Showing posts with label बिसेष. Show all posts
Showing posts with label बिसेष. Show all posts

Saturday, 16 January 2016

पर्बत सेवा समाज यु.ए.ई.को सुभकामना आदन प्रदान तथा बनभोज कार्यक्रम संम्पन


  •                पर्बत सेवा समाज यु.ए.ई.ले आयोजना गरेको मकर सक्रान्ति सुभकामन तथा बनभोज कार्यक्रम १५ जनवरी २०१६ मा भव्यता क साथ बर दुवै को जबिल पार्क मा सम्पन भयो |
  •            यो कार्यक्रम को सभापति समाज क अधक्ष्य श्री राजेन्द्र अधिकारी ले गर्नु भएको थियो भने अतिथि हरु मा प्रमुख अथिति नेपाली समाज यु.ए.ई. का अधक्ष्य श्री चन्द्र प्रकाश सापकोटा हुनुहुन्थ्यो ,बिसेस अथिति मा सम्रक्ष्यक श्री खिमानन्द भुर्तेल , मणि प्रसाद भुर्तेल र समाजसेबि श्री मोहन शर्मा पौडेल हुनुहुन्थ्यो भने अतिथि मा सल्लाहकार श्री बालकृष्ण अधिकारी, श्री प्रकाश सापकोटा ,श्री सुदेश काफ्ले ,श्री गोपी भुसाल हुनहुन्थ्यो / त्यस्तै अन्य अतिथिमा गुल्मी समाज यु.ए.ई का अधक्ष्य श्री लक्ष्मन भण्डारी ,धादिंग समाज यु.ए.ई का अधक्ष्य श्री भिम अधिकारी , लगायत यु.ए.ई का संघ सस्थाका प्रतिनिधि , राजनीतिक संगठन का प्रतिनिधि कलाकार , पत्रकार ,समाजसेवी उपस्थित हुनहुन्थ्यो |
  •               पर्बत समाज यु. ए. ई. ले आयोजना गरेको यस कार्यक्रम को संचालन समाज का महासचिव श्री सरोज जी.सी ले गर्नु भएको थियो | सम्क्षिप्त मा कार्यक्रम को आयोजन र उदेश्य बताउदै संचालक ले कार्यक्रम अगाडी बढाउने क्रम संगै कार्यक्रम मा स्वागत मन्तब्य सचिव श्री कमल लामिछाने ले दिनु भएको थियो | त्येस्तै कार्यक्रम को पूर्ण बिबरण का साथै बनभोज को आयोजन को बारेमा पूर्ण प्रकाश पर्दै समाज का प्रथम उपाधक्ष्य तथा सास्कृतिक बिभाग प्रमुख श्री परशुराम पौडेल ले यस कार्यक्रम बाट हुने सम्पूर्ण फाइदा पर्बत नाग्लिबांग ६ निबासी श्री राम बहादुर बि.क . को दुइ वटा मिर्गौला फेल भएको उहाको उपचार सहयोग को लागि दिने जानकारी गराउनु भयो | मन्तब्य कै क्रम मा प्रमुख अतिथि श्री चन्द्र प्रसाद सापकोटा ले पर्बत समाज लाई बधाई दिदै पिडितको सिघ्र स्वस्थ लाभको कामना गर्नु भयो| त्यस्तै अन्य अतिथि बक्ताहरुले समाजले गरेका सहयोगका कामहरु सराहनीय भएको र आगामी दिनहरुमा पनि यस्ता सहयोगका कामहरु निरन्तर जारी रहने विश्वास ब्यक्त गर्नुभयो |त्यस्तै पिडित को सिघ्र स्वस्थ लाभको कामना गर्नु भयो |
  •                 बनभोज कार्यक्रम रमाइलो मनोरंजन का लागि हुनुका साथै कसैको जिबन रक्षा क लागि पनि भएकोले सम्पूर्ण उपस्थित ले बनभोजको टिकेट लिनुका साथै सहयोग पेटीमा गोप्य दान गरेर सहयोग गर्नु भयो | बनभोजमा नेपाली परिकारहरु पुलाउ, तरकारी, अचार ,खसीको मासु लगायत अन्य परिकार उपलब्ध थियो / सुद्ध नेपाली खानको स्वाद लिदै उपस्थित कलाकार बाट नेपाली दोहोरि घम्सा घम्सी हेर्न लायक थियो | खान खाएर सकिन साथ सुरु भएको दोहोरि कार्यक्रम ले बनभोज लाई सुनमा सुगन्ध बनाएको थियो | सभापतिले कार्यक्रम को समापन गर्दै यस बनभोज कार्यक्रम बाट हुने सम्पूर्ण फाइदा दान पेटी बाट उठ्ने रकम र पर्बत सेवा समाज यु .ए.इ.को राहत कोष बाट १००० दिरहम थप गरि पिडित लाई जति सक्दो छिटो एक कार्यक्रम को आयोजना गरि हस्तान्तरण गरिने जानकारी दिनु भयो | यस कार्यक्रम मा आएर शोभा बधिदिनु भएको तथा सहयोग गर्नु भएको मा सम्पूर्ण अतिथि ,संघ सस्था क प्रतिनिधि ,राजनीतिक दलका प्रतिनिधि , पत्रकार , कलाकार ,साथै उपस्तिथ सम्पूर्ण महानुभाब लाई धन्यबाद दिनु का साथै हाम्रो सस्था लाई चुस्त दुरुस्त राख्न अहोरात खटिने सम्रक्ष्यक ,सल्लाहकार, केन्द्रिय तथा क्षेत्रिय समितिका पधाधिकारी , सदस्य हरु सम्पूर्ण लाई धन्यवाद का साथै माघे सक्रान्ति को सुभकामना व्यक्त गर्नु भयो /


