अध्यक्षता नेपाली समाज निर्वाचन समितिका संयोजक गोपाल कंडेलले गर्नु भएको थियो । विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, समाजसेवी, बुद्धिजीवि, आजीवन सदस्य र पत्रकारहरु अतिथि रहेको निर्वाचन भेलालाई उत्तम अधिकारीले संचालन गरेका थिए । अन्त्यमा वरिष्ठ समाजसेवी चन्द्र प्रसाद सापकोटा, पूर्वअध्यक्ष कृष्ण ढकाल लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले नवनिर्वाचित सबै पदाधिकारीहरुलाई शुभकामना दिएका थिए । राजु गुरुङले सम्पूर्ण संघ संस्थाहरु र उपस्थित सबैलाई धन्यबाद दिएका थिए । त्यस्तैगरी गोपाल कंडेलले निर्वाचनको लागि सहयोग पुर्याउने सम्पूर्ण सहयोगीहरुलाई धन्यबाद दिदै नेपाली समाज निर्वाचन समिति विगठन भएको घोषणा समेत गरेका थिए ।
दुई चरणमा बिभाजित गरिएको निर्वाचन भेलामा पहिलो चरण औपचारिक भेलाको अध्यक्षता नेपाली समाज तदर्थ समितिका अध्यक्ष राजु गुरुङले गर्नु भएको थियो भने संचालन भरत राना मगरले गर्नुभएको थियो । विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, समाजसेवी, बुद्धिजीवि, आजीवन सदस्य र पत्रकारहरु अतिथि रहेको निर्वाचन भेलालाई उत्तम अधिकारीले संचालन गरेका थिए । जम्मा ८ वटा संघ संस्थाहरुले मात्र पार्षद पठाएको थियो भने ६२ जना आजीवन सदस्यहरु रहेका छन् ।
साभार : अनलाइन खबर
No comments:
Post a Comment