Showing posts with label समाचार. Show all posts
Showing posts with label समाचार. Show all posts

Saturday, 20 June 2015

मृगौला पिडित श्रीमती बिमला श्रेष्ठ लाइ रु.६८,०००/- सहयोग

          २०जुन्२०१५ - दुवै मृगौला काम नलाग्ने आवस्थामा निदान अस्पताल प्रा. लि. ललितपुरमा उपचाररत पर्बत जिल्ला थापथाना गा बि स -३ हटिया निबासी श्रीमती बिमला श्रेष्ठ को उपचर को लागि पर्बत सेवा समाज यु...ले ६८,०००/- (अद्सठी हजार रुपिया ) सहयोग उपलब्ध गरायको छ / बिगत ४ महिना देखि "निदान अस्पताल ललितपुर" मा उपचाररत पिडित को दुवै मृगौला फेल भयपक्षि मृगौला को प्रत्यारोपण गर्नुपर्ने र सो को लागि महँगो खर्च लाग्ने भयको ले आर्थिक अभाव भई पर्बत सेवा समाज युएइ समक्ष्य सहयोग को आब्हान भयको थियो / युयइ मुलुकको दुवै अन्तर्गतको बुर दुवै मेट्रो पार्क मा सम्पन्न उक्त कार्यक्रम मा संस्था का बरिस्ठ सल्लाहकार श्री बालकृष्ण अधिकारी ज्यु को प्रमुख अतिथि मा कार्यबाहक अधेक्ष्य श्री परशुराम पौडेल को सभापतित्तो मा कार्यक्रम सम्पन्न भयको थियो / उक्त कार्यक्रम को संचालन कमिटि का महासचिब श्री सरोज जि सी ले गर्नु भयको थियो / सो कार्यक्रममा बिसेष अतिथि को रुपमा क्रमश: धादिंग समाज यु या इ का अधेक्ष श्री भिम कुमार अधिकारी, दाङ देउखिरी समाज यु ए इ का अधेक्ष श्री शान्त गिरि,कास्की आदर्श समाज यु ए इ का अधेक्ष श्री शेखर पौडेल ज्यु को उपस्थिथि रहेको थियो /  केन्द्रीय कमिटि क्षेत्रिय कमिटि का सदस्य हरु र अन्य सदस्य हरुको उलेख्य सहभागिता रहेको थियो /   
Photo: Lal B. Dhenga
       हालसालै को भूकम्प मा परि मृत्यु हुने दाजुभाई तथा दिदीबहिनीहरुको सम्झना मा श्रद्दान्जली स्वरूप १ मिनेट मौन धारण गर्दै कार्यक्रम को सुरुवात भयको थियो/ सो कार्यक्रम मा प.से.स.यु.ए.इ महिला बिभाग प्रमुख श्रीमति सरस्वति कार्की ले स्वागत मन्तब्य दिनु भयको थियो भने दुवै क्षेत्रिय कमिटि का सचिब श्री राजु बिक्रम पौडेल, सह सचिब श्री राजु शर्मा, कोसधक्ष्य श्री कृष्ण पौडेल, र केन्द्रीय कमिटि का सचिब कमल लामिछाने, सह सचिब राजेन्द्र कार्की ज्यु ले मन्तब्य दिनु भयको थियो / यो किसिमका सहयोग का कार्यक्रम मा सदा एकजुट भयर लग्नु पर्ने र सहयोग का कार्यहरुमा सदा एकजुट हुने कुरामा सबैजना को एक्यबद्धता रहेको थियो / बिसेष अतिथि श्री भिम अधिकारी ज्युले पर्बत सेवा समाज ले पर्बत मा मात्रै नभयर अन्य जिल्ला हरुमा पनि सहयोग को हात बधयको मा धेरै खुसि ब्यक्त गर्नु भयो / तेसैगरी दाङ देउखुरी समाज यु.य.इका अधेक्ष श्री शान्ता गिरि ज्युले यो संस्था सधैनै सक्रिय रहेकको मा ध्रेरै खुसि लागेको बताउनु भयो / कास्की आदर्श समाज यु य इ का अधेक्ष श्री शेखर पौडेल ज्यु ले मानब सेवा नै सबै भन्दा ठुलो धर्म हो भगवान खोज्न मन्दिर होइन मनमा हेर्नु पर्छा आपत परेको बेलामा सहयोग गर्नु नै सबैभन्दा ठुलो धर्म हुने बताउनु भयो /
Photo: Lal B. Dhenga
        सहयोग संकलन सह संयोजक श्री तिलक शाप्कोता ले एस अभियान को प्रतिबेदन पेश गर्दै/ यो कार्यमा आफुलाई दियको जिम्मेवार प्रति गर्ब लागेको कुरा बताउनु भयो / प्रमुख अतिथि रहनुभायका श्री बालकृष्ण अधिकारी ले स्थापना काल देखि नै संस्था सेवाको काम मा हात मा हात मिलायारा आगाडी बढेको मा गर्ब गर्नु भयो र आगामी दिनहरुमा पनि अझ श-शक्त रुपमा आगाडी बधाई एस संस्था लाइ संसारभर चिनाउने शुभकामना ब्यक्त गर्नु भयो /

