Thursday 25 April 2013

भारतकी प्रथम पार्श्व गायिका रहिनन्

नयाँदिल्ली , 'मेरे पिया गए रङ्गुन...', 'कभी आर कभी पार...' तथा 'कजरा मोहब्बतवाला...' जस्ता हिन्दी फिल्मका कालजयी गीतहरूकी गायिका शमशाद बेगमको निधन भएको छ । हिन्दी फिल्मकी प्रथम गायिका मानिएकी शमशादले मुम्बईस्थित निवासमा मंगलबार राति अन्तिम सास फेरेको उनको परिवारले जनाएको छ । उनी ९४ वर्षकी थिइन् । केही महिनादेखि अस्वस्थ थिइन् ।
सन् १९१९ मा पञ्जाबमा जन्मेकी शमशादले १८ वर्षको उमेरदेखि गीत रेकर्ड गर्न थालेकी थिइन् । 'कहीँ पे निगाहेँ कहीँ पे निशाना...', 'बूझ मेरा क्या नाम रे...', 'सैयाँ दिल मे आना रे...', 'लेके पहला पहला प्यार...,' 'छोड बाबुल का घर...' उनका अन्य सदाबहार गीत हुन् ।  उनी करिअरको उचाइमा रहेका बेला लता मंगेशकरले पाश्र्व गायन थालेकी थिइन् । दुवैले 'डर ना मोहब्बत कर ले...', 'प्यार के जहां की...', 'बचपन के दिन...' जस्ता गीत सँगै गाएका थिए । भारतीय संगीतकर्मी र फिल्मकर्मीले शमशादको निधनले हिन्दी सिनेमा संगीतको एउटा युगको अन्त्य भएको बताएका छन् । 'मलाई निकै दुःख लागेको छ,' लताले भनेकी छन् । 
अभिनेता अमिताभ बच्चनले शमशादको निधनले ऐतिहासिक गीतको स्वर्णआवाज सधैंको लागि शान्त भएको उल्लेख गरेका छन् । शमशेदकी एक छोरी छन् ।

No comments:

Post a Comment