Showing posts with label मनोरन्जन. Show all posts
Showing posts with label मनोरन्जन. Show all posts

Thursday, 26 September 2013

"मलाइ राजनिति भन्दा समाजसेवामा रुचि छ"

रेखा थापा - नायिका
विगत लामो समय देखि नेपाली रजतपटमा जगमगाएकी नायिका रेखा थापाको नेपाली चलचित्र क्षेत्रमा एउटा विशिष्ट परिचय छ । डेढ सय भन्दा बढी चलचित्रमा भुमिका निर्वाह गरेकी थापाले आफ्नै निर्माणमा ९ वटा चलचित्र निर्माण गरिसकेकी छन्, समसामयिक बिषय संग सम्बन्धित रहेर मुकुन्द ढुंगानाले नायिका रेखा थापासंग गरिएको कुराकानी –
के गर्दै हुनुहुन्छ आजकल ?
आजकल म मेरो नयाँ फिल्म कालीमा व्यस्त छु । काली असोजको २५ गते दर्शकहरुमाझ आउदैछ । रेखा फिल्मसले सधै दशै ताका फिल्म रिलिज गर्दै आएको छ! 
तपाईको जन्मस्थान र बाल्यकालका विषयमा केहि बताइदिनुहोस न् ?
म मोरङमा जन्मिएको हुँ । बाल्यावस्था मेरो मोरङमा नै बित्यो । १५ बर्षको उमेरबाट म काठमाडौ निवासी भए ,कतिखेर काठमाडौको हावापानीले छोयो थाहा नै भएन् । बाल्यकाल सामान्य तरिकाले नै बित्यो । 

Sunday, 23 June 2013

मोक्तान परिवारको एल्बम एकैचोटी

मोक्तान परिवारको एल्बम एकैचोटीगायिका कुन्ती मोक्तान र छोरीहरु शितल र सुवानी मोक्तानले एक साथ आफ्ना एल्बम सार्वजनिक गरेका छन्। शनिबार राजधानीमा आयोजित कार्यक्रममा गीतकार रत्नशमशेर थापा, राजेन्द्र थापा र शम्भुजित बास्कोटाले संयुक्त रुपमा 'हाम्रो भेट' र 'जुनी जुनीको लागि' विमोचन गरे। एल्बम 'हाम्रो भेट'मा भोला रिजालको शब्द, कुन्तीको स्वर र शिलाबहादुरको संगीत रहेको छ। कुन्तीको यो १३ औं एल्बम हो। 'जुनी जुनीको लागि' एल्बमका गीतहरु शितल र सुवानी आफैंले तयार गरेका हुन्। उनीहरुको यो तेस्रो एल्बम हो। 

Monday, 13 May 2013

बिहेमा ३० मिनेट नाचेको ८ करोड लिए साहरुखले

बलिउड नायक साहरुख खान निक्कै महंगा छन् । पाइलै पिच्छे साहरुखको लागि पैसा ओइरिन्छ । हालै मात्र बलिउड बादशाह खानले एक बिहेमा आधा घन्टा मनोरञ्जन दिएवापत ८ करोड लिएको बताइएको छ ।हालै मात्र दुबइमा भएको एक बिवाहा समारोहमा साहरुखले ३० मिनेट नाचेको ८ करोड लिएका छन् । साहरुखलाई यो कार्यक्रममा नाच्नका लागि निम्ता दुबइका एक धनाढ्य परिवारले गरेका हुन् । अहमद हसिम खूरी र मरियम ओथमनले साहरुखलाई ८ करोड वुझाएका हुन् ।
२ बर्ष अघिसम्म साहरुखले कुनै कार्यक्रममा नाचेको ४ करोड लिने गर्दथ्य । तर अहिले उनले आफ्नो पारिश्रमिक बढाएका छन् । साहरुखलाई गतबर्ष २५० वटा कार्यक्रमबाट निम्ता आएको थियो । तर उनले जम्मा १० वटा कार्यक्रममा मात्र भाग लिएका थिए । साहरुख बर्षमा १ अरब भारतिय रुपियाँ यस्तै कार्यक्रममा सहभागी भएर मात्र कमाउने गर्दछन् । साहरुख आफ्ना नजिक र व्यक्तिगत रुपमा चिनेका व्यक्तिहरुको कार्यक्रममा मात्र यसरी सहभागी हुने गर्दछन् । साहरुखलाई ८ करोड वुझाउने अहमद हसिम खूरी रियल इस्टेट र एयरलाइन्सको मालिक हुन् ।