Photo: Lal B. Dhenga
          का. अधेक्ष तथा कार्यक्रम का सभापति श्री परशुराम पौडेल ले एकताबद्ध भयर काम गरे कुनै पनि काम असम्भब नरहेको बताउनु भयो / एस पुनित कार्यमा सहयोग गर्नुहुने सम्पूर्ण मा हार्दिक कृतज्ञता ब्यक्त गर्दै एकताबद्ध भयर काम गर्ने कमिटि का साथिहरुमा गर्ब लागेको कुरा बताउनु भयो / एस अभियान बाट संकलित रकम रु ६८०००/- रुपिया हाल छुट्टि मा नेपाल मै रहनुहुने कमिटि का अधेक्ष श्री राजेन्द्र अधिकारी ज्यु मार्फत पिडित समक्ष्य पुर्याउने जानकारी गराउदै कार्यक्रम को समापन गर्नु भयो /

Friday, 15 May 2015

राहत हस्तान्तरण कार्यक्रम सम्पन्न

पर्बत सेवा समाज यु. ए. ई. को भुकम्प पिडित राहत हस्तान्तरण तथा प्रतिबेदन सार्बजनिक कार्यक्रम  यहि १५/० ५/२०१५ मा सम्पन्न भयो 




           "साम्पूर्ण पर्बत बासी एक हौ" भन्ने मूल नाराका साथ स्थापित पर्बत सेवा समाज ले  बि.स.१२ /०१/२०७२ (२५/०४/२०१५) मा नेपाल मा गएको विनासकारी महाभुकम्प बाट पिडित हरुलाई केहि राहत को अनुभूति दिनको लागि पर्बत सेवा समाज यु.ए.ई.ले (प्राथना र सहयोग को लागि जोडौ हात ) भन्दै संचालन गरेको भुकम्प पिडित राहत  अभियान बाट संकलित नेपाली रुपिया १०८४२०० ( दस लाख चौराशी हजार दुई सया ) नगद तथा जिन्सी हस्तान्तरण तथा नेपाल मा पठाइएको पैसा को पूर्ण बिबरण सार्बजनिक गर्ने कार्यक्रम सिन्ध पन्जाब होटल बर दुबई मा भयो | कार्यक्रम को सभापतित्व पर्बत सेवा समाज यु.ए.ई का कार्यबाहक अधक्ष्य श्री परशुराम पौडेल ले गर्नु भयो | यस कार्यक्रम का प्रमुख अतिथि मा समाज का सम्रक्षक तथा जिल्ला परिसद यु.ए.ई. का सचिव श्री मणि भुर्तेल का साथै अतिथि हरु मा सम्रक्षक श्री खिमानन्द भुर्तेल , सल्लाहकार हरु श्री प्रकाश सापकोटा , श्री सुदेश काफ्ले लगायत गोरखा धादिंग र सिन्धुपाल्चोक  सेवा समाज का अधक्ष्यहरु  क्रमस श्री दिनेश पाण्डे, श्री भिम अधिकारी ,श्री बिदुर न्यौपाने का साथै लुम्बिनी वेलफेर सोसाईटी का महासचिव नरेश गिरि , जनप्रगतिसिल मंच यु.ए.ई. का अधक्ष्य श्री हेमन्त पौडेल लगायत विभिन्न समाजसेवीहरुको अतिथ्यता मा र पर्बत सेवा समाज का केन्द्रीय क्षेत्रिय समिति का सदस्य हरु ,पर्बत बसी हरु को उपस्तिथिमा भएको यस कार्यक्रम को संचालन महासचिव श्री सरोज जी सी ले गर्नु भएको थियो | यस महाप्रलय मा परि मृत्यु हुनु भएका हरु प्रति स्रदान्जली को लागि १ मिनेटको मौनधारण गर्दै सुरु भएको कार्यक्रममा स्वागत मन्तब्य सचिव श्री कमल लामिछाने ले दिनु भयो | कार्यक्रम मा सबै अतिथिका साथै पर्बत सेवा समाज यु.ए. ई  क्षेत्रिय समिति दुबई का अधक्ष्य श्री तिलक सापकोटा बाट मन्तब्य राख्नु भएको थियो |  
                     यस अभियान द्वारा संकलित रकमबाट नेपाली रुपिया ५००००/- (पचास हजार रुपिया) का  दरले गोरखा सेवा समाज यु.ए.ई. , धादिंग समाज यु.ए.ई , सिन्धुपाल्चोक सेवा समाज यु.ए.ई लाई हस्तान्तरण गरियो | जिन्सीको हकमा तिन ओटा समाज लाई १०/१० ओटा कम्बल र सिन्धुपाल्चोक लाई ३ कार्टुन समान दिइयो| एस भन्दा आगाडि नै गोरखा मा बितरण गर्न को लागि गोरखा सेवा समाज मार्फत २५००/- दिराम बाराबार को जिन्सी समान हस्तान्तरण भई सकेको छ /
      यस महाभूकम्प बाट पर्बत जिल्ला पनि अछुतो नरहेको पर्बत जिल्लका पनि ४ जना को निधन हुनुको  साथै धेरै भौतिक क्षति भएको ले यस अभियान बाट संकलित रकम नेपाली रुपिया ९३४२०० ( नौ लाख चौतिश हजार दुई सया रुपिया) पर्बत पठाई सकेको जानकारी सभापति श्री परशुराम पौडेल ले जानकारी दिनु भयो सो रकम लाई पर्बत मा रहेका अतिबिपत मा  परेका र आर्थिक स्थिति नाजुक भएका पिडित को हातमा पुराउनु को लागि पर्बत सेवा समाज का अधक्ष्य श्री राजेन्द्र अधिकारी नेपालमा रहनु भएकोले वहाले वास्तविक पिडितको पहिचान गरि पर्वतका सम्पूर्ण पिडित मा हस्तान्तरण गर्नु हुनेछ  |  
          सम्पूर्ण सहयोगी हरुलाई हाम्रो यस अभियान मा अहोरात तन मन र धन सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिदै सभापति बाट कार्यक्रम सम्पन्न भयो |
 महासचिव 
श्री सरोज जी.सी. 
पर्बत सेवा समाज यु. ए.ई.

