Friday 10 May 2013

हत्केलाबाट तपाई आफ्नो भाग्य आफै पत्ता लगाउनु होस……..

शास्त्रका अनुसार संसारमा जति पनि मानिसहरु जन्मिएका छन्, उसको भाग्य जरुर रहेको हुन्छ । उ कति सम्म भाग्यमानी छ, या दुर्भाग्यशाली छ भन्ने कुरा उसको भाग्य रेखामा निर्भर रहेको हुन्छ ।हत्केलाको बीचको औंलाको ठिक मुन्तिरा शनि पर्वत रहेको हुन्छ, यसैलाई नै भाग्य मान्दछ । हत्केलाको जुनसुकै स्थानबाट यस्तो रेखा सो स्थानमा पुगेको छ भने त्यसलाई नै भाग्य रेखा भनिन्छ । जसको नाडीबाट सिधै शनि पर्वत अर्थात बिचको औला पट्टि गएको हुन्छ त्यो व्यक्ति धेरै नै भाग्यशाली रहेको हुन्छ । यस्ता व्यक्ति धेरै नै महत्वकांक्षी र लक्ष्यप्रति केन्द्रित रहेको हुन्छ । शनि पर्वत तिर गएको रेखा चोरी औलाको मुनिपट्टि बाडियो अर्थात गुरु पर्वत यानी हुदै गयो भने सो व्यक्ति दानी एवम परोपकारी हुन्छ । उनले उच्च पद र प्रतिष्ठा प्राप्त गर्दछ ।तर सर्त यो हो कि, यो रेखालाई अरु कुनै रेखा काटिएको हुनु हुदैंन । जुन स्थानमा भाग्य रेखा काटेको हुन्छ, जीवनको सोही समयमा त्यस व्यक्तिले संघर्ष र कष्टको सामना गर्नु पर्दछ । भाग्य रेखा लामो भएर बिचको कुनै बाटो बाहिर गयो भने परिश्रम गरेपनि सफलता भने कोसौं टाढा भईदिन्छ । बुढि औलाको मुनितिर जीवन रेखामा शुक्र पर्वत रहेको हुन्छ । हस्तरेखा विज्ञानका अनुसार, अब त्यस स्थानबाछ कुनै रेखा निक्लिएर शनि पर्वत पट्टि गयो भने विबाह पछि व्यक्तिको भाग्य उदय हुनेछ ।
यस्ता व्यक्तिले कुनै कलामा मध्यम प्रगति गर्दछ । तर उसको जीवनमा कुनै समय संकटको बादल मडारिएको हुन्छ किनकी भाग्य रेखा जिवन रेखालाई उछिन्नेर अघि बढेको छ । हत्केलाको मध्यममा मस्तिष्क रेखाबाट निक्लिएर कुनै रेखा शनि पर्वत गएको छ भने, त्यो धेरै उत्तम हुन्छ । हस्तरेखा विज्ञानका अनुसार यस्ता व्यक्ति सामान्य परिवारमा जन्म लिएर पनि आफ्नो योग्यता र लगनशिलताले सफलताको शिखरमा पुग्दछ । शनि पर्वत पट्टि गएर रेखा दुई भागमा बाँढियो भने त्यो व्यक्ति धेरै नै उत्तम अर्थात फलदायी हुन्छ ।

No comments:

Post a Comment