Monday 3 June 2013

छ दशक अघिको नेपाल ( भिडियोमा )

- छ दशक अघि नेपाल कस्तो थियो होला ? बुवा हजुरबुवाको समय हामी नाती पुस्ताले  कसरी थाहा पाउनु ? तरपनी मैले अनुभुती गर्न पाए । संग्राहलयमा  झुण्डाईएका फोटोहरु हेरेर हैन, आफ्नै आखाँले भिडियो देखेर । भर्खरै एउटा युट्युव भिडियो हेर्ने मौका मिल्यो । निकै रोचक एवं जानकारी मुलक भिडियो जसमा पुर्वदेखी पश्चिम नेपालसम्मको भौगोलिक अवस्था, मानिसको चालचलन, लवाई खुवाई प्रश्टै अनुभुती गर्न सकिन्छ ।
क्यामरा एवं (अडियो/भिडियो) रेकडिङ सम्वन्धी प्रविधी त्यो समयमा नेपालमा भित्रिसकेको थियो होला तरपनी यसरी प्रयोगमा आएको थियो जस्तो लागेन । नेपालका अधिकाशं क्षेत्रमा भ्रमण गरेका पहिलो विदेशी नागरिक (भुगोलविद) टोनी हेगनले भिडियो कैद गरेका रैछन् ।  सन् १९५० देखी १९६१ सम्म नेपालको विभिन्न ठाउँमा भ्रमण गर्दैगर्दा कैद गरिएको भिडियोलाई डकुमेन्ट्री फिल्म बनाईएको  छ । 
"नेपालको हिमालय क्षेत्रमा हिराजन्य बहुमुल्य खनिज पदार्थ पाईन्छ कि पाईदैन ?" भनेर अध्ययन गर्न आएको भएपनी नेपाली प्रकृती एवं समाज प्रती चै वढी झुकाव भएको उनले वताएका छन् । भिडियो हेर्दै गर्दा नेपालको सुन्दर प्रकृती, हिमालय पर्यावरण, मानिसको लवाई/खुवाई , धर्म एवं संस्कृती , शिक्षा र स्वास्थ्य अवस्था जान्ने अवसर प्राप्त हुनेछ । मदन राज जोशीले युट्युवमा अपलोड गर्नुभएको यो भिडियो करिव छ दशक अघिको नेपाल कस्तो थियो भनेर हेर्न चाहनेहरुको लागी महत्वपुर्ण छ ।

No comments:

Post a Comment