा रहेका बेला लता मंगेशकरले पाश्र्व गायन थालेकी थिइन् । दुवैले 'डर ना मोहब्बत कर ले...', 'प्यार के जहां की...', 'बचपन के दिन...' जस्ता गीत सँगै गाएका थिए । भारतीय संगीतकर्मी र फिल्मकर्मीले शमशादको निधनले हिन्दी सिनेमा संगीतको एउटा युगको अन्त्य भएको बताएका छन् । 'मलाई निकै दुःख लागेको छ,' लताले भनेकी छन् । 

Wednesday 24 April 2013

घरको चौकिदारी गर्न २ गोही नियुक्त

crocघरको सुरक्षाका लागि सुरक्षा गार्ड राख्ने, कुकुर पाल्ने जस्ता कुरा त सुनिएकै देखिएकै हो । तर थाइल्याण्डका एक मानिसले भने आफ्नो घरको सुरक्षाका लागि अनौठो चौकिदार नियुक्त गरेका छन् ।
अविरुत न्याथिपले आफ्नो घरको सुरक्षाका लागि दुइवटा गोहीलाई चौकिदार नियुक्त गरेका हुन् । उनले निकै रिसाहा १५ वर्षे थोंग नामको गोही र अर्को गुएन नामको गोहीलाई घरको सुरक्षाका लागि खटाएका हुन् ।
गोहीलाई सुरक्षागार्ड नियुक्त गरेपछि चोरीका घटना ठ्याप्पै रोकिएको दाबी उनको रहेको छ । ‘म माथि तलामा उक्लिने बित्तिकै गोही आएर मूल ढोकामा तेर्सिइहाल्छ । डरलाग्दो गोही ढोकामा तेसिर््एपछि कसैले पनि ढोका भित्र छिर्ने हिम्मत गर्ने कुरै भएन, कामका मान्छे भए पहिले सम्पर्क गरेर आउनुपर्छ ।’ उनी भन्छन् ।
छिमेकीहरु पनि त्यो घरको सुरक्षा शैली देखेर दंग छन् । अविरुतका घरमा रहेका दुइ गोही सुरक्षा गार्डले छिमेकीहरुलाई चिनिसकेका छन् र नजिकै बस्दा पनि केही गर्दैनन् तर अपरिचित मान्छेलाई भने देख्नै सहँदैनन् ।

copyright : onlinekhabar

Monday 22 April 2013

नर्कमा पोखिएको सपना

लेबनान जान भनेर हिँड्नुअघि संखुवासभाकी अनिता राई (नाम परिवर्तन) ले योजना बनाएकी थिइन्, 'महिनाको ८ सय डलर कमाइ हुन्छ, ओभर टाइम गरेको त अझ छुट्टै आउँछ । सुरुका दुई चार महिनाले ऋण तिर्छु । बाँकी पैसाले सानो घर बनाउँछु, आफ्नो व्यवसाय सुरु गरेर बस्छु ।' तर उनको योजना 'सपना' त्यो बेला भयो, जुन बेला उनले आफू ८ हजार डलरमा बेचिएको थाहा पाइन् । पुसको दोस्रो साता लेबनान जान हिँडेकी उनी इराक पुगिन् । तलब त के खानसमेत राम्ररी पाइनन् । झन्डै चार महिनापछि काठमाडौं आइपुगेकी उनी धेरै कुरा गर्दिनन् । कुरा गर्दागर्दै उनका गहमा आँसु भरिन्छ । लेबनान हिँडेकी उनी कसरी इराक पुगिन् त्यहाँ उनले के के भोगिन् उनकै शब्दमा ।
काठमाडौंबाट म प्लेनमा दुबई पुगें । त्यहाँ हिन्दी बोल्ने एउटा केटो लिन आएको थियो । त्यो केटाले अर्को दिन प्लेन चढायो । एयरपोर्ट पुगेपछि थाहा भयो, मलाई त लेबनान भनेर इराक पठाएछ । इराकको एयरपोर्टमा गाडीको ड्राइभर लिन आएको थियो । उसले त्यहाँबाट लगेर एउटा कोठामा मलाई छाडेर बाहिरबाट चुक्कुल लगाएर गयो । तीन दिनसम्म कोही बोलाउन आएनन् । चिसो भुइँमा पातलो डसनाको ओछ्यान थियो ।