Sunday, 26 April 2015

पर्बत सेवा समाज यु ए इ को आकस्मिक बैठक सम्पन्न

       हिजो २०१५/०४/२६ तारिक बेलुकी बसेको पर्बत सेवा समाज यु ए इ को केन्द्रिय कमिटि को आकस्मिक बैठक ले भुकम्प पिडित लाइ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ l एस महान कार्यको आभियनमा सक्दो सहयोग गर्न सम्पूर्ण नेपालीहरु बेबसायी, बुद्धिज्जीबी पत्रकार, समाजसेवी तथा सर्बसाधारण हरुमा बिनम्र आनुरोध गर्दछ l यु ए इ को बरदुवैमा सम्पन्न उक्त बैठक ले १५ सदस्सिय सहयोग संकलन समिति को निर्माण गरेको छ l सल्लाहकार तथा सम्रक्ष्यक हरुको बिशेस अतिथ्यमा बैठक सम्पन्न भयको थियो l कमिटि का कार्यबाहक अध्यक्ष्य श्री परशुराम पौडेल कार्यक्रम को अधेक्ष्यता गर्नु भयको थियो भने कार्यक्रम को संचालन कमिटि का महासचिब श्री सरोज जी सी ले गर्नु भयको थियो l  

भुकम्प पिडित सहयोग संकलन समिति को नामावली 
मोबाइल नं क्षेत्र 
राजेन्द्र के. सी. 055 3424208 AL QOUZ
सुदेश काफ्ले  056 7725304 AL QUOZ
राम प्रसाद लामिछाने  050 1365346 AL QUSAIS
खिम न.भुर्तेल 050 5743775 BUR DUBAI
जगदीश पौडेल  055 1843551 BUR DUBAI
पूर्ण भुषाल  055 1694156 BUR DUBAI
कमल लामिछाने  055 9057568 BUR DUBAI
बिक्रम पौडेल  055 2337029 BUR DUBAI
बिमल के सी  052 9325954 BUR DUBAI
१० नेत्र काफ्ले 052 8356377 BUR DUBAI
११ परशुराम पौडेल  055 2325335 DEIRA
१२ बिनोद पौडेल  055 9690636 DIP 2
१३ मणि भुर्तेल  055 9134851 JEBEL ALI
१४ राजु भुर्तेल  055 2956466 SHARJAH
१५ सरोज जी सी  055 2935301 SHARJAH

Saturday, 2 November 2013

'तिहार बिसेष धमाका २०१३' सांस्कृतिक कार्यक्रम सम्पन्न

१ नोभेम्बर २०१३, पर्बत सेवा समाज युएई द्वारा आयोजित 'तिहार बिसेष धमाका २०१३, कार्यक्रम बर दुबई स्थित इम्पेरिअल सुइट होटल मा भव्यताका साथ् सम्पन्न भएको छ ! उक्त कार्यक्रममा नेपाल बाट आउनु भएका चर्चित लोक गायक बिमलराज क्षेत्री को बिसेस प्रस्तुति रहेको थियो भने दुबईबासि कलाकारहरुले आफ्नो आफ्नो कला प्रस्तुत गरि दर्सकहरुलाई नचाएर बिदेसमा रहेर पनि आफ्नो कला संस्कृतिलाई बचाउनु पर्छ भन्ने संदेसका साथ मनोरंजन गराउन सफल हुनु भएको थियो उक्त कार्यक्रमको सभापतित्वो यसै पर्बत सेवा समाजका अध्यक्ष्य मणि प्रसाद भुर्तेल ले गर्नु भएको थियो र बिसेस

