Tuesday, 28 May 2013

गर्भावस्थामा मधुमेह - निको हुन्छ तर सावधानी आवश्यक

helthडायबेटिज (मधुमेह) एक किसिमको दीर्घरोग हो। रगतमा चिनीको मात्रा कम गर्ने हर्मोन इन्सुलिनको उत्पादनमा कमी आएर वा प्रभावकारिता कम भएर वा दुवैका कारण मधुमेह हुन सक्छ। सामान्यतः एकपटक मधुमेह देखिएपछि यसलाई नियन्त्रण गर्न सकिन्छ तर पूर्ण रूपले निको बनाउन सकिँदैन। गर्भावस्थामा देखिने मधुमेह
(जेस्टेसनल डायबेटिज) भने शिशुको जन्मसँगै निको हुन्छ। त्यस्ता महिलामा पुनः मधुमेह हुने सम्भावना भने उच्च हुन्छ।
गर्भावस्थामा मधुमेह कहिले पत्ता लाग्यो भन्नेबारे ठूलो मतान्तर छ। सन् १८२३ मा बेरलिन विश्वविद्यालयका एचजी बेनेविचले आफ्नो शोधपत्रमा २२ वर्षीया महिलाको गर्भावस्थामा देखिएको मधुमेहको लक्षणलाई पहिलो उल्लेख गरेका छन्। ती महिलामा धेरै तिर्खा लाग्ने, पिसाब लाग्ने तथा धेरै भोक लाग्ने लक्षण देखिएको थियो। परणिम, उनले १२ पाउन्डको मृत बच्चा जन्माइन्। त्यसबेला रगतमा ग्लुकोजको परीक्षण सम्भव नभए पनि पिसाबमा चिनी मापन गरेर मधुमेह ठहर गरिएको थियो।

Sunday, 26 May 2013

आफ्नो सन्तानलाई जंगलमा ज्युँदै छाड्ने (निर्दई आमा)

Mina Pariyarकुनै आमाले आफूले जन्मदिएका सन्तानलाई जंगलमा ज्युँदै छाडेर पर पुरुषको अंगालोमा बाँधिन जान्छन भन्ने तपाईले कल्पना गर्न सक्नुहुन्छ ? तर यस्ता निष्ठुरी आमाहरु पनि हुन्छन जसले परपुरुषलाई खुसी पार्न बच्चालाई अनकण्टार जंगलमा फालेर हिड्न सक्दा रहेछन । चितवनको नारायणगढकी मिना परियार (पौडेल) आफ्नो ११ महिने छोरालाई पर्वतको मुडिकुवा गाविसमा पर्ने सिर्सुवाको जंगलमा छाडेर आफू भने रात विताउन प्रेमीसँग गइन् । प्रहरीले आफन्तको सहयोगमा बच्चा जंगलमा फालेको २० घण्टापछि जीवित उद्धार गरेको छ भने महिलालाई समेत नियन्त्रणमा लिएको छ । बागलुङ जिल्लाको पैञ्युपाटा ५ मा माइतीघरबाट आफ्ना प्रेमीलाई भेट्न पर्वतको फलेबास हिंडेकी मिनाले मंगलबार दिउँसो ४ बजे छोरा भिष्म पौडेललाई झाडी र भिरालो स्थानमा छाडेर हिंडेकी थिइन । मंगलबार दिउँसो शिशुलाई छाडेर फलेबासमा एक पुरुषसँग रात बिताएकी मिनालाई बुधबार दिउँसो सदरमुकाम कुस्माबजारमा एक्लै देखेपछि आफन्त र प्रहरीले बच्चाको खोजी गरेका थिए । खोजी गर्ने क्रममा बोकेको पछ्यौरामा बाँधेर छाडेको अबस्थामा झाडीमा बुधबार दिउँसो २ बजे प्र्रहरी र आफन्तले जिवीतै उद्दार गरेको जिल्ला प्रहरी निरीक्षक बिजयराज पण्डितले बताउनुभयो ।

