Showing posts with label स्वास्थ्य. Show all posts
Showing posts with label स्वास्थ्य. Show all posts

Tuesday, 28 May 2013

गर्भावस्थामा मधुमेह - निको हुन्छ तर सावधानी आवश्यक

helthडायबेटिज (मधुमेह) एक किसिमको दीर्घरोग हो। रगतमा चिनीको मात्रा कम गर्ने हर्मोन इन्सुलिनको उत्पादनमा कमी आएर वा प्रभावकारिता कम भएर वा दुवैका कारण मधुमेह हुन सक्छ। सामान्यतः एकपटक मधुमेह देखिएपछि यसलाई नियन्त्रण गर्न सकिन्छ तर पूर्ण रूपले निको बनाउन सकिँदैन। गर्भावस्थामा देखिने मधुमेह
(जेस्टेसनल डायबेटिज) भने शिशुको जन्मसँगै निको हुन्छ। त्यस्ता महिलामा पुनः मधुमेह हुने सम्भावना भने उच्च हुन्छ।
गर्भावस्थामा मधुमेह कहिले पत्ता लाग्यो भन्नेबारे ठूलो मतान्तर छ। सन् १८२३ मा बेरलिन विश्वविद्यालयका एचजी बेनेविचले आफ्नो शोधपत्रमा २२ वर्षीया महिलाको गर्भावस्थामा देखिएको मधुमेहको लक्षणलाई पहिलो उल्लेख गरेका छन्। ती महिलामा धेरै तिर्खा लाग्ने, पिसाब लाग्ने तथा धेरै भोक लाग्ने लक्षण देखिएको थियो। परणिम, उनले १२ पाउन्डको मृत बच्चा जन्माइन्। त्यसबेला रगतमा ग्लुकोजको परीक्षण सम्भव नभए पनि पिसाबमा चिनी मापन गरेर मधुमेह ठहर गरिएको थियो।

Sunday, 12 May 2013

कुकुर पाल्नेलाई मुटुरोगको सम्भावना कम

dog
अमेरिकामा गरिएको एक अध्ययनले कुकर पाल्ने मानिसलाई मुटुरोग लाग्ने सम्भावना कम हुने निश्कर्ष निकालेको छ । हृदयरोग सम्बन्धी अमेरिकाको ठूलो संस्था अमेरिकन हर्ट एसोसिएसनले गरेको अध्ययनले घरेलु जनावर पाल्ने मान्छेहरुमा मुटुरोगको सम्भावना कम हुने निश्कर्ष निकालेको हो । बिशेषगरी कुकुर पाल्ने मानिसहरुमा मुटुरोगको सम्भावना कम हुने बिहीबार सार्वजनिक गरिएको प्रतिवेदनमा भनिएको छ । घरेलु जनावरमध्ये पनि बिशेषतः कुकुर पाल्ने व्यक्तिहरु कुनै न कुनै रुपमा हिड्ने काम परिरहने र ती जनावरको उपस्थितिमा उनीहरुको तनाव पनि कम हुने भएकाले रोगको सम्भावना कम हुने अध्ययनको निश्कर्ष छ । एसोसिएसनले डा. ज्लेन एन लेभिन प्रमुख रहने गरी अध्ययन टोली गठन गरेको थियो । अवलोकन विधिबाट गरिएको अध्ययनमा बढी स्वस्थ मानिसहरुले यस्ता घरेलु जनावर राख्ने गरेको समेत भेटिएको छ । 'घरेलु जनावर पाल्दैमा मुटुरोग कम हुने होइन्', टोली प्रमुख डा. लेभिनले भनेका छन्,'तर, घरेलु जनावर राख्दा मानसिक, सामाजिक र शारिरीक कारणले गर्दा मुटुरोग लाग्ने सम्भावना कम हुन्छ ।' तथ्यांक अनुसार अमेरिकीहरुले ७ करोड कुकुर र त्यो भन्दा बढी बिरालो घरेलु जनावरको रुपमा पाल्ने गरेका छन् ।

