Sunday 12 May 2013

कुकुर पाल्नेलाई मुटुरोगको सम्भावना कम

dog
अमेरिकामा गरिएको एक अध्ययनले कुकर पाल्ने मानिसलाई मुटुरोग लाग्ने सम्भावना कम हुने निश्कर्ष निकालेको छ । हृदयरोग सम्बन्धी अमेरिकाको ठूलो संस्था अमेरिकन हर्ट एसोसिएसनले गरेको अध्ययनले घरेलु जनावर पाल्ने मान्छेहरुमा मुटुरोगको सम्भावना कम हुने निश्कर्ष निकालेको हो । बिशेषगरी कुकुर पाल्ने मानिसहरुमा मुटुरोगको सम्भावना कम हुने बिहीबार सार्वजनिक गरिएको प्रतिवेदनमा भनिएको छ । घरेलु जनावरमध्ये पनि बिशेषतः कुकुर पाल्ने व्यक्तिहरु कुनै न कुनै रुपमा हिड्ने काम परिरहने र ती जनावरको उपस्थितिमा उनीहरुको तनाव पनि कम हुने भएकाले रोगको सम्भावना कम हुने अध्ययनको निश्कर्ष छ । एसोसिएसनले डा. ज्लेन एन लेभिन प्रमुख रहने गरी अध्ययन टोली गठन गरेको थियो । अवलोकन विधिबाट गरिएको अध्ययनमा बढी स्वस्थ मानिसहरुले यस्ता घरेलु जनावर राख्ने गरेको समेत भेटिएको छ । 'घरेलु जनावर पाल्दैमा मुटुरोग कम हुने होइन्', टोली प्रमुख डा. लेभिनले भनेका छन्,'तर, घरेलु जनावर राख्दा मानसिक, सामाजिक र शारिरीक कारणले गर्दा मुटुरोग लाग्ने सम्भावना कम हुन्छ ।' तथ्यांक अनुसार अमेरिकीहरुले ७ करोड कुकुर र त्यो भन्दा बढी बिरालो घरेलु जनावरको रुपमा पाल्ने गरेका छन् ।

No comments:

Post a Comment