पर्बत सेवा समाज यु. ए. ई. को भुकम्प पिडित राहत हस्तान्तरण तथा प्रतिबेदन सार्बजनिक कार्यक्रम यहि १५/० ५/२०१५ मा सम्पन्न भयो
"साम्पूर्ण पर्बत बासी एक हौ" भन्ने मूल नाराका साथ स्थापित पर्बत सेवा समाज ले बि.स.१२ /०१/२०७२ (२५/०४/२०१५) मा नेपाल मा गएको विनासकारी महाभुकम्प बाट पिडित हरुलाई केहि राहत को अनुभूति दिनको लागि पर्बत सेवा समाज यु.ए.ई.ले (प्राथना र सहयोग को लागि जोडौ हात ) भन्दै संचालन गरेको भुकम्प पिडित राहत अभियान बाट संकलित नेपाली रुपिया १०८४२०० ( दस लाख चौराशी हजार दुई सया ) नगद तथा जिन्सी हस्तान्तरण तथा नेपाल मा पठाइएको पैसा को पूर्ण बिबरण सार्बजनिक गर्ने कार्यक्रम सिन्ध पन्जाब होटल बर दुबई मा भयो | कार्यक्रम को सभापतित्व पर्बत सेवा समाज यु.ए.ई का कार्यबाहक अधक्ष्य श्री परशुराम पौडेल ले गर्नु भयो | यस कार्यक्रम का प्रमुख अतिथि मा समाज का सम्रक्षक तथा जिल्ला परिसद यु.ए.ई. का सचिव श्री मणि भुर्तेल का साथै अतिथि हरु मा सम्रक्षक श्री खिमानन्द भुर्तेल , सल्लाहकार हरु श्री प्रकाश सापकोटा , श्री सुदेश काफ्ले लगायत गोरखा धादिंग र सिन्धुपाल्चोक सेवा समाज का अधक्ष्यहरु क्रमस श्री दिनेश पाण्डे, श्री भिम अधिकारी ,श्री बिदुर न्यौपाने का साथै लुम्बिनी वेलफेर सोसाईटी का महासचिव नरेश गिरि , जनप्रगतिसिल मंच यु.ए.ई. का अधक्ष्य श्री हेमन्त पौडेल लगायत विभिन्न समाजसेवीहरुको अतिथ्यता मा र पर्बत सेवा समाज का केन्द्रीय क्षेत्रिय समिति का सदस्य हरु ,पर्बत बसी हरु को उपस्तिथिमा भएको यस कार्यक्रम को संचालन महासचिव श्री सरोज जी सी ले गर्नु भएको थियो | यस महाप्रलय मा परि मृत्यु हुनु भएका हरु प्रति स्रदान्जली को लागि १ मिनेटको मौनधारण गर्दै सुरु भएको कार्यक्रममा स्वागत मन्तब्य सचिव श्री कमल लामिछाने ले दिनु भयो | कार्यक्रम मा सबै अतिथिका साथै पर्बत सेवा समाज यु.ए. ई क्षेत्रिय समिति दुबई का अधक्ष्य श्री तिलक सापकोटा बाट मन्तब्य राख्नु भएको थियो |
यस अभियान द्वारा संकलित रकमबाट नेपाली रुपिया ५००००/- (पचास हजार रुपिया) का दरले गोरखा सेवा समाज यु.ए.ई. , धादिंग समाज यु.ए.ई , सिन्धुपाल्चोक सेवा समाज यु.ए.ई लाई हस्तान्तरण गरियो | जिन्सीको हकमा तिन ओटा समाज लाई १०/१० ओटा कम्बल र सिन्धुपाल्चोक लाई ३ कार्टुन समान दिइयो| एस भन्दा आगाडि नै गोरखा मा बितरण गर्न को लागि गोरखा सेवा समाज मार्फत २५००/- दिराम बाराबार को जिन्सी समान हस्तान्तरण भई सकेको छ /
यस महाभूकम्प बाट पर्बत जिल्ला पनि अछुतो नरहेको पर्बत जिल्लका पनि ४ जना को निधन हुनुको साथै धेरै भौतिक क्षति भएको ले यस अभियान बाट संकलित रकम नेपाली रुपिया ९३४२०० ( नौ लाख चौतिश हजार दुई सया रुपिया) पर्बत पठाई सकेको जानकारी सभापति श्री परशुराम पौडेल ले जानकारी दिनु भयो सो रकम लाई पर्बत मा रहेका अतिबिपत मा परेका र आर्थिक स्थिति नाजुक भएका पिडित को हातमा पुराउनु को लागि पर्बत सेवा समाज का अधक्ष्य श्री राजेन्द्र अधिकारी नेपालमा रहनु भएकोले वहाले वास्तविक पिडितको पहिचान गरि पर्वतका सम्पूर्ण पिडित मा हस्तान्तरण गर्नु हुनेछ |
सम्पूर्ण सहयोगी हरुलाई हाम्रो यस अभियान मा अहोरात तन मन र धन सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिदै सभापति बाट कार्यक्रम सम्पन्न भयो |
महासचिव
श्री सरोज जी.सी.
पर्बत सेवा समाज यु. ए.ई.