अन्डाको सेतो भागले रक्तचाप घटाउँछ

health egg
अन्डाको सेतो भाग बडो गुणकारी हुन्छ । यसमा रक्तचाप घटाउने क्षमता हुन्छ । साथै यसको कुनै नकारात्मक प्रभाव पनि पर्दैन ।
अनुसन्धान अनुसार, अन्डाको सेतो भाग खानाले रक्तचाप कम हुन सक्छ । अमेरिकी वैज्ञानिकको एउटा अध्ययनले यो दृष्टिकोणलाई समर्थन गरेको छ । अन्डाको सेतो भाग ती व्यक्तिहरुबीच पहिलेदेखि नै लोकपि्रय छ, जो कोलेस्ट्रोल बढी हुने कारणले पहेँलो भाग खान चाहँदैनन् । अध्ययन प्रतिवेदनमा भनिएको छ, 'अब के पनि पत्ता लागेको छ भने अन्डाका सेतो भाग मात्र खाने गरेर रक्तचाप कम गर्न सकिन्छ । यसमा त्यो क्षमता हुन्छ ।' वैज्ञानिकको यो अध्ययन अमेरिकी केमिकल सोसाइटीको २४५ औं राष्ट्रिय बैठक र प्रदर्शनीमा प्रस्तुत गरिएको हो ।  
अध्ययन अनुसार, अन्डाको सेतो भागमा भएको अवयव 'पेप्टाइड' हुन्छ । यो प्रोटिन निर्माणको प्रमुख तत्त्व हो । यसैले रक्तचापलाई कम गराउँछ । यो 'क्याप्टोप्रिल' (रक्तचापको औषधि) को एक मात्राजति नै प्रभावकारी हुन्छ ।

Sunday 21 April 2013

खुट्टा हल्लाउनु हानिकारक

चुपचाप बसिरहेको बेला वा कसैसँग कुरा गरिरहेको बेला तपाइर्ंले खुट्टा हल्लाउने गर्नुभएको छ ? सामान्यतः यस्तो गर्ने बानी सबैजसोका हुन्छ । यसलाई बानीबेहाराकै एउटा अंग पनि मान्ने गरिन्छ । तर विशेषज्ञहरू यसलाई बिरामीको संकेत मान्ने गरेका छन् । विशेषज्ञहरूले केसम्म भनेका छन् भने खुट्टा हल्लाउने बानी भएकाहरूलाई हृदयाघात हुने खतरा बढी हुन्छ । अनुसन्धानअनुसार खुट्टा हल्लाउने समस्याले पीडित व्यक्तिमा हृदयाघात हुने जोखिम दोब्बर बढ्छ । चिकित्सा विज्ञानमा खुट्टा हल्लाउने बानीलाई 'रेस्टलेस लेग सिन्ड्रोम' भनिन्छ । खुट्टा हल्लाउने बानी प्रत्यक्ष रूपमा निद्रा कम लाग्ने समस्यासँग समेत जोडिएको अनुसन्धानमा उल्लेख छ । हार्वर्ड मेडिकल स्कुल, बोस्टनका प्रमुख अनुसन्धानकर्ता डा.जोन डब्लू विकलम्यान भन्छन्, 'खुट्टा हल्लाउने बानीले पीडित व्यक्तिहरूमा हृदयाघातको खतरा दुई गुणाले बढ्ने गर्छ ।