Saturday, 20 July 2013

पर्बत सेवा समाज युएई - दूबई को क्षत्रीय समिति गठन कार्यक्रम सम्पन्न

जुलाई १९ , २०१३ 
पर्बत सेवा समाज युएई - दूबई को क्षत्रीय समिति गठन कार्यक्रम येही  शुक्रबार १९ जुलाई २०१३ का दिन बर दुबई स्थित मेट्रो पार्कमा सम्पन्न भएको छ उक्त गठन कार्यक्रमको सभापतित्व यसै पर्बत सेवा समाज युएईका केन्द्रिय अधक्ष्य श्री मणि प्रसाद भुर्तेल ले गर्नु भएको थियो भने पर्मुख अतिथिमा सल्लाहकार श्री कृष्ण भुसाल रहनु भएको थियो यसैगरी अतिथिहरुमा केन्द्रिय समितिका महासचिब पुरुस्वोत्तम सुबेदी, सचिब सरोज जी सी, कोसध्य्क्ष्य परसुराम पौडेल सह-सचिब रेशम श्रेष्ठ, सदस्यहरु राजु तिवारी, किसन पुलामी मगर, राम प्रसाद लामिछाने, बेद्नाथ आचार्य, श्रीमती शान्ति काफ्ले लगाएत को उपस्थिति रहेको उक्त गठन कार्यक्रम मा केन्द्रिय समितिका सदस्य लगाएत नबनिर्बाचित कार्य समितिका सदस्यहरुको साथसाथै उपस्थित सबैमा परिचयात्मक कार्यक्रम गरिएको थियो भने आतिथिहरु बाट यस पर्बत सेवा समाज युएई को लक्ष्य उदेश्य लगाएत का बिसयमा जानकारीका साथै अन्तरक्रिया कार्यक्रम गरेर गठन कार्यक्रम सम्पन्न गरिएको थियो !

Saturday, 29 June 2013

पर्बत सेवा समाज युएई को परिचयात्मक कार्यक्रम सम्पन्न !


२८ जुन, २०१३ - पर्बत सेवा समाज युएई द्वारा आयोजित युएईमा रहेका विभिन्न संघ संस्था संगको परिचयात्मक कार्येक्रम बरदुबई स्थित एभरेस्ट होटेल मा येही शुक्रबार २८ जुन २०१३ का दिन भव्यताका साथ सम्पन्न भएको छ ! उक्त कार्येक्रमको सभापतित्व यसै पर्बत सेवा समाज युएईका अध्यक्ष्य श्री मणि प्रसाद भुर्तेल ले गर्नु भएको थियो भने प्रमुख अतिथिमा नेपाली समाजका भूपू अध्यक्ष्य यम तमु रहनु भएको थियो र कार्येक्रमको संचालन महासचिब पुरुस्वोत्तम सुबेदी ले गर्नु भएको थियो ! कार्येक्रमको सुरुवात  अतिथिहरुको आसन ग्रहण को साथै ब्याज वितरण गरेर गरिएको थियो भने कार्येक्रमको स्वागत मन्तब्य श्रीमती बिष्णुमाया सुबेदीले दिनु भएको थियो !

Thursday, 20 June 2013

यस्तो रहेछ काठमाडौंमा बन्ने २५ तले 'काठमाडौं टावर' (फोटो फिचर)

Kathmandu Tower
काठमाडौं महानगरपालिकाले पुरानो बसपार्कमा सुविधा सम्पन्न र प्रविधियुक्त 'काठमाडौं टावर' निर्माण गर्ने प्रक्रिया फेरि अगाडि बढाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाटो खोलेपछि निर्माण प्रक्रिया पुनः सुचारु हुने भएको छ । साढे २३ रोपनी क्षेत्रफल रहेको पुरानो बसपार्कको करिब १० रोपनीमा भवन  निर्माण गरिने छ । भुइँतलामा बसपार्क, अन्य माथिल्ला दुई तलामा हलुका सवारी साधनको पार्किङस्थल बनाइने छ । बाँकी जग्गामा सवारी साधन भित्रिने र बाहिरिने  ढोकालगायत विभिन्न आधुनिक प्रकारका मनोरञ्जन स्थल बनाइनेछ ।

Sunday, 16 June 2013

पर्वतको माझफाँटमा ट्रक दुर्घटना तीन जना घाइते

पर्वत,३ असार । गृहलक्ष्मी ग्याँस बोकेर पोखराबाट बेनी जाँदैगरेको ग१ख ८४४ नम्वरको ट्रक आइतबार राति साँझ ८.३० बजे पर्वतको माझफाँट–२ लामाखेतमा दुर्घटना भएको छ ।सडकबाट करिव फिट तल कालीगण्डकी किनारमा ट्रक खस्दा त्यसमा सवार तीन जना घाइते भएका छन् । घाइते हुनेहरुमा तुलबहादुर राना, बेलबहादुर राना र केशव गुरुङ रहेका जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । ४ सय ४० वटा भरिएका ग्याँस सहितको ट्रक कालीगण्डकी किनारमा खसेपनि ग्याँसबाट अन्य कुनै दुर्घटना भने हुन नपाएको पर्वत अस्थाई प्रहरी चौकी पर्वत बेनीका इन्चार्ज एवं प्रहरी सहायक निरिक्षक केदारनाथ अधिकारीले बताए ।

Wednesday, 12 June 2013

एसएलसीमा सर्वोकृष्ट अंक ल्याउने अशिम

यस बर्षको प्रवेशिका परीक्षामा झापा बिर्तामोडस्थित लिटल फ्लावर्स आवासीय अंग्रेजी माध्यमिक बिद्यालयका विद्यार्थी असीम घिमिरेले सर्बोत्कृष्ट नतिजा ल्याएका छन् । सिम्बलनम्बर ००४४३६५-आइ का घिमिरे ८०० पुर्णाङ्कमा ७५१ नम्बर अर्थात ९३ दशमलव ८७ प्रतिशत नम्बर ल्याएर सर्बोत्कृष्ट दरिएका हुन् । उनले अंग्रेजीमा ९७, नेपालीमा ८५ गणितमा ९९, विज्ञानमा ९८ सामाजिक बिज्ञानमा ८२ स्वास्थ्य र जनसंख्यामा ९३ ऐच्छिकगणितमा ९७ र कम्प्युटरमा १०० नम्बर ल्याएको बिद्यालयका प्रशासन प्रमुख बिज्ञान खड्काले जानकारी दिएका छन् ।
दुई महिनादेखि राजधानीको शान्तिनगरस्थित डिसेन्ट ब्वाइज होस्टलमा बसेर बि्रजकोर्सा गरिरहेका असीमले आफुले ९० प्रतिशत नम्बर कट्ला भनेर सोचे पनि परिणाम त्यसभन्दा राम्रो आउँदा खुसस् लागेको कान्तिपुरलाई टेलिफोनमा बताए ।

