Tuesday 28 May 2013

गर्भावस्थामा मधुमेह - निको हुन्छ तर सावधानी आवश्यक

helthडायबेटिज (मधुमेह) एक किसिमको दीर्घरोग हो। रगतमा चिनीको मात्रा कम गर्ने हर्मोन इन्सुलिनको उत्पादनमा कमी आएर वा प्रभावकारिता कम भएर वा दुवैका कारण मधुमेह हुन सक्छ। सामान्यतः एकपटक मधुमेह देखिएपछि यसलाई नियन्त्रण गर्न सकिन्छ तर पूर्ण रूपले निको बनाउन सकिँदैन। गर्भावस्थामा देखिने मधुमेह
(जेस्टेसनल डायबेटिज) भने शिशुको जन्मसँगै निको हुन्छ। त्यस्ता महिलामा पुनः मधुमेह हुने सम्भावना भने उच्च हुन्छ।
गर्भावस्थामा मधुमेह कहिले पत्ता लाग्यो भन्नेबारे ठूलो मतान्तर छ। सन् १८२३ मा बेरलिन विश्वविद्यालयका एचजी बेनेविचले आफ्नो शोधपत्रमा २२ वर्षीया महिलाको गर्भावस्थामा देखिएको मधुमेहको लक्षणलाई पहिलो उल्लेख गरेका छन्। ती महिलामा धेरै तिर्खा लाग्ने, पिसाब लाग्ने तथा धेरै भोक लाग्ने लक्षण देखिएको थियो। परणिम, उनले १२ पाउन्डको मृत बच्चा जन्माइन्। त्यसबेला रगतमा ग्लुकोजको परीक्षण सम्भव नभए पनि पिसाबमा चिनी मापन गरेर मधुमेह ठहर गरिएको थियो।

Sunday 26 May 2013

आफ्नो सन्तानलाई जंगलमा ज्युँदै छाड्ने (निर्दई आमा)

Mina Pariyarकुनै आमाले आफूले जन्मदिएका सन्तानलाई जंगलमा ज्युँदै छाडेर पर पुरुषको अंगालोमा बाँधिन जान्छन भन्ने तपाईले कल्पना गर्न सक्नुहुन्छ ? तर यस्ता निष्ठुरी आमाहरु पनि हुन्छन जसले परपुरुषलाई खुसी पार्न बच्चालाई अनकण्टार जंगलमा फालेर हिड्न सक्दा रहेछन । चितवनको नारायणगढकी मिना परियार (पौडेल) आफ्नो ११ महिने छोरालाई पर्वतको मुडिकुवा गाविसमा पर्ने सिर्सुवाको जंगलमा छाडेर आफू भने रात विताउन प्रेमीसँग गइन् । प्रहरीले आफन्तको सहयोगमा बच्चा जंगलमा फालेको २० घण्टापछि जीवित उद्धार गरेको छ भने महिलालाई समेत नियन्त्रणमा लिएको छ । बागलुङ जिल्लाको पैञ्युपाटा ५ मा माइतीघरबाट आफ्ना प्रेमीलाई भेट्न पर्वतको फलेबास हिंडेकी मिनाले मंगलबार दिउँसो ४ बजे छोरा भिष्म पौडेललाई झाडी र भिरालो स्थानमा छाडेर हिंडेकी थिइन । मंगलबार दिउँसो शिशुलाई छाडेर फलेबासमा एक पुरुषसँग रात बिताएकी मिनालाई बुधबार दिउँसो सदरमुकाम कुस्माबजारमा एक्लै देखेपछि आफन्त र प्रहरीले बच्चाको खोजी गरेका थिए । खोजी गर्ने क्रममा बोकेको पछ्यौरामा बाँधेर छाडेको अबस्थामा झाडीमा बुधबार दिउँसो २ बजे प्र्रहरी र आफन्तले जिवीतै उद्दार गरेको जिल्ला प्रहरी निरीक्षक बिजयराज पण्डितले बताउनुभयो ।

