पर्वत, वैशाख १४ – महाविनासकारीका रुपमा आएको भुकम्पका कारण देशमा हजारौ मानिसको मृत्यु भएको छ भने करौडौ जनधनको क्षति भएको छ । महाविनासका रुपमा आएको भुकम्पका काराण पर्वत जिल्लामा भने १० जना सामान्य घाईते भएको र घाइतेको उपचारपछि आआफ्नो घर फर्किएको जिल्ला प्रहरी कार्यालय पर्वते जनाएको छ । प्रहरीका अनुसार जिल्लाको कुनपा ८ बस्ने बर्ष ३२ की सविता श्रेष्ठ, कुनपा ११ वस्ने वर्ष २२ को असिर मिया , कुनपा १ वस्ने वर्ष २८ को गोकुल श्रेष्ठ, कुनपा १ वस्ने वर्ष २२ की सुनिता श्रेष्ठ , कुनपा १० बस्ने वर्ष २६ को कुल व कुवर, देउपुर ५ वस्ने वर्ष ७० की भगवती चापागाई , राम्जादेउराली ४ वस्ने बर्ष ५५ की गोमा नेपाली , कुनपा १७ बस्ने वर्ष १४ को विवेक नेपाली , कुनपा १७ बस्ने वर्ष ५० को ईश्वरी प्रसाद भुषाल, कुनपा ९ बस्ने वर्ष २० की ज्योति शर्मा सामान्य घाइते भएको र केहिको भने उपचार हुदै गर।ेको बताएको छ । प्रहरीकै अनुसार पर्वत जिल्लामा शनिवार देखि सोमबारसम्ममा जानकारीमा आए अनुसार १२५८ घरमा क्षति भएको बताइएको छ । जसमध्ये जम्मा ४५२ घर पूर्णरुपमा क्षति , ३५५ आंशिक रुपमा क्षति , ४५१ मा सामान्य क्षति भएको प्रहरीले जनाएको छ भने एउटा भैसीको पाडो पनि भुकम्पमा परेको बताएको छ । हालसम्म जिल्लामा मानविय क्षति नभएको र कति बराबरको क्षति भयो भन्ने बारेमा पूर्ण विवरण नआएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । - : स्रोत रतोपाती.कम http://www.ratopati.com/2015/04/27/229631.html#sthash.mAdC2bI3.dpuf
Showing posts with label जानकारी. Show all posts
Showing posts with label जानकारी. Show all posts
Monday, 27 April 2015
Saturday, 26 October 2013
मोटोपनाले बढाउँछ पत्थरीको डर
पछिल्लो अध्ययनले मोटोपनाले खासगरी किशोर किशोरीहरुमा पित्तथैलीको पत्थरीको खतरा बढाउने तथ्य समेत पत्ता लगाएको छ । अमेरिकामा गरिएको अध्ययनले सरीर बढि तौल भएका किशोरकिशोरीहरुमा पित्तथैलीको पत्थरीको समस्या बढि भएको देखिएको हो ।
१० देखि १९ वर्ष उमेरका ५ लाख १० हजार बालबालिका तथा किशोरकिशोरीमा यस्तो अध्ययन गरिएको थियो । यसक्रममा सरीरको तौल बढि भएकाहरुमा पत्थरीको समस्या ठीक्क तौल भएकाहरुमा भन्दा दोब्बर बढि पाइयो भने अझ मोटोपनाले सताएकाहरुमा पत्थरीको समस्या झनै उच्च भएको पाइयो ।
Tuesday, 22 October 2013
सासु आमालाई बुहारीले फुरुक्कै पार्ने ९ सुत्र
वास्तवमा छोराको बिहे भैसकेपछि जो कोही आमाको मनमा एउटा सन्देह हुन्छ कि छोरा अब बुहारीको भयो, मेरो मतलब गर्दैन, बुहारीकै कुरा सुन्छ । त्यसकारण पनि आमाको छोरा बुहारीप्रति एउटा आशंका वा पर्वाग्रह रहन्छ । यो शास्वत सत्यलाई छोरा बुहारीले मनन गर्दै त्यस्तो आशंका दूर गर्ने र आमालाई भरपूर माया गर्ने गर्नुपर्छ र कुरा बुझाउने प्रयास गर्नुपर्छ । यसमा बुहारीको ठूलो हात हुन्छ । सासुलाई खुसी पार्नका लागि बुहारीहरुले अपनाउनुपर्ने १० काइदा यस्ता छन्
Friday, 9 August 2013
पर्बत जिल्ला मा रहेका ५८ गा. बि. स. हरु यस प्रकार छन् !