Sunday, 6 September 2015

पर्बत सेवा समाज यु.ए.ई.को तीज बिसेस कार्यक्रम सम्पन्न

पर्बत सेवा समाज यु.ए.ई. ले आफ्नो तीज बिसेस कार्यक्रम भव्यता क सम्पन्न भए को छ | बर दुबई इम्पेरिअल सुइट होटेल मा भएको कार्यक्रमको सभापतित्व अधक्ष्य श्री राजेन्द्र अधिकारी ले गर्नु भएको थियो | भने कार्यक्रम को प्रमुख अतिथि समाज का सम्रक्ष्यक श्री मणि भुर्तेल हुनुहुन्थ्यो भने कार्यक्रम संयोजक प्रथम उपाधक्ष्य श्री परशुराम पौडेल हुन्नुहुन्थ्यो बिसेस अतिथि मा सम्रक्ष्यक श्री खिमनन्द भुर्तेल , कलाकार द्वय श्री कुलेंद्र बि.क , सुश्री रमिला न्यौपाने हुनुहुन्थ्यो | अन्य अतिथिमा सल्लाहकार गंगाधर शर्मा , सुदेश काफ्ले ,कलाकार हरु लोकनाथ सापकोटा,बिक्रम पौडेल , हरि डुम्रे, नरेन सापकोटा, नारायण न्यौपाने , सबिता आचार्य , लक्ष्मी शर्मा , सुशिला गुरुङ लगायत का कलाकार हुनु हुन्थ्यो | त्यस्तै अरु अतिथिहरु मा नेपाली समाज का अधक्ष्य चन्द्र प्रसाद सापकोटा , बाग्लुंग समाज क अधक्ष्य पिताम्बर पाण्डे लगायत नेपाली संघ सस्था का प्रतिनिधि , राजनैतिक दल का प्रतिनिधि समाजसेवी पत्रकार हरुको उपस्तिथी रहेको थियो | कार्यक्रम लाई सफल बनाउन नमस्ते ट्राभल ,एअर अरेवीया ,सपना ग्लोबल , हिमालयन इलोक्त्रोनिस , यु.ए.ई. एक्स्चेंग ,नेपाली रेस्टुरेन्ट , काठमाडौँ हाईलेन्ड रेस्टुरेन्ट , याक एंड यति दोहोरि साझ , के के टायर, सन्राराईज गार्मेन्ट , सिता श्रेस्ठ को सहयोग रहेको थियो |
दुइ चरण मा विभाजित गरि संचालन गरिएको कार्यक्रम मा प्रथम चरण को कार्यक्रम महासचिव सरोज जी सी ले गर्नु भएको थियो | राष्ट्रिय गीत संगै कार्यक्रम उद्घाटन गरेपछि सुरु भएको कार्यक्रम मा स्वागत मन्तब्य क्षेत्रिय समिति दुबई अधक्ष्य श्री तिलक सापकोटा राख्नु भएको थियो | कलाकारको तर्फ बाट श्री बिक्रम पौडेल ले स्वागत मन्तब्य राख्नु भएको थियो |यसैगरी यस कार्यक्रम को बिसयमा कार्यक्रम संयोजक तथा प्रथम उपाधक्ष्य श्री परशुराम पौडेल ले प्रकाश पर्नु भयो त्यसपछि प्रमुख अतिथि को मन्तब्य संगै सभापतिले कार्यक्रम मा सबै अतिथि ,कलाकार , सम्रक्ष्यक , सल्लाहकार , प्रायोजक केद्रीय समिति, दुबई क्षेत्रिय समिति , पत्रकार लगायत सम्पूर्ण कार्यक्रम मा सहयोग गर्ने सहयोगी लाई धन्यवाद दिदै प्रथम चरण को कार्यक्रम समापन गर्नुभएको थियो | पहिलो चरण को कार्यक्रम समापन संगै दोस्रो चरण सास्कृतिक कार्यक्रम को संचालन कलाकार नारायण न्यौपाने र बिक्रम पौडेल ले गर्नु भएको थियो | दोस्रो चरण को कार्यक्रम सुरुवात संगै गायक कुलेंद्र क रुमाल हल्लाई हल्लाई , नजाऊ है सानु पधेरिमा लगायत का गीत मा दर्सक लाई नचाउनु भएको थियो भने गायिका रमिला न्यौपानेले आज त भेट्न आउदिन है कालु , झम झम दर्कियो पनि , मेरो मायाले काठमाडौँ मा टेक्सी चलाउछ जस्ता गीत ले दर्सक लाई नचाउनु भयो त अर्का कलाकार लोकनाथ सापकोटा खोइ संबिधान जस्ता मार्मिक र रमाइला गीत प्रस्तुत गर्नु भयो | त्यसै गरि अरु कलाकार हरु हरि डुम्रे ले लारक्कै लर्को रातो सरि भुइँ मा जस्ता गीत प्रस्तुत गरे त बिक्रम पौडेल ले किन गर्छेउ ढिपी भन्दै श्रीमती फकाए | यसको साथ मा शान्ति काफ्ले को माथि माथि सैलुगेमा चौरी डुलाउनेलाई नाच्दै बोलाउनु त डीबी कालिग को प्रहरी को प्रस्तुति मा हास्नु दर्सकलाइ आखा झिम्कौना या बसेर थकाई मर्ने फुर्सद नै थिएन | साथमा नरेन सापकोटा को गीत सबिता आचार्य को नाच यस्तै मनोरंजन्त्मक , मार्मिक हास्य प्रस्तुति का साथमा कार्यक्रम भब्य रुपमा मा सम्पन्न भयो | यस कार्यक्रम मा आएर कार्यक्रम ओ सोभा बढाउने दर्सक , अतिथि , कलाकार , पत्रकार का साथै यो कार्यक्रम लाई सफल पर्न अहोरात खटिने सम्पूर्ण पर्बत सेवा समाज यु.ए.ई. मा आबद्य सम्रक्ष्यक , सल्लाहकार, केन्द्रिय समिति पधादिकारी ,केन्द्रिय सदस्य , क्षेत्रिय समिति दुबई का पधाधिकारी , सदस्य का साथै सम्पूर्ण स्वयम्सेबी कलाप्रेमी सम्पूर्ण मा पर्बत सेवा समाज यु. ए. ई धन्यवाद ब्यक्त गर्दछ |फोटोहरु सौजन्य : लाल बहादुर ढेंगा

Thursday, 20 June 2013

यस्तो रहेछ काठमाडौंमा बन्ने २५ तले 'काठमाडौं टावर' (फोटो फिचर)

Kathmandu Tower
काठमाडौं महानगरपालिकाले पुरानो बसपार्कमा सुविधा सम्पन्न र प्रविधियुक्त 'काठमाडौं टावर' निर्माण गर्ने प्रक्रिया फेरि अगाडि बढाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाटो खोलेपछि निर्माण प्रक्रिया पुनः सुचारु हुने भएको छ । साढे २३ रोपनी क्षेत्रफल रहेको पुरानो बसपार्कको करिब १० रोपनीमा भवन  निर्माण गरिने छ । भुइँतलामा बसपार्क, अन्य माथिल्ला दुई तलामा हलुका सवारी साधनको पार्किङस्थल बनाइने छ । बाँकी जग्गामा सवारी साधन भित्रिने र बाहिरिने  ढोकालगायत विभिन्न आधुनिक प्रकारका मनोरञ्जन स्थल बनाइनेछ ।

Wednesday, 12 June 2013

एलएलसी प्रथमको दाबी

jai-hosकाठमाडौं : यस वर्षको एलएलसीमा छात्रतर्फ प्रसन्न नेपाल र छात्रातर्फ सरु श्रेष्ठले सर्वाधिक अंक ल्याएको दाबी गरेका छन् । नेपाल लिटिल एन्जल्स स्कुल ललितपुर र श्रेष्ठ ग्यास्ट स्टोन एकेडेमी भक्तपुरकी छात्रा हुन् । सिम्बोल नम्बर ०३२६९९१ ‘ओ’ रहेका नेपालले ८ सय पूर्णांकमा ७ सय ४९ अंक अर्थात् ९३ दशमलव ६२ प्रतिशत प्राप्त गरेका छन् । नेपालले अनिवार्य अंग्रेजीमा ९१, नेपालीमा ८५, गणितमा ९९, विज्ञानमा ९८, सामाजिक शिक्षामा ८४, स्वास्थ्य तथा जनसंख्यामा ९३, अतिरिक्त गणितमा १०० र कम्प्युटर विज्ञानमा ९९ नम्बर प्राप्त गरेका छन् । कक्षामा सधँै प्रथम हुने नेपालले सोचेभन्दा धेरै अंक ल्याएको बताए । ‘यति धेरै अंक ल्याउँछुजस्तो लागेको थिएन । ९० प्रतिशतजति ल्याउँछु भनेको थिएँ,’ उनले भने, ‘तैपनि आशा गरेभन्दा बढी अंक ल्याएँ, खुसी छु ।’ भविष्यमा डाक्टर बन्ने योजना रहेको नेपालले सुनाए ।

Tuesday, 4 June 2013

धन लाभका लागी राशी अनुसारका रूद्राक्ष...