Wednesday 22 May 2013

नायिका निशा अधिकारी सगरमाथाको चुचुरोमा

नायिका निशा अधिकारी सगरमाथाको चुचुरोमा
नायिका निशा अधिकारी आज बिहान ८ बजे सगरमाथा चुचुरोमा पुग्न सफल भएकी पर्यटन बोर्डका सम्पर्क अधिकृत सगरमाथा आरोही ज्ञानेन्द्र श्रेष्ठले बताएका छन्। अधिकारी चैत २७ गते काठमाडौंबाट सगरमाथा आरोहणको लागि प्रस्थान गरेकी थिइन्। उनीसँगै १२ जना टोली सगरमाथा आरोहणको लागि गएको थियो। अधिकारी आरोहीको सहयोगीको रुपमा सगरमाथा चुचुरोमा चढेकी हुन्। उनी भोली काठमाडौं आइपुग्ने बताइएको छ। श्रेष्ठका अनुसार यो सिजनमा ६ सय नेपाली सगरमाथा आरोहणका लागि गएका छन् । ती मध्ये हिजोसम्म २ सय जना चुचुरोमा पुगिसकेका छन् बाँकी यो हप्ताभरीमा पुग्न सक्ने उनले बताए। 'अब एक हप्ताभरी जोजो चुचुरोमा पुग्न सफल भए भए,' उनले भने, 'त्यसपछि नसक्नेले यो सिजनमा चढ्न सक्दैनन्। जुन लागेपछि हिउँ पग्लन थाल्छ। चढ्न सकिन्न।' यसैबीच सगरमाथाको चुचुरोमा पुगेर फर्किँदै गर्दा दुई विदेशी आरोहीको मृत्यु भएको छ । सगरमाथाबाट फर्किने क्रममा गएराति उनीहरुको मुत्यु भएको हो। बिना अक्सिन फर्किँदै गर्दा बंगलादेशका मोहम्मद खलिल हुसेन र कोरियाका सुङ हो सियोको सोमबार राति मृत्यु भएको पर्यटन मन्त्रालयले जनाएको छ।

Sunday 19 May 2013

डिप्रेसनमा प्रार्थना

आस्था र भक्ति सबैलाई काम लाग्ने विषय हो । डिप्रेसनले सिकार व्यक्तिका लागि त झन् अत्यावश्यक हुन्छ । भजनकीर्तन वा प्रार्थना डिप्रेसनले पीडित व्यक्तिको उपचारमा सहयोगी साबित हुन्छ । जर्नल अफ अफेक्टिभ डिजअर्डरमा प्रकाशित एउटा अनुसन्धान प्रतिवेदनमा यस्तै उल्लेख छ । त्यसमा भनिएको छ, 'डिप्रेसनले ग्रस्त व्यक्तिले अरू उपचारसँगै पूजापाठ पनि गर्ने गरे तिनीहरू छिटो निको हुन सक्छन् ।'
हार्वर्ड मेडिकल स्कुलको अनुसन्धानकर्ताहरूका अनुसार, ईश्वरमा आस्था राख्ने व्यक्ति मानसिक रूपले मात्र स्वस्थ रहँदैनन्, डिप्रेसनको उपचारको समय उनीहरूमा राम्रो परिणाम देखिनेसमेत गरेको छ ।
यो अनुसन्धानमा डिप्रेसन भएको १ सय ५९ व्यक्तिलाई एक वर्षसम्म निरीक्षण गरियो । हरेक रोगीलाई ईश्वरमा तिनको आस्था र यसको उपचारमा पर्ने असरबारे १ देखि ५ सम्म अंक दिन भनियो । ईश्वरमा कम आस्था राख्ने व्यक्तिमा उपचारको असर ईश्वरमा आस्था राख्नेको तुलनामा कम देखियो ।
बदाम र ओखरले तौल कम
ड्राइफ्रुटको सेवनले मोटोपना बढ्दैन । बरु तौल कम गर्न सघाउ पुग्छ ।

Monday 13 May 2013

बिहेमा ३० मिनेट नाचेको ८ करोड लिए साहरुखले

बलिउड नायक साहरुख खान निक्कै महंगा छन् । पाइलै पिच्छे साहरुखको लागि पैसा ओइरिन्छ । हालै मात्र बलिउड बादशाह खानले एक बिहेमा आधा घन्टा मनोरञ्जन दिएवापत ८ करोड लिएको बताइएको छ ।हालै मात्र दुबइमा भएको एक बिवाहा समारोहमा साहरुखले ३० मिनेट नाचेको ८ करोड लिएका छन् । साहरुखलाई यो कार्यक्रममा नाच्नका लागि निम्ता दुबइका एक धनाढ्य परिवारले गरेका हुन् । अहमद हसिम खूरी र मरियम ओथमनले साहरुखलाई ८ करोड वुझाएका हुन् ।
२ बर्ष अघिसम्म साहरुखले कुनै कार्यक्रममा नाचेको ४ करोड लिने गर्दथ्य । तर अहिले उनले आफ्नो पारिश्रमिक बढाएका छन् । साहरुखलाई गतबर्ष २५० वटा कार्यक्रमबाट निम्ता आएको थियो । तर उनले जम्मा १० वटा कार्यक्रममा मात्र भाग लिएका थिए । साहरुख बर्षमा १ अरब भारतिय रुपियाँ यस्तै कार्यक्रममा सहभागी भएर मात्र कमाउने गर्दछन् । साहरुख आफ्ना नजिक र व्यक्तिगत रुपमा चिनेका व्यक्तिहरुको कार्यक्रममा मात्र यसरी सहभागी हुने गर्दछन् । साहरुखलाई ८ करोड वुझाउने अहमद हसिम खूरी रियल इस्टेट र एयरलाइन्सको मालिक हुन् ।