Wednesday, 8 May 2013

फेसबुकबाटै मायालुको टुंगो

facebook-dating
प्रेमीप्रेमिकाको खोजिमा अनलाइनमा डेटिङ साइटमा घोत्लिनेहरुलाई अब फुर्सद मिल्ने भएको छ । अनलाइन डेटिङ प्रोफाइल बनाएर डेटिङमा गएर रमाइलो गर्नका लागि मात्र नभएर जिवन बिताउने जोडी खोज्ने चलन पश्चिमा समाजमा पर्याप्त छ र हाम्रोमा पनि यो ट्रेण्ड भित्रिइसकेको छ । तर अब भने यस्तो डेटिङ प्रोफाइलको झण्झटबाट मुक्ति मिल्ने भएको छ । किनकी एउटा यस्तो नयाँ वेबसाइट सार्वजनिक भएको छ जसले फेसबुकबाटै जोडी मिलाइदिनेछ । क्यानुडल डट कम नामक उक्त वेबसाइटले फेसबुक प्रयोगकर्ताको प्रोफाइल अध्ययन गरी अविवाहितहरुलाई मिल्दो जोडी जुटाइदिने प्रयास गर्नेछ । फेसबुक प्रयोगकर्ताले आफ्नो प्रोफाइलमा राखेको मनपर्ने चलचित्र, किताब, रुचीको विषय, ठाउँ जस्ता कुराहरुको अध्ययन गरी मन मिल्ने युवा युवतीबीच जोडि मिलाइदिने प्रयास उक्त वेबसाइटको हुने एक अस्ट्रेलियाली वेबसाइटले जनाएको छ । यो वेबसाइट ग्लोबल डेटिङ कम्पनी कुपिडले बनाएको हो । कुपिडका मार्क डटीका अनुसार यो नयाँ साइटले छिटो र सरल तरिकाले जोडी भेट्टाइदिनेछ ।

Tuesday, 7 May 2013

ढंग पुर्‍याएर चोरिएको कथा

manjari 'ओइ फोहोरी केटा, मलाई तिमी मनपर्‍यो ।' धनी गुन्डा बुबाकी एक्ली छोरी मन्जरी (सुजाता) ले मोटरसाइकल वर्कशपमा काम गर्ने फोहोरी केटा ईश्वर (गौरव) लाई मन पराउनु नै  फिल्म 'मञ्जरी' को मूलकथा हो । आर्थिकदेखि जातीयस्तरको बेमेलले गर्दा प्रेम जोडीबीच आइपर्ने अवरोध प्रायः फिल्मका चल्तीका मसला हुन् ।
'मञ्जरी' कथा सामान्य मात्रै नभई सन् २००८ को सर्वाधिक कमाइ गरेको बंगाली फिल्म 'चिरोदिनी तूमी जे अमर' बाट हुबहु उतारिएको हो । अभिमन्यु मुखर्जीको स्त्रिmप्ट रहेको बंगाली फिल्ममा मोटरसाइकल वर्कशपमै काम गर्ने सिलिगुडीको कृष्णको त्यहीँकी एक स्कुले युवती पल्लवीसँग आँखा जुध्दाजुध्दै घनिष्ठ प्रेम बस्छ । र, कृष्णले पल्लवीलाई भगाएर कोलकाता लान्छ । भगाउँदा प्रेमिकालाई घडी समेत फुकालेर -घरको केही पनि नल्याई) आउन भनेको कृष्णले सहरमा साथीभाइको सहयोगले बिहे गर्छ । तर केटीका गुन्डा प्रवृत्तिको बाबु र अंकलले भने उनीहरूलाई फेला पार्छन् र फिर्ता ल्याउँछन् । त्यसपछि फिल्मले दर्दनाक अन्त्य लिन्छ । निर्देशक गणेशदेव पाण्डेकै लेखन भनिएको फिल्म 'मञ्जरी' उक्त कथाबाट किञ्चित फरक छैन । फरक छ केवल पात्र, भाषा, स्थान र फिल्म युनिट ।