Tuesday 16 April 2013

अब मिर्गौला, मुटु, रक्तचाप, मानसिक रोगका औषधि पनि निःशुल्क

तपाईमा रक्तचाप छ तर त्यस विरुद्धको औषधि किन्न पैसा छैन भने चिन्ता नगर्नुहोस् ! स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अब नसर्ने रोगहरू मिर्गौला, मुटु, रक्तचाप, मानसिक जस्ता रोगहरूको औषधि पनि निःशुल्क रूपमा वितरण गर्ने तयारी गरिरहेको छ ।
यसका लागि मन्त्रालयले आन्तरिक तयारी पूरा गरी आवश्यक बजेटका लागि अर्थ मन्त्रालयसँग पत्राचार गरेको छ । अर्थमन्त्रालयको स्वीकृतिपछि मन्त्रालयले निःशुल्क वितरण गरिने ती रोगका औषधिको वितरणसम्बन्धी नयाँ कार्यविधि मन्त्रिपरिषद्समक्ष प्रस्तुत गर्ने छ । मन्त्रालयका उच्च स्रोतका अनुसार नयाँ आर्थिक वर्षदेखि औषधि वितरणको कार्यसुरु गर्न मन्त्रालयले आन्तरिक तयारी गरिरहेको छ ।
मन्त्रालयअन्तर्गतको प्राथमिक स्वास्थ्य सेवा पुनर्जागरण महाशाखाका प्रमुख प्राडा आनन्दकुमार श्रेष्ठले भने, “सर्ने भन्दा नसर्ने रोग दिन प्रतिदिन बढिरहेको छ, यसलाई समयमै सम्बोधन गर्न नसर्ने रोगविरुद्धका औषधि निःशुल्क वितरणको तयारी गरिएको हो ।”

वर्षका रियल हिरोज - 2069

बितेको वर्ष हामीले राम्रो भन्दा नराम्रो खबर बढी सुनेर बितायौं। बल्ल-बल्ल गठन भएको संविधानसभा संविधान नै नबनाई विघटन भयो।  राजनीतिक अस्थिरता उत्कर्षमा पुग्यो। बेरोजगारी बढेको तथा नेपालीहरूको आम्दानी घटेको तथ्याङ्क बाहिर आयो। विदेशबाट नेपाल र्फकने  भन्दा नेपालबाट विदेश जाने युवाको संख्या दोब्बर बढी देखियो। देशका लागि केही गर्नेभन्दा देश र समाजबाट कसरी हुन्छ बढीभन्दा बढी  असुल्ने अवसरवादीहरूको बिगबिगी देखियो। राजनीतिभित्र राम्रा समाचार नसुनेको धेरै भएकै थियो, प्रशासन र अन्य क्षेत्रबाट दुःखद खबरमात्र  बाहिर आए। यति हँुदा-हुँदै पनि नेपाली समाजलाई सकारात्मक सन्देश दिन केही व्यक्ति सक्रिय भए। उनीहरूका कारण आफू नेपाली भएकोमा  गर्व लाग्ने केही घटना घटे। हामी केही गर्न सक्छौ भन्ने सन्देश प्रभावित भए, जसलाई साप्ताहिकले वर्षका रियल हिरोका रूपमो लिएको छ।

Friday 12 April 2013

पर्वतमा नयाँ कामको थालनी

जिल्ला पशुसेवा कार्यालय पर्वतका बरिष्ठ पशुविकास अधिकृत डा दीर्घनाथ ढुङ्गानाले उदाहरणीय कामको थालनी गर्नुभएको छ ।
अधिकृत डा ढुङ्गानाले आफ्नै मोबाइबाट जिल्लावासी कृषकहरूका पशुमा हुने रोग र समस्याको बारेमा समस्या समाधान गराउन सेवा सुरु गर्नुभएको हो । सो सुरुवातपछि घरमा पशु बिरामी भएमा वा पशुमा कुनै खालको समस्या छ भने कृषकहरुले घरमै बसीबसी पशुमा भएको समस्यालाई समाधान गर्न सक्ने भएका छन् । जिल्लामा २०० व्यावसायिक कृषकहरू रहेको र प्रायजसो सबै घरधुरीमा नै पशुपालन गरिएको भएता पनि जिल्लाका सबै गाविसहरूमा सेवा केन्द्रहरू नभएको र सबै सेवा केन्द्रमा विशेषज्ञ सेवा दिन नसकिएका कारण कृषकहरूलाई सहजताका लागि मोबाइलबाट नै सेवा सुरु गरिएको डा ढुङ्गानाले बताउनुभयो ।