Sunday 12 May 2013

मौसम आँपको

mango
फलफूलमा अबको मौसम हो आँपको । यसलाई फलको राजा भनिन्छ । शास्त्रमा यसलाई अमृत फल भनिएको छ । आँप काँचो होस् वा पाकेको, दुवैमा औषधीय गुण हुन्छ । आयुर्वेदका अनुसार, आँपका पाँचै अंग अर्थात् बोक्रा, जरा, पात, फल, फूल सबै काममा आउँछन् । पाकेको आँप गुलियो, वीर्यवर्धक, पौष्टिक, वायुनाशक, कान्तिदायक, शीतल, पित्तनाशक हुन्छ । आँपको सेवनले भोक पनि बढ्ने गर्छ । यसले मुटुलाई बलियो बनाउनुको साथै पित्तलाई नियन्त्रणमा ल्याउने काम गर्छ । आँप कफवर्धक पनि मानिन्छ । आँप चाउरी रोक्नसमेत प्रभावकारी मानिन्छ । पाकेको आँपमा प्रोटिन, बोसो, खनिज पदार्थ, कार्बोहाइड्रेट, क्याल्सियम, फोस्फोरस, फलाम, भिटामिन 'ए', 'सी' र 'बी' लगायत पाइन्छ । आँपको मुख्य घटक सर्करा हो, जुन विभिन्न फलमा ११ देखि २० प्रतिशतसम्म हुन्छ । आँपमा पाइने मुख्यतः चिनी त्यसको खानयोग्य खण्डको ६.७८ देखि १६.९९ प्रतिशतसम्म हुन्छ । ग्लुकोज र अन्य सर्करा भने १.५३ देखि ६.१४ प्रतिशतसम्म पाइन्छ । आँपमा टार्टरिक र मेलिक अम्लसमेत पाइन्छ । साइटि्रक अम्ल भने थोरै मात्रामा हुन्छ । यो अम्ललाई मानव शरीरले उपयोग गर्ने गर्छ । यो अम्ल शरीरमा क्षारीय सञ्चय कायम राख्न सहयोगी हुन्छ ।

कुकुर पाल्नेलाई मुटुरोगको सम्भावना कम

dog
अमेरिकामा गरिएको एक अध्ययनले कुकर पाल्ने मानिसलाई मुटुरोग लाग्ने सम्भावना कम हुने निश्कर्ष निकालेको छ । हृदयरोग सम्बन्धी अमेरिकाको ठूलो संस्था अमेरिकन हर्ट एसोसिएसनले गरेको अध्ययनले घरेलु जनावर पाल्ने मान्छेहरुमा मुटुरोगको सम्भावना कम हुने निश्कर्ष निकालेको हो । बिशेषगरी कुकुर पाल्ने मानिसहरुमा मुटुरोगको सम्भावना कम हुने बिहीबार सार्वजनिक गरिएको प्रतिवेदनमा भनिएको छ । घरेलु जनावरमध्ये पनि बिशेषतः कुकुर पाल्ने व्यक्तिहरु कुनै न कुनै रुपमा हिड्ने काम परिरहने र ती जनावरको उपस्थितिमा उनीहरुको तनाव पनि कम हुने भएकाले रोगको सम्भावना कम हुने अध्ययनको निश्कर्ष छ । एसोसिएसनले डा. ज्लेन एन लेभिन प्रमुख रहने गरी अध्ययन टोली गठन गरेको थियो । अवलोकन विधिबाट गरिएको अध्ययनमा बढी स्वस्थ मानिसहरुले यस्ता घरेलु जनावर राख्ने गरेको समेत भेटिएको छ । 'घरेलु जनावर पाल्दैमा मुटुरोग कम हुने होइन्', टोली प्रमुख डा. लेभिनले भनेका छन्,'तर, घरेलु जनावर राख्दा मानसिक, सामाजिक र शारिरीक कारणले गर्दा मुटुरोग लाग्ने सम्भावना कम हुन्छ ।' तथ्यांक अनुसार अमेरिकीहरुले ७ करोड कुकुर र त्यो भन्दा बढी बिरालो घरेलु जनावरको रुपमा पाल्ने गरेका छन् ।

धूमपानले ठूलो आन्द्राको क्यान्सर

smokeनयाँ अध्ययनअनुसार, धूमपानले महिला र पुरुष दुवैमा ठूलो आन्द्राको क्यान्सरको जोखिम बढाउने गर्छ । धूमपानले हुने बोसे आन्द्राको क्यान्सरको डर पुरुषभन्दा महिलामा बढी हुनेसमेत उक्त अध्ययनले औंल्याएको छ ।
वैज्ञानिक जर्नल 'अमेरिकन एसोसिएसन अफ क्यान्सर रिसर्च' मा उक्त अध्ययन गत साता प्रकाशित भएको हो, जसका मुख्य अनुसन्धानकर्ता नेपाली चिकित्सक डा. रञ्जन पराजुली हुन् । डा. एइवेन्ड बजरकोस, प्रा. ग्राम इगरसमेतको संलग्नतामा गरिएको उक्त अध्ययन डा. पराजुलीले अमेरिकन क्यान्सर सोसाइटीको यसपालिकै वाषिर्क सम्मेलनमा प्रस्तुत गरिसकेका छन् ।

Friday 10 May 2013

हत्केलाबाट तपाई आफ्नो भाग्य आफै पत्ता लगाउनु होस……..

