२८ जुन, २०१३ - पर्बत सेवा समाज युएई द्वारा आयोजित युएईमा रहेका विभिन्न संघ संस्था संगको परिचयात्मक कार्येक्रम बरदुबई स्थित एभरेस्ट होटेल मा येही शुक्रबार २८ जुन २०१३ का दिन भव्यताका साथ सम्पन्न भएको छ ! उक्त कार्येक्रमको सभापतित्व यसै पर्बत सेवा समाज युएईका अध्यक्ष्य श्री मणि प्रसाद भुर्तेल ले गर्नु भएको थियो भने प्रमुख अतिथिमा नेपाली समाजका भूपू अध्यक्ष्य यम तमु रहनु भएको थियो र कार्येक्रमको संचालन महासचिब पुरुस्वोत्तम सुबेदी ले गर्नु भएको थियो ! कार्येक्रमको सुरुवात अतिथिहरुको आसन ग्रहण को साथै ब्याज वितरण गरेर गरिएको थियो भने कार्येक्रमको स्वागत मन्तब्य श्रीमती बिष्णुमाया सुबेदीले दिनु भएको थियो !
Saturday, 29 June 2013
Tuesday, 25 June 2013
सूर्य किरणको सम्पर्कमा आउनाले दीर्घायु
यो अध्ययन युनिभर्सिटी अफ इडेनबर्गका अनुसन्धानकर्ताहरूले गरेका हुन्, जसअनुसार मानिसको छाला सूर्य किरणको सम्पर्कमा आउँदा रगतमा नाइटि्रक अक्साइन नामक मिश्रण उत्पन्न हुन्छ । यो मिश्रणले रक्तचाप कम गर्न सघाउ पुर्याउँछ । सूर्य किरणको सम्पर्कमा आउनाले सम्पूर्ण स्वास्थ्य राम्रो हुन्छ । किनभने, रक्तचाप नियन्त्रित रहे छालाको क्यान्सर हुने जोखिम कम हुने अध्ययनमा उल्लेख छ । उसो त अब वैज्ञानिकहरू सूर्य प्रकाशको सम्पर्कमा बढी वा कम रहने व्यक्तिहरूको स्वास्थ्यमा कस्तो असर पर्छ भन्ने विषयमा पनि अनुसन्धान गर्ने तरखरमा छन् ।
Monday, 24 June 2013
चिया पिउनुका फाइदै फाइदा,,,,!!!!!
कसैले अलि आवश्यकता भन्दा बढि नै चिया पिउने पनि गर्छन् । आवश्यकता भन्दा बढि चिया पिउँदा त्यसले स्वास्थ्यमा नकारात्मक असर पूराउन सक्छ ।
तर सन्तुलित रुपमा चिया पिउनु स्वास्थ्यका लागि फाइदाजनक नै हुन्छ, जस्तै :
चिनी निकै कम राखेको वा राख्दै नराखेको चिया पिउनु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । दूध र चिनी नमिलाएमा त चिया पूरै क्यालोरी मुक्त नै हुन्छ जसका कारण मोटोपनाको समस्याबाट पिरोलिनु पर्दैन । चियाले सरीरमा पाचन प्रणालीलाई सुदृढ बनाउँछ । वजन घटाउन चाहने तथा मधुमेहका रोगीहरुका लागि गि्रन टी को नियमित सेवन उपयुक्त हुन्छ ।
चिया पिउँदा सरीरमा पानीको कमी पूरा गर्न मद्धत मिल्छ ।
Sunday, 23 June 2013
मोक्तान परिवारको एल्बम एकैचोटी
Thursday, 20 June 2013
यस्तो रहेछ काठमाडौंमा बन्ने २५ तले 'काठमाडौं टावर' (फोटो फिचर)
काठमाडौं महानगरपालिकाले पुरानो बसपार्कमा सुविधा सम्पन्न र प्रविधियुक्त 'काठमाडौं टावर' निर्माण गर्ने प्रक्रिया फेरि अगाडि बढाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाटो खोलेपछि निर्माण प्रक्रिया पुनः सुचारु हुने भएको छ । साढे २३ रोपनी क्षेत्रफल रहेको पुरानो बसपार्कको करिब १० रोपनीमा भवन निर्माण गरिने छ । भुइँतलामा बसपार्क, अन्य माथिल्ला दुई तलामा हलुका सवारी साधनको पार्किङस्थल बनाइने छ । बाँकी जग्गामा सवारी साधन भित्रिने र बाहिरिने ढोकालगायत विभिन्न आधुनिक प्रकारका मनोरञ्जन स्थल बनाइनेछ ।
Sunday, 16 June 2013
पर्वतको माझफाँटमा ट्रक दुर्घटना तीन जना घाइते
पर्वत,३ असार । गृहलक्ष्मी ग्याँस बोकेर पोखराबाट बेनी जाँदैगरेको ग१ख ८४४ नम्वरको ट्रक आइतबार राति साँझ ८.३० बजे पर्वतको माझफाँट–२ लामाखेतमा दुर्घटना भएको छ ।सडकबाट करिव फिट तल कालीगण्डकी किनारमा ट्रक खस्दा त्यसमा सवार तीन जना घाइते भएका छन् । घाइते हुनेहरुमा तुलबहादुर राना, बेलबहादुर राना र केशव गुरुङ रहेका जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । ४ सय ४० वटा भरिएका ग्याँस सहितको ट्रक कालीगण्डकी किनारमा खसेपनि ग्याँसबाट अन्य कुनै दुर्घटना भने हुन नपाएको पर्वत अस्थाई प्रहरी चौकी पर्वत बेनीका इन्चार्ज एवं प्रहरी सहायक निरिक्षक केदारनाथ अधिकारीले बताए ।Wednesday, 12 June 2013
