Sunday 28 April 2013

एप्पलका ह्याकर गुगलमा जागिरे बन्दै

Apple-vs.-Google
सफ्टवेयरको दुनियाका कट्टर प्रतिद्धन्दी एप्पल र गुगलबीचको आपसी प्रतिस्पर्धामा अर्को अध्याय थपिएको छ । एप्पलको आइफोन र आइप्याडको अपरेटिङ सिस्टम आइओएस ह्याक गर्नका लागि निकै चर्चित सफ्टवेयर ‘जेलब्रेक’ निर्माण गरेर आइफोन ह्याक गर्ने ह्याकर निकोलस एलिग्राले गुगलमा छिर्ने भएका छन् । उनी प्रशिक्षार्थीको रुपमा गुगल कम्पनीमा प्रवेश गर्ने भएका हुन् ।
जेलब्रेक एउटा यस्तो सफ्टवेयर हो जसका माध्यमबाट आइफोन र आइप्याडका प्रयोगकर्ताहरुले आइओएस डिभाइसमा अर्को एप्लिकेसन पनि इन्स्टल गर्न सक्छन् ।
यस्तो चर्चित सफ्टवेयर बनाउने निकोलसले आफ्नो टि्वटर अकाउण्ट मार्फत आफु गुगलमा प्रशिक्षार्थीको रुपमा छिर्न थालेको खुलास गरेका हुन् । आफुले आउँदा केही हप्तामा गुगलमा इन्टर्नशीप गर्न लागेको उनको भनाइ छ ।

तर आफुले एन्ड्रोइड सफ्टवेयरका लागि भने काम नगर्ने उनले बताएका छन् । स्मरण रहोस् निकोलसलाई एप्पलले सन् २०११ मा प्रशिक्षार्थीको रुपमा कम्पनीमा भित्राएको थियो । त्यसको एकवर्ष पछि एप्पलले निकोलसको करार अवधि बढाउने सोँच बनाएको थियो ।
तर निकोलसले एप्पलप्रति नै घात गर्दै आइफोन ह्याक गर्ने सफ्टवेयर बनाएपछि एप्पलले उनको करार अवधि टुंग्याएको थियो । हेरौँ यी ह्याकरले गुगलमा पनि केही बदमासी पो गर्ने हुन् की । आइओएस ह्याक गर्ने निकोलसलाई गुगलले भित्राउन लागेको खबरप्रति एप्पलले कस्तो प्रतिक्रिया दिने हो त्यो पनि हेर्न बाँकी छ ।

No comments:

Post a Comment