शास्त्रका अनुसार संसारमा जति पनि मानिसहरु जन्मिएका छन्, उसको भाग्य जरुर रहेको हुन्छ । उ कति सम्म भाग्यमानी छ, या दुर्भाग्यशाली छ भन्ने कुरा उसको भाग्य रेखामा निर्भर रहेको हुन्छ ।हत्केलाको बीचको औंलाको ठिक मुन्तिरा शनि पर्वत रहेको हुन्छ, यसैलाई नै भाग्य मान्दछ । हत्केलाको जुनसुकै स्थानबाट यस्तो रेखा सो स्थानमा पुगेको छ भने त्यसलाई नै भाग्य रेखा भनिन्छ । जसको नाडीबाट सिधै शनि पर्वत अर्थात बिचको औला पट्टि गएको हुन्छ त्यो व्यक्ति धेरै नै भाग्यशाली रहेको हुन्छ । यस्ता व्यक्ति धेरै नै महत्वकांक्षी र लक्ष्यप्रति केन्द्रित रहेको हुन्छ । शनि पर्वत तिर गएको रेखा चोरी औलाको मुनिपट्टि बाडियो अर्थात गुरु पर्वत यानी हुदै गयो भने सो व्यक्ति दानी एवम परोपकारी हुन्छ । उनले उच्च पद र प्रतिष्ठा प्राप्त गर्दछ ।तर सर्त यो हो कि, यो रेखालाई अरु कुनै रेखा काटिएको हुनु हुदैंन । जुन स्थानमा भाग्य रेखा काटेको हुन्छ, जीवनको सोही समयमा त्यस व्यक्तिले संघर्ष र कष्टको सामना गर्नु पर्दछ । भाग्य रेखा लामो भएर बिचको कुनै बाटो बाहिर गयो भने परिश्रम गरेपनि सफलता भने कोसौं टाढा भईदिन्छ । बुढि औलाको मुनितिर जीवन रेखामा शुक्र पर्वत रहेको हुन्छ । हस्तरेखा विज्ञानका अनुसार, अब त्यस स्थानबाछ कुनै रेखा निक्लिएर शनि पर्वत पट्टि गयो भने विबाह पछि व्यक्तिको भाग्य उदय हुनेछ ।

Thursday 9 May 2013

आज आमाको मुख हेर्ने दिन

last२६ वैशाख, ममताकी प्रतीक आमाको आशीर्वाद लिने र सम्मान गर्ने दिनका रूपमा आज वैशाख कृष्णपक्ष औंसी नेपालीहरूले मातातीर्थ औंसी (मातृऔंसीका) रूपमा मनाउँदैछन् ।
आजका दिनलाई शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनीबाट शुभाशीर्वाद थाप्ने उल्लेख गरिएको पाइन्छ । छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्राराम्रा लुगा लगाउन र मीठा खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ ।

Wednesday 8 May 2013

फेसबुकबाटै मायालुको टुंगो

facebook-dating
प्रेमीप्रेमिकाको खोजिमा अनलाइनमा डेटिङ साइटमा घोत्लिनेहरुलाई अब फुर्सद मिल्ने भएको छ । अनलाइन डेटिङ प्रोफाइल बनाएर डेटिङमा गएर रमाइलो गर्नका लागि मात्र नभएर जिवन बिताउने जोडी खोज्ने चलन पश्चिमा समाजमा पर्याप्त छ र हाम्रोमा पनि यो ट्रेण्ड भित्रिइसकेको छ । तर अब भने यस्तो डेटिङ प्रोफाइलको झण्झटबाट मुक्ति मिल्ने भएको छ । किनकी एउटा यस्तो नयाँ वेबसाइट सार्वजनिक भएको छ जसले फेसबुकबाटै जोडी मिलाइदिनेछ । क्यानुडल डट कम नामक उक्त वेबसाइटले फेसबुक प्रयोगकर्ताको प्रोफाइल अध्ययन गरी अविवाहितहरुलाई मिल्दो जोडी जुटाइदिने प्रयास गर्नेछ । फेसबुक प्रयोगकर्ताले आफ्नो प्रोफाइलमा राखेको मनपर्ने चलचित्र, किताब, रुचीको विषय, ठाउँ जस्ता कुराहरुको अध्ययन गरी मन मिल्ने युवा युवतीबीच जोडि मिलाइदिने प्रयास उक्त वेबसाइटको हुने एक अस्ट्रेलियाली वेबसाइटले जनाएको छ । यो वेबसाइट ग्लोबल डेटिङ कम्पनी कुपिडले बनाएको हो । कुपिडका मार्क डटीका अनुसार यो नयाँ साइटले छिटो र सरल तरिकाले जोडी भेट्टाइदिनेछ ।