एलएलसी प्रथमको दाबी

jai-hosकाठमाडौं : यस वर्षको एलएलसीमा छात्रतर्फ प्रसन्न नेपाल र छात्रातर्फ सरु श्रेष्ठले सर्वाधिक अंक ल्याएको दाबी गरेका छन् । नेपाल लिटिल एन्जल्स स्कुल ललितपुर र श्रेष्ठ ग्यास्ट स्टोन एकेडेमी भक्तपुरकी छात्रा हुन् । सिम्बोल नम्बर ०३२६९९१ ‘ओ’ रहेका नेपालले ८ सय पूर्णांकमा ७ सय ४९ अंक अर्थात् ९३ दशमलव ६२ प्रतिशत प्राप्त गरेका छन् । नेपालले अनिवार्य अंग्रेजीमा ९१, नेपालीमा ८५, गणितमा ९९, विज्ञानमा ९८, सामाजिक शिक्षामा ८४, स्वास्थ्य तथा जनसंख्यामा ९३, अतिरिक्त गणितमा १०० र कम्प्युटर विज्ञानमा ९९ नम्बर प्राप्त गरेका छन् । कक्षामा सधँै प्रथम हुने नेपालले सोचेभन्दा धेरै अंक ल्याएको बताए । ‘यति धेरै अंक ल्याउँछुजस्तो लागेको थिएन । ९० प्रतिशतजति ल्याउँछु भनेको थिएँ,’ उनले भने, ‘तैपनि आशा गरेभन्दा बढी अंक ल्याएँ, खुसी छु ।’ भविष्यमा डाक्टर बन्ने योजना रहेको नेपालले सुनाए ।

रेग्मी बने धौलागिरी टपर

पर्वत,  जेठ २९ गते । हिजो मंगलबार प्रकाशित प्रवेशिका एसएलसी परीक्षाको नतीजा अनुसार धौलागिरीका पर्वत, म्याग्दी र बागलुङ जिल्लाहरुबाट परीक्षामा सम्मिलित परीक्षार्थीहरुमध्य प्रारम्भिक अनुमान बमोजिम सर्वाधिक अंक प्राप्त गरी पर्वत जिल्लाको सदरमुकाम कुस्मा बजार स्थित आदर्श आवासीय माविका आलोक रेग्मीले ७४० अंक (९२.५ प्रतिशत) ल्याएर धौलागिरी टपर भएको पर्वत जिल्ला शिक्षा कार्यालयले जनाएको छ । जबकि पर्वत जिल्लामा यसबर्ष गत बर्षको तुलनामा १७ प्रतिशतले कम ३६ दशमलब २८ प्रतिशत बिद्यार्थी उर्तिण भएका छन् । यस बर्ष एसएलसी परिक्षामा सामेल भएका नियमित तर्फ १ हजार १ सय ४९ जना बिद्यार्थी उर्तिण भएका छन । उर्तिण बिद्यार्थी मध्ये बिशिष्ठ श्रेणीमा ६५ जना, प्रथम श्रेणीमा ३ सय ६६ जना, द्वितिय श्रेणीमा ६ सय ७४ जना र तृतिय श्रेणीमा जम्मा ४४ जना बिद्यार्थी उर्तिण भएका छन् ।

Thursday, 6 June 2013

पर्बत सेवा समाज युएई को रस अल खैमा क्षत्रीय समिति गठन

६ जून २०१३ - पर्बत सेवा समाज युएई को रस अल खैमा क्षत्रीय समिति गठन कार्येक्रम सम्पन्न भएको छ उक्त गठन कार्यक्रमको सभापतित्वो पर्बत सेवा समाज युएई केन्द्रिय समितिका उपाध्यक्ष्य बिमल केसी ले गर्नु भएको थियो भने आतिथिहरु मा पर्बत सेवा समाज युएई क केन्द्रिय महासचिब तथा संगठन बिभाग प्रमुख पुरुषोत्तम सुबेदी, केन्द्रिय कोसाध्यक्ष्य परसुराम पौडेल, केन्द्रिय सदस्य खेम अधिकारी एबम पर्बतबाशी धर्मदत्त शर्मा रहनु भएको थियो भने उक्त गठन कार्यक्रम मा पर्बत सेवा समाज युएई को गठनको  लक्ष्य उद्स्य र काम कर्तव्यको बारेमा जानकारी गराइएको थियो !
पर्बत सेवा समाज युएई रस अल खैमा क्षत्रिय कार्य समितिमा अध्यक्ष्यखगेन्द्र अधिकारी, उपाध्यक्ष्य दिपक तिवारी, सचिब ख्याम

