Thursday 6 June 2013

पर्बत सेवा समाज युएई को रस अल खैमा क्षत्रीय समिति गठन

६ जून २०१३ - पर्बत सेवा समाज युएई को रस अल खैमा क्षत्रीय समिति गठन कार्येक्रम सम्पन्न भएको छ उक्त गठन कार्यक्रमको सभापतित्वो पर्बत सेवा समाज युएई केन्द्रिय समितिका उपाध्यक्ष्य बिमल केसी ले गर्नु भएको थियो भने आतिथिहरु मा पर्बत सेवा समाज युएई क केन्द्रिय महासचिब तथा संगठन बिभाग प्रमुख पुरुषोत्तम सुबेदी, केन्द्रिय कोसाध्यक्ष्य परसुराम पौडेल, केन्द्रिय सदस्य खेम अधिकारी एबम पर्बतबाशी धर्मदत्त शर्मा रहनु भएको थियो भने उक्त गठन कार्यक्रम मा पर्बत सेवा समाज युएई को गठनको  लक्ष्य उद्स्य र काम कर्तव्यको बारेमा जानकारी गराइएको थियो !
पर्बत सेवा समाज युएई रस अल खैमा क्षत्रिय कार्य समितिमा अध्यक्ष्यखगेन्द्र अधिकारी, उपाध्यक्ष्य दिपक तिवारी, सचिब ख्याम

प्रसाद न्यौपाने, सह-सचिब कृष्ण बिक, कोसाध्यक्ष्य रुद्र अधिकारी लाइ चयेन गरिएको छ भने सदस्यहरुमा सोभित राना, राम प्रसाद गौतम, राजेन्द्र पौडेल, चित्र बहादुर कुबर, खेम थापा र   बाकी ३ सदस्य पछि मनोनित गर्ने गरि १३ सदस्यीय क्षत्रिय समिति गठन कार्यक्रम सम्पन्न भएको छ !
उक्त कार्य समितिको उत्तरोत्तर प्रगतिको कामना गर्दछौ !

पर्बत सेवा समाज युएई
केन्द्रिय समिति दुबई युएई

No comments:

Post a Comment