धूमपानले ठूलो आन्द्राको क्यान्सर

smokeनयाँ अध्ययनअनुसार, धूमपानले महिला र पुरुष दुवैमा ठूलो आन्द्राको क्यान्सरको जोखिम बढाउने गर्छ । धूमपानले हुने बोसे आन्द्राको क्यान्सरको डर पुरुषभन्दा महिलामा बढी हुनेसमेत उक्त अध्ययनले औंल्याएको छ ।
वैज्ञानिक जर्नल 'अमेरिकन एसोसिएसन अफ क्यान्सर रिसर्च' मा उक्त अध्ययन गत साता प्रकाशित भएको हो, जसका मुख्य अनुसन्धानकर्ता नेपाली चिकित्सक डा. रञ्जन पराजुली हुन् । डा. एइवेन्ड बजरकोस, प्रा. ग्राम इगरसमेतको संलग्नतामा गरिएको उक्त अध्ययन डा. पराजुलीले अमेरिकन क्यान्सर सोसाइटीको यसपालिकै वाषिर्क सम्मेलनमा प्रस्तुत गरिसकेका छन् ।

Tuesday, 7 May 2013

घाम ताप्नूस्, स्वस्थ रहनूस्

आँगनभरि छरिएर रहेको शरीरलाई चाहिने पोषण तपाईं टिप्नुहुन्छ ? प्रायः हामी आफूनजिक र वरपिरि छरिएका राम्रा वस्तु/औषधी देख्दैनौँ। तर, जब त्यही वस्तु/औषधी विदेशबाट प्याकेटमा आउँछन्, तब हामी धेरै रकम खर्चेर किन्छौं। हो, त्यस्तै एउटा प्राकृतिक औषधी हो, सूर्यको किरण, जुन दिनको करबि १२ घन्टा हामीसँगै हुन्छ। तर, त्यो औषधी हो भन्ने हामीलाई ज्ञान नै छैन। त्यसैले तुलनात्मक रूपमा अन्यत्रभन्दा बढी घाम लाग्ने गरे पनि हामीलाई भिटामिन 'डी'को कमी भइरहेको हुन्छ। जबकि, भिटामिन 'डी' सूर्यको किरणबाटै पाइन्छ। भिटामिन 'डी' दाँत र हाडका लागि अति जरुरी हुन्छ। यसको कमीले शरीरमा क्याल्सियमको शोषण कम हुन्छ र विभिन्न शारीरकि समस्या निम्तिन सक्छ। भिटामिन 'डी'को कमीले बालबालिकाको हातखुट्टा बाँगिने समस्या 'रिकेट्स' हुन्छ। यसको कमीले विभिन्न किसिमका संक्रामक रोग पनि लाग्न सक्छ। गर्भवती महिलाको शरीरमा भिटामिन 'डी'को कमी हुँदा गर्भको बच्चाको स्वास्थ्यमा नकारात्मक असर पर्छ। भिटामिन 'डी' प्रकृतिमा सजिलैसँग पाइने भए पनि यसबाट निम्तिने समस्याचाहिँ उल्लेख्य छ। भारतको दिल्ली, मुम्बई, चेन्नई र हैदरावादमा २ हजार ५ सय स्त्रीरोग विशेषज्ञमाथि गरएिको एक अनुसन्धानमा ९५ प्रतिशतमा भिटामिन 'डी'को कमी पाइएको थियो। पेसाले चिकित्सक भएकाले उनीहरूको व्यस्त जीवन नै यसको कारक थियो। उनीहरू बिहानदेखि बेलुकीसम्मै घर, अफिस र मोटरमा मात्रै बस्ने र घामको सम्पर्कमा आउनै नपाउने भएकाले यस्तो समस्या आएको अनुसन्धानले देखाएको छ।

