Wednesday 27 March 2013

पर्वतको हुवास हातेमालो चोकमा प्रर्दशन

पर्वतको टकलाक गाबिसमा भएको हत्यामा संलग्न अभियुक्तलाई काबार्हीको माग गर्दै बुधवार गाउँलेले प्रंर्दशन गर्नुका साथी इलाका प्रहरी कार्यालय हुवास घेराउ गरेका छन ।
टकलाक गाबिस वडा नं ६ का थिरलाल न्यौपानेलाई कुटपिट गरी हत्या गरेको अभियोगमा प्रहरी नियन्त्रणमा रहेका दुई अभियुक्तलाई मुद्दा चलाउन माग गर्दै टकलाक र त्रिबेणीका बासिन्दाले टकलाक देखि हुवास हातेमालो चोकमा प्रर्दशन गरेका हुन ।
फागुन १४ गते भएको कुटपिटबाट घाइते भएका थिरलालको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचारका क्रममा फागुन २५ गते मृत्यु भएको थियो । मृतकको १३ दिनको पुण्य तिथिमा हत्यामा संलग्न अभियुक्तले कुनै हालतमा पनि उन्मुक्ति नपाओस भनेर जनचेतना जगाउने र दबाब दिने उद्देश्यले प्रर्दशन तथा घेराउ गरिएको स्थानियबासी भिमलाल न्यौपानेले जानकारी दिए ।
न्यौपानलाई कुटपिट गरेको अभियोगमा सोही ठाउँका कृष्ण न्यौपाने र अमृत न्यौपाने प्रहरी नियन्त्रणमा रहेका छन । नियन्त्रणमा रहेका अभियुक्तलाई आर्थिक चलखेल गराई रिहा गराउने षडयन्त्र हुन सक्ने आशंका स्थानियबासीको छ ।
जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरीक्षक श्यामकृष्ण अधिकारीले हत्यामा संलग्न भएकाहरुलाई म्याद थप गरी अनुसन्धान भैरहेको र कुटपिट स्विकार गरेका कर्तब्य ज्यान अभियोगमा मुद्दा चलाउने तयारी अन्तिम चरणमा पुगेको बताए । कर्तब्य ज्यान अभियोगमा मुद्दा चलाउने काम भैसकेकाले आशंका मान्नुपर्ने अबस्था नरहेको प्रहरी नायव उपरिक्षक अधिकारीको भनाई छ ।
कुटपिट भएपछि अभियुक्तलाई प्रहरीले नै पक्राउ गरेर ज्यानमार्ने उद्योगमा मुद्दा चलाउन अनुसन्धान थालेको छ र पछि मृत्यु भएपछि स्वतः कर्तब्य ज्यानमा मुद्दा चल्ने भनाई प्रहरीको छ । पहिले आफन्तले जाहेरी नदिदा समेत प्रहरीले नै सक्रियता देखाएर मुद्दाको अनुसन्धान थालेकाले अनुसन्धानमा आशंका गर्नु नपर्ने प्रहरीको भनाई छ ।
पर्वतमा पछिल्ला दिनमा अपराधीक घटना बढ्दै गएका बेला दबाबका लागि घेराउ र प्रर्दशन गर्ने क्रम बढेको छ ।

No comments:

Post a Comment