Thursday 20 June 2013

यस्तो रहेछ काठमाडौंमा बन्ने २५ तले 'काठमाडौं टावर' (फोटो फिचर)

Kathmandu Tower
काठमाडौं महानगरपालिकाले पुरानो बसपार्कमा सुविधा सम्पन्न र प्रविधियुक्त 'काठमाडौं टावर' निर्माण गर्ने प्रक्रिया फेरि अगाडि बढाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाटो खोलेपछि निर्माण प्रक्रिया पुनः सुचारु हुने भएको छ । साढे २३ रोपनी क्षेत्रफल रहेको पुरानो बसपार्कको करिब १० रोपनीमा भवन  निर्माण गरिने छ । भुइँतलामा बसपार्क, अन्य माथिल्ला दुई तलामा हलुका सवारी साधनको पार्किङस्थल बनाइने छ । बाँकी जग्गामा सवारी साधन भित्रिने र बाहिरिने  ढोकालगायत विभिन्न आधुनिक प्रकारका मनोरञ्जन स्थल बनाइनेछ ।
भोटाहिटी, न्युरोड क्षेत्र  लगायतसम्मका गाडीको पार्किङ टावरमै हुनेछ । टावर  काठमाडौं उपत्यका देखिने गरी बनाइनेछ । भवनमा मनोरञ्जन हल, पार्क, रेस्टुरेन्ट, क्याफे, बैंक, सना-ठूला सभाहल, पौडी पोखरीसमेत निर्माण गरिने छ ।

No comments:

Post a Comment