Friday 5 April 2013

पर्वतमै पहिलोपटक टेलिमेडिसिन सेन्टर सञ्चालन

पर्वत जिल्लामा नै पहिलोपटक दक्षिणको एक विकट गाविसमा टेलिमेडिसिन सेन्टर सञ्चालनमा आएको छ । स्वीनफेन च्यारिटी ट्रस्ट युकेको सहयोग तथा चार भन्ज्याङ तमु समाज युकेको पहलमा जिल्लाको ठानामौला गाविसमा उक्त सेन्टर सञ्चालनमा आएको हो ।
 सो सेन्टरको बिहीबार एक कार्यक्रमका बीच सहयोगदाता लोर्ड रोजर स्वीनफेन र उहाँकी धर्मपत्नी प्याट स्वीनफेनले संयुक्त रूपमा उद्घाटन गर्नुभयो ।
सो अवसरमा रोजर स्वीनफेनले आफूले उपलब्ध गराएको सहयोेगबाट स्थानीयवासीले सर्वसुलभ र सहज सेवा लिन सकुन्् भत्रे अपेक्षा प्रकट गर्नुभयो ।
 करिब रु ६० लाखको लागतमा निर्माण भएको उक्त टेलिमेडिसिन सेन्टरमा अत्याधुनिक प्रविधिबाट उपचार पद्धति अपनाइने भएको छ । पर्वत जिल्लामा नै पहिलोपटक इन्टरनेटको माध्यमबाट मुलुकका ६५ राष्ट्रका चिकित्सकबाट सेवा लिन सकिने गरी सेन्टर सञ्चालनमा आएको हो ।
 चार भन्ज्याङ तमु समाज युकेका अध्यक्ष चन्द्रबहादुर गुरुङका अनुसार सेन्टरमा आएका जोसुकै बिरामीहरूले तानसेनको मिसन हस्पिटललगायतका नेपालका विभित्र १० हस्पिटल र अन्य बेलायत, भारत, चीनलगायतका राष्ट्रमा रहेका हस्पिटलसँग इन्टरनेटकै माध्यमबाट सम्बन्ध गाँसिएको र दुई घन्टाभित्र उपचारको पद्धति अपनाउन सकिन्छ ।

 टेलिमेडिसिन सेन्टरमा १ जना सिनियर मेडिकल अफिसरसहित दुई जना नर्सले सेवा दिनेछन् । पहिलो चरणमा जिल्लाको ठानामौलालगायत भङ्गरा, कुर्घा र लिमिठानाका करिब १४ हजार बासिन्दा उक्त सेन्टरबाट प्रत्यक्ष रूपमा लाभान्वित हुनेछ, यसको प्रभावकारी बन्दै गएमा अझै क्षेत्रविस्तार हुने व्यवस्थापन पक्षले जनाएको छ ।
 ठानामौलाको करिब १८ रोपनी क्षेत्रफलको जग्गा ओगटेर बनाइएको उक्त सेन्टर स्थापनाका लागि डिलमाया गुरुङले सबैभन्दा बढी १२ रोपनी जग्गा प्रदान गरेकी छन् । बुधबार आयोजित उद्घाटन कार्यक्रमका अवसरमा जग्गादाताहरूलाई समेत सम्मान गरिएको थियो ।
 चार भन्ज्याङ सेवा केन्द्रका अध्यक्ष कुलबहादुर गुरुङको सभापतित्वमा भएको कार्यक्रममा इन्जिनियर देवेन्द्र तिवारीले उक्त सेन्टर निर्माणका क्रममा भएको आयव्ययको विवरण प्रस्तुत गर्नुभयो ।

No comments:

Post a Comment