एक सय ५२ रनको चुनौति पाएको नेपालले ३९ दशमलब २ ओभर खेल्दै पाँच विकेटको क्षतिमा निर्धारित लक्ष्य पुरा गरेको थियो ।
जीत दर्ताका लागि सरद भेसवाकरले नटआउट ५० रन बनाए भने पृथु बास्कोटाले पनि नट आउट १९ रन बनाए । त्यस्तै प्रदीप ऐरीले ६० रन बनाएका थिए भने र विनोद भन्डारी र ज्ञानेन्द्र मल्लले ५/५ रन बनाएका थिए भने शिव खकुरेल ४ रन र पारस खड्का एक रन बनाएर आउट भएका थिए । खेल अवघिभर नेपालले ८ वटा वाइड पाएको थियो । अब नेपालले १० टोली समावेश विश्वकप क्लालिफायर खेल्नेछ। प्रतियोगितामा नेपालसँगै अफगानिस्तान, क्यानाडा, केन्या, स्कटल्यान्ड युगान्डा, हङकङ, पपुवा न्युगिनी, युएई र नामिबिया छन्।