हिन्दु धर्ममा रूद्राक्षलाई निकै महत्वका साथ हेर्ने गरिन्छ । धार्मिक आस्थाका रूपमा रहेको रूद्राक्षले अलौकिक शक्ति प्रदान गर्ने विश्वास गरिन्छ । यस्तै, रूद्राक्षलाई आयुर्वेदिक औषधीमा समेत निकै उपयोगी हुने गर्छ । महाशिवरात्रीको दिनमा आफ्नो राशि अनुसार धारणीय रूद्राक्ष धारण गरेमा फलिफाप हुने धार्मिक विश्वास पनि रहेको छ । राशी अनुसार रूद्राक्ष प्रयोग गर्नाले धनको लाभ, परिवारमा सुख शान्ति, व्यापारमा बृद्धी हुने विश्वास गरिन्छ । त्यसैले राशि अनुसार रूद्राक्षको प्रयोग गर्नाले धनप्राप्ति हुनुकजो साथै जीवनमा सुख शान्ति पनि आउने विश्वास गरिन्छ ।
थाहा पाऔ कुन राशीका लागी कुन रुद्राक्ष प्रयोग गर्नु उपयुक्त हुन्छ ।

Monday, 3 June 2013

छ दशक अघिको नेपाल ( भिडियोमा )

- छ दशक अघि नेपाल कस्तो थियो होला ? बुवा हजुरबुवाको समय हामी नाती पुस्ताले  कसरी थाहा पाउनु ? तरपनी मैले अनुभुती गर्न पाए । संग्राहलयमा  झुण्डाईएका फोटोहरु हेरेर हैन, आफ्नै आखाँले भिडियो देखेर । भर्खरै एउटा युट्युव भिडियो हेर्ने मौका मिल्यो । निकै रोचक एवं जानकारी मुलक भिडियो जसमा पुर्वदेखी पश्चिम नेपालसम्मको भौगोलिक अवस्था, मानिसको चालचलन, लवाई खुवाई प्रश्टै अनुभुती गर्न सकिन्छ ।

Wednesday, 22 May 2013

नायिका निशा अधिकारी सगरमाथाको चुचुरोमा

नायिका निशा अधिकारी सगरमाथाको चुचुरोमा
नायिका निशा अधिकारी आज बिहान ८ बजे सगरमाथा चुचुरोमा पुग्न सफल भएकी पर्यटन बोर्डका सम्पर्क अधिकृत सगरमाथा आरोही ज्ञानेन्द्र श्रेष्ठले बताएका छन्। अधिकारी चैत २७ गते काठमाडौंबाट सगरमाथा आरोहणको लागि प्रस्थान गरेकी थिइन्। उनीसँगै १२ जना टोली सगरमाथा आरोहणको लागि गएको थियो। अधिकारी आरोहीको सहयोगीको रुपमा सगरमाथा चुचुरोमा चढेकी हुन्। उनी भोली काठमाडौं आइपुग्ने बताइएको छ। श्रेष्ठका अनुसार यो सिजनमा ६ सय नेपाली सगरमाथा आरोहणका लागि गएका छन् । ती मध्ये हिजोसम्म २ सय जना चुचुरोमा पुगिसकेका छन् बाँकी यो हप्ताभरीमा पुग्न सक्ने उनले बताए। 'अब एक हप्ताभरी जोजो चुचुरोमा पुग्न सफल भए भए,' उनले भने, 'त्यसपछि नसक्नेले यो सिजनमा चढ्न सक्दैनन्। जुन लागेपछि हिउँ पग्लन थाल्छ। चढ्न सकिन्न।' यसैबीच सगरमाथाको चुचुरोमा पुगेर फर्किँदै गर्दा दुई विदेशी आरोहीको मृत्यु भएको छ । सगरमाथाबाट फर्किने क्रममा गएराति उनीहरुको मुत्यु भएको हो। बिना अक्सिन फर्किँदै गर्दा बंगलादेशका मोहम्मद खलिल हुसेन र कोरियाका सुङ हो सियोको सोमबार राति मृत्यु भएको पर्यटन मन्त्रालयले जनाएको छ।