Wednesday, 22 May 2013

नायिका निशा अधिकारी सगरमाथाको चुचुरोमा

नायिका निशा अधिकारी सगरमाथाको चुचुरोमा
नायिका निशा अधिकारी आज बिहान ८ बजे सगरमाथा चुचुरोमा पुग्न सफल भएकी पर्यटन बोर्डका सम्पर्क अधिकृत सगरमाथा आरोही ज्ञानेन्द्र श्रेष्ठले बताएका छन्। अधिकारी चैत २७ गते काठमाडौंबाट सगरमाथा आरोहणको लागि प्रस्थान गरेकी थिइन्। उनीसँगै १२ जना टोली सगरमाथा आरोहणको लागि गएको थियो। अधिकारी आरोहीको सहयोगीको रुपमा सगरमाथा चुचुरोमा चढेकी हुन्। उनी भोली काठमाडौं आइपुग्ने बताइएको छ। श्रेष्ठका अनुसार यो सिजनमा ६ सय नेपाली सगरमाथा आरोहणका लागि गएका छन् । ती मध्ये हिजोसम्म २ सय जना चुचुरोमा पुगिसकेका छन् बाँकी यो हप्ताभरीमा पुग्न सक्ने उनले बताए। 'अब एक हप्ताभरी जोजो चुचुरोमा पुग्न सफल भए भए,' उनले भने, 'त्यसपछि नसक्नेले यो सिजनमा चढ्न सक्दैनन्। जुन लागेपछि हिउँ पग्लन थाल्छ। चढ्न सकिन्न।' यसैबीच सगरमाथाको चुचुरोमा पुगेर फर्किँदै गर्दा दुई विदेशी आरोहीको मृत्यु भएको छ । सगरमाथाबाट फर्किने क्रममा गएराति उनीहरुको मुत्यु भएको हो। बिना अक्सिन फर्किँदै गर्दा बंगलादेशका मोहम्मद खलिल हुसेन र कोरियाका सुङ हो सियोको सोमबार राति मृत्यु भएको पर्यटन मन्त्रालयले जनाएको छ।

Sunday, 19 May 2013

डिप्रेसनमा प्रार्थना

आस्था र भक्ति सबैलाई काम लाग्ने विषय हो । डिप्रेसनले सिकार व्यक्तिका लागि त झन् अत्यावश्यक हुन्छ । भजनकीर्तन वा प्रार्थना डिप्रेसनले पीडित व्यक्तिको उपचारमा सहयोगी साबित हुन्छ । जर्नल अफ अफेक्टिभ डिजअर्डरमा प्रकाशित एउटा अनुसन्धान प्रतिवेदनमा यस्तै उल्लेख छ । त्यसमा भनिएको छ, 'डिप्रेसनले ग्रस्त व्यक्तिले अरू उपचारसँगै पूजापाठ पनि गर्ने गरे तिनीहरू छिटो निको हुन सक्छन् ।'
हार्वर्ड मेडिकल स्कुलको अनुसन्धानकर्ताहरूका अनुसार, ईश्वरमा आस्था राख्ने व्यक्ति मानसिक रूपले मात्र स्वस्थ रहँदैनन्, डिप्रेसनको उपचारको समय उनीहरूमा राम्रो परिणाम देखिनेसमेत गरेको छ ।
यो अनुसन्धानमा डिप्रेसन भएको १ सय ५९ व्यक्तिलाई एक वर्षसम्म निरीक्षण गरियो । हरेक रोगीलाई ईश्वरमा तिनको आस्था र यसको उपचारमा पर्ने असरबारे १ देखि ५ सम्म अंक दिन भनियो । ईश्वरमा कम आस्था राख्ने व्यक्तिमा उपचारको असर ईश्वरमा आस्था राख्नेको तुलनामा कम देखियो ।
बदाम र ओखरले तौल कम
ड्राइफ्रुटको सेवनले मोटोपना बढ्दैन । बरु तौल कम गर्न सघाउ पुग्छ ।

