Thursday, 26 September 2013

"मलाइ राजनिति भन्दा समाजसेवामा रुचि छ"

रेखा थापा - नायिका
विगत लामो समय देखि नेपाली रजतपटमा जगमगाएकी नायिका रेखा थापाको नेपाली चलचित्र क्षेत्रमा एउटा विशिष्ट परिचय छ । डेढ सय भन्दा बढी चलचित्रमा भुमिका निर्वाह गरेकी थापाले आफ्नै निर्माणमा ९ वटा चलचित्र निर्माण गरिसकेकी छन्, समसामयिक बिषय संग सम्बन्धित रहेर मुकुन्द ढुंगानाले नायिका रेखा थापासंग गरिएको कुराकानी –
के गर्दै हुनुहुन्छ आजकल ?
आजकल म मेरो नयाँ फिल्म कालीमा व्यस्त छु । काली असोजको २५ गते दर्शकहरुमाझ आउदैछ । रेखा फिल्मसले सधै दशै ताका फिल्म रिलिज गर्दै आएको छ! 
तपाईको जन्मस्थान र बाल्यकालका विषयमा केहि बताइदिनुहोस न् ?
म मोरङमा जन्मिएको हुँ । बाल्यावस्था मेरो मोरङमा नै बित्यो । १५ बर्षको उमेरबाट म काठमाडौ निवासी भए ,कतिखेर काठमाडौको हावापानीले छोयो थाहा नै भएन् । बाल्यकाल सामान्य तरिकाले नै बित्यो । 

Friday, 9 August 2013

पर्बत जिल्ला मा रहेका ५८ गा. बि. स. हरु यस प्रकार छन् !

१. आर्थर डाडाखर्क
२. बाच्छा
३. वाहाकी ठाटी
४. बाजुंग
५. बालाकोट
६. बनौ
७. बास्खर्क
८. बेहुलिबास
९. भंगारा
१०.भोक्सिंग
११.भोर्ले
१२.भूक देउराली
१३.भुक्तान्गले
१४.बिहादी बराचौर
१५.बिहादी रानीपानी
१६.बितालावा पिपल्टारि
१७.चित्रे
१८.चुवा
१९.देउपुरकोट
२०.देउराली
२१.देवीस्थान
२२.धाइरिङ्ग
२३.दुर्लुङ्ग
२४.फलामखानी
२५.फलेबास देवीस्थान
26फलेवास खानिगाउ
२७.होस्रान्ग्दी
२८.हुवाश

Saturday, 20 July 2013

पर्बत सेवा समाज युएई - दूबई को क्षत्रीय समिति गठन कार्यक्रम सम्पन्न

जुलाई १९ , २०१३ 
पर्बत सेवा समाज युएई - दूबई को क्षत्रीय समिति गठन कार्यक्रम येही  शुक्रबार १९ जुलाई २०१३ का दिन बर दुबई स्थित मेट्रो पार्कमा सम्पन्न भएको छ उक्त गठन कार्यक्रमको सभापतित्व यसै पर्बत सेवा समाज युएईका केन्द्रिय अधक्ष्य श्री मणि प्रसाद भुर्तेल ले गर्नु भएको थियो भने पर्मुख अतिथिमा सल्लाहकार श्री कृष्ण भुसाल रहनु भएको थियो यसैगरी अतिथिहरुमा केन्द्रिय समितिका महासचिब पुरुस्वोत्तम सुबेदी, सचिब सरोज जी सी, कोसध्य्क्ष्य परसुराम पौडेल सह-सचिब रेशम श्रेष्ठ, सदस्यहरु राजु तिवारी, किसन पुलामी मगर, राम प्रसाद लामिछाने, बेद्नाथ आचार्य, श्रीमती शान्ति काफ्ले लगाएत को उपस्थिति रहेको उक्त गठन कार्यक्रम मा केन्द्रिय समितिका सदस्य लगाएत नबनिर्बाचित कार्य समितिका सदस्यहरुको साथसाथै उपस्थित सबैमा परिचयात्मक कार्यक्रम गरिएको थियो भने आतिथिहरु बाट यस पर्बत सेवा समाज युएई को लक्ष्य उदेश्य लगाएत का बिसयमा जानकारीका साथै अन्तरक्रिया कार्यक्रम गरेर गठन कार्यक्रम सम्पन्न गरिएको थियो !

Saturday, 29 June 2013

पर्बत सेवा समाज युएई को परिचयात्मक कार्यक्रम सम्पन्न !


