Wednesday, 18 March 2015

पर्वत सेवा समाज युएईको कार्यकाल २०१५-०१७का पधाधिकारीहरु

१. अध्यक्ष श्री राजेन्द्र अधिकारी
२. प्र.उपाध्यक्ष श्री परशुराम शर्मा
. उपाध्यक्ष श्री बिमल के. सी.
४. उपाध्यक्ष श्री राम प्रसाद लामिछाने
. माहासचिब श्री सरोज जि. सी.
. सचिब श्री कमल लामिछाने
. सह-सचिबश्री राजेन्द्र कार्की
. कोशाध्यक्ष श्री भिम लाल काफ्ले
. सह-कोशाध्यक्ष श्री रुद्र सुबेदी
१०. सदस्य श्रीमति शान्ति काफ्ले
११. सदस्य श्रीमति सरस्वति कार्की
१२. सदस्य श्री लक्ष्मन काफ्ले
१३. सदस्य श्री कृष्ण जोशी
१४. सदस्य श्री बेद्नाथ आचार्य
१५. सदस्य श्री किसन पुलामीमगर
१६ सदस्य श्री कृष्ण तिवारी
१७. सदस्य श्री गंगा सुबेदी
१८. सदस्य श्री गणेश रोका
१९. सदस्य श्री राजु क्षत्री
२०. सदस्य श्री ओम प्रकाश न्यौपाने
२१. सदस्य श्री शेषराज तिमिल्सिना
२२. सदस्य श्रीमती सीता पौडेल
२३. सदस्य श्री हरि लामिछाने
२४सदस्य श्री राजु भुर्तेल

२५.सदस्य श्री रुद्र आचार्य

पर्वत सेवा समाज युएईको अध्यक्षमा राजेन्द्र अधिकारी

पर्वत सेवा समाज युएईको अध्यक्षमा राजेन्द्र अधिकारी
लालबहादुर ढेंगा, दुबई, युएई 

दुबई । युएईस्थित कार्यरत नेपालीहरुकाई आई पर्ने समस्याका समाधान तथा विभिन्न चाड, पर्व र नेपाली संस्कृतिलाई प्रवासमा पनि उजागर गर्ने हेतुले सन् २०१३ मा पर्वतवासीहरुको पहलमा स्थापना गरिएको पर्वत सेवा समाज युएईले महाधिवेशन गरी राजेन्द्र अधिकारीको अध्यक्षतामा ३५ सदस्यीय नयां कार्यसमिति चयन गरेको छ । दुई बर्षे कार्यकाल सफलता पूर्वक पूरा गरेपछि गएको १३ मार्च शुक्रबारका दिन दुबईको ग्राण्ड फोर्चुन होटलमा सो प्रथम महाधिवेशन सम्पन्न भएको हो।

उक्त महाधिवेशनको प्रमुख अतिथिमा पर्वत सेवा समाज युएईका संरक्षक खेम भुर्तेल रहनुभएको थियो भने महाधिवेशनको अध्यक्षता पर्वत सेवा समाज युएईका निवर्तमान अध्यक्ष मणि भुर्तेलले गर्नुभएको थियो । त्यसैगरी बिशेष अतिथिमा सल्लाहकार डियल शर्मा रहनुभएको थियो । अन्य अतिथिहरुमा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, समाजसेवी, व्यवसायी र पत्रकारहरु रहेका थिए।

नेपाली राष्ट्रिय गान लगत्तै प्रमुख अतिथिका साथ अन्य अतिथिहरुको संयुक्त रुपमा दीयो प्रज्योलन गरी थालनी गरिएको कार्यक्रममा तिलक सापकोटाको शुभकामना मन्तव्य रहेको थियो । दुई बर्षभरिको आमदनी र खर्चको लेखा जोखा आर्थिक प्रतिवेदन निवर्तमान कोषाध्यक्ष पर्शुराम शर्माले प्रस्तुत गर्नु भएको थियो।

दुई चरणमा विभाजित गरिएको कार्यक्रमलाई पहिलो चरणको औपचारिक कार्यक्रमलाई सरोज जिसीले संचालन गर्नु भएको थियो भने सांस्कृतिक कार्यक्रमलाई बिक्रम पौडेल र दोस्रो चरणको कार्यक्रमलाई मणि भुर्तेलले संचालन गर्नु भएको हो।

स्थापनाकालदेखि नै समाज सेवामा लागिपरेको र छोटो अवधिमा धेरै उद्धार कार्यहरु गरेको उल्लेखनीय उदारहणहरु पर्वत सेवा समाज युएईको कार्यसूचीमा देख्न सकिन्छ । युएईस्थित संचालनमा रहेको अन्य संघ संस्थाहरुसंग हातेमालो गर्दै चाड पर्वहरु पनि मनाउदै आएका छन् । समाजलाई अझै सशंक्त ढंगले अगाडि लैजानमा कतिवद्ध रहेको भर्खरै मात्र चयन भएका अध्यक्ष राजेन्द्र अधिकारीले जानकारी दिए।