Sunday, 19 May 2013

डिप्रेसनमा प्रार्थना

आस्था र भक्ति सबैलाई काम लाग्ने विषय हो । डिप्रेसनले सिकार व्यक्तिका लागि त झन् अत्यावश्यक हुन्छ । भजनकीर्तन वा प्रार्थना डिप्रेसनले पीडित व्यक्तिको उपचारमा सहयोगी साबित हुन्छ । जर्नल अफ अफेक्टिभ डिजअर्डरमा प्रकाशित एउटा अनुसन्धान प्रतिवेदनमा यस्तै उल्लेख छ । त्यसमा भनिएको छ, 'डिप्रेसनले ग्रस्त व्यक्तिले अरू उपचारसँगै पूजापाठ पनि गर्ने गरे तिनीहरू छिटो निको हुन सक्छन् ।'
हार्वर्ड मेडिकल स्कुलको अनुसन्धानकर्ताहरूका अनुसार, ईश्वरमा आस्था राख्ने व्यक्ति मानसिक रूपले मात्र स्वस्थ रहँदैनन्, डिप्रेसनको उपचारको समय उनीहरूमा राम्रो परिणाम देखिनेसमेत गरेको छ ।
यो अनुसन्धानमा डिप्रेसन भएको १ सय ५९ व्यक्तिलाई एक वर्षसम्म निरीक्षण गरियो । हरेक रोगीलाई ईश्वरमा तिनको आस्था र यसको उपचारमा पर्ने असरबारे १ देखि ५ सम्म अंक दिन भनियो । ईश्वरमा कम आस्था राख्ने व्यक्तिमा उपचारको असर ईश्वरमा आस्था राख्नेको तुलनामा कम देखियो ।
बदाम र ओखरले तौल कम
ड्राइफ्रुटको सेवनले मोटोपना बढ्दैन । बरु तौल कम गर्न सघाउ पुग्छ ।

Friday, 10 May 2013

हत्केलाबाट तपाई आफ्नो भाग्य आफै पत्ता लगाउनु होस……..

शास्त्रका अनुसार संसारमा जति पनि मानिसहरु जन्मिएका छन्, उसको भाग्य जरुर रहेको हुन्छ । उ कति सम्म भाग्यमानी छ, या दुर्भाग्यशाली छ भन्ने कुरा उसको भाग्य रेखामा निर्भर रहेको हुन्छ ।हत्केलाको बीचको औंलाको ठिक मुन्तिरा शनि पर्वत रहेको हुन्छ, यसैलाई नै भाग्य मान्दछ । हत्केलाको जुनसुकै स्थानबाट यस्तो रेखा सो स्थानमा पुगेको छ भने त्यसलाई नै भाग्य रेखा भनिन्छ । जसको नाडीबाट सिधै शनि पर्वत अर्थात बिचको औला पट्टि गएको हुन्छ त्यो व्यक्ति धेरै नै भाग्यशाली रहेको हुन्छ । यस्ता व्यक्ति धेरै नै महत्वकांक्षी र लक्ष्यप्रति केन्द्रित रहेको हुन्छ । शनि पर्वत तिर गएको रेखा चोरी औलाको मुनिपट्टि बाडियो अर्थात गुरु पर्वत यानी हुदै गयो भने सो व्यक्ति दानी एवम परोपकारी हुन्छ । उनले उच्च पद र प्रतिष्ठा प्राप्त गर्दछ ।तर सर्त यो हो कि, यो रेखालाई अरु कुनै रेखा काटिएको हुनु हुदैंन । जुन स्थानमा भाग्य रेखा काटेको हुन्छ, जीवनको सोही समयमा त्यस व्यक्तिले संघर्ष र कष्टको सामना गर्नु पर्दछ । भाग्य रेखा लामो भएर बिचको कुनै बाटो बाहिर गयो भने परिश्रम गरेपनि सफलता भने कोसौं टाढा भईदिन्छ । बुढि औलाको मुनितिर जीवन रेखामा शुक्र पर्वत रहेको हुन्छ । हस्तरेखा विज्ञानका अनुसार, अब त्यस स्थानबाछ कुनै रेखा निक्लिएर शनि पर्वत पट्टि गयो भने विबाह पछि व्यक्तिको भाग्य उदय हुनेछ ।

Thursday, 9 May 2013

आज आमाको मुख हेर्ने दिन

last२६ वैशाख, ममताकी प्रतीक आमाको आशीर्वाद लिने र सम्मान गर्ने दिनका रूपमा आज वैशाख कृष्णपक्ष औंसी नेपालीहरूले मातातीर्थ औंसी (मातृऔंसीका) रूपमा मनाउँदैछन् ।
आजका दिनलाई शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनीबाट शुभाशीर्वाद थाप्ने उल्लेख गरिएको पाइन्छ । छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्राराम्रा लुगा लगाउन र मीठा खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ ।

