Saturday 20 June 2015

मृगौला पिडित श्रीमती बिमला श्रेष्ठ लाइ रु.६८,०००/- सहयोग

          २०जुन्२०१५ - दुवै मृगौला काम नलाग्ने आवस्थामा निदान अस्पताल प्रा. लि. ललितपुरमा उपचाररत पर्बत जिल्ला थापथाना गा बि स -३ हटिया निबासी श्रीमती बिमला श्रेष्ठ को उपचर को लागि पर्बत सेवा समाज यु...ले ६८,०००/- (अद्सठी हजार रुपिया ) सहयोग उपलब्ध गरायको छ / बिगत ४ महिना देखि "निदान अस्पताल ललितपुर" मा उपचाररत पिडित को दुवै मृगौला फेल भयपक्षि मृगौला को प्रत्यारोपण गर्नुपर्ने र सो को लागि महँगो खर्च लाग्ने भयको ले आर्थिक अभाव भई पर्बत सेवा समाज युएइ समक्ष्य सहयोग को आब्हान भयको थियो / युयइ मुलुकको दुवै अन्तर्गतको बुर दुवै मेट्रो पार्क मा सम्पन्न उक्त कार्यक्रम मा संस्था का बरिस्ठ सल्लाहकार श्री बालकृष्ण अधिकारी ज्यु को प्रमुख अतिथि मा कार्यबाहक अधेक्ष्य श्री परशुराम पौडेल को सभापतित्तो मा कार्यक्रम सम्पन्न भयको थियो / उक्त कार्यक्रम को संचालन कमिटि का महासचिब श्री सरोज जि सी ले गर्नु भयको थियो / सो कार्यक्रममा बिसेष अतिथि को रुपमा क्रमश: धादिंग समाज यु या इ का अधेक्ष श्री भिम कुमार अधिकारी, दाङ देउखिरी समाज यु ए इ का अधेक्ष श्री शान्त गिरि,कास्की आदर्श समाज यु ए इ का अधेक्ष श्री शेखर पौडेल ज्यु को उपस्थिथि रहेको थियो /  केन्द्रीय कमिटि क्षेत्रिय कमिटि का सदस्य हरु र अन्य सदस्य हरुको उलेख्य सहभागिता रहेको थियो /   
Photo: Lal B. Dhenga
       हालसालै को भूकम्प मा परि मृत्यु हुने दाजुभाई तथा दिदीबहिनीहरुको सम्झना मा श्रद्दान्जली स्वरूप १ मिनेट मौन धारण गर्दै कार्यक्रम को सुरुवात भयको थियो/ सो कार्यक्रम मा प.से.स.यु.ए.इ महिला बिभाग प्रमुख श्रीमति सरस्वति कार्की ले स्वागत मन्तब्य दिनु भयको थियो भने दुवै क्षेत्रिय कमिटि का सचिब श्री राजु बिक्रम पौडेल, सह सचिब श्री राजु शर्मा, कोसधक्ष्य श्री कृष्ण पौडेल, र केन्द्रीय कमिटि का सचिब कमल लामिछाने, सह सचिब राजेन्द्र कार्की ज्यु ले मन्तब्य दिनु भयको थियो / यो किसिमका सहयोग का कार्यक्रम मा सदा एकजुट भयर लग्नु पर्ने र सहयोग का कार्यहरुमा सदा एकजुट हुने कुरामा सबैजना को एक्यबद्धता रहेको थियो / बिसेष अतिथि श्री भिम अधिकारी ज्युले पर्बत सेवा समाज ले पर्बत मा मात्रै नभयर अन्य जिल्ला हरुमा पनि सहयोग को हात बधयको मा धेरै खुसि ब्यक्त गर्नु भयो / तेसैगरी दाङ देउखुरी समाज यु.य.इका अधेक्ष श्री शान्ता गिरि ज्युले यो संस्था सधैनै सक्रिय रहेकको मा ध्रेरै खुसि लागेको बताउनु भयो / कास्की आदर्श समाज यु य इ का अधेक्ष श्री शेखर पौडेल ज्यु ले मानब सेवा नै सबै भन्दा ठुलो धर्म हो भगवान खोज्न मन्दिर होइन मनमा हेर्नु पर्छा आपत परेको बेलामा सहयोग गर्नु नै सबैभन्दा ठुलो धर्म हुने बताउनु भयो /
Photo: Lal B. Dhenga
        सहयोग संकलन सह संयोजक श्री तिलक शाप्कोता ले एस अभियान को प्रतिबेदन पेश गर्दै/ यो कार्यमा आफुलाई दियको जिम्मेवार प्रति गर्ब लागेको कुरा बताउनु भयो / प्रमुख अतिथि रहनुभायका श्री बालकृष्ण अधिकारी ले स्थापना काल देखि नै संस्था सेवाको काम मा हात मा हात मिलायारा आगाडी बढेको मा गर्ब गर्नु भयो र आगामी दिनहरुमा पनि अझ श-शक्त रुपमा आगाडी बधाई एस संस्था लाइ संसारभर चिनाउने शुभकामना ब्यक्त गर्नु भयो /

Photo: Lal B. Dhenga
          का. अधेक्ष तथा कार्यक्रम का सभापति श्री परशुराम पौडेल ले एकताबद्ध भयर काम गरे कुनै पनि काम असम्भब नरहेको बताउनु भयो / एस पुनित कार्यमा सहयोग गर्नुहुने सम्पूर्ण मा हार्दिक कृतज्ञता ब्यक्त गर्दै एकताबद्ध भयर काम गर्ने कमिटि का साथिहरुमा गर्ब लागेको कुरा बताउनु भयो / एस अभियान बाट संकलित रकम रु ६८०००/- रुपिया हाल छुट्टि मा नेपाल मै रहनुहुने कमिटि का अधेक्ष श्री राजेन्द्र अधिकारी ज्यु मार्फत पिडित समक्ष्य पुर्याउने जानकारी गराउदै कार्यक्रम को समापन गर्नु भयो /