२८ जुन, २०१३ - पर्बत सेवा समाज युएई द्वारा आयोजित युएईमा रहेका विभिन्न संघ संस्था संगको परिचयात्मक कार्येक्रम बरदुबई स्थित एभरेस्ट होटेल मा येही शुक्रबार २८ जुन २०१३ का दिन भव्यताका साथ सम्पन्न भएको छ ! उक्त कार्येक्रमको सभापतित्व यसै पर्बत सेवा समाज युएईका अध्यक्ष्य श्री मणि प्रसाद भुर्तेल ले गर्नु भएको थियो भने प्रमुख अतिथिमा नेपाली समाजका भूपू अध्यक्ष्य यम तमु रहनु भएको थियो र कार्येक्रमको संचालन महासचिब पुरुस्वोत्तम सुबेदी ले गर्नु भएको थियो ! कार्येक्रमको सुरुवात  अतिथिहरुको आसन ग्रहण को साथै ब्याज वितरण गरेर गरिएको थियो भने कार्येक्रमको स्वागत मन्तब्य श्रीमती बिष्णुमाया सुबेदीले दिनु भएको थियो !

Tuesday, 25 June 2013

सूर्य किरणको सम्पर्कमा आउनाले दीर्घायु

नियमित रूपमा सूर्य किरणको सम्पर्कमा आउनाले बेफाइदा त नहुने होइन, फाइदाचाहिँ बढी हुन्छ । सनबाथ गर्दा वा अरू किसिमले सूर्य प्रकाशको उपभोग गर्दा हृदयाघातको खतरा कम हुन्छ, रक्तचाप नियन्त्रित रहन्छ र लामो उमेर पाइन्छ ।
यो अध्ययन युनिभर्सिटी अफ इडेनबर्गका अनुसन्धानकर्ताहरूले गरेका हुन्, जसअनुसार मानिसको छाला सूर्य किरणको सम्पर्कमा आउँदा रगतमा नाइटि्रक अक्साइन नामक मिश्रण उत्पन्न हुन्छ । यो मिश्रणले रक्तचाप कम गर्न सघाउ पुर्‍याउँछ । सूर्य किरणको सम्पर्कमा आउनाले सम्पूर्ण स्वास्थ्य राम्रो हुन्छ । किनभने, रक्तचाप नियन्त्रित रहे छालाको क्यान्सर हुने जोखिम कम हुने अध्ययनमा उल्लेख छ । उसो त अब वैज्ञानिकहरू सूर्य प्रकाशको सम्पर्कमा बढी वा कम रहने व्यक्तिहरूको स्वास्थ्यमा कस्तो असर पर्छ भन्ने विषयमा पनि अनुसन्धान गर्ने तरखरमा छन् ।

Monday, 24 June 2013

चिया पिउनुका फाइदै फाइदा,,,,!!!!!

teaचिया पिउन कसलाई पो मन लाग्दैन र ? साँच्ची चिया पिउने बानी कसैको लागि लत नै बनिसकेको हुन्छ ।
कसैले अलि आवश्यकता भन्दा बढि नै चिया पिउने पनि गर्छन् । आवश्यकता भन्दा बढि चिया पिउँदा त्यसले स्वास्थ्यमा नकारात्मक असर पूराउन सक्छ ।
तर सन्तुलित रुपमा चिया पिउनु स्वास्थ्यका लागि फाइदाजनक नै हुन्छ, जस्तै :
चिनी निकै कम राखेको वा राख्दै नराखेको चिया पिउनु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । दूध र चिनी नमिलाएमा त चिया पूरै क्यालोरी मुक्त नै हुन्छ जसका कारण मोटोपनाको समस्याबाट पिरोलिनु पर्दैन । चियाले सरीरमा पाचन प्रणालीलाई सुदृढ बनाउँछ । वजन घटाउन चाहने तथा मधुमेहका रोगीहरुका लागि गि्रन टी को नियमित सेवन उपयुक्त हुन्छ ।
चिया पिउँदा सरीरमा पानीको कमी पूरा गर्न मद्धत मिल्छ ।

Sunday, 23 June 2013

मोक्तान परिवारको एल्बम एकैचोटी

मोक्तान परिवारको एल्बम एकैचोटीगायिका कुन्ती मोक्तान र छोरीहरु शितल र सुवानी मोक्तानले एक साथ आफ्ना एल्बम सार्वजनिक गरेका छन्। शनिबार राजधानीमा आयोजित कार्यक्रममा गीतकार रत्नशमशेर थापा, राजेन्द्र थापा र शम्भुजित बास्कोटाले संयुक्त रुपमा 'हाम्रो भेट' र 'जुनी जुनीको लागि' विमोचन गरे। एल्बम 'हाम्रो भेट'मा भोला रिजालको शब्द, कुन्तीको स्वर र शिलाबहादुरको संगीत रहेको छ। कुन्तीको यो १३ औं एल्बम हो। 'जुनी जुनीको लागि' एल्बमका गीतहरु शितल र सुवानी आफैंले तयार गरेका हुन्। उनीहरुको यो तेस्रो एल्बम हो।