Saturday 16 January 2016

पर्बत सेवा समाज यु.ए.ई.को सुभकामना आदन प्रदान तथा बनभोज कार्यक्रम संम्पन


  •                पर्बत सेवा समाज यु.ए.ई.ले आयोजना गरेको मकर सक्रान्ति सुभकामन तथा बनभोज कार्यक्रम १५ जनवरी २०१६ मा भव्यता क साथ बर दुवै को जबिल पार्क मा सम्पन भयो |
  •            यो कार्यक्रम को सभापति समाज क अधक्ष्य श्री राजेन्द्र अधिकारी ले गर्नु भएको थियो भने अतिथि हरु मा प्रमुख अथिति नेपाली समाज यु.ए.ई. का अधक्ष्य श्री चन्द्र प्रकाश सापकोटा हुनुहुन्थ्यो ,बिसेस अथिति मा सम्रक्ष्यक श्री खिमानन्द भुर्तेल , मणि प्रसाद भुर्तेल र समाजसेबि श्री मोहन शर्मा पौडेल हुनुहुन्थ्यो भने अतिथि मा सल्लाहकार श्री बालकृष्ण अधिकारी, श्री प्रकाश सापकोटा ,श्री सुदेश काफ्ले ,श्री गोपी भुसाल हुनहुन्थ्यो / त्यस्तै अन्य अतिथिमा गुल्मी समाज यु.ए.ई का अधक्ष्य श्री लक्ष्मन भण्डारी ,धादिंग समाज यु.ए.ई का अधक्ष्य श्री भिम अधिकारी , लगायत यु.ए.ई का संघ सस्थाका प्रतिनिधि , राजनीतिक संगठन का प्रतिनिधि कलाकार , पत्रकार ,समाजसेवी उपस्थित हुनहुन्थ्यो |
  •               पर्बत समाज यु. ए. ई. ले आयोजना गरेको यस कार्यक्रम को संचालन समाज का महासचिव श्री सरोज जी.सी ले गर्नु भएको थियो | सम्क्षिप्त मा कार्यक्रम को आयोजन र उदेश्य बताउदै संचालक ले कार्यक्रम अगाडी बढाउने क्रम संगै कार्यक्रम मा स्वागत मन्तब्य सचिव श्री कमल लामिछाने ले दिनु भएको थियो | त्येस्तै कार्यक्रम को पूर्ण बिबरण का साथै बनभोज को आयोजन को बारेमा पूर्ण प्रकाश पर्दै समाज का प्रथम उपाधक्ष्य तथा सास्कृतिक बिभाग प्रमुख श्री परशुराम पौडेल ले यस कार्यक्रम बाट हुने सम्पूर्ण फाइदा पर्बत नाग्लिबांग ६ निबासी श्री राम बहादुर बि.क . को दुइ वटा मिर्गौला फेल भएको उहाको उपचार सहयोग को लागि दिने जानकारी गराउनु भयो | मन्तब्य कै क्रम मा प्रमुख अतिथि श्री चन्द्र प्रसाद सापकोटा ले पर्बत समाज लाई बधाई दिदै पिडितको सिघ्र स्वस्थ लाभको कामना गर्नु भयो| त्यस्तै अन्य अतिथि बक्ताहरुले समाजले गरेका सहयोगका कामहरु सराहनीय भएको र आगामी दिनहरुमा पनि यस्ता सहयोगका कामहरु निरन्तर जारी रहने विश्वास ब्यक्त गर्नुभयो |त्यस्तै पिडित को सिघ्र स्वस्थ लाभको कामना गर्नु भयो |
  •                 बनभोज कार्यक्रम रमाइलो मनोरंजन का लागि हुनुका साथै कसैको जिबन रक्षा क लागि पनि भएकोले सम्पूर्ण उपस्थित ले बनभोजको टिकेट लिनुका साथै सहयोग पेटीमा गोप्य दान गरेर सहयोग गर्नु भयो | बनभोजमा नेपाली परिकारहरु पुलाउ, तरकारी, अचार ,खसीको मासु लगायत अन्य परिकार उपलब्ध थियो / सुद्ध नेपाली खानको स्वाद लिदै उपस्थित कलाकार बाट नेपाली दोहोरि घम्सा घम्सी हेर्न लायक थियो | खान खाएर सकिन साथ सुरु भएको दोहोरि कार्यक्रम ले बनभोज लाई सुनमा सुगन्ध बनाएको थियो | सभापतिले कार्यक्रम को समापन गर्दै यस बनभोज कार्यक्रम बाट हुने सम्पूर्ण फाइदा दान पेटी बाट उठ्ने रकम र पर्बत सेवा समाज यु .ए.इ.को राहत कोष बाट १००० दिरहम थप गरि पिडित लाई जति सक्दो छिटो एक कार्यक्रम को आयोजना गरि हस्तान्तरण गरिने जानकारी दिनु भयो | यस कार्यक्रम मा आएर शोभा बधिदिनु भएको तथा सहयोग गर्नु भएको मा सम्पूर्ण अतिथि ,संघ सस्था क प्रतिनिधि ,राजनीतिक दलका प्रतिनिधि , पत्रकार , कलाकार ,साथै उपस्तिथ सम्पूर्ण महानुभाब लाई धन्यबाद दिनु का साथै हाम्रो सस्था लाई चुस्त दुरुस्त राख्न अहोरात खटिने सम्रक्ष्यक ,सल्लाहकार, केन्द्रिय तथा क्षेत्रिय समितिका पधाधिकारी , सदस्य हरु सम्पूर्ण लाई धन्यवाद का साथै माघे सक्रान्ति को सुभकामना व्यक्त गर्नु भयो /


2 comments: