पर्वत,३ असार । गृहलक्ष्मी ग्याँस बोकेर पोखराबाट बेनी जाँदैगरेको ग१ख ८४४ नम्वरको ट्रक आइतबार राति साँझ ८.३० बजे पर्वतको माझफाँट–२ लामाखेतमा दुर्घटना भएको छ ।सडकबाट करिव फिट तल कालीगण्डकी किनारमा ट्रक खस्दा त्यसमा सवार तीन जना घाइते भएका छन् । घाइते हुनेहरुमा तुलबहादुर राना, बेलबहादुर राना र केशव गुरुङ रहेका जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । ४ सय ४० वटा भरिएका ग्याँस सहितको ट्रक कालीगण्डकी किनारमा खसेपनि ग्याँसबाट अन्य कुनै दुर्घटना भने हुन नपाएको पर्वत अस्थाई प्रहरी चौकी पर्वत बेनीका इन्चार्ज एवं प्रहरी सहायक निरिक्षक केदारनाथ अधिकारीले बताए ।दुर्घटनाबाट घाइतेहरुलाई म्याग्दीस्थीत बज्रदल गण, प्रहरी र स्थानीयले उद्दार गरि अस्पताल पु¥याएका थिए । घाइतेहरु अहिले खतरामुक्त रहेको म्याग्दी जिल्ला अस्पतालले जनएको छ । अस्थाई प्रहरी चौकी पर्वत बेनीका अनुसार ट्रक चालक चेतन कार्की फरार छन् । दुर्घटनामा यत्रतत्र छरिएका ग्याँसका सिलिण्डरहरु सुरक्षाकर्मी, तथा स्थानीयको सहयोगमा व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ ।
मेरोजिल्लाडटकम
No comments:
Post a Comment