Monday, 6 May 2013

मनको एउटा अवस्था हो, खुसी

मनको एउटा अवस्था हो, खुसी। हरेक मानिस खुसी रहन चाहन्छ तर सक्दैन। यद्यपि खुशी रहन केही उपाय अपनाउन सकिन्छ। सधै सकारात्मक सोचौं-नकारात्मक सोचाइले मानिसलाई दुःखी बनाउँछ। त्यस्तो सोच राख्नुको फाइदा पनि छैन। हँसिलो रहौं-हर वखत हासौं, मुस्कुराऔं। उदास किन हुने? जबकि यसवाट कुनै लाभ मिल्दैन। परिस्थिति जस्तोसुकै भए पनि मुस्कुराउनुपर्छ। 
चार्लिन च्याप्लिनबाट प्रेरणा लिउँ - बि्रटिस हास्य कलाकार चार्ली च्याप्लिनको निजी जीवन कष्टकर थियो। उनी गरिव पृष्टभूमिवाट आएका थिए। यद्यपि उनले आफ्नो निजी जीवनलाई कहिल्यै पर्दामा देखाएनन्। लाग्थ्यो, संसारमा उनीभन्दा खुसी अरू कोही छैनन्। परिस्थिति आउँछ, जान्छ-स्वाभाविक हो जीवनमा उतार चढाव आउँछ। यसबाट अत्तालिनु पर्ने कुनै आवश्यकता छैन। मनोबल बलियो बनाउनुपर्छ र हरेक किसिमको परिस्थितीसँग डटेर सामना गर्नुपर्छ। आफूले मात्र होइन, हरेकले यस्तो अवस्थाको सामना गर्नुपर्छ।

Saturday, 4 May 2013

हलमा शिरीषको फूल

film
पारिजातको चर्चित उपन्यास 'शिरीषको फूल' माथि बनेको फिल्ममाथि परेको रिटको फैसला फिल्मको पक्षमा गएपछि शुक्रबार राजधानीका हलहरूमा रिलिज भएको छ । जमिन फिल्मस्का सुरज मिश्र र उत्तम खत्रीले पुनरावेदन अदालत ललितपुरमा फिल्मको प्रदर्शन रोक्न माग गर्दै रिट हालेका थिए ।
न्यायाधीशद्वय टीकाबहादुर हमाल र रामचन्द्र यादवको संयुक्त इजलासले फिल्म क्रिएसन नेपालका गणेश लामा र चलचित्र विकास बोर्डको पक्षमा निर्णय गरेको हो । जमिन फिल्मस्ले सुरुमा पारिजात स्मृति केन्द्रसँग अनुमति लिए पनि सम्झौताअनुसार तीन वर्षभित्र फिल्म निर्माण नभएकोले इजाजत रद्द भएको थियो र त्यसपछि फिल्म क्रिएसन नेपालले इजाजत पाएको थियो ।

Monday, 29 April 2013

आयो हरिवंशको आत्मकथा

haribngsa
 'किताब र पढाइ मेरा लागि सानैदेखि मन नपर्ने शब्द थिए, तर परिस्थितिले अहिले लेखक बन्न बाध्य भएँ,' अभिनेता हरिवंश आचार्यले आइतबार यसो भनिरहँदा श्रोताहरूबीच हल्का हाँसो फैलियो । उनी आफ्नो आत्मकथा सार्वजनिक भएपछि त्यसको रचनागर्भबारे बोल्दै थिए, जसमा हाँसो मात्रै छैन ।
'चिना हराएको मान्छे' को लोकार्पण व्यंग्य चित्रकार दुर्गा बराल (वात्स्यायन) ले हरिवंशबारेको कार्टुन अनावरण गरेर गरे । यसका लागि हरिवंश पत्नी मीराको दोस्रो पुण्यतिथिको अवसर पारिएको हो ।
पत्नी रमिलासाथ मञ्चस्थ हरिवंश दुःखी बढी र खुसी कम देखिन्थे । उनले पुस्तकबारे बोल्नुअघि आइतबार बिहान घरमा मीराको श्राद्ध गर्दाको क्षण सबैसँग साझा गरे । 'सधैं रातो रंगमा, सारीमा देख्थें मीरालाई,' उनले अवरुद्ध गलाले भने, 'तर, आज पहेंलो र सेतो रंगमा फोटो रंगाउनुपर्दा भावुक भएको छु ।' आफूलाई सफलता शिखरसम्म पुर्‍याउन मीराले गरेको योगदान सम्भ“mदै उनले आत्मकथा लेख्ने ठूलो साहस पनि उनकै प्रेरणा रहेको बताए । 'दुःख पोख्ने ठाउँ मीरा थिइन्,' उनले भने, 'यसरी कहिल्यै किताब लेखुँला भनेर सोचेको पनि थिइनँ ।'

