Monday 6 May 2013

यु ट्युबले कोर्दैछ संगीतकर्मीको भाग्य

images
चर्चित भिडियो शेयरिङ साइट यु ट्युब इन्टरनेट प्रयोगकर्ताहरुको पहिलो रोजाइ त बनिरहेकै छ, यसले संगीतकर्मीको भाग्य र भविष्य समेत सुरक्षित पारिदिन थालेको छ । बजारमा संगीतको व्यापार घटिरहेका बेला संगीत साधकहरुका लागि यु ट्युब जिविकोपार्जन तथा प्रसिद्धिको माध्यम बन्न थालेको छ । यसले कतिपय गायकहरुलाई विश्वव्यापी शाख सिर्जना गरिदिएको छ । साइ, जस्टिन बाइबर तथा म्याकलेमर लगायतका गायकहरुले यु ट्युबमार्फत नै तहल्का मच्चाइरहेको उदाहरणले यो कुरा प्रष्ट पार्छ ।इन्टरनेट मार्फत संगीतको सशुल्क डाउनलोड, भिडियोसँगै अनलाइन विज्ञापन तथा प्रायोजनका साथै यु ट्युबमार्फत पाउने प्रसिद्धिका कारण हुने विश्वव्यापी कन्सर्ट उल्लेखित गायकहरुको कमाइको मुख्य आधार बनिरहेको छ । यु ट्युवमा संगीत सामाग्री साझेदारी विभागका निर्देशक विविन लेविटका अनुसार विश्वलाई संगीतको माध्यमबाट एकठाउँमा आबद्ध गर्न यु ट्युव उच्चतम प्लाटर्फम बनिरहेको छ ।
स्मरण रहोस् दक्षिण कोरियाली गायक साइको चर्चित गित गंगनम स्टाइल यु ट्युबबाटै १ अर्ब भन्दा बढिले हेरे भने पछिल्लो गित जेन्टलम्यान पनि साढे २७ करोड भन्दा बढिले हेरिसकेका छन् । यु ट्युबमा गंगनम स्टाइल गितले पाएको अकल्पनीय प्रसिद्धिसँगै साइले यु ट्युबबाट मात्र ८० लाख अमेरिकी डलर कमाउन सफल भए । यु ट्युबमा शेयर भएका भिडियोहरुसँगै डिस्प्ले हुने विज्ञापनबाट प्राप्त आम्दानीको केही अंश यु ट्युबले सम्बन्धित भिडियोधनीलाई समेत दिने गरेपनि कति दिने भन्ने केही खुलाउँदैन । यु ट्युबमा भिडियो अपलोड गरि विश्वमा हजारौँ मान्छेले वर्षेनी लाखौँ डलर आम्दानी गर्ने गरेका यु ट्युबकेा दाबी छ । यु ट्युबका अनुसार पछिल्लो दुइ वर्षमा यु ट्युबले अपलोड गरिएका भिडियोबाट प्राप्त आम्दानीमध्ये झण्डै आधा अर्ब सम्बन्धि भिडियो बनाउने कम्पनीलाई प्रदान गरिसकेको छ ।

No comments:

Post a Comment