एसपी खरेलले स्टार बनायो

hero  प्रदेशी साहको परिचय तीन सातायता फेरिएको छ । वीरगन्ज १५ मुर्लीका २६ वर्षे तन्नेरीलाई सबैले 'एसपी खरेल' भन्छन् । भोजपुरी चलचित्र 'एसपी खरेलः द रियल हिरो' ले उनको परिचय र छवि बदलिदिएको हो । झन्डै एक दशकदेखिको संघर्ष अहिले सफल भएको मान्छन् उनी । 
भोजपुरी चलचित्र उद्योगमा नयाँ स्टारको -पमा छाएका उनी आशलाग्दा नायकको रूपमा पनि दरिएका छन् । 'पहिलो चलचित्रले नै पहिचान दियो,' प्रदेशीले भने 'म एसपी खरेलको भूमिकामा जमेकाले होला, मलाई आफन्त, इष्टमित्र, शुभचिन्तक, फ्यानले एसपी खरेल भन्न थालेका छन् ।' यहाँसम्म कि बसको टिकट, सभासमारोहका लागि होटलको कोठा बुक गर्दासमेत एसपी खरेल लेखिदिन्छन् रे । अहिले विवाहको सिजनमा उनलाई आउने निम्तोमा समेत एसपी खरेल उल्लेख हुन्छ ।  फ्यानले घेर्ने र अटोग्राफ माग्ने सिलसिला बढ्दै गएपछि अचेल उनी मास्क लगाएर हिँड्न थालेका छन् । 'फ्यानलाई निराश गर्न पनि सकिँदैन,' उनले भने, 'धेरै समय दिएर अल्भिmन पनि सकिँदैन ।'  दुई सातासम्म वीरगन्जमा चलेको आफ्नो फिल्मको दैनिक एक शो हेर्ने र आफूलाई हलबाट फोन गर्ने अज्ञात महिला फ्यानले त चकित नै बनाएको उनी दाबी गर्छन् ।

Monday, 6 May 2013

यु ट्युबले कोर्दैछ संगीतकर्मीको भाग्य

images
चर्चित भिडियो शेयरिङ साइट यु ट्युब इन्टरनेट प्रयोगकर्ताहरुको पहिलो रोजाइ त बनिरहेकै छ, यसले संगीतकर्मीको भाग्य र भविष्य समेत सुरक्षित पारिदिन थालेको छ । बजारमा संगीतको व्यापार घटिरहेका बेला संगीत साधकहरुका लागि यु ट्युब जिविकोपार्जन तथा प्रसिद्धिको माध्यम बन्न थालेको छ । यसले कतिपय गायकहरुलाई विश्वव्यापी शाख सिर्जना गरिदिएको छ । साइ, जस्टिन बाइबर तथा म्याकलेमर लगायतका गायकहरुले यु ट्युबमार्फत नै तहल्का मच्चाइरहेको उदाहरणले यो कुरा प्रष्ट पार्छ ।इन्टरनेट मार्फत संगीतको सशुल्क डाउनलोड, भिडियोसँगै अनलाइन विज्ञापन तथा प्रायोजनका साथै यु ट्युबमार्फत पाउने प्रसिद्धिका कारण हुने विश्वव्यापी कन्सर्ट उल्लेखित गायकहरुको कमाइको मुख्य आधार बनिरहेको छ । यु ट्युवमा संगीत सामाग्री साझेदारी विभागका निर्देशक विविन लेविटका अनुसार विश्वलाई संगीतको माध्यमबाट एकठाउँमा आबद्ध गर्न यु ट्युव उच्चतम प्लाटर्फम बनिरहेको छ ।

Saturday, 4 May 2013

हलमा शिरीषको फूल

film
पारिजातको चर्चित उपन्यास 'शिरीषको फूल' माथि बनेको फिल्ममाथि परेको रिटको फैसला फिल्मको पक्षमा गएपछि शुक्रबार राजधानीका हलहरूमा रिलिज भएको छ । जमिन फिल्मस्का सुरज मिश्र र उत्तम खत्रीले पुनरावेदन अदालत ललितपुरमा फिल्मको प्रदर्शन रोक्न माग गर्दै रिट हालेका थिए ।
न्यायाधीशद्वय टीकाबहादुर हमाल र रामचन्द्र यादवको संयुक्त इजलासले फिल्म क्रिएसन नेपालका गणेश लामा र चलचित्र विकास बोर्डको पक्षमा निर्णय गरेको हो । जमिन फिल्मस्ले सुरुमा पारिजात स्मृति केन्द्रसँग अनुमति लिए पनि सम्झौताअनुसार तीन वर्षभित्र फिल्म निर्माण नभएकोले इजाजत रद्द भएको थियो र त्यसपछि फिल्म क्रिएसन नेपालले इजाजत पाएको थियो ।

Wednesday, 10 April 2013

रामकृष्ण र मल्लिका युरोप यात्रामा

गायक रामकृष्ण ढकाल र गायिका मल्लिका कार्की दुई महिने युरोप यात्रामा निस्केका छन ।
नयाँ बर्ष २०७० सालको आगमनसँगै युरोपका बिभिन्न मुलुकमा आयोजना हुने कार्यक्रममा भाग लिन उनीहरु आइतवार राती बेल्जियमतर्फ लागेका छन ।
सुगम संगीतमा स्थापित गायक रामकृष्ण ढकाल पछिल्लो समय प्रख्यात भारतीय गायिका लता मंगेशकरसँग गायको युगल गीत ‘बाँचुन्जेलीलाई’ का कारण चर्चामा छन । युरोपका धेरैजसो स्टेज सोमा लताको ठाउँमा मल्लिकाले रामकृष्णलाई साथ दिनेछिन । युट्युवमा पनि पछिल्लो समयमा यो गीत निकै लोकपि्रय भएको छ ।
एल्बम बिक्रि हुन नसकेपछि पछिल्लो समय गायक गायिकाहरु स्टेज कार्यक्रम र डिजिटल बिजनेसबाट चलिरहेका छन । नेपाली श्रमिकहरुको गन्तब्य मुलुकमा रुपमा चिनिने खाडी मुलुक र मलेसियामा पछिल्लो दिनमा सीआरवीटीको राम्रो ब्यापार भइरहेको छ भने नेपाली कलाकारहरुको स्टेज कार्यक्रम पनि बाक्लै हुन थालेका छन् । ढकाल केही महिनाअघि मात्रै लण्डनमा कार्यक्रम गरी फर्किएका थिए ।

साभार : onlinekhabar

Tuesday, 9 April 2013

नेपाली नायिका कोसँग नजिक ?

दीपाश्रीदेखि केकीसम्मका साथी को-को ?
नेपाली सिनेमा क्षेत्रमा साथी कमाउन जति गाह्रो छ, त्योभन्दा धेरै सजिलो छ दुश्मन कमाउन । कलाकार-कलाकारवीच दुश्मनीको कथा सधैंजसो सञ्चारमाध्यमको प्रमुख समाचार बन्ने गर्दछन् । विशेषगरी एउटै पेशामा हुने प्रतिस्पर्धाले कलाकारवीच दुश्मनी बढेको देखिन्छ । यसैले पनि भनिन्छ, सिनेमा क्षेत्रमा को कतिबेला साथी र दुश्मन बन्छन्, पत्तै हुँदैन ।
भनिन्छ, साथी बनाउने मामिलामा पुरुषभन्दा महिलाहरु बढी संवेदनशील हुन्छन् । स्कुल कलेजका विद्यार्थी, गृहणी वा कुनै पेशा व्यवसायमा संलग्न महिलाहरुसँग कुनै न कुनै ‘क्लोज’ साथी रहेकै हुन्छन् । कोमल नारी संवेदनाको धनी भएका कारण सिने क्षेत्रमा काम गर्ने नायिकाहरुका पनि त्यस्तै भित्री साथी नहुने कुरै भएन ।
नेपाली सिनेमा क्षेत्रमा नायिकावीचको आपसी प्रतिश्पर्धाले गर्दा पनि यहाँ धेरैले दुश्मन कमाएका हुन सक्छन् । भेट्दा मुसुक्क हाँसे पनि धेरै नायिकावीच भित्री सम्बन्ध सुमधुर छैन । तर, थोरै नायिकाले भने आपसमा सुमधुर सम्बन्ध राख्ने गरेको पाइन्छ । केही नायिकाहरुका मन मिल्ने साथी नायिका नै भएका सीमित उदाहरण भेटिने गरेका छन् । यहाँ त्यस्तै नायिकाहरुको जोडीबारे चर्चा गरिएको छ :
ज्यान दिन तयार हुने नीता र अनु

Sunday, 31 March 2013

एउटै फूलका लागि एक लाख खर्च


flora
फूलमा माहुरी र भवँरा मात्रै होइन, मानिसहरुको पनि विशेष आकर्षण छ भन्ने पछिल्लो प्रमाण बनेको छ, भृकुटीमण्डपमा जारी पुष्प मेला । भनिन्छ, फूलमा महिलाहरुको विशेष आकर्षण हुने गर्छ । तर, विहीबारदेखि राजधानीमा शुरु भएको पुष्प मेलामा भने पुरुषहरुको समेत विशेष आकर्षण देखिएको छ । अझै रोचक त एउटै प्लान्टलाई एकलाख रुपैयाँसम्म तिर्ने ग्राहकसमेत भेटिएका छन् ।
‘रंगी-विरंगी फूलहरुले घर, होटल तथा अफिस सजाउने संस्कृति नेपालीहरुमा बढ्दै गएको छ’ नेपाल फ्लोरिकल्चर एशोसियसन (फ्यान) का कार्यक्रम संयोजक जेवी तामाङले भन्नुभयो- ‘पछिल्लो समय नेपालीहरुले विभिन्न प्रजातिका फूलहरुमा लाखौं रुपैयाँ खर्च गर्न थालेका छन् ।’
नेपालमा फूल प्रेमीहरुको संख्या हृवात्तै बढेको पुष्प व्यवसायीहरु बताउँछन् । उनीहरुले फूलमा ठूलो रकम समेत खर्चिने गरेका छन् । फूलका सौखिनहरुले एउटै शो-प्लान्टलाई १ लाख रुपैयाँभन्दा बढी रकम खर्चिने गरेको पुष्प व्यवसायीहरुको अनुभव रहेको छ । राजधानीको भृकुटीमण्डपमा बिहिबारदेखि आयोजना भएको पुष्प मेलामा विगतको तुलनामा निकै बढी फूलप्रेमीहरु किनमेल तथा अवलोकनका लागि आएको आयोजक ˆयानले जनाएको छ । अहिले भृकुटीमण्डपको प्रर्दशनी हल रंगी-बिरंगी फूलमय भएको छ ।

Wednesday, 27 March 2013

संसारभरि होलीको धुम

holi
भारतीय र नेपाली डायसपोराको विस्तारसँगै संसारभरि परम्परागत सांस्कृतिक पर्व होली पुगेको छ । क्यारिबियाली मुलुकमा फगुवाको नामले होलीलाई परम्परागत ढंगले मनाइन्छ । उन्नाइसौं शताब्दीको अन्त्य र बीसौं शताब्दीको सुरुमा मजदुरी गर्नलाई भारतीयहरू क्यारिबियाली देशहरूमा पुगेका थिए । यो क्रममा गुआना तथा सुरिनाम र टि्रनिडाडजस्तो मुलुकमा ठूलो संख्यामा भारतीयको बसोबास हुन पुग्यो । उनीहरूको चाडपर्व, रीति र परम्परा पनि त्यहाँ स्थापित भयो । विस्तारै फगुवा पनि त्यहाँको महत्त्वपूर्ण पर्व बन्न पुग्यो । बढ्दो लोकपि्रयतासँगै त्यहाँ पनि होलीमा राष्ट्रिय बिदा हुन्छ । गुयानाको कुल जनसंख्यामा ३३ प्रतिशत हिन्दु छन् । त्यहाँ युवायुवतीलाई रंगीन पाउडर र पानीको साथ सहज ढंगले होली खेलेको देख्न सकिन्छ । यो अवसरमा गाउँगाउँमा विशेष समारोहको आयोजना गरी नृत्य, संगीत र सांस्कृतिक उत्सवका साथ होरी मनाइन्छ । होलीको बेला टि्रनिडाड एन्ड टोबागोमा भारत र नेपालकोझैं माहौल हुन्छ । विभिन्न सामाजिक प्रयोजन पूरा गर्न चन्दा संकलनका लागि विदेशी विश्वविद्यालयहरूमा पनि यसको आयोजन हुन्छ । बंगलादेश र पाकिस्तानका अल्पसंख्यक हिन्दुले जोडतोडका साथ होली मनाउँछन् । ठूलो संख्यामा भारतीय हिन्दुहरूको बसोबास भएको मलेसिया, दक्षिण अपि|mका, बेलायत, अमेरिका, मरिसस र फिजीमा पनि यसको धुम हुन्छ । भारतमा भगवान् कृष्णको भूमि मानिने उत्तर प्रदेशको मथुरा, वृन्द्धावन, नन्दगाव, बर्साना लगायत व्रज क्षेत्रको होली त विश्वभरि चर्चित छ । होलीमा यो सबभन्दा ठूलो पर्यटकीय आकर्षणको क्षेत्र पनि हो ।