Tuesday 7 May 2013

घाम ताप्नूस्, स्वस्थ रहनूस्

आँगनभरि छरिएर रहेको शरीरलाई चाहिने पोषण तपाईं टिप्नुहुन्छ ? प्रायः हामी आफूनजिक र वरपिरि छरिएका राम्रा वस्तु/औषधी देख्दैनौँ। तर, जब त्यही वस्तु/औषधी विदेशबाट प्याकेटमा आउँछन्, तब हामी धेरै रकम खर्चेर किन्छौं। हो, त्यस्तै एउटा प्राकृतिक औषधी हो, सूर्यको किरण, जुन दिनको करबि १२ घन्टा हामीसँगै हुन्छ। तर, त्यो औषधी हो भन्ने हामीलाई ज्ञान नै छैन। त्यसैले तुलनात्मक रूपमा अन्यत्रभन्दा बढी घाम लाग्ने गरे पनि हामीलाई भिटामिन 'डी'को कमी भइरहेको हुन्छ। जबकि, भिटामिन 'डी' सूर्यको किरणबाटै पाइन्छ। भिटामिन 'डी' दाँत र हाडका लागि अति जरुरी हुन्छ। यसको कमीले शरीरमा क्याल्सियमको शोषण कम हुन्छ र विभिन्न शारीरकि समस्या निम्तिन सक्छ। भिटामिन 'डी'को कमीले बालबालिकाको हातखुट्टा बाँगिने समस्या 'रिकेट्स' हुन्छ। यसको कमीले विभिन्न किसिमका संक्रामक रोग पनि लाग्न सक्छ। गर्भवती महिलाको शरीरमा भिटामिन 'डी'को कमी हुँदा गर्भको बच्चाको स्वास्थ्यमा नकारात्मक असर पर्छ। भिटामिन 'डी' प्रकृतिमा सजिलैसँग पाइने भए पनि यसबाट निम्तिने समस्याचाहिँ उल्लेख्य छ। भारतको दिल्ली, मुम्बई, चेन्नई र हैदरावादमा २ हजार ५ सय स्त्रीरोग विशेषज्ञमाथि गरएिको एक अनुसन्धानमा ९५ प्रतिशतमा भिटामिन 'डी'को कमी पाइएको थियो। पेसाले चिकित्सक भएकाले उनीहरूको व्यस्त जीवन नै यसको कारक थियो। उनीहरू बिहानदेखि बेलुकीसम्मै घर, अफिस र मोटरमा मात्रै बस्ने र घामको सम्पर्कमा आउनै नपाउने भएकाले यस्तो समस्या आएको अनुसन्धानले देखाएको छ।

ढंग पुर्‍याएर चोरिएको कथा

manjari 'ओइ फोहोरी केटा, मलाई तिमी मनपर्‍यो ।' धनी गुन्डा बुबाकी एक्ली छोरी मन्जरी (सुजाता) ले मोटरसाइकल वर्कशपमा काम गर्ने फोहोरी केटा ईश्वर (गौरव) लाई मन पराउनु नै  फिल्म 'मञ्जरी' को मूलकथा हो । आर्थिकदेखि जातीयस्तरको बेमेलले गर्दा प्रेम जोडीबीच आइपर्ने अवरोध प्रायः फिल्मका चल्तीका मसला हुन् ।
'मञ्जरी' कथा सामान्य मात्रै नभई सन् २००८ को सर्वाधिक कमाइ गरेको बंगाली फिल्म 'चिरोदिनी तूमी जे अमर' बाट हुबहु उतारिएको हो । अभिमन्यु मुखर्जीको स्त्रिmप्ट रहेको बंगाली फिल्ममा मोटरसाइकल वर्कशपमै काम गर्ने सिलिगुडीको कृष्णको त्यहीँकी एक स्कुले युवती पल्लवीसँग आँखा जुध्दाजुध्दै घनिष्ठ प्रेम बस्छ । र, कृष्णले पल्लवीलाई भगाएर कोलकाता लान्छ । भगाउँदा प्रेमिकालाई घडी समेत फुकालेर -घरको केही पनि नल्याई) आउन भनेको कृष्णले सहरमा साथीभाइको सहयोगले बिहे गर्छ । तर केटीका गुन्डा प्रवृत्तिको बाबु र अंकलले भने उनीहरूलाई फेला पार्छन् र फिर्ता ल्याउँछन् । त्यसपछि फिल्मले दर्दनाक अन्त्य लिन्छ । निर्देशक गणेशदेव पाण्डेकै लेखन भनिएको फिल्म 'मञ्जरी' उक्त कथाबाट किञ्चित फरक छैन । फरक छ केवल पात्र, भाषा, स्थान र फिल्म युनिट ।