Thursday 11 April 2013

एक चौथाइ वयस्क उच्च रक्तचापको समस्याले पीडित

VIDEO: Dogs' sense of smell helps patients monitor blood pressure, diabetes, epilepsy.नेपालको वयस्क जनसंख्यामध्ये एक चौथाइ 'हाइपरटेन्सन' अर्थात् उच्च रक्तचापको समस्याले पीडित छ । त्यस्ता पीडितमा ग्रामीण क्षेत्रको दाँजोमा सहरका बासिन्दाको संख्या बढी छ ।
यो समस्याले मुटु, मृगौला, मस्तिष्क र आँखा सबैभन्दा बढी प्रभावित हुन्छ । स्ट्रोकले हुने मृत्युमा भने करिब ५७ प्रतिशत केस उच्च रक्तचापको हुन्छ । 'हाम्रो मुलुकको १८ वर्षमाथिको २० देखि २५ प्रतिशत जनसंख्या उच्च रक्तचापले पीडित छ,' सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रका निर्देशक एवं वरिष्ठ मुटु रोग विशेषज्ञ डा. मनबहादुर केसी भन्छन्, 'उच्च रक्तचापको ९० प्रतिशत केस थाहा पाउन सकिँदैन । यसैले वयस्कले वर्षमा कम्तीमा एकपटक पे्रसर जचाउनुपर्छ ।' १४०/९० भन्दा तलको रक्तचापलाई सामान्य नै मानिन्छ । उच्च रक्तचापका कारण मुटुले अतिरिक्त कडा परिश्रम गर्नुपर्छ । उक्त रक्तचापले गर्दा धमनी क्षतिग्रस्त हुन सक्छ । यो समस्याले विस्तारै विस्तारै मुटुको मांसपेसी कमजोर पार्छ । यसले गर्दा मुटुलाई अक्सिजनसमेत बढी चाहिन्छ ।

Wednesday 10 April 2013

रामकृष्ण र मल्लिका युरोप यात्रामा

गायक रामकृष्ण ढकाल र गायिका मल्लिका कार्की दुई महिने युरोप यात्रामा निस्केका छन ।
नयाँ बर्ष २०७० सालको आगमनसँगै युरोपका बिभिन्न मुलुकमा आयोजना हुने कार्यक्रममा भाग लिन उनीहरु आइतवार राती बेल्जियमतर्फ लागेका छन ।
सुगम संगीतमा स्थापित गायक रामकृष्ण ढकाल पछिल्लो समय प्रख्यात भारतीय गायिका लता मंगेशकरसँग गायको युगल गीत ‘बाँचुन्जेलीलाई’ का कारण चर्चामा छन । युरोपका धेरैजसो स्टेज सोमा लताको ठाउँमा मल्लिकाले रामकृष्णलाई साथ दिनेछिन । युट्युवमा पनि पछिल्लो समयमा यो गीत निकै लोकपि्रय भएको छ ।
एल्बम बिक्रि हुन नसकेपछि पछिल्लो समय गायक गायिकाहरु स्टेज कार्यक्रम र डिजिटल बिजनेसबाट चलिरहेका छन । नेपाली श्रमिकहरुको गन्तब्य मुलुकमा रुपमा चिनिने खाडी मुलुक र मलेसियामा पछिल्लो दिनमा सीआरवीटीको राम्रो ब्यापार भइरहेको छ भने नेपाली कलाकारहरुको स्टेज कार्यक्रम पनि बाक्लै हुन थालेका छन् । ढकाल केही महिनाअघि मात्रै लण्डनमा कार्यक्रम गरी फर्किएका थिए ।

साभार : onlinekhabar

Tuesday 9 April 2013

नेपाली नायिका कोसँग नजिक ?