Sunday, 26 May 2013

आफ्नो सन्तानलाई जंगलमा ज्युँदै छाड्ने (निर्दई आमा)

Mina Pariyarकुनै आमाले आफूले जन्मदिएका सन्तानलाई जंगलमा ज्युँदै छाडेर पर पुरुषको अंगालोमा बाँधिन जान्छन भन्ने तपाईले कल्पना गर्न सक्नुहुन्छ ? तर यस्ता निष्ठुरी आमाहरु पनि हुन्छन जसले परपुरुषलाई खुसी पार्न बच्चालाई अनकण्टार जंगलमा फालेर हिड्न सक्दा रहेछन । चितवनको नारायणगढकी मिना परियार (पौडेल) आफ्नो ११ महिने छोरालाई पर्वतको मुडिकुवा गाविसमा पर्ने सिर्सुवाको जंगलमा छाडेर आफू भने रात विताउन प्रेमीसँग गइन् । प्रहरीले आफन्तको सहयोगमा बच्चा जंगलमा फालेको २० घण्टापछि जीवित उद्धार गरेको छ भने महिलालाई समेत नियन्त्रणमा लिएको छ । बागलुङ जिल्लाको पैञ्युपाटा ५ मा माइतीघरबाट आफ्ना प्रेमीलाई भेट्न पर्वतको फलेबास हिंडेकी मिनाले मंगलबार दिउँसो ४ बजे छोरा भिष्म पौडेललाई झाडी र भिरालो स्थानमा छाडेर हिंडेकी थिइन । मंगलबार दिउँसो शिशुलाई छाडेर फलेबासमा एक पुरुषसँग रात बिताएकी मिनालाई बुधबार दिउँसो सदरमुकाम कुस्माबजारमा एक्लै देखेपछि आफन्त र प्रहरीले बच्चाको खोजी गरेका थिए । खोजी गर्ने क्रममा बोकेको पछ्यौरामा बाँधेर छाडेको अबस्थामा झाडीमा बुधबार दिउँसो २ बजे प्र्रहरी र आफन्तले जिवीतै उद्दार गरेको जिल्ला प्रहरी निरीक्षक बिजयराज पण्डितले बताउनुभयो ।

Wednesday, 22 May 2013

नायिका निशा अधिकारी सगरमाथाको चुचुरोमा

नायिका निशा अधिकारी सगरमाथाको चुचुरोमा
नायिका निशा अधिकारी आज बिहान ८ बजे सगरमाथा चुचुरोमा पुग्न सफल भएकी पर्यटन बोर्डका सम्पर्क अधिकृत सगरमाथा आरोही ज्ञानेन्द्र श्रेष्ठले बताएका छन्। अधिकारी चैत २७ गते काठमाडौंबाट सगरमाथा आरोहणको लागि प्रस्थान गरेकी थिइन्। उनीसँगै १२ जना टोली सगरमाथा आरोहणको लागि गएको थियो। अधिकारी आरोहीको सहयोगीको रुपमा सगरमाथा चुचुरोमा चढेकी हुन्। उनी भोली काठमाडौं आइपुग्ने बताइएको छ। श्रेष्ठका अनुसार यो सिजनमा ६ सय नेपाली सगरमाथा आरोहणका लागि गएका छन् । ती मध्ये हिजोसम्म २ सय जना चुचुरोमा पुगिसकेका छन् बाँकी यो हप्ताभरीमा पुग्न सक्ने उनले बताए। 'अब एक हप्ताभरी जोजो चुचुरोमा पुग्न सफल भए भए,' उनले भने, 'त्यसपछि नसक्नेले यो सिजनमा चढ्न सक्दैनन्। जुन लागेपछि हिउँ पग्लन थाल्छ। चढ्न सकिन्न।' यसैबीच सगरमाथाको चुचुरोमा पुगेर फर्किँदै गर्दा दुई विदेशी आरोहीको मृत्यु भएको छ । सगरमाथाबाट फर्किने क्रममा गएराति उनीहरुको मुत्यु भएको हो। बिना अक्सिन फर्किँदै गर्दा बंगलादेशका मोहम्मद खलिल हुसेन र कोरियाका सुङ हो सियोको सोमबार राति मृत्यु भएको पर्यटन मन्त्रालयले जनाएको छ।

