Saturday 2 November 2013

'तिहार बिसेष धमाका २०१३' सांस्कृतिक कार्यक्रम सम्पन्न

१ नोभेम्बर २०१३, पर्बत सेवा समाज युएई द्वारा आयोजित 'तिहार बिसेष धमाका २०१३, कार्यक्रम बर दुबई स्थित इम्पेरिअल सुइट होटल मा भव्यताका साथ् सम्पन्न भएको छ ! उक्त कार्यक्रममा नेपाल बाट आउनु भएका चर्चित लोक गायक बिमलराज क्षेत्री को बिसेस प्रस्तुति रहेको थियो भने दुबईबासि कलाकारहरुले आफ्नो आफ्नो कला प्रस्तुत गरि दर्सकहरुलाई नचाएर बिदेसमा रहेर पनि आफ्नो कला संस्कृतिलाई बचाउनु पर्छ भन्ने संदेसका साथ मनोरंजन गराउन सफल हुनु भएको थियो उक्त कार्यक्रमको सभापतित्वो यसै पर्बत सेवा समाजका अध्यक्ष्य मणि प्रसाद भुर्तेल ले गर्नु भएको थियो र बिसेस
प्रमुख अतिथि बालकृष्ण अधिकारी, अध्यक्ष मणिप्रसाद भुर्तेल र कार्यक्रम संयोजक पर्शुराम पौडेलको संयुक्त दीप प्रज्योजलनबाट थालनी गरिएको कार्यक्रममा  पर्वत सेवा समाज युएईका दुबई क्षेत्रीय अध्यक्ष्य कमल लामिछानेले पर्वत जिल्लाका बारेमा प्रकाश पार्दै आफ्नो कार्यप्रतिवेदन सुनाएका थिए । दुई चरणमा विभाजित गरिएको कार्यक्रमलाई पहिलो चरणको अनौअपचारिक कार्यक्रम पुरुषोत्तम सुवेदीले संचालन गरेका थिए भने दोस्रो चरणको सांस्कृतिक कार्यक्रमलाई युएईमा चर्चित मोडल आशिष पुरुष र शाङ भुटियाले संयुक्त रुपमा संचालन गरेका थिए ।
देउसी भैलोबाट सुरुवात गरिएको सांगीतिक कार्यक्रममा “मैले छुँदा छोइछ भने त” ज्ञानु आचार्यले गाएको गीत र “मैले माया लाए के बिराए” दीपक गुरुङको नृत्यले हललाई हल्का रुपमा तताउन सुरु गरेको थियो । गायक छविकिरन भट्टराईले गाएको गीत “कहां गयौ तिमी” र “जम्का भेट भयो हाम्रो बजारमा”, दिनेश बालामीको गीत “मलाई प्यारो लाग्छ मेरो देश नेपाल” निकै मार्मिक लाग्दथ्यो । त्यसैगरी “फुलहरु फुलिरहन्छ” गीतमा शितल शान्ति र अनुराग थपलियाको युगल जोडी नृत्यले युगल प्रेमीहरुको धड्कनलाई धड्काएको थियो ।
चर्चित गायक तथा अतिथि कलाकार विमलराज क्षेत्री जब स्टेजमा प्रवेश भयो सिटी र तालीबाट स्वागत गरिएको थियो । आफ्नो गाउंको कथा सुनाउदै सारंगीको धुनमा “पर्वत मेरो जन्मिएको ठाउं, प्राणभन्दा प्यारो लाग्छनी जन्मिएको गाउं” गाएको गीतले पर्वतेवासीहरुलाई एकछिनको लागि साचिकै पर्वतको गाउंमा पुर्‍याउन सफल भएको थियो । आफ्नै चर्चित एल्वमका गीतहरु “बल्लै भेट भो”, “जहां गएनी आउछौ बाटोमा”, “हासेनी बोलेनी”, “यो मन तेतै छ” “मधु बनैमा”, “सुपारी चाम्रो छ”, “पानी मिठो मुलको” र पंचे बाजाका गीतले दर्शकहरुलाई नचाउन समेत भ्याएका थिए ।
स्थानीय कलाकार गोपी किशनले गाएको गीत “हावा चल्यो सरर..”, प्रशान्त ताजपुरियाको गीत “किन गाह्रो गाह्रो भो”, सवाकी कार्कीको ही पप गीत, “डाफे झै नाच्ने” गीतमा शितल शान्तिको एकल नृत्य, अभिषेक पुरीको नृत्य पनि सान्दर्भिक लाग्थ्यो । कार्यक्रमलाई सहज र पार्दशी बनाउनका लागि सोही समाजका केन्द्रीय उपाध्यक्ष राजेन्द्र अधिकारी, कार्यक्रम संयोजक पशुराम पौडेल र अध्यक्ष मणिप्रसाद भुर्तेलको अहम भूमिका रहेको थियो । सो अवसरमा दर्शकहरुलाई मनोरञ्जनात्मक तथा आफ्नो योगदान दिने कलाकारहरुलाई सम्मानपत्र समेत वितरण गरिएको थियो ।
कार्यक्रमको अन्त्यमा कार्यक्रमका सभापति एबम पर्बत सेवा समाजका अध्यक्ष्य मणि प्रसाद भुर्तेलले यस पर्बत सेवा समाज एउटा दुधे बालक भए पनि तिब्रताका साथ् अघि बढिरहेको छ भन्दै कार्यक्रम सफल पार्नु हुने सबैलाई तिहार को बिसेस शुभकामना दिदै कार्यक्रमको बिसर्जन भएको घोसणा गर्नु भएको थियो !

दिपावली तथा तिहारको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ !
पर्बत सेवा समाज युएई परिवार













No comments:

Post a Comment