Wednesday 27 March 2013

संसारभरि होलीको धुम

holi
भारतीय र नेपाली डायसपोराको विस्तारसँगै संसारभरि परम्परागत सांस्कृतिक पर्व होली पुगेको छ । क्यारिबियाली मुलुकमा फगुवाको नामले होलीलाई परम्परागत ढंगले मनाइन्छ । उन्नाइसौं शताब्दीको अन्त्य र बीसौं शताब्दीको सुरुमा मजदुरी गर्नलाई भारतीयहरू क्यारिबियाली देशहरूमा पुगेका थिए । यो क्रममा गुआना तथा सुरिनाम र टि्रनिडाडजस्तो मुलुकमा ठूलो संख्यामा भारतीयको बसोबास हुन पुग्यो । उनीहरूको चाडपर्व, रीति र परम्परा पनि त्यहाँ स्थापित भयो । विस्तारै फगुवा पनि त्यहाँको महत्त्वपूर्ण पर्व बन्न पुग्यो । बढ्दो लोकपि्रयतासँगै त्यहाँ पनि होलीमा राष्ट्रिय बिदा हुन्छ । गुयानाको कुल जनसंख्यामा ३३ प्रतिशत हिन्दु छन् । त्यहाँ युवायुवतीलाई रंगीन पाउडर र पानीको साथ सहज ढंगले होली खेलेको देख्न सकिन्छ । यो अवसरमा गाउँगाउँमा विशेष समारोहको आयोजना गरी नृत्य, संगीत र सांस्कृतिक उत्सवका साथ होरी मनाइन्छ । होलीको बेला टि्रनिडाड एन्ड टोबागोमा भारत र नेपालकोझैं माहौल हुन्छ । विभिन्न सामाजिक प्रयोजन पूरा गर्न चन्दा संकलनका लागि विदेशी विश्वविद्यालयहरूमा पनि यसको आयोजन हुन्छ । बंगलादेश र पाकिस्तानका अल्पसंख्यक हिन्दुले जोडतोडका साथ होली मनाउँछन् । ठूलो संख्यामा भारतीय हिन्दुहरूको बसोबास भएको मलेसिया, दक्षिण अपि|mका, बेलायत, अमेरिका, मरिसस र फिजीमा पनि यसको धुम हुन्छ । भारतमा भगवान् कृष्णको भूमि मानिने उत्तर प्रदेशको मथुरा, वृन्द्धावन, नन्दगाव, बर्साना लगायत व्रज क्षेत्रको होली त विश्वभरि चर्चित छ । होलीमा यो सबभन्दा ठूलो पर्यटकीय आकर्षणको क्षेत्र पनि हो ।
कृष्णको पालनपोषण भएको मथुरामा उनको राधासँगका दिव्यप्रेमको सम्झनामा १६ दिनसम्म यो पर्व मनाइन्छ । यो पर्व कतै दुई, कतै चार र कतै सातासम्म पनि मनाइन्छ । फागुपूणिर्माको पाँचांै दिन रंगपञ्चमीसम्म यो जारी रहन्छ । होलीको मुख्य दिनलाई संस्कृतमा धुली, धुलहेती, धुलन्दी, धुलेन्दी पनि भनिन्छ । यसलाई जाडोलाई बिदा गर्ने पर्व पनि भनिन्छ ।  वासनायुक्त रंग र इतर छर्केर यो पर्व मनाउने चलन पुरानै हो  । साँझपख बालिने आगोलाई होलिका दहन वा छोटी होली (सानो) होली भनिन्छ । दक्षिण भारतमा यसलाई कामा दहन भनिन्छ । प्राचीन बंगालमा आधुनिक होली सुरु भएको उल्लेख छ । वैष्णव्य तन्त्रमा यसलाई गौडिया पर्व मानिन्थ्यो । अझैं पनि कतिपय थलोमा यो दिन कृष्ण मन्दिरमा पूजापछि परिवारजनलाई अबिर र मालपुवा वितरण गर्ने परम्परा छ । सातांै शताब्दीमा संस्कृत भाषाको नाटक रत्नावलीमा यसको उल्लेख छ । बाँसको पिचकारीले रंगीन पानी छर्केर रत्नावली नामले पनि होली मनाएको नाटकमा भनिएको छ । उत्तराखण्डको कुमाउमा शास्त्रीय संगीतमा समर्पित भएर होली मनाइन्छ ।
सबभन्दा नजिकको छिमेकी भारतको बिहारको होलीमा भाङ, गाँजा, अश्लील गीत, सायरी र जोगिराको प्रभाव बढी हुन्छ । त्यहाँको होलीमा अलिक उच्छृंखल र अश्लील प्रवृति हावी भएको देखिन्छ ।  भारतीयको बसोबास भएको अफ्रिका, उत्तर अमेरिका र युरोप र दक्षिण एसियाको होलीमा मौलिकता देखिन्छ । संसारको जुन कुनामा रहे पनि बदलिँदो परिवेशमा वातावरण र स्वास्थ्यलाई प्राथमिकतामा राखेर सरल, सामान्य एवं सादगीका साथ होली मनाउनु सबैको हितमा हुन्छ ।

साभार : कान्तिपुर

No comments:

Post a Comment