दीपाश्रीदेखि केकीसम्मका साथी को-को ?
नेपाली सिनेमा क्षेत्रमा साथी कमाउन जति गाह्रो छ, त्योभन्दा धेरै सजिलो छ दुश्मन कमाउन । कलाकार-कलाकारवीच दुश्मनीको कथा सधैंजसो सञ्चारमाध्यमको प्रमुख समाचार बन्ने गर्दछन् । विशेषगरी एउटै पेशामा हुने प्रतिस्पर्धाले कलाकारवीच दुश्मनी बढेको देखिन्छ । यसैले पनि भनिन्छ, सिनेमा क्षेत्रमा को कतिबेला साथी र दुश्मन बन्छन्, पत्तै हुँदैन ।
भनिन्छ, साथी बनाउने मामिलामा पुरुषभन्दा महिलाहरु बढी संवेदनशील हुन्छन् । स्कुल कलेजका विद्यार्थी, गृहणी वा कुनै पेशा व्यवसायमा संलग्न महिलाहरुसँग कुनै न कुनै ‘क्लोज’ साथी रहेकै हुन्छन् । कोमल नारी संवेदनाको धनी भएका कारण सिने क्षेत्रमा काम गर्ने नायिकाहरुका पनि त्यस्तै भित्री साथी नहुने कुरै भएन ।
नेपाली सिनेमा क्षेत्रमा नायिकावीचको आपसी प्रतिश्पर्धाले गर्दा पनि यहाँ धेरैले दुश्मन कमाएका हुन सक्छन् । भेट्दा मुसुक्क हाँसे पनि धेरै नायिकावीच भित्री सम्बन्ध सुमधुर छैन । तर, थोरै नायिकाले भने आपसमा सुमधुर सम्बन्ध राख्ने गरेको पाइन्छ । केही नायिकाहरुका मन मिल्ने साथी नायिका नै भएका सीमित उदाहरण भेटिने गरेका छन् । यहाँ त्यस्तै नायिकाहरुको जोडीबारे चर्चा गरिएको छ :
ज्यान दिन तयार हुने नीता र अनु

प्रेसर जँचाउनु भयो ?

A doctor checking a patients blood pressure.बदलिँदो सहरिया जीवनशैली, अनियमित दिनचर्याले उच्च रक्तचापको समस्या बढ्दो छ । चिकित्सकहरूका अनुसार बढी धूमपान-मद्यपान, व्यायाम नगर्नु, तनाव, गलत खानपान र असंयमित रहनसहन यसको प्रमुख कारण हो ।
'सहरी क्षेत्रमा जंक फुडको बढी सेवन र व्यायामको कमी, तनाव, धूमपान, मद्यपानले उच्च रक्तचापलाई बढाइरहेको छ,' सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रका निर्देशक वरिष्ठ मुटुरोग विशेषज्ञ डा. मनबहादुर केसीले भने, 'खानपान र जीवनशैलीमा सकारात्मक परिवर्तन गरेर उच्च रक्तचापको समस्याबाट धेरै हदसम्म बँच्न सकिन्छ ।' विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले समेत उच्च रक्तचापको समस्या वृद्घि हुनुमा अन्य कारक तत्त्वबाहेक तीव्र सहरीकरण, आधुनिक सहरी जीवनशैली, कृषिमा आधारित जीवनशैलीबाट ज्यालादारीमा काम गरेर जीवन बिताउने प्रक्रिया बढी सहयोगी रहेको जनाएको छ । डब्लूएचओ, दक्षिण-पूर्व एसियाका क्षेत्रीय निर्देशक डा. सामली प्लेइनवाङचाङले भने, 'प्रत्येक व्यक्तिलाई स्वस्थकर जीवनशैली, सन्तुलित आहार, खानामा नुनको कम उपयोग, नियमित व्यायाम, मद्यपदार्थको अस्वस्थकर उपयोग नगरेर, तमाखुको उपयोग छाडेर र नियमित रक्तचाप जाँचेर उच्च रक्तचापबाट बँच्न सकिन्छ ।' सहरी बासिन्दाले स्वस्थकर खानपानको बानी बसाउनुपर्ने औंल्याउँदै नेपाल हृदयरोग प्रतिष्ठानका अध्यक्ष एवं वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीले भने, 'स्वस्थकर खानपानसँगै, तनावबाट मुक्ति, शारीरिक क्रियाकलापमा वृद्घि र धूमपान एवं मद्यपान त्यागेर उच्च रक्तचापबाट जोगिन सकिन्छ ।' हाल

Sunday 7 April 2013

कम्प्युटरमा भाइरस पसेको कसरी थाहा पाउने ? कसरी बँच्ने ?