एसपी खरेलले स्टार बनायो

hero  प्रदेशी साहको परिचय तीन सातायता फेरिएको छ । वीरगन्ज १५ मुर्लीका २६ वर्षे तन्नेरीलाई सबैले 'एसपी खरेल' भन्छन् । भोजपुरी चलचित्र 'एसपी खरेलः द रियल हिरो' ले उनको परिचय र छवि बदलिदिएको हो । झन्डै एक दशकदेखिको संघर्ष अहिले सफल भएको मान्छन् उनी । 
भोजपुरी चलचित्र उद्योगमा नयाँ स्टारको -पमा छाएका उनी आशलाग्दा नायकको रूपमा पनि दरिएका छन् । 'पहिलो चलचित्रले नै पहिचान दियो,' प्रदेशीले भने 'म एसपी खरेलको भूमिकामा जमेकाले होला, मलाई आफन्त, इष्टमित्र, शुभचिन्तक, फ्यानले एसपी खरेल भन्न थालेका छन् ।' यहाँसम्म कि बसको टिकट, सभासमारोहका लागि होटलको कोठा बुक गर्दासमेत एसपी खरेल लेखिदिन्छन् रे । अहिले विवाहको सिजनमा उनलाई आउने निम्तोमा समेत एसपी खरेल उल्लेख हुन्छ ।  फ्यानले घेर्ने र अटोग्राफ माग्ने सिलसिला बढ्दै गएपछि अचेल उनी मास्क लगाएर हिँड्न थालेका छन् । 'फ्यानलाई निराश गर्न पनि सकिँदैन,' उनले भने, 'धेरै समय दिएर अल्भिmन पनि सकिँदैन ।'  दुई सातासम्म वीरगन्जमा चलेको आफ्नो फिल्मको दैनिक एक शो हेर्ने र आफूलाई हलबाट फोन गर्ने अज्ञात महिला फ्यानले त चकित नै बनाएको उनी दाबी गर्छन् ।

Monday 6 May 2013

कालीगण्डकीमा सञ्चालित जल यातायात बन्द

स्याङ्जाको मिर्मीस्थित देशकै ठूलो जलविद्युत् गृह कालीगण्डकी ‘ए’ को बाँध निर्माणका क्रममा बनेको जलाशयमा चल्ने जिल्लाकै एकमात्र जल यातायात (स्टिमर) स्थानीय क्लबको आन्दोलनका कारण अनिश्चितकालका लागि बन्द भएको छ ।
स्थानीय पिँढीखोला गाविस-८ स्थित जोगिमारामा रहेको जनसुधार युवा क्लबले विभिन्न चारसूत्रीय माग राखी आन्दोलनमा उत्रिएपछि आँधीमुहानदेखि सेतीवेणीसम्मको सात किलोमिटर जल यातायात अनिश्चितकालका लागि बन्द भएको हो । आन्दोलनका कारण स्टिमर बन्द हुँदा त्यस क्षेत्रका हजारौँ सर्वसाधारण मर्कामा परेका छन् । क्लबका अध्यक्ष टेकबहादुर क्षत्रीका अनुसार क्लबले स्टिमरमा यात्रा गर्दा अनिवार्य लाइफ ज्याकेटको व्यवस्था हुनुपर्ने, स्टिमर उपभोक्ता समिति गठन गरी यातायातको भाडा निर्धारण गर्नुपर्ने, क्षमताभन्दा बढी यात्रु हालेर यात्रा गराउन नपाइने, ३० किलो सम्मको सामान ढुवानी निःशुल्क गर्नुपर्ने, दृष्टिविहीन, अपाङ्ग, अशक्तहरूलाई विशेष छुटको व्यवस्था हुनुपर्नेलगायतका माग राख्दा स्टिमर सञ्चालक संस्था शिला शालिग्राम शिला जल यातायात व्यवस्थापन समितिले बेवास्ता गरेकाले आन्दोलनमा उत्रिएको हो ।

यु ट्युबले कोर्दैछ संगीतकर्मीको भाग्य

images
चर्चित भिडियो शेयरिङ साइट यु ट्युब इन्टरनेट प्रयोगकर्ताहरुको पहिलो रोजाइ त बनिरहेकै छ, यसले संगीतकर्मीको भाग्य र भविष्य समेत सुरक्षित पारिदिन थालेको छ । बजारमा संगीतको व्यापार घटिरहेका बेला संगीत साधकहरुका लागि यु ट्युब जिविकोपार्जन तथा प्रसिद्धिको माध्यम बन्न थालेको छ । यसले कतिपय गायकहरुलाई विश्वव्यापी शाख सिर्जना गरिदिएको छ । साइ, जस्टिन बाइबर तथा म्याकलेमर लगायतका गायकहरुले यु ट्युबमार्फत नै तहल्का मच्चाइरहेको उदाहरणले यो कुरा प्रष्ट पार्छ ।इन्टरनेट मार्फत संगीतको सशुल्क डाउनलोड, भिडियोसँगै अनलाइन विज्ञापन तथा प्रायोजनका साथै यु ट्युबमार्फत पाउने प्रसिद्धिका कारण हुने विश्वव्यापी कन्सर्ट उल्लेखित गायकहरुको कमाइको मुख्य आधार बनिरहेको छ । यु ट्युवमा संगीत सामाग्री साझेदारी विभागका निर्देशक विविन लेविटका अनुसार विश्वलाई संगीतको माध्यमबाट एकठाउँमा आबद्ध गर्न यु ट्युव उच्चतम प्लाटर्फम बनिरहेको छ ।

रिसाउनुपूर्व एकपटक सोचौं !

क्रोध मस्तिष्कमा उत्पन्न हुने एउटा आवेग हो। मस्तिष्कको संरचना नै यस्तो हुन्छ जसमा आवेग आइरहन्छ। आवेग दिमागमा दह्रो डेरा जमाएर बसेको हुन्छ र त्यो व्यक्तिको स्वभावको अङ्ग नै बनिसकेको हुन्छ। रिसको एउटै कारणका पछाडि दुई व्यक्तिका भिन्न-भिन्न प्रतिक्रिया हुन्छन्-कोही रिसले रातो-पिरो, भएर मर्ने-मार्नेसम्म उत्रन्छन् भने कोही त्यसलाई सरलताका साथ निवारण गर्छन्। यो भिन्नता व्यक्तिको मस्तिष्कमा बसेको संस्कारका कारण हो। मनको जटिलता पनि हाम्रो क्रोधी स्वभावको कारण हुनसक्छ। जब हाम्रो मस्तिष्क कुनै जटिलतामा अल्झन्छ, तब हामी त्यसको रिस अन्य व्यक्तिमाथि पोख्न खोज्छौं। रिसाउने अधिकांश कारण अत्यन्त सामान्य र साना हुन्छन्। कतिपय रिस त आधारहीन नै हुन्छन्। बिनाकारण पनि हाम्रो मस्तिष्कमा रिस आएर बस्न सक्छ। रिसका बेलामा राम्रो कुरा सोच्ने फुर्सद पनि हुँदैन। सबैभन्दा नराम्रो कुरा त आफ्नो रिस निर्दोष व्यक्तिमाथि पोख्नु हो। रिसको परिणाम कहिल्यै राम्रो हुँदैन। अफिसमा काम बिगारेर घर आएर छोराछोरीलाई गाली गर्नु अथवा घरमा झगडा गरेर स्कुल गै विद्यार्थीमाथि रिस पोखेका घटनाहरू हामीले सुन्दै, देख्दै अनि भोग्दै आएका छौं। रिसको यस्तो आवेगले कसैलाई फाइदा गर्दैन। रिसको घनिष्ट सम्बन्ध अस्थिरता, क्षणिकता, उद्वेग, अहंकार, असहिष्णुता आदि मनका अन्य विकारहरूसँग हुन्छ। रिसलाई मनभित्र दबाएर लामो समयसम्म राख्दा अझ ठूलो हानि हुन्छ।

नेपालले जित्यो आईसीसी वर्ल्ड क्रिकेट डिभिजन-३ को उपाधि

nepal-champion
नेपालले आईसीसी वल्डकप लिग डिभिजन थि्रको विजेता बनेको छ । बर्मुडामा नेपाली समयअनुसार आईतबार राति भएको खेलमा युगान्डालाई ५ विकेटले पराजित गर्दै उपाधि विजेता भएको हो ।
एक सय ५२ रनको चुनौति पाएको नेपालले ३९ दशमलब २ ओभर खेल्दै पाँच विकेटको क्षतिमा निर्धारित लक्ष्य पुरा गरेको थियो ।
जीत दर्ताका लागि सरद भेसवाकरले नटआउट ५० रन बनाए भने पृथु बास्कोटाले पनि नट आउट १९ रन बनाए । त्यस्तै प्रदीप ऐरीले ६० रन बनाएका थिए भने र विनोद भन्डारी र ज्ञानेन्द्र मल्लले ५/५ रन बनाएका थिए भने शिव खकुरेल ४ रन र पारस खड्का एक रन बनाएर आउट भएका थिए । खेल अवघिभर नेपालले ८ वटा वाइड पाएको थियो । अब नेपालले १० टोली समावेश विश्वकप क्लालिफायर खेल्नेछ। प्रतियोगितामा नेपालसँगै अफगानिस्तान, क्यानाडा, केन्या, स्कटल्यान्ड युगान्डा, हङकङ, पपुवा न्युगिनी, युएई र नामिबिया छन्।

नियमित दही खाने कि ?