आगामी दुई बर्षे कार्यकालका लागि चयन भएका ३५ सदस्यीय पदाधिकारीहरुको नामावली क्रमशः यस प्रकार रहेको छ । संरक्षकमा खेम भुर्तेल र मणि भुर्तेल, अध्यक्षमा राजेन्द्र अधिकारी, प्रथम उपाध्यक्षमा पर्शुराम शर्मा, उपाध्यक्षमा विमल केसी र रामप्रसाद लामिछाने, कोषाध्यक्षमा भिमलाल काफ्ले, सहकोषाध्यक्षमा रुद्र सुवेदी, महासचिवमा सरोज जिसी, सचिवमा कमल लामिछाने र सहसचिवमा राजेन्द्र कार्की चयन भएका छन्।

त्यसैगरी अन्य सदस्यहरुमा शान्ति काफ्ले, सरस्वती कार्की, लक्ष्मण काफ्ले, कृष्ण जोशी, वेदनाथ आचार्य, किशन पुलामी मगर, कृष्ण तिवारी, गंगा सुवेदी, गणेश रोका, राजु क्षेत्री, ओमप्रकाश न्यौपाने, शेषराज तिमिल्सिना, सीता पौडेल, हरि लामिछाने, राजु भुर्तेल र रुद्र आचार्य रहेका छन् भने सल्लाहकारहरुमा गंगाधर शर्मा, सुदीप काफ्ले, बालकृष्ण अधिकारी, डियल शर्मा, कृष्ण भुसाल, प्रकाश सापकोटा, जगदिश पौडेल र गोपी भुसाललाई चयन गरेका छन्।

सोही अवसरमा पर्वत सेवा समाज युएईको दुबई क्षेत्रीय समितिको पनि नयां कार्यसमिति चयन गरेको छ । जसमा क्रमशः नामावली यस प्रकार रहेको छ । अध्यक्षमा तिलक सापकोटा, उपाध्यक्षमा बिनोद पौडेल, कोषाध्यक्षमा राजु थापा, सहकोषाध्यक्षमा हरिप्रसाद उपाध्याय, सचिवमा बिक्रम पौडेल र सहसचिवमा राजु शर्मा चयन भएका छन् । अन्य सदस्य पदहरुमा प्रेमप्रसाद सापकोटा, शोभाकान्त पौडेल, कृष्ण शर्मा पौडेल, कृष्ण शर्मा, ध्रुवदत्त गौतम, टिकाराम सापकोटा, पदम तिवारी र कमल सापकोटा रहेका छन्।

कार्यक्रमलाई रोचक तथा मनोरञ्जनात्मक बनाउनमा गायक हरि डुम्रे र गोपीकृष्ण पंगेनीको अहम भूमिका रहेको थियो । रंगारंग सांस्कृतिक माहौलमा निर्भिक नारायणको गजल र सरस्वती कार्कीको कविताले अझै सुनमा सुगन्ध थपिदिएको थियो । नयां कार्यसमितिलाई वक्ताहरुले आगामी कार्यकालका लागि शुभकामना समेत दिएका थिए।

Tuesday, 12 August 2014

प.से.स.यु.य.ई. क्षेत्रिय समिति दुबईलाइ हार्दिक बधाई

"पर्बत सेवा समाज यु.ए ई क्षेत्रिय समिति दुबई" द्वारा संचालित अग्नि पिडित श्री दुर्गा प्रसाद न्युपाने ज्यु को लागि राहत संकलन अभियान सफलतापुर्बक  सम्पन्न गरेकोमा केन्द्रिय कमिटि द्वारा मिति २०१४/०८/०८ तारिक का दिन बर दुबई को सिन्ध पन्जाब रेस्टुरेन्ट मा एक समारोह को आयोजना गरि बधाई तथा प्रसंसा पत्र प्रदान गरियो /



Thursday, 7 August 2014

सुनकोसीमा थुनिएको पानीबाट जोखिम अझै कायमै

Kabhre/Augest07 - सुनकोसो नदी थुनिएपछि जमेको पानी अझै घटेको छैन । पानी बिस्तारै बग्न थालेकाले जोखिम दर केही कम देखिएपनि अझै ढुक्क हुन सक्ने अवस्था छैन । सेना, प्रहरी र सशस्त्रको  टोलीले जम्मा भएको पानीको बहाव बढाउने प्रयास गरिरहेका छन ।
'पानी नघटे सम्म ढुक्क हुन सकिने अवस्था छैन' काभ्रे जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक अरुण कुमार बिसीले भने 'पानी कटाउने प्रयासहरु भईरहेका छन ।' सिन्धुपाल्चोकका प्रजिअ गोपाल पराजुलीका अनुसार सेनाले पानीको निकास बढाउन सानो सानो विष्फोट गराएको छ । 'पानीको निकास खोल्न सबै उपायहरु अबलम्बन गरिरहेका छौ' प्रजिअ पराजुलीले भने 'राज्यको सबै शक्ति त्यही काममा लागिरहेको छ ।'
http://www.ekantipur.com/np/2071/4/22/full-story/393622.html