Thursday, 25 April 2013

पृथ्वी जस्तै दुइ वटा नयाँ ग्रह पत्ता लाग्यो

वैज्ञानिकहरुले पृथ्वी जस्तै दुइ वटा नयाँ ग्रह पत्ता लगाएका छन्। नासको केल्पर मिसन अन्तर्गत विलियम बोरुकीले नेतृत्व गरेको वैज्ञानिकहरुको टिमले दुइ ग्रह पत्ता लगाएको ह।  
वैज्ञानिकहरुको यो टिमले पाँच वटा ग्रह पत्ता लगाएको हो, यि पाँचवटा ग्रह सुर्य जस्तै तारा केल्पर-६२ लाई परिक्रमा गर्ने गर्दछन्। पाँच मध्य चार ग्रह पृथ्वी भन्दा ठुला छन्, जसलाई सुपर अर्थ भनिएको छ। एउटा ग्रहले मंगलग्रह जत्रै छ भने पृथ्वीको आधा छ। भेटिएका चार सुपरअर्थको रेडियस क्रमश १.३, १.४,१.६,१.९ गुणा पृथ्वी भन्दा बढि छ । 
यी चार सुपरअर्थ मध्य दुइ सुपर अर्थको केप्लर-६२ बाट त्यतिनै मात्रमा ताप प्राप्त गर्दछन् जति पृथ्वीले सुर्यबाट गर्दछ। त्यसैले यी दुइ ग्रहमा पानी हुन सक्ने वैज्ञानिकहरुले आशंका गरेका छन्। सिद्धान्तका हिसावले यी दुइ ग्रह मानिस बस्न योग्य भऐको वैज्ञानिकको ठहर रहेको छ।यो नयाँ ग्रहको खोजीलाई साइन्स एक्सप्रेसमा छापिएको छ।

पारिजातको जीवनकथा

पारिजात नै त्यस्ती स्रष्टा हुन् जो नेपाली भाषासाहित्यकी एउटा सार्वजनिक चौताराकी पर्यायवाची बनिन् । जजसले पारिजातलाई हाम्री मात्र पेवा भने पनि र पारिजात स्वयम्ले पनि आफूलाई कुनै खेमाभित्र सीमित पार्न चाहे पनि अन्ततः उनी सम्पूर्ण नेपालीकी पेवा बनिन् । अनि उनी नेपाली भाषासाहित्यकी एक प्रतिनिधि अस्तित्व नै बनिन् । पारिजातको जन्म १९९४ सालमा भएको थियो । यिनको स्कुलको नाउँचाहिँ विष्णुकुमारी वाइबा थियो । साथै यिनको चिनाको नाउँ भने छेकुडोल्मा थियो । विष्णुकुमारी वाइबाले पारिजातको फूल नदेख्तै आफैं आफ्नो नाउँ पारिजात राखेकी थिइन् । पारिजातको फूलको बोट भने यिनले काठमाडौं आएपछि मात्र देखेकी थिइन् । पारिजातको नाउँ राम्रो लागेर र पारिजातको फूल झरेपछि भुइँबाट मात्र टिपिन्छ भन्ने थाहा पाएर यिनले आफूलाई पारिजातमा नै रङ्गाएकी थिइन् । 
पारिजातका बुबा केएस लामा भारतीय सैनिक सेवामा आबद्ध थिए र आमा अमृता लामाले चाहिँ घरगृहस्थीलाई आफ्नो थाप्लामा बोकेकी थिइन् । पछि सैनिक सेवा छाडेर के. एस. लामा होमियो चिकित्सामा लागे । सैनिक सेवा छाडेपछि अथवा भनूँ औषधी बेच्ने काममा लाग्दा लामापरिवारको घरको छानो आर्थिक रूपले पातलो भएको थियो ।

भारतकी प्रथम पार्श्व गायिका रहिनन्

नयाँदिल्ली , 'मेरे पिया गए रङ्गुन...', 'कभी आर कभी पार...' तथा 'कजरा मोहब्बतवाला...' जस्ता हिन्दी फिल्मका कालजयी गीतहरूकी गायिका शमशाद बेगमको निधन भएको छ । हिन्दी फिल्मकी प्रथम गायिका मानिएकी शमशादले मुम्बईस्थित निवासमा मंगलबार राति अन्तिम सास फेरेको उनको परिवारले जनाएको छ । उनी ९४ वर्षकी थिइन् । केही महिनादेखि अस्वस्थ थिइन् ।
सन् १९१९ मा पञ्जाबमा जन्मेकी शमशादले १८ वर्षको उमेरदेखि गीत रेकर्ड गर्न थालेकी थिइन् । 'कहीँ पे निगाहेँ कहीँ पे निशाना...', 'बूझ मेरा क्या नाम रे...', 'सैयाँ दिल मे आना रे...', 'लेके पहला पहला प्यार...,' 'छोड बाबुल का घर...' उनका अन्य सदाबहार गीत हुन् ।  उनी करिअरको उचाइमा रहेका बेला लता मंगेशकरले पाश्र्व गायन थालेकी थिइन् । दुवैले 'डर ना मोहब्बत कर ले...', 'प्यार के जहां की...', 'बचपन के दिन...' जस्ता गीत सँगै गाएका थिए । भारतीय संगीतकर्मी र फिल्मकर्मीले शमशादको निधनले हिन्दी सिनेमा संगीतको एउटा युगको अन्त्य भएको बताएका छन् । 'मलाई निकै दुःख लागेको छ,' लताले भनेकी छन् । 

