Monday 6 May 2013

नेपालले जित्यो आईसीसी वर्ल्ड क्रिकेट डिभिजन-३ को उपाधि

nepal-champion
नेपालले आईसीसी वल्डकप लिग डिभिजन थि्रको विजेता बनेको छ । बर्मुडामा नेपाली समयअनुसार आईतबार राति भएको खेलमा युगान्डालाई ५ विकेटले पराजित गर्दै उपाधि विजेता भएको हो ।
एक सय ५२ रनको चुनौति पाएको नेपालले ३९ दशमलब २ ओभर खेल्दै पाँच विकेटको क्षतिमा निर्धारित लक्ष्य पुरा गरेको थियो ।
जीत दर्ताका लागि सरद भेसवाकरले नटआउट ५० रन बनाए भने पृथु बास्कोटाले पनि नट आउट १९ रन बनाए । त्यस्तै प्रदीप ऐरीले ६० रन बनाएका थिए भने र विनोद भन्डारी र ज्ञानेन्द्र मल्लले ५/५ रन बनाएका थिए भने शिव खकुरेल ४ रन र पारस खड्का एक रन बनाएर आउट भएका थिए । खेल अवघिभर नेपालले ८ वटा वाइड पाएको थियो । अब नेपालले १० टोली समावेश विश्वकप क्लालिफायर खेल्नेछ। प्रतियोगितामा नेपालसँगै अफगानिस्तान, क्यानाडा, केन्या, स्कटल्यान्ड युगान्डा, हङकङ, पपुवा न्युगिनी, युएई र नामिबिया छन्।

