यस्ता व्यक्तिले निदाउनुभन्दा पहिले दुई सयदेखि तीन सयपटकसम्म खुट्टा हल्लाइसकेका हुन्छन् । खुट्टा हल्लाउनाले रक्तचाप र मुटुको चाल बढ्छ । पछि गएर यो मुटुको रोगको सबैभन्दा ठूलो कारकसमेत बन्छ । अनुसन्धानकर्ताले यो नतिजा ३ हजार ४ सय व्यक्तिमा अध्ययन गरेर निकालेका हुन् । अध्ययनमा सामेल व्यक्तिहरूको औसत उमेर ६८ वर्ष थियो । तिनको खुट्टा हल्लाउने समस्या र मुटु रोगबीच तुलनात्मक अध्ययन गरियो । सात प्रतिशत महिला र तीन प्रतिशत पुरुषमा खुट्टा हल्लाउने समस्या र मुटु रोगको प्रत्यक्ष सम्बन्ध रहेको पाइयो । यति मात्र नभई, खुट्टा हल्लाउने बानी पनि भएका र बढी उमेर, बढी तौल, उच्च रक्तचाप र धूमपानको अम्मल पनि भएका व्यक्तिहरूमा हृदयाघातको जोखिम झन् बढी हुने गरेको पाइयो ।
Sunday, 21 April 2013
खुट्टा हल्लाउनु हानिकारक
Labels:
स्वास्थ्य
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment