Monday 24 June 2013

चिया पिउनुका फाइदै फाइदा,,,,!!!!!

teaचिया पिउन कसलाई पो मन लाग्दैन र ? साँच्ची चिया पिउने बानी कसैको लागि लत नै बनिसकेको हुन्छ ।
कसैले अलि आवश्यकता भन्दा बढि नै चिया पिउने पनि गर्छन् । आवश्यकता भन्दा बढि चिया पिउँदा त्यसले स्वास्थ्यमा नकारात्मक असर पूराउन सक्छ ।
तर सन्तुलित रुपमा चिया पिउनु स्वास्थ्यका लागि फाइदाजनक नै हुन्छ, जस्तै :
चिनी निकै कम राखेको वा राख्दै नराखेको चिया पिउनु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । दूध र चिनी नमिलाएमा त चिया पूरै क्यालोरी मुक्त नै हुन्छ जसका कारण मोटोपनाको समस्याबाट पिरोलिनु पर्दैन । चियाले सरीरमा पाचन प्रणालीलाई सुदृढ बनाउँछ । वजन घटाउन चाहने तथा मधुमेहका रोगीहरुका लागि गि्रन टी को नियमित सेवन उपयुक्त हुन्छ ।
चिया पिउँदा सरीरमा पानीको कमी पूरा गर्न मद्धत मिल्छ ।

चियामा पोलिफ नल तथा एन्टिअक्सिडेन्ट पाइन्छ । यी दुवै तत्वको प्रभावका कारण चियामा क्यान्सर प्रतिरोधी गुण विद्यमान हुन्छ । यसकारण चियाको सेवनले सरीरलाई क्यान्सर सँग लड्न केही हदसम्म सहयोग गर्छ ।
चिया नियमित पिउँदा सरीरको रोग प्रतिरोधी क्षमता बढ्छ । यसले संक्रमण सँग लड्ने क्षमता बढाइदिन्छ । चिसो, रुघाखोकी जस्ता आम समस्याको समाधानका लागि चिया लाभदायी हुन्छ ।
चियामा हुने फ्लोराइड तत्वले सरीरका हड्डीलाई मजबुत बनाउँछ ।
चियाले तनाव भगाउन तथा सरीरलाई फूर्तिलो र तनाव मुक्त बनाउन सहयोग गर्छ । चियामा पाइने क्याफिन तथा टेनिन तत्वका कारण सरीरमा फूर्ति बढ्छ ।
चियाको नियमित सेवनले दाँत स्वस्थ राख्न पनि मद्दत गर्छ ।

No comments:

Post a Comment