एसएलसीमा सर्वोकृष्ट अंक ल्याउने अशिम
यस बर्षको प्रवेशिका परीक्षामा झापा बिर्तामोडस्थित लिटल फ्लावर्स आवासीय अंग्रेजी माध्यमिक बिद्यालयका विद्यार्थी असीम घिमिरेले सर्बोत्कृष्ट नतिजा ल्याएका छन् । सिम्बलनम्बर ००४४३६५-आइ का घिमिरे ८०० पुर्णाङ्कमा ७५१ नम्बर अर्थात ९३ दशमलव ८७ प्रतिशत नम्बर ल्याएर सर्बोत्कृष्ट दरिएका हुन् । उनले अंग्रेजीमा ९७, नेपालीमा ८५ गणितमा ९९, विज्ञानमा ९८ सामाजिक बिज्ञानमा ८२ स्वास्थ्य र जनसंख्यामा ९३ ऐच्छिकगणितमा ९७ र कम्प्युटरमा १०० नम्बर ल्याएको बिद्यालयका प्रशासन प्रमुख बिज्ञान खड्काले जानकारी दिएका छन् ।
दुई महिनादेखि राजधानीको शान्तिनगरस्थित डिसेन्ट ब्वाइज होस्टलमा बसेर बि्रजकोर्सा गरिरहेका असीमले आफुले ९० प्रतिशत नम्बर कट्ला भनेर सोचे पनि परिणाम त्यसभन्दा राम्रो आउँदा खुसस् लागेको कान्तिपुरलाई टेलिफोनमा बताए ।
एलएलसी प्रथमको दाबी
रेग्मी बने धौलागिरी टपर
पर्वत, जेठ २९ गते । हिजो मंगलबार प्रकाशित प्रवेशिका एसएलसी परीक्षाको नतीजा अनुसार धौलागिरीका पर्वत, म्याग्दी र बागलुङ जिल्लाहरुबाट परीक्षामा सम्मिलित परीक्षार्थीहरुमध्य प्रारम्भिक अनुमान बमोजिम सर्वाधिक अंक प्राप्त गरी पर्वत जिल्लाको सदरमुकाम कुस्मा बजार स्थित आदर्श आवासीय माविका आलोक रेग्मीले ७४० अंक (९२.५ प्रतिशत) ल्याएर धौलागिरी टपर भएको पर्वत जिल्ला शिक्षा कार्यालयले जनाएको छ । जबकि पर्वत जिल्लामा यसबर्ष गत बर्षको तुलनामा १७ प्रतिशतले कम ३६ दशमलब २८ प्रतिशत बिद्यार्थी उर्तिण भएका छन् । यस बर्ष एसएलसी परिक्षामा सामेल भएका नियमित तर्फ १ हजार १ सय ४९ जना बिद्यार्थी उर्तिण भएका छन । उर्तिण बिद्यार्थी मध्ये बिशिष्ठ श्रेणीमा ६५ जना, प्रथम श्रेणीमा ३ सय ६६ जना, द्वितिय श्रेणीमा ६ सय ७४ जना र तृतिय श्रेणीमा जम्मा ४४ जना बिद्यार्थी उर्तिण भएका छन् ।
Thursday, 6 June 2013
पर्बत सेवा समाज युएई को रस अल खैमा क्षत्रीय समिति गठन
पर्बत सेवा समाज युएई रस अल खैमा क्षत्रिय कार्य समितिमा अध्यक्ष्यखगेन्द्र अधिकारी, उपाध्यक्ष्य दिपक तिवारी, सचिब ख्याम
Tuesday, 4 June 2013
धन लाभका लागी राशी अनुसारका रूद्राक्ष...
हिन्दु धर्ममा रूद्राक्षलाई निकै महत्वका साथ हेर्ने गरिन्छ । धार्मिक आस्थाका रूपमा रहेको रूद्राक्षले अलौकिक शक्ति प्रदान गर्ने विश्वास गरिन्छ । यस्तै, रूद्राक्षलाई आयुर्वेदिक औषधीमा समेत निकै उपयोगी हुने गर्छ । महाशिवरात्रीको दिनमा आफ्नो राशि अनुसार धारणीय रूद्राक्ष धारण गरेमा फलिफाप हुने धार्मिक विश्वास पनि रहेको छ । राशी अनुसार रूद्राक्ष प्रयोग गर्नाले धनको लाभ, परिवारमा सुख शान्ति, व्यापारमा बृद्धी हुने विश्वास गरिन्छ । त्यसैले राशि अनुसार रूद्राक्षको प्रयोग गर्नाले धनप्राप्ति हुनुकजो साथै जीवनमा सुख शान्ति पनि आउने विश्वास गरिन्छ ।
थाहा पाऔ कुन राशीका लागी कुन रुद्राक्ष प्रयोग गर्नु उपयुक्त हुन्छ ।
Monday, 3 June 2013
छ दशक अघिको नेपाल ( भिडियोमा )
- छ दशक अघि नेपाल कस्तो थियो होला ? बुवा हजुरबुवाको समय हामी नाती पुस्ताले कसरी थाहा पाउनु ? तरपनी मैले अनुभुती गर्न पाए । संग्राहलयमा झुण्डाईएका फोटोहरु हेरेर हैन, आफ्नै आखाँले भिडियो देखेर । भर्खरै एउटा युट्युव भिडियो हेर्ने मौका मिल्यो । निकै रोचक एवं जानकारी मुलक भिडियो जसमा पुर्वदेखी पश्चिम नेपालसम्मको भौगोलिक अवस्था, मानिसको चालचलन, लवाई खुवाई प्रश्टै अनुभुती गर्न सकिन्छ ।
Subscribe to:
Comments (Atom)