१. आर्थर डाडाखर्क
२. बाच्छा
३. वाहाकी ठाटी
४. बाजुंग
५. बालाकोट
६. बनौ
७. बास्खर्क
८. बेहुलिबास
९. भंगारा
१०.भोक्सिंग
११.भोर्ले
१२.भूक देउराली
१३.भुक्तान्गले
१४.बिहादी बराचौर
१५.बिहादी रानीपानी
१६.बितालावा पिपल्टारि
१७.चित्रे
१८.चुवा
१९.देउपुरकोट
२०.देउराली
२१.देवीस्थान
२२.धाइरिङ्ग
२३.दुर्लुङ्ग
२४.फलामखानी
२५.फलेबास देवीस्थान
26फलेवास खानिगाउ
२७.होस्रान्ग्दी
२८.हुवाश
२. बाच्छा
३. वाहाकी ठाटी
४. बाजुंग
५. बालाकोट
६. बनौ
७. बास्खर्क
८. बेहुलिबास
९. भंगारा
१०.भोक्सिंग
११.भोर्ले
१२.भूक देउराली
१३.भुक्तान्गले
१४.बिहादी बराचौर
१५.बिहादी रानीपानी
१६.बितालावा पिपल्टारि
१७.चित्रे
१८.चुवा
१९.देउपुरकोट
२०.देउराली
२१.देवीस्थान
२२.धाइरिङ्ग
२३.दुर्लुङ्ग
२४.फलामखानी
२५.फलेबास देवीस्थान
26फलेवास खानिगाउ
२७.होस्रान्ग्दी
२८.हुवाश
Tuesday, 25 June 2013
सूर्य किरणको सम्पर्कमा आउनाले दीर्घायु
यो अध्ययन युनिभर्सिटी अफ इडेनबर्गका अनुसन्धानकर्ताहरूले गरेका हुन्, जसअनुसार मानिसको छाला सूर्य किरणको सम्पर्कमा आउँदा रगतमा नाइटि्रक अक्साइन नामक मिश्रण उत्पन्न हुन्छ । यो मिश्रणले रक्तचाप कम गर्न सघाउ पुर्याउँछ । सूर्य किरणको सम्पर्कमा आउनाले सम्पूर्ण स्वास्थ्य राम्रो हुन्छ । किनभने, रक्तचाप नियन्त्रित रहे छालाको क्यान्सर हुने जोखिम कम हुने अध्ययनमा उल्लेख छ । उसो त अब वैज्ञानिकहरू सूर्य प्रकाशको सम्पर्कमा बढी वा कम रहने व्यक्तिहरूको स्वास्थ्यमा कस्तो असर पर्छ भन्ने विषयमा पनि अनुसन्धान गर्ने तरखरमा छन् ।
Monday, 24 June 2013
चिया पिउनुका फाइदै फाइदा,,,,!!!!!