Monday, 22 April 2013

अन्डाको सेतो भागले रक्तचाप घटाउँछ

health egg
अन्डाको सेतो भाग बडो गुणकारी हुन्छ । यसमा रक्तचाप घटाउने क्षमता हुन्छ । साथै यसको कुनै नकारात्मक प्रभाव पनि पर्दैन ।
अनुसन्धान अनुसार, अन्डाको सेतो भाग खानाले रक्तचाप कम हुन सक्छ । अमेरिकी वैज्ञानिकको एउटा अध्ययनले यो दृष्टिकोणलाई समर्थन गरेको छ । अन्डाको सेतो भाग ती व्यक्तिहरुबीच पहिलेदेखि नै लोकपि्रय छ, जो कोलेस्ट्रोल बढी हुने कारणले पहेँलो भाग खान चाहँदैनन् । अध्ययन प्रतिवेदनमा भनिएको छ, 'अब के पनि पत्ता लागेको छ भने अन्डाका सेतो भाग मात्र खाने गरेर रक्तचाप कम गर्न सकिन्छ । यसमा त्यो क्षमता हुन्छ ।' वैज्ञानिकको यो अध्ययन अमेरिकी केमिकल सोसाइटीको २४५ औं राष्ट्रिय बैठक र प्रदर्शनीमा प्रस्तुत गरिएको हो ।  
अध्ययन अनुसार, अन्डाको सेतो भागमा भएको अवयव 'पेप्टाइड' हुन्छ । यो प्रोटिन निर्माणको प्रमुख तत्त्व हो । यसैले रक्तचापलाई कम गराउँछ । यो 'क्याप्टोप्रिल' (रक्तचापको औषधि) को एक मात्राजति नै प्रभावकारी हुन्छ ।

Sunday, 21 April 2013

खुट्टा हल्लाउनु हानिकारक

चुपचाप बसिरहेको बेला वा कसैसँग कुरा गरिरहेको बेला तपाइर्ंले खुट्टा हल्लाउने गर्नुभएको छ ? सामान्यतः यस्तो गर्ने बानी सबैजसोका हुन्छ । यसलाई बानीबेहाराकै एउटा अंग पनि मान्ने गरिन्छ । तर विशेषज्ञहरू यसलाई बिरामीको संकेत मान्ने गरेका छन् । विशेषज्ञहरूले केसम्म भनेका छन् भने खुट्टा हल्लाउने बानी भएकाहरूलाई हृदयाघात हुने खतरा बढी हुन्छ । अनुसन्धानअनुसार खुट्टा हल्लाउने समस्याले पीडित व्यक्तिमा हृदयाघात हुने जोखिम दोब्बर बढ्छ । चिकित्सा विज्ञानमा खुट्टा हल्लाउने बानीलाई 'रेस्टलेस लेग सिन्ड्रोम' भनिन्छ । खुट्टा हल्लाउने बानी प्रत्यक्ष रूपमा निद्रा कम लाग्ने समस्यासँग समेत जोडिएको अनुसन्धानमा उल्लेख छ । हार्वर्ड मेडिकल स्कुल, बोस्टनका प्रमुख अनुसन्धानकर्ता डा.जोन डब्लू विकलम्यान भन्छन्, 'खुट्टा हल्लाउने बानीले पीडित व्यक्तिहरूमा हृदयाघातको खतरा दुई गुणाले बढ्ने गर्छ ।

Tuesday, 16 April 2013

अब मिर्गौला, मुटु, रक्तचाप, मानसिक रोगका औषधि पनि निःशुल्क

तपाईमा रक्तचाप छ तर त्यस विरुद्धको औषधि किन्न पैसा छैन भने चिन्ता नगर्नुहोस् ! स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अब नसर्ने रोगहरू मिर्गौला, मुटु, रक्तचाप, मानसिक जस्ता रोगहरूको औषधि पनि निःशुल्क रूपमा वितरण गर्ने तयारी गरिरहेको छ ।
यसका लागि मन्त्रालयले आन्तरिक तयारी पूरा गरी आवश्यक बजेटका लागि अर्थ मन्त्रालयसँग पत्राचार गरेको छ । अर्थमन्त्रालयको स्वीकृतिपछि मन्त्रालयले निःशुल्क वितरण गरिने ती रोगका औषधिको वितरणसम्बन्धी नयाँ कार्यविधि मन्त्रिपरिषद्समक्ष प्रस्तुत गर्ने छ । मन्त्रालयका उच्च स्रोतका अनुसार नयाँ आर्थिक वर्षदेखि औषधि वितरणको कार्यसुरु गर्न मन्त्रालयले आन्तरिक तयारी गरिरहेको छ ।
मन्त्रालयअन्तर्गतको प्राथमिक स्वास्थ्य सेवा पुनर्जागरण महाशाखाका प्रमुख प्राडा आनन्दकुमार श्रेष्ठले भने, “सर्ने भन्दा नसर्ने रोग दिन प्रतिदिन बढिरहेको छ, यसलाई समयमै सम्बोधन गर्न नसर्ने रोगविरुद्धका औषधि निःशुल्क वितरणको तयारी गरिएको हो ।”