Tuesday, 7 May 2013

ढंग पुर्‍याएर चोरिएको कथा

manjari 'ओइ फोहोरी केटा, मलाई तिमी मनपर्‍यो ।' धनी गुन्डा बुबाकी एक्ली छोरी मन्जरी (सुजाता) ले मोटरसाइकल वर्कशपमा काम गर्ने फोहोरी केटा ईश्वर (गौरव) लाई मन पराउनु नै  फिल्म 'मञ्जरी' को मूलकथा हो । आर्थिकदेखि जातीयस्तरको बेमेलले गर्दा प्रेम जोडीबीच आइपर्ने अवरोध प्रायः फिल्मका चल्तीका मसला हुन् ।
'मञ्जरी' कथा सामान्य मात्रै नभई सन् २००८ को सर्वाधिक कमाइ गरेको बंगाली फिल्म 'चिरोदिनी तूमी जे अमर' बाट हुबहु उतारिएको हो । अभिमन्यु मुखर्जीको स्त्रिmप्ट रहेको बंगाली फिल्ममा मोटरसाइकल वर्कशपमै काम गर्ने सिलिगुडीको कृष्णको त्यहीँकी एक स्कुले युवती पल्लवीसँग आँखा जुध्दाजुध्दै घनिष्ठ प्रेम बस्छ । र, कृष्णले पल्लवीलाई भगाएर कोलकाता लान्छ । भगाउँदा प्रेमिकालाई घडी समेत फुकालेर -घरको केही पनि नल्याई) आउन भनेको कृष्णले सहरमा साथीभाइको सहयोगले बिहे गर्छ । तर केटीका गुन्डा प्रवृत्तिको बाबु र अंकलले भने उनीहरूलाई फेला पार्छन् र फिर्ता ल्याउँछन् । त्यसपछि फिल्मले दर्दनाक अन्त्य लिन्छ । निर्देशक गणेशदेव पाण्डेकै लेखन भनिएको फिल्म 'मञ्जरी' उक्त कथाबाट किञ्चित फरक छैन । फरक छ केवल पात्र, भाषा, स्थान र फिल्म युनिट ।

एसपी खरेलले स्टार बनायो

hero  प्रदेशी साहको परिचय तीन सातायता फेरिएको छ । वीरगन्ज १५ मुर्लीका २६ वर्षे तन्नेरीलाई सबैले 'एसपी खरेल' भन्छन् । भोजपुरी चलचित्र 'एसपी खरेलः द रियल हिरो' ले उनको परिचय र छवि बदलिदिएको हो । झन्डै एक दशकदेखिको संघर्ष अहिले सफल भएको मान्छन् उनी । 
भोजपुरी चलचित्र उद्योगमा नयाँ स्टारको -पमा छाएका उनी आशलाग्दा नायकको रूपमा पनि दरिएका छन् । 'पहिलो चलचित्रले नै पहिचान दियो,' प्रदेशीले भने 'म एसपी खरेलको भूमिकामा जमेकाले होला, मलाई आफन्त, इष्टमित्र, शुभचिन्तक, फ्यानले एसपी खरेल भन्न थालेका छन् ।' यहाँसम्म कि बसको टिकट, सभासमारोहका लागि होटलको कोठा बुक गर्दासमेत एसपी खरेल लेखिदिन्छन् रे । अहिले विवाहको सिजनमा उनलाई आउने निम्तोमा समेत एसपी खरेल उल्लेख हुन्छ ।  फ्यानले घेर्ने र अटोग्राफ माग्ने सिलसिला बढ्दै गएपछि अचेल उनी मास्क लगाएर हिँड्न थालेका छन् । 'फ्यानलाई निराश गर्न पनि सकिँदैन,' उनले भने, 'धेरै समय दिएर अल्भिmन पनि सकिँदैन ।'  दुई सातासम्म वीरगन्जमा चलेको आफ्नो फिल्मको दैनिक एक शो हेर्ने र आफूलाई हलबाट फोन गर्ने अज्ञात महिला फ्यानले त चकित नै बनाएको उनी दाबी गर्छन् ।

Monday, 6 May 2013

कालीगण्डकीमा सञ्चालित जल यातायात बन्द

स्याङ्जाको मिर्मीस्थित देशकै ठूलो जलविद्युत् गृह कालीगण्डकी ‘ए’ को बाँध निर्माणका क्रममा बनेको जलाशयमा चल्ने जिल्लाकै एकमात्र जल यातायात (स्टिमर) स्थानीय क्लबको आन्दोलनका कारण अनिश्चितकालका लागि बन्द भएको छ ।
स्थानीय पिँढीखोला गाविस-८ स्थित जोगिमारामा रहेको जनसुधार युवा क्लबले विभिन्न चारसूत्रीय माग राखी आन्दोलनमा उत्रिएपछि आँधीमुहानदेखि सेतीवेणीसम्मको सात किलोमिटर जल यातायात अनिश्चितकालका लागि बन्द भएको हो । आन्दोलनका कारण स्टिमर बन्द हुँदा त्यस क्षेत्रका हजारौँ सर्वसाधारण मर्कामा परेका छन् । क्लबका अध्यक्ष टेकबहादुर क्षत्रीका अनुसार क्लबले स्टिमरमा यात्रा गर्दा अनिवार्य लाइफ ज्याकेटको व्यवस्था हुनुपर्ने, स्टिमर उपभोक्ता समिति गठन गरी यातायातको भाडा निर्धारण गर्नुपर्ने, क्षमताभन्दा बढी यात्रु हालेर यात्रा गराउन नपाइने, ३० किलो सम्मको सामान ढुवानी निःशुल्क गर्नुपर्ने, दृष्टिविहीन, अपाङ्ग, अशक्तहरूलाई विशेष छुटको व्यवस्था हुनुपर्नेलगायतका माग राख्दा स्टिमर सञ्चालक संस्था शिला शालिग्राम शिला जल यातायात व्यवस्थापन समितिले बेवास्ता गरेकाले आन्दोलनमा उत्रिएको हो ।

