Monday 27 April 2015

पर्वत जिल्लामा १० घाइते, बाह्र सय ५८ घर क्षतिग्रस्त

पर्वत, वैशाख १४ – महाविनासकारीका रुपमा आएको भुकम्पका कारण देशमा हजारौ मानिसको मृत्यु भएको छ भने करौडौ जनधनको क्षति भएको छ । महाविनासका रुपमा आएको भुकम्पका काराण पर्वत जिल्लामा भने १० जना सामान्य घाईते भएको र घाइतेको उपचारपछि आआफ्नो घर फर्किएको जिल्ला प्रहरी कार्यालय पर्वते जनाएको छ । प्रहरीका अनुसार जिल्लाको कुनपा ८ बस्ने बर्ष ३२ की सविता श्रेष्ठ, कुनपा ११ वस्ने वर्ष २२ को असिर मिया , कुनपा १ वस्ने वर्ष २८ को गोकुल श्रेष्ठ, कुनपा १ वस्ने वर्ष २२ की सुनिता श्रेष्ठ , कुनपा १० बस्ने वर्ष २६ को कुल व कुवर, देउपुर ५ वस्ने वर्ष ७० की भगवती चापागाई , राम्जादेउराली ४ वस्ने बर्ष ५५ की गोमा नेपाली , कुनपा १७ बस्ने वर्ष १४ को विवेक नेपाली , कुनपा १७ बस्ने वर्ष ५० को ईश्वरी प्रसाद भुषाल, कुनपा ९ बस्ने वर्ष २० की ज्योति शर्मा सामान्य घाइते भएको र केहिको भने उपचार हुदै गर।ेको बताएको छ । प्रहरीकै अनुसार पर्वत जिल्लामा शनिवार देखि सोमबारसम्ममा जानकारीमा आए अनुसार १२५८ घरमा क्षति भएको बताइएको छ । जसमध्ये जम्मा ४५२ घर पूर्णरुपमा क्षति , ३५५ आंशिक रुपमा क्षति , ४५१ मा सामान्य क्षति भएको प्रहरीले जनाएको छ भने एउटा भैसीको पाडो पनि भुकम्पमा परेको बताएको छ । हालसम्म जिल्लामा मानविय क्षति नभएको र कति बराबरको क्षति भयो भन्ने बारेमा पूर्ण विवरण नआएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । - : स्रोत   रतोपाती.कम  http://www.ratopati.com/2015/04/27/229631.html#sthash.mAdC2bI3.dpuf

No comments:

Post a Comment