Thursday, 11 April 2013

एक चौथाइ वयस्क उच्च रक्तचापको समस्याले पीडित

VIDEO: Dogs' sense of smell helps patients monitor blood pressure, diabetes, epilepsy.नेपालको वयस्क जनसंख्यामध्ये एक चौथाइ 'हाइपरटेन्सन' अर्थात् उच्च रक्तचापको समस्याले पीडित छ । त्यस्ता पीडितमा ग्रामीण क्षेत्रको दाँजोमा सहरका बासिन्दाको संख्या बढी छ ।
यो समस्याले मुटु, मृगौला, मस्तिष्क र आँखा सबैभन्दा बढी प्रभावित हुन्छ । स्ट्रोकले हुने मृत्युमा भने करिब ५७ प्रतिशत केस उच्च रक्तचापको हुन्छ । 'हाम्रो मुलुकको १८ वर्षमाथिको २० देखि २५ प्रतिशत जनसंख्या उच्च रक्तचापले पीडित छ,' सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रका निर्देशक एवं वरिष्ठ मुटु रोग विशेषज्ञ डा. मनबहादुर केसी भन्छन्, 'उच्च रक्तचापको ९० प्रतिशत केस थाहा पाउन सकिँदैन । यसैले वयस्कले वर्षमा कम्तीमा एकपटक पे्रसर जचाउनुपर्छ ।' १४०/९० भन्दा तलको रक्तचापलाई सामान्य नै मानिन्छ । उच्च रक्तचापका कारण मुटुले अतिरिक्त कडा परिश्रम गर्नुपर्छ । उक्त रक्तचापले गर्दा धमनी क्षतिग्रस्त हुन सक्छ । यो समस्याले विस्तारै विस्तारै मुटुको मांसपेसी कमजोर पार्छ । यसले गर्दा मुटुलाई अक्सिजनसमेत बढी चाहिन्छ ।

Tuesday, 9 April 2013

प्रेसर जँचाउनु भयो ?

A doctor checking a patients blood pressure.बदलिँदो सहरिया जीवनशैली, अनियमित दिनचर्याले उच्च रक्तचापको समस्या बढ्दो छ । चिकित्सकहरूका अनुसार बढी धूमपान-मद्यपान, व्यायाम नगर्नु, तनाव, गलत खानपान र असंयमित रहनसहन यसको प्रमुख कारण हो ।
'सहरी क्षेत्रमा जंक फुडको बढी सेवन र व्यायामको कमी, तनाव, धूमपान, मद्यपानले उच्च रक्तचापलाई बढाइरहेको छ,' सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रका निर्देशक वरिष्ठ मुटुरोग विशेषज्ञ डा. मनबहादुर केसीले भने, 'खानपान र जीवनशैलीमा सकारात्मक परिवर्तन गरेर उच्च रक्तचापको समस्याबाट धेरै हदसम्म बँच्न सकिन्छ ।' विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले समेत उच्च रक्तचापको समस्या वृद्घि हुनुमा अन्य कारक तत्त्वबाहेक तीव्र सहरीकरण, आधुनिक सहरी जीवनशैली, कृषिमा आधारित जीवनशैलीबाट ज्यालादारीमा काम गरेर जीवन बिताउने प्रक्रिया बढी सहयोगी रहेको जनाएको छ । डब्लूएचओ, दक्षिण-पूर्व एसियाका क्षेत्रीय निर्देशक डा. सामली प्लेइनवाङचाङले भने, 'प्रत्येक व्यक्तिलाई स्वस्थकर जीवनशैली, सन्तुलित आहार, खानामा नुनको कम उपयोग, नियमित व्यायाम, मद्यपदार्थको अस्वस्थकर उपयोग नगरेर, तमाखुको उपयोग छाडेर र नियमित रक्तचाप जाँचेर उच्च रक्तचापबाट बँच्न सकिन्छ ।' सहरी बासिन्दाले स्वस्थकर खानपानको बानी बसाउनुपर्ने औंल्याउँदै नेपाल हृदयरोग प्रतिष्ठानका अध्यक्ष एवं वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीले भने, 'स्वस्थकर खानपानसँगै, तनावबाट मुक्ति, शारीरिक क्रियाकलापमा वृद्घि र धूमपान एवं मद्यपान त्यागेर उच्च रक्तचापबाट जोगिन सकिन्छ ।' हाल