कसैले अलि आवश्यकता भन्दा बढि नै चिया पिउने पनि गर्छन् । आवश्यकता भन्दा बढि चिया पिउँदा त्यसले स्वास्थ्यमा नकारात्मक असर पूराउन सक्छ ।
तर सन्तुलित रुपमा चिया पिउनु स्वास्थ्यका लागि फाइदाजनक नै हुन्छ, जस्तै :
चिनी निकै कम राखेको वा राख्दै नराखेको चिया पिउनु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । दूध र चिनी नमिलाएमा त चिया पूरै क्यालोरी मुक्त नै हुन्छ जसका कारण मोटोपनाको समस्याबाट पिरोलिनु पर्दैन । चियाले सरीरमा पाचन प्रणालीलाई सुदृढ बनाउँछ । वजन घटाउन चाहने तथा मधुमेहका रोगीहरुका लागि गि्रन टी को नियमित सेवन उपयुक्त हुन्छ ।
चिया पिउँदा सरीरमा पानीको कमी पूरा गर्न मद्धत मिल्छ ।
Tuesday, 28 May 2013
गर्भावस्थामा मधुमेह - निको हुन्छ तर सावधानी आवश्यक
(जेस्टेसनल डायबेटिज) भने शिशुको जन्मसँगै निको हुन्छ। त्यस्ता महिलामा पुनः मधुमेह हुने सम्भावना भने उच्च हुन्छ।
गर्भावस्थामा मधुमेह कहिले पत्ता लाग्यो भन्नेबारे ठूलो मतान्तर छ। सन् १८२३ मा बेरलिन विश्वविद्यालयका एचजी बेनेविचले आफ्नो शोधपत्रमा २२ वर्षीया महिलाको गर्भावस्थामा देखिएको मधुमेहको लक्षणलाई पहिलो उल्लेख गरेका छन्। ती महिलामा धेरै तिर्खा लाग्ने, पिसाब लाग्ने तथा धेरै भोक लाग्ने लक्षण देखिएको थियो। परणिम, उनले १२ पाउन्डको मृत बच्चा जन्माइन्। त्यसबेला रगतमा ग्लुकोजको परीक्षण सम्भव नभए पनि पिसाबमा चिनी मापन गरेर मधुमेह ठहर गरिएको थियो।
Sunday, 12 May 2013
मौसम आँपको
फलफूलमा अबको मौसम हो आँपको । यसलाई फलको राजा भनिन्छ । शास्त्रमा यसलाई अमृत फल भनिएको छ । आँप काँचो होस् वा पाकेको, दुवैमा औषधीय गुण हुन्छ । आयुर्वेदका अनुसार, आँपका पाँचै अंग अर्थात् बोक्रा, जरा, पात, फल, फूल सबै काममा आउँछन् । पाकेको आँप गुलियो, वीर्यवर्धक, पौष्टिक, वायुनाशक, कान्तिदायक, शीतल, पित्तनाशक हुन्छ । आँपको सेवनले भोक पनि बढ्ने गर्छ । यसले मुटुलाई बलियो बनाउनुको साथै पित्तलाई नियन्त्रणमा ल्याउने काम गर्छ । आँप कफवर्धक पनि मानिन्छ । आँप चाउरी रोक्नसमेत प्रभावकारी मानिन्छ । पाकेको आँपमा प्रोटिन, बोसो, खनिज पदार्थ, कार्बोहाइड्रेट, क्याल्सियम, फोस्फोरस, फलाम, भिटामिन 'ए', 'सी' र 'बी' लगायत पाइन्छ । आँपको मुख्य घटक सर्करा हो, जुन विभिन्न फलमा ११ देखि २० प्रतिशतसम्म हुन्छ । आँपमा पाइने मुख्यतः चिनी त्यसको खानयोग्य खण्डको ६.७८ देखि १६.९९ प्रतिशतसम्म हुन्छ । ग्लुकोज र अन्य सर्करा भने १.५३ देखि ६.१४ प्रतिशतसम्म पाइन्छ । आँपमा टार्टरिक र मेलिक अम्लसमेत पाइन्छ । साइटि्रक अम्ल भने थोरै मात्रामा हुन्छ । यो अम्ललाई मानव शरीरले उपयोग गर्ने गर्छ । यो अम्ल शरीरमा क्षारीय सञ्चय कायम राख्न सहयोगी हुन्छ ।
