Saturday 29 June 2013

पर्बत सेवा समाज युएई को परिचयात्मक कार्यक्रम सम्पन्न !


२८ जुन, २०१३ - पर्बत सेवा समाज युएई द्वारा आयोजित युएईमा रहेका विभिन्न संघ संस्था संगको परिचयात्मक कार्येक्रम बरदुबई स्थित एभरेस्ट होटेल मा येही शुक्रबार २८ जुन २०१३ का दिन भव्यताका साथ सम्पन्न भएको छ ! उक्त कार्येक्रमको सभापतित्व यसै पर्बत सेवा समाज युएईका अध्यक्ष्य श्री मणि प्रसाद भुर्तेल ले गर्नु भएको थियो भने प्रमुख अतिथिमा नेपाली समाजका भूपू अध्यक्ष्य यम तमु रहनु भएको थियो र कार्येक्रमको संचालन महासचिब पुरुस्वोत्तम सुबेदी ले गर्नु भएको थियो ! कार्येक्रमको सुरुवात  अतिथिहरुको आसन ग्रहण को साथै ब्याज वितरण गरेर गरिएको थियो भने कार्येक्रमको स्वागत मन्तब्य श्रीमती बिष्णुमाया सुबेदीले दिनु भएको थियो !
यसैगरि कार्येक्रममा अतिथिहरु को तर्फबाट संरक्षक खिमानन्द भुर्तेल, सल्लाहकार बालकृष्ण अधिकारी, समाजसेबी उत्तम अधिकारी, पत्रकार महासंघ युएईका अध्क्षय अर्जुन दाहाल जनप्रगतिसिल समाज युएईका अध्यक्ष्य हेमन्त शर्मा, गोर्खा सेवा समाज युएईका अध्यक्ष्य सुरेश ढकाल, बाग्लुंग सेवा समाज युएईका अध्यक्ष्य गोपाल कडेल, नेपाली समाज युएईका उपाध्यक्ष्य भिम अधिकारी, लुम्बेनी वेलफेयर सोसाइटीका अध्यक्ष्य डी एल शर्मा लगाएत सर्बदा बांग्मय प्रतिष्ठानका सदस्य उत्तम अधिकारी ले यस पर्बत सेवा समाज युएईको उत्तरोत्तर प्रगतिको को कामना गर्दै आ-आफ्नो धारणा एबम शुभकामना मन्तब्य दिनुभएको थियो भने सचिब सरोज जी सी ले पर्बत सेवा समाज युएईको काम कर्तब्य र पर्बत जिल्लाको बिसेस्ताको बारेमा  सबैलाई जानकारी गराउनु भएको थियो !
यसैगरि उक्त कार्येक्रमलाइ थप आकर्सण बनाउनको लागि कलाकार गोपीकृष्ण पंगेनी ले गित गाएर मनोरंजन पर्दान गर्नु भएको थियो भने कार्येक्रम को अन्त्यमा कलाकार कल्पना श्रीपाली र नारायण न्यौपानेको दोहोरि गित ले सबैलाई नचाएर मनोरंजन प्राप्त गराउन सफल हुनुभएको थियो ! अन्त्यमा कार्येक्रमका सभापति तथा पर्बत सेवा समाज युएईका अध्यक्ष्य मणि प्रसाद भुर्तेल ले यस समाजले निस्वार्थ भावनाले हातमा हात मिलाएर आगाडी बढ्ने कुराको जानकारी गराउदै कार्येक्रम को समापन भए
को घोसणा गर्नुभएको थियो !


No comments:

Post a Comment