Thursday 28 March 2013

क्षयरोग बिशेष


क्षयरोगके तपाईंलाई दुई साताभन्दा बढी समयदेखि खोकी लागिरहेको छ ? मुख्यतः साँझपख ज्वरो आउँछ ? राति पसिना आउनुका साथै छाती दुख्छ ? खाना रुच्दैन ? शरीरको तौल कम भएको छ ? खकारमा रगत देखिएको छ ? छ भने चिकित्सककहाँ पुगिहाल्नुस् । यो फोक्सोमा क्षयरोग लागेको लक्षण हुन सक्छ ।
राष्ट्रिय क्षयरोग केन्द्रका अनुसार, हाम्रो मुलुकमा करिब ८० हजार क्षयरोग ी भएको अनुमान गरिएको छ । वर्षेनी पाच हजारदेखि सात हजारजनासम्मको मृत्यु यही रोगका कारण हुन्छ । वर्षेनि ४५ हजार नयाँ क्षयरोग ी थपिने गरेका छन् ।
क्षयरोग भन्नासाथ मुख्यतः फोक्सोको संक्रमण ठानिन्छ । माइक्रोब्याक्टेरियम ट्युबरकुलोसिस नामक जीवाणुले गर्दा क्षयरोग हुन्छ । यो ब्याक्टेरियाले मुख्यतः फोक्सोमै आक्रमण गर्छ । छाती रोग विशेषज्ञ डा. रमेश चोखानीका अनुसार, करिब ९७ प्रतिशत क्षयरोग फोक्सोमै हुने गरे पनि यो ब्याक्टेरियाले मस्तिष्क, आन्द्रा, मृगौला, हाड, जोर्नी लगायत कुनै पनि अंगमा आक्रमण गरेर त्यसलाई संक्रमित पार्न सक्छ ।
' क्षयरोग नियमित उपचारले पूरै निको हुन्छ,' क्षयरोग केन्द्रका निर्देशक डा. राजेन्द्र पन्त भन्छन्, 'मुलुकभरिका ४ हजार १ सय डट्स केन्द्रमा यो रोगको निःशुल्क औषधि र परीक्षण सेवा उपलब्ध छ ।'

क्षयरोग ीले चिकित्सकको सल्लाहमा ६ महिनासम्म नियमित औषधि सेवन गर्नुपर्छ । औषधि कहिलेकाहीं एक वर्षसम्म समेत लिनुपर्ने हुन्छ । तर बिरामीले आफूले निर्णय नगरी चिकित्सकको सल्लाहमा मात्र औषधि बन्द गर्नुपर्ने पन्त सुझाउँछन् ।
औषधि नियमित रूपमा पूर्ण अवधिसम्म  सेवन नगर्नेहरूमा बहुऔषधि प्रतिरोधि क्षयरोग -एमडीआर) र एक्सडीआर विकसित हुन सक्छ । यसको उपचार अत्यन्त जटिल र खर्चिलो छ । यो वर्ष नै नेपालमा एमडीआर टीबीका २ सय ७४ केस भेटिएका छन् भने एक्सडीआर टीबीका २६ वटा । डा. पन्तका अनुसार, एमडीआरमा अढाई लाखभन्दा बढीको र एक्सडीआरमा १३ लाखभन्दा बढीको औषधि खानुपर्छ । नियमित औषधि गरे पनि एमडीआर निको हुने दर नेपालमा ७० प्रतिशत देखिएको छ । एमडीआर र एक्सडीआरको औषधि समेत निःशुल्क पाइन्छ ।
क्षयरोग एक पुस्ताबाट अर्कोमा आउने रोग होइन । अर्थात्, वंशानुगत रोग होइन । टीबीको संक्रमण जोसुकैलाई हुन सक्छ । यो संक्रमण सक्रिय क्षयरोग ले ग्रस्त व्यक्तिले फेर्ने सासको माध्यमबाट अन्य व्यक्तिमा सर्ने गर्छ । यस्ता रोगीले खोक्दा वा हाच्छिउँ गर्दा क्षयरोग सर्छ । उपचार नगरेका रोगीले एक वर्षमा १० देखि १५ जनासम्मलाई संक्रमित गर्न सक्छन् 
अमेरिकन लङ एसोसिएसनका अनुसार, यो रोगको मुख्य लक्षणमा भने तीन सातासम्म खोकी लाग्न सक्छ, कहिलेकाहीं खकारमा रगत आउन सक्छ । क्षयरोग ीलाई छाती दुख्न सक्छ, ज्वरो आउँछ तर यस्तो ज्वरो मुख्यतः साँझपख आउँछ । संक्रमित व्यक्तिको तौल कम हुन्छ, उसलाई भोक कम लाग्छ । यस्तो लक्षण दुई/तीन साता वा योभन्दा बढी समयसम्म कायम रहे चिकित्सककहाँ जानुपर्छ ।
हाम्रो मुलुकको आधाभन्दा बढी जनसंख्यामा क्षयरोग को किटाणु रहे पनि यो सुषुप्त अवस्थामा छ । क्षयरोग को किटाणुले संक्रमित सबै व्यक्तिमा सक्रिय क्षयरोग विकसित हँुदैन । उनीहरूमा रोग प्रतिरोधी क्षमता राम्रो भएका कारण संक्रमण नदेखिएको हो । तर केही व्यक्ति सक्रिय क्षयरोग हुने उच्च जोखिममा हुन्छन् । एचआईभी संक्रमितहरूमा भने सुषुप्त क्षयरोग सक्रिय क्षयरोग मा परिणत हुने सम्भावना हुन्छ । पछिल्ला दुई वर्षमा क्षयरोग को ब्याक्टेरियाद्वारा संक्रमित व्यक्ति, बालबालिका, सिरिन्जद्वारा अवैध औषधि लिने व्यक्तिहरूमा समेत सुषुप्त क्षयरोग सक्रिय क्षयरोग मा परिवर्तन हुने जोखिम हुन्छ ।
यस्तै बूढापाका, शरीरको रोग प्रतिरोधी क्षमता कमजोर तुल्याउने रोग भएका तथा विगतमा क्षयरोग को राम्ररी उपचार नगरेकाहरूसमेत सक्रिय क्षयरोग ी हुने उच्च जोखिममा हुन्छन् ।
जीवनभरि क्षयरोग को दाग क्षयरोग भएर निको भइसकेकाहरूको छातीमा एक्स-रे गर्दा दाग देखिनु सामान्य कुरा हो । यसले कुनै बिगार गर्दैन । 'छालाको घाउ निको भए पनि दाग रहे क्षयरोग को दाग फोक्सोमा रहिरहन्छ,' डा. चोखानी भन्छन्, 'यो एक्स-रेमा देखिन्छ । यो घाउ निको भइसकेको दाग हो । यस्तो दाग देखिनुको अर्थ तपाईंलाई सक्रिय क्षयरोग छ भन्ने होइन ।'

No comments:

Post a Comment