कुकुर पाल्नेलाई मुटुरोगको सम्भावना कम
अमेरिकामा गरिएको एक अध्ययनले कुकर पाल्ने मानिसलाई मुटुरोग लाग्ने सम्भावना कम हुने निश्कर्ष निकालेको छ । हृदयरोग सम्बन्धी अमेरिकाको ठूलो संस्था अमेरिकन हर्ट एसोसिएसनले गरेको अध्ययनले घरेलु जनावर पाल्ने मान्छेहरुमा मुटुरोगको सम्भावना कम हुने निश्कर्ष निकालेको हो । बिशेषगरी कुकुर पाल्ने मानिसहरुमा मुटुरोगको सम्भावना कम हुने बिहीबार सार्वजनिक गरिएको प्रतिवेदनमा भनिएको छ । घरेलु जनावरमध्ये पनि बिशेषतः कुकुर पाल्ने व्यक्तिहरु कुनै न कुनै रुपमा हिड्ने काम परिरहने र ती जनावरको उपस्थितिमा उनीहरुको तनाव पनि कम हुने भएकाले रोगको सम्भावना कम हुने अध्ययनको निश्कर्ष छ । एसोसिएसनले डा. ज्लेन एन लेभिन प्रमुख रहने गरी अध्ययन टोली गठन गरेको थियो । अवलोकन विधिबाट गरिएको अध्ययनमा बढी स्वस्थ मानिसहरुले यस्ता घरेलु जनावर राख्ने गरेको समेत भेटिएको छ । 'घरेलु जनावर पाल्दैमा मुटुरोग कम हुने होइन्', टोली प्रमुख डा. लेभिनले भनेका छन्,'तर, घरेलु जनावर राख्दा मानसिक, सामाजिक र शारिरीक कारणले गर्दा मुटुरोग लाग्ने सम्भावना कम हुन्छ ।' तथ्यांक अनुसार अमेरिकीहरुले ७ करोड कुकुर र त्यो भन्दा बढी बिरालो घरेलु जनावरको रुपमा पाल्ने गरेका छन् ।
धूमपानले ठूलो आन्द्राको क्यान्सर
वैज्ञानिक जर्नल 'अमेरिकन एसोसिएसन अफ क्यान्सर रिसर्च' मा उक्त अध्ययन गत साता प्रकाशित भएको हो, जसका मुख्य अनुसन्धानकर्ता नेपाली चिकित्सक डा. रञ्जन पराजुली हुन् । डा. एइवेन्ड बजरकोस, प्रा. ग्राम इगरसमेतको संलग्नतामा गरिएको उक्त अध्ययन डा. पराजुलीले अमेरिकन क्यान्सर सोसाइटीको यसपालिकै वाषिर्क सम्मेलनमा प्रस्तुत गरिसकेका छन् ।
Tuesday, 7 May 2013
घाम ताप्नूस्, स्वस्थ रहनूस्
आँगनभरि छरिएर रहेको शरीरलाई चाहिने पोषण तपाईं टिप्नुहुन्छ ? प्रायः हामी आफूनजिक र वरपिरि छरिएका राम्रा वस्तु/औषधी देख्दैनौँ। तर, जब त्यही वस्तु/औषधी विदेशबाट प्याकेटमा आउँछन्, तब हामी धेरै रकम खर्चेर किन्छौं। हो, त्यस्तै एउटा प्राकृतिक औषधी हो, सूर्यको किरण, जुन दिनको करबि १२ घन्टा हामीसँगै हुन्छ। तर, त्यो औषधी हो भन्ने हामीलाई ज्ञान नै छैन। त्यसैले तुलनात्मक रूपमा अन्यत्रभन्दा बढी घाम लाग्ने गरे पनि हामीलाई भिटामिन 'डी'को कमी भइरहेको हुन्छ। जबकि, भिटामिन 'डी' सूर्यको किरणबाटै पाइन्छ। भिटामिन 'डी' दाँत र हाडका लागि अति जरुरी हुन्छ। यसको कमीले शरीरमा क्याल्सियमको शोषण कम हुन्छ र विभिन्न शारीरकि समस्या निम्तिन सक्छ। भिटामिन 'डी'को कमीले बालबालिकाको हातखुट्टा बाँगिने समस्या 'रिकेट्स' हुन्छ। यसको कमीले विभिन्न किसिमका संक्रामक रोग पनि लाग्न सक्छ। गर्भवती महिलाको शरीरमा भिटामिन 