Saturday, 26 October 2013

मोटोपनाले बढाउँछ पत्थरीको डर

मोटोपनालाई रोगको घर पनि भनिन्छ । मोटोपनले खासगरी मुटु तथा रक्तरोगको खतरा बढाउने बताइन्छ । हृदयाघात, उच्च रक्तचाप, मधुमेह आदि बढि मोटोपनाका कारण हुने समस्या हरु हुन् । तर मोटोपनाका नकारात्मक असर यतिमा मात्र सिमित छैनन् ।
पछिल्लो अध्ययनले मोटोपनाले खासगरी किशोर किशोरीहरुमा पित्तथैलीको पत्थरीको खतरा बढाउने तथ्य समेत पत्ता लगाएको छ । अमेरिकामा गरिएको अध्ययनले सरीर बढि तौल भएका किशोरकिशोरीहरुमा पित्तथैलीको पत्थरीको समस्या बढि भएको देखिएको हो ।
१० देखि १९ वर्ष उमेरका ५ लाख १० हजार बालबालिका तथा किशोरकिशोरीमा यस्तो अध्ययन गरिएको थियो । यसक्रममा सरीरको तौल बढि भएकाहरुमा पत्थरीको समस्या ठीक्क तौल भएकाहरुमा भन्दा दोब्बर बढि पाइयो भने अझ मोटोपनाले सताएकाहरुमा पत्थरीको समस्या झनै उच्च भएको पाइयो ।

Tuesday, 22 October 2013

सासु आमालाई बुहारीले फुरुक्कै पार्ने ९ सुत्र

हाम्रो समाज तथा संस्कारमा सासु आमालाई मिल्नै नसक्ने जात पनि भनिन्छ । परम्परावादी समाजमा धेरै हदसम्म यो लागु पनि हुन्छ । सासुको शक्ति छँदासम्म बुहारीलाई निकै हेप्ने र बुहारीको पालो आएपछि सासुलाई साटो फेर्र्ने चलन हुन्छ । तर घर परिवारलाई सफल, शान्त तथा सुलक्षणयुक्त बनाउन भने सासु बुहारीको सम्बन्ध सुमधुर हुनुपर्छ । यसका लागि सासु र बुहारी दुबैले भूमिका खेल्नर्पर्छ ।
वास्तवमा छोराको बिहे भैसकेपछि जो कोही आमाको मनमा एउटा सन्देह हुन्छ कि छोरा अब बुहारीको भयो, मेरो मतलब गर्दैन, बुहारीकै कुरा सुन्छ । त्यसकारण पनि आमाको छोरा बुहारीप्रति एउटा आशंका वा पर्वाग्रह रहन्छ । यो शास्वत सत्यलाई छोरा बुहारीले मनन गर्दै त्यस्तो आशंका दूर गर्ने र आमालाई भरपूर माया गर्ने गर्नुपर्छ र कुरा बुझाउने प्रयास गर्नुपर्छ । यसमा बुहारीको ठूलो हात हुन्छ । सासुलाई खुसी पार्नका लागि बुहारीहरुले अपनाउनुपर्ने १० काइदा यस्ता छन् 

Thursday, 26 September 2013

"मलाइ राजनिति भन्दा समाजसेवामा रुचि छ"

रेखा थापा - नायिका
विगत लामो समय देखि नेपाली रजतपटमा जगमगाएकी नायिका रेखा थापाको नेपाली चलचित्र क्षेत्रमा एउटा विशिष्ट परिचय छ । डेढ सय भन्दा बढी चलचित्रमा भुमिका निर्वाह गरेकी थापाले आफ्नै निर्माणमा ९ वटा चलचित्र निर्माण गरिसकेकी छन्, समसामयिक बिषय संग सम्बन्धित रहेर मुकुन्द ढुंगानाले नायिका रेखा थापासंग गरिएको कुराकानी –
के गर्दै हुनुहुन्छ आजकल ?
आजकल म मेरो नयाँ फिल्म कालीमा व्यस्त छु । काली असोजको २५ गते दर्शकहरुमाझ आउदैछ । रेखा फिल्मसले सधै दशै ताका फिल्म रिलिज गर्दै आएको छ! 
तपाईको जन्मस्थान र बाल्यकालका विषयमा केहि बताइदिनुहोस न् ?
म मोरङमा जन्मिएको हुँ । बाल्यावस्था मेरो मोरङमा नै बित्यो । १५ बर्षको उमेरबाट म काठमाडौ निवासी भए ,कतिखेर काठमाडौको हावापानीले छोयो थाहा नै भएन् । बाल्यकाल सामान्य तरिकाले नै बित्यो । 

Friday, 9 August 2013

पर्बत जिल्ला मा रहेका ५८ गा. बि. स. हरु यस प्रकार छन् !