हामी अहिले साइबर युद्धको युगमा छौँ । तपाइँलाई थाहै नदिइकन तपाइँको कम्प्युटर भाइरसद्धारा संक्रमित हुनसक्छ र अदृश्य ठाउँबाट कुनै ह्याकरले तपाइँको कम्प्युटर नियन्त्रण गरिरहेको हुनसक्छ । तपाइँको ल्यापटपका डाटाहरु साइबर अपराधीहरुले चोर्ने खतरा पनि हुन्छ ।
त्यसैले आफ्नो पिसिलाई ह्याक हुनबाट वा भाइरसबाट जोगाउन सचेत हुनुपर्छ । कम्प्युटरमा भाइरस घुसेको थाहा पाउने केही लक्षण निम्न छन् :
पिसीको गति निकै स्लो हुन्छ । कम्प्युटरमा धेरै डाटा लोड नहुँदा पनि गति निकै स्लो हुन थाल्छ ।
इन्टरनेट ब्राउजर आफै खुल्ने वा पपअप विन्डो आफै खुल्ने भयो भने पनि भाइरस छिरेको लक्षण हो । ब्राउजर बन्द गर्दा पनि बन्द हुनेबित्तिकै आफै खुल्ने लक्षण पनि भाइरस संक्रमणको हुनसक्छ ।
कम्प्युटरमा सेक्युरिटी विज्ञापन आफै देखिनु, ल्यापटप संक्रमित भएको चेतावनी जारी हुनु तथा सेक्युरिटी सफ्टवेयर डाउनलोड गर्न आफै सूचना पप अप हुन्छ ।
इन्टरनेट खोल्दा आफुले अर्कै बेवसाइट लगअन गरेको बेला अर्कैमा रिडाइरेक्ट हुनु ।

चुरोट खानेले पुरेत्याइँ गर्न नपाउने

1
धर्म, संस्कार र संस्कृति संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने पण्डित, पुरोहित एवं ज्योतिषीहरुले जथाभावी गर्ने गरेको गुनासो बढेपछि उनीहरुको लागि आचारसंहिता तयार भएको छ । शुक्रबार र शनिबार राजधानीमा भएको प्रथम राष्ट्रिय पण्डित महासम्मेलनले आचार संहिता तयार पारेको हो । आचारसंहिता कडाईका साथ लागू गरिने राष्ट्रिय धर्मसभा नेपालका प्रवक्ता एवं संस्कृतिविद डाक्टर वासुदेव कृष्ण शास्त्रीले बताउनुभयो ।
आचारसंहितामा पण्डितहरुको टुपी, शिखा, जनै, निधारमा टीका चन्दन अनिवार्य हुनुपर्ने व्यवस्था गरिएको छ । यस्तै धूमपान र मद्यपान गर्नेलाई पण्डितको मान्यता नदिने उल्लेख छ । यस्तै छोराछोरीलाई धर्म, संस्कृति र संस्कारको शिक्षा दिनुपर्ने व्यवस्था पनि गरिएको छ । पैसा उठाउने मात्रै उदेश्य लिएर गरिने यज्ञ पुराणलाई निरुत्साहित गर्न पनि पण्डितहरु सहमत भएका छन् ।