'डी'को कमी हुँदा गर्भको बच्चाको स्वास्थ्यमा नकारात्मक असर पर्छ। भिटामिन 'डी' प्रकृतिमा सजिलैसँग पाइने भए पनि यसबाट निम्तिने समस्याचाहिँ उल्लेख्य छ। भारतको दिल्ली, मुम्बई, चेन्नई र हैदरावादमा २ हजार ५ सय स्त्रीरोग विशेषज्ञमाथि गरएिको एक अनुसन्धानमा ९५ प्रतिशतमा भिटामिन 'डी'को कमी पाइएको थियो। पेसाले चिकित्सक भएकाले उनीहरूको व्यस्त जीवन नै यसको कारक थियो। उनीहरू बिहानदेखि बेलुकीसम्मै घर, अफिस र मोटरमा मात्रै बस्ने र घामको सम्पर्कमा आउनै नपाउने भएकाले यस्तो समस्या आएको अनुसन्धानले देखाएको छ।
Monday, 6 May 2013
यु ट्युबले कोर्दैछ संगीतकर्मीको भाग्य
चर्चित भिडियो शेयरिङ साइट यु ट्युब इन्टरनेट प्रयोगकर्ताहरुको पहिलो रोजाइ त बनिरहेकै छ, यसले संगीतकर्मीको भाग्य र भविष्य समेत सुरक्षित पारिदिन थालेको छ । बजारमा संगीतको व्यापार घटिरहेका बेला संगीत साधकहरुका लागि यु ट्युब जिविकोपार्जन तथा प्रसिद्धिको माध्यम बन्न थालेको छ । यसले कतिपय गायकहरुलाई विश्वव्यापी शाख सिर्जना गरिदिएको छ । साइ, जस्टिन बाइबर तथा म्याकलेमर लगायतका गायकहरुले यु ट्युबमार्फत नै तहल्का मच्चाइरहेको उदाहरणले यो कुरा प्रष्ट पार्छ ।इन्टरनेट मार्फत संगीतको सशुल्क डाउनलोड, भिडियोसँगै अनलाइन विज्ञापन तथा प्रायोजनका साथै यु ट्युबमार्फत पाउने प्रसिद्धिका कारण हुने विश्वव्यापी कन्सर्ट उल्लेखित गायकहरुको कमाइको मुख्य आधार बनिरहेको छ । यु ट्युवमा संगीत सामाग्री साझेदारी विभागका निर्देशक विविन लेविटका अनुसार विश्वलाई संगीतको माध्यमबाट एकठाउँमा आबद्ध गर्न यु ट्युव उच्चतम प्लाटर्फम बनिरहेको छ ।
रिसाउनुपूर्व एकपटक सोचौं !
नियमित दही खाने कि ?
महिनावारी भएका बेला सामान्य पेट दुख्नु स्वाभाविक हो तर कसै-कसैलाई यो बेला अत्याधिक पेट दुख्छ र नियमित कामकाज गर्न पनि गार्हो हुने हुन्छ। महिनावारीको यस्ता पीडाका कारण करिब ८० प्रतिशत महिला चिन्तित हुन्छन्। हालै गरिएको एक अध्ययनमा यस्ता पीडित महिलाहरूले दैनिक २ कप जति दही सेवन गरे करिब ४८ प्रतिशतमा पीडा कम भएको देखिएको छ। दहीमा पाइने क्याल्सियम तथा अन्य खनिज पदार्थले हार्मोनहरू -इस्ट्रेजेन र प्रोजेस्ट्रोन) को सन्तुलन कायम गर्ने एवं स्नायुहरूलाई पनि निस्क्रिय बनाउन मद्दत गर्ने विज्ञहरूको तर्क छ। नियमित दहीको सेवनले मानसिक तनाव पनि कम हुने उक्त अध्ययनको निष्कर्ष छ।
Sunday, 28 April 2013
एप्पलका ह्याकर गुगलमा जागिरे बन्दै
सफ्टवेयरको दुनियाका कट्टर प्रतिद्धन्दी एप्पल र गुगलबीचको आपसी प्रतिस्पर्धामा अर्को अध्याय थपिएको छ । एप्पलको आइफोन र आइप्याडको अपरेटिङ सिस्टम आइओएस ह्याक गर्नका लागि निकै चर्चित सफ्टवेयर ‘जेलब्रेक’ निर्माण गरेर आइफोन ह्याक गर्ने ह्याकर निकोलस एलिग्राले गुगलमा छिर्ने भएका छन् । उनी प्रशिक्षार्थीको रुपमा गुगल कम्पनीमा प्रवेश गर्ने भएका हुन् ।
