Friday 29 March 2013

सुरक्षाकर्मी परिचालन गरेर पर्वतका गाउँगाउँमा मतदाता नामावली सङ्कलन

सुरक्षाकर्मी परिचालन गरेर पर्वतका गाउँगाउँमा मतदाता नामावली सङ्कलन कार्यलाई निरन्तरता दिइएको छ ।
छिमेकी जिल्लाहरुमा अवरोध र लुटपाट भएपछि सुरक्षा सतर्कतासहित मतदाता नामावली सङ्कलन भएको हो । बिहीबार मात्रै सात गाविसमा १७० जनाले फोटोसहितको मतदाता नामावलीमा नाम लेखाएका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्वतले दिएको जानकारीअनुसार बिहीबार खुर्कोट गाविसमा ३७ जनाको र पकुवामा पनि १२ जनाको  नाम सङ्कलन भएको छ । यसैगरी सरौखोलामा १९ जना, बालाकोटमा ११ जना, पाङ्गराङ्गमा ४१, खानीगाउँमा १८ र क्याङ्गमा ३१ जनाले फोटोसहितको मतदाता नामावलीमा नाम लेखाएका छन् ।
नेकपा–माओवादी पर्वतले सबै मतदाता नामावली सङ्कलन केन्द्रमा अवरोध गर्ने बताएकाले सबै केन्द्रमा पाँचजनाका दरमा प्रहरी खटाएको छ ।
त्यस क्षेत्रलाई लक्षित गरी थप सुरक्षाकर्मीको गस्तीसमेत भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक श्याम अर्यालले जानकारी दिनुभयो ।

साभार मेरोजिल्ला.com

No comments:

Post a Comment