१. आर्थर डाडाखर्क
२. बाच्छा
३. वाहाकी ठाटी
४. बाजुंग
५. बालाकोट
६. बनौ
७. बास्खर्क
८. बेहुलिबास
९. भंगारा
१०.भोक्सिंग
११.भोर्ले
१२.भूक देउराली
१३.भुक्तान्गले
१४.बिहादी बराचौर
१५.बिहादी रानीपानी
१६.बितालावा पिपल्टारि
१७.चित्रे
१८.चुवा
१९.देउपुरकोट
२०.देउराली
२१.देवीस्थान
२२.धाइरिङ्ग
२३.दुर्लुङ्ग
२४.फलामखानी
२५.फलेबास देवीस्थान
26फलेवास खानिगाउ
२७.होस्रान्ग्दी
२८.हुवाश

Saturday, 20 July 2013

पर्बत सेवा समाज युएई - दूबई को क्षत्रीय समिति गठन कार्यक्रम सम्पन्न

जुलाई १९ , २०१३ 
पर्बत सेवा समाज युएई - दूबई को क्षत्रीय समिति गठन कार्यक्रम येही  शुक्रबार १९ जुलाई २०१३ का दिन बर दुबई स्थित मेट्रो पार्कमा सम्पन्न भएको छ उक्त गठन कार्यक्रमको सभापतित्व यसै पर्बत सेवा समाज युएईका केन्द्रिय अधक्ष्य श्री मणि प्रसाद भुर्तेल ले गर्नु भएको थियो भने पर्मुख अतिथिमा सल्लाहकार श्री कृष्ण भुसाल रहनु भएको थियो यसैगरी अतिथिहरुमा केन्द्रिय समितिका महासचिब पुरुस्वोत्तम सुबेदी, सचिब सरोज जी सी, कोसध्य्क्ष्य परसुराम पौडेल सह-सचिब रेशम श्रेष्ठ, सदस्यहरु राजु तिवारी, किसन पुलामी मगर, राम प्रसाद लामिछाने, बेद्नाथ आचार्य, श्रीमती शान्ति काफ्ले लगाएत को उपस्थिति रहेको उक्त गठन कार्यक्रम मा केन्द्रिय समितिका सदस्य लगाएत नबनिर्बाचित कार्य समितिका सदस्यहरुको साथसाथै उपस्थित सबैमा परिचयात्मक कार्यक्रम गरिएको थियो भने आतिथिहरु बाट यस पर्बत सेवा समाज युएई को लक्ष्य उदेश्य लगाएत का बिसयमा जानकारीका साथै अन्तरक्रिया कार्यक्रम गरेर गठन कार्यक्रम सम्पन्न गरिएको थियो !

Saturday, 29 June 2013

पर्बत सेवा समाज युएई को परिचयात्मक कार्यक्रम सम्पन्न !


२८ जुन, २०१३ - पर्बत सेवा समाज युएई द्वारा आयोजित युएईमा रहेका विभिन्न संघ संस्था संगको परिचयात्मक कार्येक्रम बरदुबई स्थित एभरेस्ट होटेल मा येही शुक्रबार २८ जुन २०१३ का दिन भव्यताका साथ सम्पन्न भएको छ ! उक्त कार्येक्रमको सभापतित्व यसै पर्बत सेवा समाज युएईका अध्यक्ष्य श्री मणि प्रसाद भुर्तेल ले गर्नु भएको थियो भने प्रमुख अतिथिमा नेपाली समाजका भूपू अध्यक्ष्य यम तमु रहनु भएको थियो र कार्येक्रमको संचालन महासचिब पुरुस्वोत्तम सुबेदी ले गर्नु भएको थियो ! कार्येक्रमको सुरुवात  अतिथिहरुको आसन ग्रहण को साथै ब्याज वितरण गरेर गरिएको थियो भने कार्येक्रमको स्वागत मन्तब्य श्रीमती बिष्णुमाया सुबेदीले दिनु भएको थियो !

Tuesday, 25 June 2013

सूर्य किरणको सम्पर्कमा आउनाले दीर्घायु

नियमित रूपमा सूर्य किरणको सम्पर्कमा आउनाले बेफाइदा त नहुने होइन, फाइदाचाहिँ बढी हुन्छ । सनबाथ गर्दा वा अरू किसिमले सूर्य प्रकाशको उपभोग गर्दा हृदयाघातको खतरा कम हुन्छ, रक्तचाप नियन्त्रित रहन्छ र लामो उमेर पाइन्छ ।
यो अध्ययन युनिभर्सिटी अफ इडेनबर्गका अनुसन्धानकर्ताहरूले गरेका हुन्, जसअनुसार मानिसको छाला सूर्य किरणको सम्पर्कमा आउँदा रगतमा नाइटि्रक अक्साइन नामक मिश्रण उत्पन्न हुन्छ । यो मिश्रणले रक्तचाप कम गर्न सघाउ पुर्‍याउँछ । सूर्य किरणको सम्पर्कमा आउनाले सम्पूर्ण स्वास्थ्य राम्रो हुन्छ । किनभने, रक्तचाप नियन्त्रित रहे छालाको क्यान्सर हुने जोखिम कम हुने अध्ययनमा उल्लेख छ । उसो त अब वैज्ञानिकहरू सूर्य प्रकाशको सम्पर्कमा बढी वा कम रहने व्यक्तिहरूको स्वास्थ्यमा कस्तो असर पर्छ भन्ने विषयमा पनि अनुसन्धान गर्ने तरखरमा छन् ।