जेलब्रेक एउटा यस्तो सफ्टवेयर हो जसका माध्यमबाट आइफोन र आइप्याडका प्रयोगकर्ताहरुले आइओएस डिभाइसमा अर्को एप्लिकेसन पनि इन्स्टल गर्न सक्छन् ।
यस्तो चर्चित सफ्टवेयर बनाउने निकोलसले आफ्नो टि्वटर अकाउण्ट मार्फत आफु गुगलमा प्रशिक्षार्थीको रुपमा छिर्न थालेको खुलास गरेका हुन् । आफुले आउँदा केही हप्तामा गुगलमा इन्टर्नशीप गर्न लागेको उनको भनाइ छ ।
Monday, 22 April 2013
अन्डाको सेतो भागले रक्तचाप घटाउँछ
अन्डाको सेतो भाग बडो गुणकारी हुन्छ । यसमा रक्तचाप घटाउने क्षमता हुन्छ । साथै यसको कुनै नकारात्मक प्रभाव पनि पर्दैन ।
अनुसन्धान अनुसार, अन्डाको सेतो भाग खानाले रक्तचाप कम हुन सक्छ । अमेरिकी वैज्ञानिकको एउटा अध्ययनले यो दृष्टिकोणलाई समर्थन गरेको छ । अन्डाको सेतो भाग ती व्यक्तिहरुबीच पहिलेदेखि नै लोकपि्रय छ, जो कोलेस्ट्रोल बढी हुने कारणले पहेँलो भाग खान चाहँदैनन् । अध्ययन प्रतिवेदनमा भनिएको छ, 'अब के पनि पत्ता लागेको छ भने अन्डाका सेतो भाग मात्र खाने गरेर रक्तचाप कम गर्न सकिन्छ । यसमा त्यो क्षमता हुन्छ ।' वैज्ञानिकको यो अध्ययन अमेरिकी केमिकल सोसाइटीको २४५ औं राष्ट्रिय बैठक र प्रदर्शनीमा प्रस्तुत गरिएको हो ।
अध्ययन अनुसार, अन्डाको सेतो भागमा भएको अवयव 'पेप्टाइड' हुन्छ । यो प्रोटिन निर्माणको प्रमुख तत्त्व हो । यसैले रक्तचापलाई कम गराउँछ । यो 'क्याप्टोप्रिल' (रक्तचापको औषधि) को एक मात्राजति नै प्रभावकारी हुन्छ ।
Sunday, 7 April 2013
कम्प्युटरमा भाइरस पसेको कसरी थाहा पाउने ? कसरी बँच्ने ?
हामी अहिले साइबर युद्धको युगमा छौँ । तपाइँलाई थाहै नदिइकन तपाइँको कम्प्युटर भाइरसद्धारा संक्रमित हुनसक्छ र अदृश्य ठाउँबाट कुनै ह्याकरले तपाइँको कम्प्युटर नियन्त्रण गरिरहेको हुनसक्छ । तपाइँको ल्यापटपका डाटाहरु साइबर अपराधीहरुले चोर्ने खतरा पनि हुन्छ ।
त्यसैले आफ्नो पिसिलाई ह्याक हुनबाट वा भाइरसबाट जोगाउन सचेत हुनुपर्छ । कम्प्युटरमा भाइरस घुसेको थाहा पाउने केही लक्षण निम्न छन् :
पिसीको गति निकै स्लो हुन्छ । कम्प्युटरमा धेरै डाटा लोड नहुँदा पनि गति निकै स्लो हुन थाल्छ ।
इन्टरनेट ब्राउजर आफै खुल्ने वा पपअप विन्डो आफै खुल्ने भयो भने पनि भाइरस छिरेको लक्षण हो । ब्राउजर बन्द गर्दा पनि बन्द हुनेबित्तिकै आफै खुल्ने लक्षण पनि भाइरस संक्रमणको हुनसक्छ ।
कम्प्युटरमा सेक्युरिटी विज्ञापन आफै देखिनु, ल्यापटप संक्रमित भएको चेतावनी जारी हुनु तथा सेक्युरिटी सफ्टवेयर डाउनलोड गर्न आफै सूचना पप अप हुन्छ ।
इन्टरनेट खोल्दा आफुले अर्कै बेवसाइट लगअन गरेको बेला अर्कैमा रिडाइरेक्ट हुनु ।
