Friday 5 April 2013

कुस्माबजारमा युवा समूहबीच भएको झडपमा दुई घाइते


पर्वत सदरमुकाम कुस्माबजारमा दुई समूहका युवाबीच बिहीबार साँझ भएको झडपमा दुई जना गम्भीर घाइते भएका छन् । सामान्य विवादमा भएको कुटपिटमा शिवालय–४ का १९ वर्षीय विवस बोहोरा र शिवालय– ६ का २० वर्षीय पवन गुरुङ घाइते भएका छन् ।
दुवैको पर्वत जिल्ला अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये
बोहोराको पिठ्यूँमा धारिलो हतियारले तीन ठाउँमा चोट लागेको छ भने
गुरुङको टाउकोमा चोट लागेको पर्वत जिल्ला अस्पतालले जनाएको छ । घाइते युवामध्ये बोहोरा टि गाइज समूहका हुन् भने गुरुङ स्टार ग्रुपका युवा हुन् ।
 यी दुई समूहबीच विगत देखिनै रिसइवी रहँदै आएको थियो । घटनामा संलग्न रहेर फरार युवाहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो ।

No comments:

Post a Comment