साभार : Online Khabar

Friday 5 April 2013

पर्वतमै पहिलोपटक टेलिमेडिसिन सेन्टर सञ्चालन

पर्वत जिल्लामा नै पहिलोपटक दक्षिणको एक विकट गाविसमा टेलिमेडिसिन सेन्टर सञ्चालनमा आएको छ । स्वीनफेन च्यारिटी ट्रस्ट युकेको सहयोग तथा चार भन्ज्याङ तमु समाज युकेको पहलमा जिल्लाको ठानामौला गाविसमा उक्त सेन्टर सञ्चालनमा आएको हो ।
 सो सेन्टरको बिहीबार एक कार्यक्रमका बीच सहयोगदाता लोर्ड रोजर स्वीनफेन र उहाँकी धर्मपत्नी प्याट स्वीनफेनले संयुक्त रूपमा उद्घाटन गर्नुभयो ।
सो अवसरमा रोजर स्वीनफेनले आफूले उपलब्ध गराएको सहयोेगबाट स्थानीयवासीले सर्वसुलभ र सहज सेवा लिन सकुन्् भत्रे अपेक्षा प्रकट गर्नुभयो ।
 करिब रु ६० लाखको लागतमा निर्माण भएको उक्त टेलिमेडिसिन सेन्टरमा अत्याधुनिक प्रविधिबाट उपचार पद्धति अपनाइने भएको छ । पर्वत जिल्लामा नै पहिलोपटक इन्टरनेटको माध्यमबाट मुलुकका ६५ राष्ट्रका चिकित्सकबाट सेवा लिन सकिने गरी सेन्टर सञ्चालनमा आएको हो ।
 चार भन्ज्याङ तमु समाज युकेका अध्यक्ष चन्द्रबहादुर गुरुङका अनुसार सेन्टरमा आएका जोसुकै बिरामीहरूले तानसेनको मिसन हस्पिटललगायतका नेपालका विभित्र १० हस्पिटल र अन्य बेलायत, भारत, चीनलगायतका राष्ट्रमा रहेका हस्पिटलसँग इन्टरनेटकै माध्यमबाट सम्बन्ध गाँसिएको र दुई घन्टाभित्र उपचारको पद्धति अपनाउन सकिन्छ ।

कुस्माबजारमा युवा समूहबीच भएको झडपमा दुई घाइते


पर्वत सदरमुकाम कुस्माबजारमा दुई समूहका युवाबीच बिहीबार साँझ भएको झडपमा दुई जना गम्भीर घाइते भएका छन् । सामान्य विवादमा भएको कुटपिटमा शिवालय–४ का १९ वर्षीय विवस बोहोरा र शिवालय– ६ का २० वर्षीय पवन गुरुङ घाइते भएका छन् ।
दुवैको पर्वत जिल्ला अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये
बोहोराको पिठ्यूँमा धारिलो हतियारले तीन ठाउँमा चोट लागेको छ भने
गुरुङको टाउकोमा चोट लागेको पर्वत जिल्ला अस्पतालले जनाएको छ । घाइते युवामध्ये बोहोरा टि गाइज समूहका हुन् भने गुरुङ स्टार ग्रुपका युवा हुन् ।
 यी दुई समूहबीच विगत देखिनै रिसइवी रहँदै आएको थियो । घटनामा संलग्न रहेर फरार युवाहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो ।

Tuesday 2 April 2013

यूएईलाई ६ विकेटले हराउँदै नेपाल फाइनलमा


नेपाल एसीसी ट्वान्टी-२० कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । झण्डै २० हजार दर्शकको उपस्थितिमा यूएईलाई ६ विकेटले पराजित गर्दै नेपालले अफगानिस्तानसँगको उपाधी भिडन्त पक्का गरेको हो । फाइनल भिडन्त भोलि बुधबार हुनेछ ।
यूएईले जितका लागि प्रस्तुत गरेको १ सय ३४ रनको लक्ष्य नेपाल
ले अन्तिम ५ बल बांकी छँदा ४ विकेटको क्षतिमा भेट्टाएको हो । अन्तिम २ ओभरमा १८ रन चाहिएको अवस्थामा विनोद भण्डारीको २ छक्काको मदतमा १९ औं ओभरमा १६ रन जोडेपछि नेपाल जित नजिक पुगेको हो । अन्तिम ओभरको पहिलो बलमा कप्तान पारस खड्काले २ रन दिएपछि ५ बल अघि नै नेपाल विजयी भएको हो ।