Friday, 29 March 2013
सुरक्षाकर्मी परिचालन गरेर पर्वतका गाउँगाउँमा मतदाता नामावली सङ्कलन
छिमेकी जिल्लाहरुमा अवरोध र लुटपाट भएपछि सुरक्षा सतर्कतासहित मतदाता नामावली सङ्कलन भएको हो । बिहीबार मात्रै सात गाविसमा १७० जनाले फोटोसहितको मतदाता नामावलीमा नाम लेखाएका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्वतले दिएको जानकारीअनुसार बिहीबार खुर्कोट गाविसमा ३७ जनाको र पकुवामा पनि १२ जनाको नाम सङ्कलन भएको छ । यसैगरी सरौखोलामा १९ जना, बालाकोटमा ११ जना, पाङ्गराङ्गमा ४१, खानीगाउँमा १८ र क्याङ्गमा ३१ जनाले फोटोसहितको मतदाता नामावलीमा नाम लेखाएका छन् ।
नेकपा–माओवादी पर्वतले सबै मतदाता नामावली सङ्कलन केन्द्रमा अवरोध गर्ने बताएकाले सबै केन्द्रमा पाँचजनाका दरमा प्रहरी खटाएको छ ।
Wednesday, 27 March 2013
त्रिभुवन विमानस्थल सुधार गर्न ९० करोड
जापान सरकार जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)मार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुदृढीकरण आयोजना कार्यक्रम सम्पन्न गर्नका लागि नेपाल सरकारलाई रु ९० करोड ७० लाखको अनुदान सहयोग दिन सहमत भएको छ ।
आज अर्थमन्त्रालयमा आयोजित एक कार्यक्रममा जापान र नेपाल सरकारबीच सो विमालस्थलको ¥याडर तथा सञ्चार प्रणाली विकास गरी सुरक्षित हवाई सेवा उपलब्ध गराउनका लागि उक्त अनुदानमा सहमति भएको हो ।
आयोजनालाई सघाउन अर्थसचिव शान्तराज सुवेदी र नेपालका लागि जापानका राजदूत कुनियो ताकाहासीबीच सहमति भएको थियो भने अनुदान सहयोगमा रकम उपलब्ध गराउने सहमति पत्रमा अर्थमन्त्रालयका सहसचिव मधुकुमार मरासिनी र जाइका नेपाल प्रमुख सुतोमु शिमीजुले हस्ताक्षर गरे ।
Tuesday, 26 March 2013
विश्वका टपटेन वेबसाइट
विश्वलाई सूचना प्रविधिले एक सानो गाउँ जस्तै बनाइदिएको छ । सूचना प्रविधिकै माध्यमबाट कम्प्युटर अगाडि बसेर दुनियाभरकै कुरा तत्काल सुन्न र देख्न सम्भव भएको छ । सूचना प्रविधिले असम्भव मानिएका विषयलाई पनि सम्भव पारिदिएको छ ।
सूचना प्रविधि यस्तो प्लाटर्फम बनेको छ जसमा करोडौँ मानिस एकैसाथ समेटिन सक्छन् । विश्वमा यस्ता वेबसाइट छन् जसमा एकैचोटी लाखौँ करोडौँ मान्छे छिरिरहेका हुन्छन् अर्थात् वेबसाइट हेरिरहेका हुन्छन् ।
ती साइटमा हरेक दिन करोडौँ मानिसले एकसाथ आ आफ्नो सरोकारको विषय पढ्छन्, हर्ेछन् तथा खोज्छन् । हामीले यहाँ विश्वका दशवटा वेबसाइटको चिनारी प्रस्तुत गरेका छौँ । प्रयोगकर्ता अर्थात् भिजिटरको संख्याका हिसाबमा यी विश्वका टपटेन वेबसाइट हुन् ।
१. फेसबुक डट कम – ८३ करोड ६७ लाख यूनिक भिजिर्टस ।
२. गुगल डट कम – ७८ करोड २८ लाख युनिक भिजिर्टस ।
Subscribe to:
Comments (Atom)