महिनावारी भएका बेला सामान्य पेट दुख्नु स्वाभाविक हो तर कसै-कसैलाई यो बेला अत्याधिक पेट दुख्छ र नियमित कामकाज गर्न पनि गार्‍हो हुने हुन्छ। महिनावारीको यस्ता पीडाका कारण करिब ८० प्रतिशत महिला चिन्तित हुन्छन्। हालै गरिएको एक अध्ययनमा यस्ता पीडित महिलाहरूले दैनिक २ कप जति दही सेवन गरे करिब ४८ प्रतिशतमा पीडा कम भएको देखिएको छ। दहीमा पाइने क्याल्सियम तथा अन्य खनिज पदार्थले हार्मोनहरू -इस्ट्रेजेन र प्रोजेस्ट्रोन) को सन्तुलन कायम गर्ने एवं स्नायुहरूलाई पनि निस्क्रिय बनाउन मद्दत गर्ने विज्ञहरूको तर्क छ। नियमित दहीको सेवनले मानसिक तनाव पनि कम हुने उक्त  अध्ययनको निष्कर्ष छ।

मनको एउटा अवस्था हो, खुसी

मनको एउटा अवस्था हो, खुसी। हरेक मानिस खुसी रहन चाहन्छ तर सक्दैन। यद्यपि खुशी रहन केही उपाय अपनाउन सकिन्छ। सधै सकारात्मक सोचौं-नकारात्मक सोचाइले मानिसलाई दुःखी बनाउँछ। त्यस्तो सोच राख्नुको फाइदा पनि छैन। हँसिलो रहौं-हर वखत हासौं, मुस्कुराऔं। उदास किन हुने? जबकि यसवाट कुनै लाभ मिल्दैन। परिस्थिति जस्तोसुकै भए पनि मुस्कुराउनुपर्छ। 
चार्लिन च्याप्लिनबाट प्रेरणा लिउँ - बि्रटिस हास्य कलाकार चार्ली च्याप्लिनको निजी जीवन कष्टकर थियो। उनी गरिव पृष्टभूमिवाट आएका थिए। यद्यपि उनले आफ्नो निजी जीवनलाई कहिल्यै पर्दामा देखाएनन्। लाग्थ्यो, संसारमा उनीभन्दा खुसी अरू कोही छैनन्। परिस्थिति आउँछ, जान्छ-स्वाभाविक हो जीवनमा उतार चढाव आउँछ। यसबाट अत्तालिनु पर्ने कुनै आवश्यकता छैन। मनोबल बलियो बनाउनुपर्छ र हरेक किसिमको परिस्थितीसँग डटेर सामना गर्नुपर्छ। आफूले मात्र होइन, हरेकले यस्तो अवस्थाको सामना गर्नुपर्छ।

Saturday 4 May 2013

नेपाली समाज युएईको अध्यक्षमा कार्की

13rd May 2013, नेपाली समाज युएईको अध्यक्षमा ज्ञानेन्द्रवहादुर कार्की चयन भएका छन् । शुक्रबार दुबईको एभरेष्ट होटलमा सम्पन्न भेलाले कार्कीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।भेलाले उपाध्यक्षत्रयमा चन्द्र बिक्रम सारु, भिम अधिकारी र भेषराज ढकाल, कोषाध्यक्षमा गणेश न्यौपाने र महासचिवमा उमाकान्त पाण्डेलाई चयन गरेको छ ।
अध्यक्षता नेपाली समाज निर्वाचन समितिका संयोजक गोपाल कंडेलले गर्नु भएको थियो । विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, समाजसेवी, बुद्धिजीवि, आजीवन सदस्य र पत्रकारहरु अतिथि रहेको निर्वाचन भेलालाई उत्तम अधिकारीले संचालन गरेका थिए । अन्त्यमा वरिष्ठ समाजसेवी चन्द्र प्रसाद सापकोटा, पूर्वअध्यक्ष कृष्ण ढकाल लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले नवनिर्वाचित सबै पदाधिकारीहरुलाई शुभकामना दिएका थिए । राजु गुरुङले सम्पूर्ण संघ संस्थाहरु र उपस्थित सबैलाई धन्यबाद दिएका थिए । त्यस्तैगरी गोपाल कंडेलले निर्वाचनको लागि सहयोग पुर्‍याउने सम्पूर्ण सहयोगीहरुलाई धन्यबाद दिदै नेपाली समाज निर्वाचन समिति विगठन भएको घोषणा समेत गरेका थिए ।

हलमा शिरीषको फूल

film
पारिजातको चर्चित उपन्यास 'शिरीषको फूल' माथि बनेको फिल्ममाथि परेको रिटको फैसला फिल्मको पक्षमा गएपछि शुक्रबार राजधानीका हलहरूमा रिलिज भएको छ । जमिन फिल्मस्का सुरज मिश्र र उत्तम खत्रीले पुनरावेदन अदालत ललितपुरमा फिल्मको प्रदर्शन रोक्न माग गर्दै रिट हालेका थिए ।
न्यायाधीशद्वय टीकाबहादुर हमाल र रामचन्द्र यादवको संयुक्त इजलासले फिल्म क्रिएसन नेपालका गणेश लामा र चलचित्र विकास बोर्डको पक्षमा निर्णय गरेको हो । जमिन फिल्मस्ले सुरुमा पारिजात स्मृति केन्द्रसँग अनुमति लिए पनि सम्झौताअनुसार तीन वर्षभित्र फिल्म निर्माण नभएकोले इजाजत रद्द भएको थियो र त्यसपछि फिल्म क्रिएसन नेपालले इजाजत पाएको थियो ।