यो प्रतियोगिताको शीर्ष दुई टिमले विश्वकप क्रिकेट खेल्नेछन् भने त्यसपछिका दुई टिमले चार वर्षसम्म एक दिवसीय क्रिकेटको मान्यता पाउनेछन्। उतारचढावका बीच आईसीसी विश्व क्रिकेट लिग डिभिजन-३ को लिग चरणका खेलमा शनिबार दोस्रो स्थानमा रहँदै नेपालले अर्को वर्ष न्युजिल्यान्डमा हुने विश्वकप छनोट प्रतियोगितामा स्थान पक्का गरेको छ । युगान्डा ८ अंंकसहित लिगको शीर्ष स्थानमा रहँदै छनोट भयो भने समान ६ अंक रहे पनि अमेरिका र बर्मुडालाई रनरेटमा पछि पार्दै नेपाल अर्को चरणको यात्रा तय गर्न सफल भएको हो । पछिल्लो नौ महिनामा नेपाल चौथोपल्ट टुर्नामेन्ट फाइनलमा प्रवेश गरेको छ । मलेसियामा भएको डिभिजन-४ को विजेता नेपाल यूएईमा भएको एसीसी एलिटकपमा आयोजकसँग संयुक्त विजेता बनेको थियो भने काठमाडौंमा सम्पन्न एसीसी ट्वान्टी-ट्वान्टीको उपविजेता पनि हो । नेपालको छनोट कम नाटकीय रहेन । पहिलो दुई खेलमा अनपेक्षित नतिजा हासिल गर्दै खेल गुमाएको नेपालले त्यसपछिका तीन खेलमा सुदृढ प्रदर्शन गर्दै आफू कमजोर नभएको सावित गर्‍यो । दुई खेल गुमाएर गणितीय सम्भावना बोकेको नेपालले त्यसपछि सहभागी अरू राष्ट्रको खेलमा पनि भर पर्नुपर्ने थियो । अब नेपालले न्युजिल्यान्डमा १० राष्ट्र सहभागी विश्वकप छनोट चरणमा सहभागिता जनाउने छ । त्यसको शीर्ष दुईमा पर्न सकेमा सन् २०१५ मा न्युजिल्यान्ड र अस्ट्रेलियामा हुने विश्वकपमा खेल्न पाउने छ भने शीर्ष चारमा रहेका आईसीसी वल्र्ड क्रिकेट लिग च्याम्पियनसिपमा रहने मौका पाउने छ । अहिले च्याम्पियनसिपमा आयरल्यान्ड, नेदरल्यान्डस्, केन्या, स्कटल्यान्ड, अफगानिस्तान, क्यानडा, युनाइटेड अरब इमिरेट्स र नामिविया छन् । च्याम्पियनसिपमा रहेका मध्यबाट शीर्ष दुईले विश्वकपमा स्थान पक्का गर्ने छन् भने बाँकी रहेका टिम र डिभिजन-२ मा रहेका पपुवा न्युगिनी, नेपाल, हङकङ र युगान्डाबीच विश्वकप छनोट प्रतियोगिता हुने छ । बर्मुडामा नेपालले राम्रो मात्र खेलेन, उसलाई भाग्यले पनि साथ दियो । लिग चरणको अन्तिम खेलमा इटालीलाई फराकिलो अन्तरले हराउँदै आफू डिभिजन-३ मा बस्ने पक्का गरे पनि थप खुसीका लागि केही समय कुर्नु पर्‍यो । डिभिजन-४ मा झरिसकेको इटालीले पहिले ब्याटिङ गर्दै दिएको १ सय २८ रनको लक्ष्य नेपालले २ सय ११ बल बाँकी रहँदै पूरा गरेर आफ्नो रनरेट बलियो बनाउँदै शीर्ष दुईमा पुग्ने आशा जीवितै राखेको थियो । पहिलो खेलमा नेपालमाथि ९४ रनको जित हासिल गरेको अमेरिका अन्तिम खेलमा आयोजक बर्मुडासँग ५ विकेटले हार्न पुगेपछि नेपालको भाग्य खुलेको हो । अमेरिकासँगको जितले बर्मुडा पनि रेलिगेसनमा पर्नबाट जोगिँदै डिभिजन-३ मा कायम रहन सफल रह्यो । लिगको शीर्ष स्थानमा रहेको युगान्डामाथि ७ विकेटको रोमाञ्चक जित हासिल गरे पनि ओमान रेलिगेसनबाट जोगिन सकेन ।
बिहान ८ बजे होटेल साउथ ह्याम्टनबाट हिँडेको नेपाली क्रिकेट टिम दुविधाका बीच एक घन्टाको बाटोमा सेन्ट डेविड मैदानमा पुग्यो । त्यसै मैदानमा बर्मुडालाई आठ विकेटले हराएको नेपालले चार मुख्य स्पिनरलाई मैदानमा उतार्‍यो । जितपछि पनि नेपाली टिमले खुलेर खुसी मनाउन सकेन । कारण नेपाललाई आपनो जितपछि नेसनल क्रिकेट मैदानमा भइरहेको बर्मुडा र अमेरिकाबीचको खेलको नतिजा कुर्नुपर्ने थियो । करिब एक घन्टा ३० मिनेटको कुराइमा खेलाडीको अनुहारमा तनावका साथै खुसी पनि थियो । बर्मुडाले अमेरिकालाई यसअघि पनि हराइसकेकाले झिनो आशा थियो भने अमेरिकाले दिएको दुई सय २१ रनको लक्ष्य बर्मुडाले भेट्टाउनेमा नेपाली खेलाडी विश्वस्त पनि थिए । आक्रामक सुरुआत गरेको बर्मुडाले ३२ बल बाँकी हुँदा अमेरिकालाई घुँडा टेकाएपछि नेपाली खेलाडीको खुसी एकाएक बाहिर आयो । मैदानमा नै खेलाडीले प्रशिक्षकलाई बाकेर उफार्न थाले । खेलाडीले मैदानमा नै खुसी साटासाट गरे । यो तनावमा प्रशिक्षकको खुसी झनै फरक थियो । आपनो टिम डिभिजन-२ मा उक्लियो भने टिमका एक जना सदस्यले मैदानमा नै भगवानलाई सम्भिए । सधैंजसो चेन्जिङ रूपमा ढोका लगाएर राष्ट्रिय गीत गाउने खेलाडी त्यो बेला कोठा बाहिर नै गाए । करिब स्थानीय समयअनुसार साँझको पाँच बजेसम्म मैदानमा कुरेका खेलाडीले होटल र्फकंदा जितको खुसी बसमा पनि नाचेर मनाए ।

No comments:

Post a Comment