Saturday, 4 May 2013

नेपाली समाज युएईको अध्यक्षमा कार्की

13rd May 2013, नेपाली समाज युएईको अध्यक्षमा ज्ञानेन्द्रवहादुर कार्की चयन भएका छन् । शुक्रबार दुबईको एभरेष्ट होटलमा सम्पन्न भेलाले कार्कीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।भेलाले उपाध्यक्षत्रयमा चन्द्र बिक्रम सारु, भिम अधिकारी र भेषराज ढकाल, कोषाध्यक्षमा गणेश न्यौपाने र महासचिवमा उमाकान्त पाण्डेलाई चयन गरेको छ ।
अध्यक्षता नेपाली समाज निर्वाचन समितिका संयोजक गोपाल कंडेलले गर्नु भएको थियो । विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, समाजसेवी, बुद्धिजीवि, आजीवन सदस्य र पत्रकारहरु अतिथि रहेको निर्वाचन भेलालाई उत्तम अधिकारीले संचालन गरेका थिए । अन्त्यमा वरिष्ठ समाजसेवी चन्द्र प्रसाद सापकोटा, पूर्वअध्यक्ष कृष्ण ढकाल लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले नवनिर्वाचित सबै पदाधिकारीहरुलाई शुभकामना दिएका थिए । राजु गुरुङले सम्पूर्ण संघ संस्थाहरु र उपस्थित सबैलाई धन्यबाद दिएका थिए । त्यस्तैगरी गोपाल कंडेलले निर्वाचनको लागि सहयोग पुर्‍याउने सम्पूर्ण सहयोगीहरुलाई धन्यबाद दिदै नेपाली समाज निर्वाचन समिति विगठन भएको घोषणा समेत गरेका थिए ।

Monday, 29 April 2013

आयो हरिवंशको आत्मकथा

haribngsa
 'किताब र पढाइ मेरा लागि सानैदेखि मन नपर्ने शब्द थिए, तर परिस्थितिले अहिले लेखक बन्न बाध्य भएँ,' अभिनेता हरिवंश आचार्यले आइतबार यसो भनिरहँदा श्रोताहरूबीच हल्का हाँसो फैलियो । उनी आफ्नो आत्मकथा सार्वजनिक भएपछि त्यसको रचनागर्भबारे बोल्दै थिए, जसमा हाँसो मात्रै छैन ।
'चिना हराएको मान्छे' को लोकार्पण व्यंग्य चित्रकार दुर्गा बराल (वात्स्यायन) ले हरिवंशबारेको कार्टुन अनावरण गरेर गरे । यसका लागि हरिवंश पत्नी मीराको दोस्रो पुण्यतिथिको अवसर पारिएको हो ।
पत्नी रमिलासाथ मञ्चस्थ हरिवंश दुःखी बढी र खुसी कम देखिन्थे । उनले पुस्तकबारे बोल्नुअघि आइतबार बिहान घरमा मीराको श्राद्ध गर्दाको क्षण सबैसँग साझा गरे । 'सधैं रातो रंगमा, सारीमा देख्थें मीरालाई,' उनले अवरुद्ध गलाले भने, 'तर, आज पहेंलो र सेतो रंगमा फोटो रंगाउनुपर्दा भावुक भएको छु ।' आफूलाई सफलता शिखरसम्म पुर्‍याउन मीराले गरेको योगदान सम्भ“mदै उनले आत्मकथा लेख्ने ठूलो साहस पनि उनकै प्रेरणा रहेको बताए । 'दुःख पोख्ने ठाउँ मीरा थिइन्,' उनले भने, 'यसरी कहिल्यै किताब लेखुँला भनेर सोचेको पनि थिइनँ ।'

Thursday, 25 April 2013

पृथ्वी जस्तै दुइ वटा नयाँ ग्रह पत्ता लाग्यो

वैज्ञानिकहरुले पृथ्वी जस्तै दुइ वटा नयाँ ग्रह पत्ता लगाएका छन्। नासको केल्पर मिसन अन्तर्गत विलियम बोरुकीले नेतृत्व गरेको वैज्ञानिकहरुको टिमले दुइ ग्रह पत्ता लगाएको ह।  
वैज्ञानिकहरुको यो टिमले पाँच वटा ग्रह पत्ता लगाएको हो, यि पाँचवटा ग्रह सुर्य जस्तै तारा केल्पर-६२ लाई परिक्रमा गर्ने गर्दछन्। पाँच मध्य चार ग्रह पृथ्वी भन्दा ठुला छन्, जसलाई सुपर अर्थ भनिएको छ। एउटा ग्रहले मंगलग्रह जत्रै छ भने पृथ्वीको आधा छ। भेटिएका चार सुपरअर्थको रेडियस क्रमश १.३, १.४,१.६,१.९ गुणा पृथ्वी भन्दा बढि छ । 
यी चार सुपरअर्थ मध्य दुइ सुपर अर्थको केप्लर-६२ बाट त्यतिनै मात्रमा ताप प्राप्त गर्दछन् जति पृथ्वीले सुर्यबाट गर्दछ। त्यसैले यी दुइ ग्रहमा पानी हुन सक्ने वैज्ञानिकहरुले आशंका गरेका छन्। सिद्धान्तका हिसावले यी दुइ ग्रह मानिस बस्न योग्य भऐको वैज्ञानिकको ठहर रहेको छ।यो नयाँ ग्रहको खोजीलाई साइन्स एक्सप्रेसमा छापिएको छ।