Saturday, 2 November 2013

'तिहार बिसेष धमाका २०१३' सांस्कृतिक कार्यक्रम सम्पन्न

१ नोभेम्बर २०१३, पर्बत सेवा समाज युएई द्वारा आयोजित 'तिहार बिसेष धमाका २०१३, कार्यक्रम बर दुबई स्थित इम्पेरिअल सुइट होटल मा भव्यताका साथ् सम्पन्न भएको छ ! उक्त कार्यक्रममा नेपाल बाट आउनु भएका चर्चित लोक गायक बिमलराज क्षेत्री को बिसेस प्रस्तुति रहेको थियो भने दुबईबासि कलाकारहरुले आफ्नो आफ्नो कला प्रस्तुत गरि दर्सकहरुलाई नचाएर बिदेसमा रहेर पनि आफ्नो कला संस्कृतिलाई बचाउनु पर्छ भन्ने संदेसका साथ मनोरंजन गराउन सफल हुनु भएको थियो उक्त कार्यक्रमको सभापतित्वो यसै पर्बत सेवा समाजका अध्यक्ष्य मणि प्रसाद भुर्तेल ले गर्नु भएको थियो र बिसेस

Saturday, 26 October 2013

मोटोपनाले बढाउँछ पत्थरीको डर

मोटोपनालाई रोगको घर पनि भनिन्छ । मोटोपनले खासगरी मुटु तथा रक्तरोगको खतरा बढाउने बताइन्छ । हृदयाघात, उच्च रक्तचाप, मधुमेह आदि बढि मोटोपनाका कारण हुने समस्या हरु हुन् । तर मोटोपनाका नकारात्मक असर यतिमा मात्र सिमित छैनन् ।
पछिल्लो अध्ययनले मोटोपनाले खासगरी किशोर किशोरीहरुमा पित्तथैलीको पत्थरीको खतरा बढाउने तथ्य समेत पत्ता लगाएको छ । अमेरिकामा गरिएको अध्ययनले सरीर बढि तौल भएका किशोरकिशोरीहरुमा पित्तथैलीको पत्थरीको समस्या बढि भएको देखिएको हो ।
१० देखि १९ वर्ष उमेरका ५ लाख १० हजार बालबालिका तथा किशोरकिशोरीमा यस्तो अध्ययन गरिएको थियो । यसक्रममा सरीरको तौल बढि भएकाहरुमा पत्थरीको समस्या ठीक्क तौल भएकाहरुमा भन्दा दोब्बर बढि पाइयो भने अझ मोटोपनाले सताएकाहरुमा पत्थरीको समस्या झनै उच्च भएको पाइयो ।

Tuesday, 22 October 2013

सासु आमालाई बुहारीले फुरुक्कै पार्ने ९ सुत्र

हाम्रो समाज तथा संस्कारमा सासु आमालाई मिल्नै नसक्ने जात पनि भनिन्छ । परम्परावादी समाजमा धेरै हदसम्म यो लागु पनि हुन्छ । सासुको शक्ति छँदासम्म बुहारीलाई निकै हेप्ने र बुहारीको पालो आएपछि सासुलाई साटो फेर्र्ने चलन हुन्छ । तर घर परिवारलाई सफल, शान्त तथा सुलक्षणयुक्त बनाउन भने सासु बुहारीको सम्बन्ध सुमधुर हुनुपर्छ । यसका लागि सासु र बुहारी दुबैले भूमिका खेल्नर्पर्छ ।
वास्तवमा छोराको बिहे भैसकेपछि जो कोही आमाको मनमा एउटा सन्देह हुन्छ कि छोरा अब बुहारीको भयो, मेरो मतलब गर्दैन, बुहारीकै कुरा सुन्छ । त्यसकारण पनि आमाको छोरा बुहारीप्रति एउटा आशंका वा पर्वाग्रह रहन्छ । यो शास्वत सत्यलाई छोरा बुहारीले मनन गर्दै त्यस्तो आशंका दूर गर्ने र आमालाई भरपूर माया गर्ने गर्नुपर्छ र कुरा बुझाउने प्रयास गर्नुपर्छ । यसमा बुहारीको ठूलो हात हुन्छ । सासुलाई खुसी पार्नका लागि बुहारीहरुले अपनाउनुपर्ने १० काइदा यस्ता छन्