Thursday, 28 March 2013

क्षयरोग बिशेष


क्षयरोगके तपाईंलाई दुई साताभन्दा बढी समयदेखि खोकी लागिरहेको छ ? मुख्यतः साँझपख ज्वरो आउँछ ? राति पसिना आउनुका साथै छाती दुख्छ ? खाना रुच्दैन ? शरीरको तौल कम भएको छ ? खकारमा रगत देखिएको छ ? छ भने चिकित्सककहाँ पुगिहाल्नुस् । यो फोक्सोमा क्षयरोग लागेको लक्षण हुन सक्छ ।
राष्ट्रिय क्षयरोग केन्द्रका अनुसार, हाम्रो मुलुकमा करिब ८० हजार क्षयरोग ी भएको अनुमान गरिएको छ । वर्षेनी पाच हजारदेखि सात हजारजनासम्मको मृत्यु यही रोगका कारण हुन्छ । वर्षेनि ४५ हजार नयाँ क्षयरोग ी थपिने गरेका छन् ।
क्षयरोग भन्नासाथ मुख्यतः फोक्सोको संक्रमण ठानिन्छ । माइक्रोब्याक्टेरियम ट्युबरकुलोसिस नामक जीवाणुले गर्दा क्षयरोग हुन्छ । यो ब्याक्टेरियाले मुख्यतः फोक्सोमै आक्रमण गर्छ । छाती रोग विशेषज्ञ डा. रमेश चोखानीका अनुसार, करिब ९७ प्रतिशत क्षयरोग फोक्सोमै हुने गरे पनि यो ब्याक्टेरियाले मस्तिष्क, आन्द्रा, मृगौला, हाड, जोर्नी लगायत कुनै पनि अंगमा आक्रमण गरेर त्यसलाई संक्रमित पार्न सक्छ ।
' क्षयरोग नियमित उपचारले पूरै निको हुन्छ,' क्षयरोग केन्द्रका निर्देशक डा. राजेन्द्र पन्त भन्छन्, 'मुलुकभरिका ४ हजार १ सय डट्स केन्द्रमा यो रोगको निःशुल्क औषधि र परीक्षण सेवा उपलब्ध छ ।'

Wednesday, 27 March 2013

सधैं एकै समय उठौं

राति राम्ररी सुत्न नपाएकाहरूले बिहान ढिलोसम्म सुत्न अलार्म घडीको स्नुज बटन थिच्नुपर्ने स्थिति आउनुले सम्बन्धित व्यक्तिलाई झन समस्यामा पार्न सक्छ । लाफ वोर्फ विश्वविद्यालयमा दुई वर्षसम्म गरिएको उक्त अनुसन्धान अनुसार, यो अभ्यासले शरीरको प्राकृतिक घडीको नैसर्गिक लयलाई बिगार्छ र समस्या बढाउँछ । एक हजारभन्दा बढी व्यक्तिमा गरिएको अनुसन्धान अनुसार, अलिकति पनि सुत्न नसक्ने अनिद्राका रोगीहरूले बिहानभरि निद्रा कुर्नुको साटो एउटै समयमा उठ्नु राम्रो हुन्छ । थप केही घन्टा सुत्नका लागि ओछ्यानमा ओल्टेकोल्टे फेरिरहनुको सट्टा दिनहँु बिहान एउटै समयमा उठ्ने गर्नुपर्छ । अध्ययन अनुसार, अनिद्राले ग्रस्त व्यक्तिहरू आफ्ना सामान्य सहकर्मीहरूको तुलनामा काम गर्न १० प्रतिशत कम सक्षम हुन्छन् ।