Wednesday, 24 April 2013

घरको चौकिदारी गर्न २ गोही नियुक्त

crocघरको सुरक्षाका लागि सुरक्षा गार्ड राख्ने, कुकुर पाल्ने जस्ता कुरा त सुनिएकै देखिएकै हो । तर थाइल्याण्डका एक मानिसले भने आफ्नो घरको सुरक्षाका लागि अनौठो चौकिदार नियुक्त गरेका छन् ।
अविरुत न्याथिपले आफ्नो घरको सुरक्षाका लागि दुइवटा गोहीलाई चौकिदार नियुक्त गरेका हुन् । उनले निकै रिसाहा १५ वर्षे थोंग नामको गोही र अर्को गुएन नामको गोहीलाई घरको सुरक्षाका लागि खटाएका हुन् ।
गोहीलाई सुरक्षागार्ड नियुक्त गरेपछि चोरीका घटना ठ्याप्पै रोकिएको दाबी उनको रहेको छ । ‘म माथि तलामा उक्लिने बित्तिकै गोही आएर मूल ढोकामा तेर्सिइहाल्छ । डरलाग्दो गोही ढोकामा तेसिर््एपछि कसैले पनि ढोका भित्र छिर्ने हिम्मत गर्ने कुरै भएन, कामका मान्छे भए पहिले सम्पर्क गरेर आउनुपर्छ ।’ उनी भन्छन् ।
छिमेकीहरु पनि त्यो घरको सुरक्षा शैली देखेर दंग छन् । अविरुतका घरमा रहेका दुइ गोही सुरक्षा गार्डले छिमेकीहरुलाई चिनिसकेका छन् र नजिकै बस्दा पनि केही गर्दैनन् तर अपरिचित मान्छेलाई भने देख्नै सहँदैनन् ।

copyright : onlinekhabar

Monday, 22 April 2013

नर्कमा पोखिएको सपना

लेबनान जान भनेर हिँड्नुअघि संखुवासभाकी अनिता राई (नाम परिवर्तन) ले योजना बनाएकी थिइन्, 'महिनाको ८ सय डलर कमाइ हुन्छ, ओभर टाइम गरेको त अझ छुट्टै आउँछ । सुरुका दुई चार महिनाले ऋण तिर्छु । बाँकी पैसाले सानो घर बनाउँछु, आफ्नो व्यवसाय सुरु गरेर बस्छु ।' तर उनको योजना 'सपना' त्यो बेला भयो, जुन बेला उनले आफू ८ हजार डलरमा बेचिएको थाहा पाइन् । पुसको दोस्रो साता लेबनान जान हिँडेकी उनी इराक पुगिन् । तलब त के खानसमेत राम्ररी पाइनन् । झन्डै चार महिनापछि काठमाडौं आइपुगेकी उनी धेरै कुरा गर्दिनन् । कुरा गर्दागर्दै उनका गहमा आँसु भरिन्छ । लेबनान हिँडेकी उनी कसरी इराक पुगिन् त्यहाँ उनले के के भोगिन् उनकै शब्दमा ।
काठमाडौंबाट म प्लेनमा दुबई पुगें । त्यहाँ हिन्दी बोल्ने एउटा केटो लिन आएको थियो । त्यो केटाले अर्को दिन प्लेन चढायो । एयरपोर्ट पुगेपछि थाहा भयो, मलाई त लेबनान भनेर इराक पठाएछ । इराकको एयरपोर्टमा गाडीको ड्राइभर लिन आएको थियो । उसले त्यहाँबाट लगेर एउटा कोठामा मलाई छाडेर बाहिरबाट चुक्कुल लगाएर गयो । तीन दिनसम्म कोही बोलाउन आएनन् । चिसो भुइँमा पातलो डसनाको ओछ्यान थियो ।

Tuesday, 16 April 2013

वर्षका रियल हिरोज - 2069

बितेको वर्ष हामीले राम्रो भन्दा नराम्रो खबर बढी सुनेर बितायौं। बल्ल-बल्ल गठन भएको संविधानसभा संविधान नै नबनाई विघटन भयो।  राजनीतिक अस्थिरता उत्कर्षमा पुग्यो। बेरोजगारी बढेको तथा नेपालीहरूको आम्दानी घटेको तथ्याङ्क बाहिर आयो। विदेशबाट नेपाल र्फकने  भन्दा नेपालबाट विदेश जाने युवाको संख्या दोब्बर बढी देखियो। देशका लागि केही गर्नेभन्दा देश र समाजबाट कसरी हुन्छ बढीभन्दा बढी  असुल्ने अवसरवादीहरूको बिगबिगी देखियो। राजनीतिभित्र राम्रा समाचार नसुनेको धेरै भएकै थियो, प्रशासन र अन्य क्षेत्रबाट दुःखद खबरमात्र  बाहिर आए। यति हँुदा-हुँदै पनि नेपाली समाजलाई सकारात्मक सन्देश दिन केही व्यक्ति सक्रिय भए। उनीहरूका कारण आफू नेपाली भएकोमा  गर्व लाग्ने केही घटना घटे। हामी केही गर्न सक्छौ भन्ने सन्देश प्रभावित भए, जसलाई साप्ताहिकले वर्षका रियल हिरोका रूपमो लिएको छ।