Wednesday 27 March 2013

त्रिभुवन विमानस्थल सुधार गर्न ९० करोड

TIA
जापान सरकार जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)मार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुदृढीकरण आयोजना कार्यक्रम सम्पन्न गर्नका लागि नेपाल सरकारलाई रु ९० करोड ७० लाखको अनुदान सहयोग दिन सहमत भएको छ ।
आज अर्थमन्त्रालयमा आयोजित एक कार्यक्रममा जापान र नेपाल सरकारबीच सो विमालस्थलको ¥याडर तथा सञ्चार प्रणाली विकास गरी सुरक्षित हवाई सेवा उपलब्ध गराउनका लागि उक्त अनुदानमा सहमति भएको हो ।
आयोजनालाई सघाउन अर्थसचिव शान्तराज सुवेदी र नेपालका लागि जापानका राजदूत कुनियो ताकाहासीबीच सहमति भएको थियो भने अनुदान सहयोगमा रकम उपलब्ध गराउने सहमति पत्रमा अर्थमन्त्रालयका सहसचिव मधुकुमार मरासिनी र जाइका नेपाल प्रमुख सुतोमु शिमीजुले हस्ताक्षर गरे ।

 सो अवसरमा अर्थसचिव सुवेदीले जापान सरकारको अनुदान सहयोगबाट नेपालको हवाई सेवालाई बढी सुरक्षित,भरपर्दो र सुविधायुक्त बनाउन महत्वपूर्ण योगदान पुग्ने बताउदै आर्थिक र सामाजिक क्षेत्रमा जापान सरकारले गरेको सहयोग प्रति आभार व्यक्त गरे ।

राजदूत ताकाहासीले सो सहयोगबाट नेपालको हवाई सुरक्षामा सुधार हुने विश्वास व्यक्त गरे ।

copy right : kantipur

No comments:

Post a Comment