Monday, 13 May 2013

बिहेमा ३० मिनेट नाचेको ८ करोड लिए साहरुखले

बलिउड नायक साहरुख खान निक्कै महंगा छन् । पाइलै पिच्छे साहरुखको लागि पैसा ओइरिन्छ । हालै मात्र बलिउड बादशाह खानले एक बिहेमा आधा घन्टा मनोरञ्जन दिएवापत ८ करोड लिएको बताइएको छ ।हालै मात्र दुबइमा भएको एक बिवाहा समारोहमा साहरुखले ३० मिनेट नाचेको ८ करोड लिएका छन् । साहरुखलाई यो कार्यक्रममा नाच्नका लागि निम्ता दुबइका एक धनाढ्य परिवारले गरेका हुन् । अहमद हसिम खूरी र मरियम ओथमनले साहरुखलाई ८ करोड वुझाएका हुन् ।
२ बर्ष अघिसम्म साहरुखले कुनै कार्यक्रममा नाचेको ४ करोड लिने गर्दथ्य । तर अहिले उनले आफ्नो पारिश्रमिक बढाएका छन् । साहरुखलाई गतबर्ष २५० वटा कार्यक्रमबाट निम्ता आएको थियो । तर उनले जम्मा १० वटा कार्यक्रममा मात्र भाग लिएका थिए । साहरुख बर्षमा १ अरब भारतिय रुपियाँ यस्तै कार्यक्रममा सहभागी भएर मात्र कमाउने गर्दछन् । साहरुख आफ्ना नजिक र व्यक्तिगत रुपमा चिनेका व्यक्तिहरुको कार्यक्रममा मात्र यसरी सहभागी हुने गर्दछन् । साहरुखलाई ८ करोड वुझाउने अहमद हसिम खूरी रियल इस्टेट र एयरलाइन्सको मालिक हुन् ।

Sunday, 12 May 2013

मौसम आँपको

mango
फलफूलमा अबको मौसम हो आँपको । यसलाई फलको राजा भनिन्छ । शास्त्रमा यसलाई अमृत फल भनिएको छ । आँप काँचो होस् वा पाकेको, दुवैमा औषधीय गुण हुन्छ । आयुर्वेदका अनुसार, आँपका पाँचै अंग अर्थात् बोक्रा, जरा, पात, फल, फूल सबै काममा आउँछन् । पाकेको आँप गुलियो, वीर्यवर्धक, पौष्टिक, वायुनाशक, कान्तिदायक, शीतल, पित्तनाशक हुन्छ । आँपको सेवनले भोक पनि बढ्ने गर्छ । यसले मुटुलाई बलियो बनाउनुको साथै पित्तलाई नियन्त्रणमा ल्याउने काम गर्छ । आँप कफवर्धक पनि मानिन्छ । आँप चाउरी रोक्नसमेत प्रभावकारी मानिन्छ । पाकेको आँपमा प्रोटिन, बोसो, खनिज पदार्थ, कार्बोहाइड्रेट, क्याल्सियम, फोस्फोरस, फलाम, भिटामिन 'ए', 'सी' र 'बी' लगायत पाइन्छ । आँपको मुख्य घटक सर्करा हो, जुन विभिन्न फलमा ११ देखि २० प्रतिशतसम्म हुन्छ । आँपमा पाइने मुख्यतः चिनी त्यसको खानयोग्य खण्डको ६.७८ देखि १६.९९ प्रतिशतसम्म हुन्छ । ग्लुकोज र अन्य सर्करा भने १.५३ देखि ६.१४ प्रतिशतसम्म पाइन्छ । आँपमा टार्टरिक र मेलिक अम्लसमेत पाइन्छ । साइटि्रक अम्ल भने थोरै मात्रामा हुन्छ । यो अम्ललाई मानव शरीरले उपयोग गर्ने गर्छ । यो अम्ल शरीरमा क्षारीय सञ्चय कायम राख्न सहयोगी हुन्छ ।

कुकुर पाल्नेलाई मुटुरोगको सम्भावना कम

dog
अमेरिकामा गरिएको एक अध्ययनले कुकर पाल्ने मानिसलाई मुटुरोग लाग्ने सम्भावना कम हुने निश्कर्ष निकालेको छ । हृदयरोग सम्बन्धी अमेरिकाको ठूलो संस्था अमेरिकन हर्ट एसोसिएसनले गरेको अध्ययनले घरेलु जनावर पाल्ने मान्छेहरुमा मुटुरोगको सम्भावना कम हुने निश्कर्ष निकालेको हो । बिशेषगरी कुकुर पाल्ने मानिसहरुमा मुटुरोगको सम्भावना कम हुने बिहीबार सार्वजनिक गरिएको प्रतिवेदनमा भनिएको छ । घरेलु जनावरमध्ये पनि बिशेषतः कुकुर पाल्ने व्यक्तिहरु कुनै न कुनै रुपमा हिड्ने काम परिरहने र ती जनावरको उपस्थितिमा उनीहरुको तनाव पनि कम हुने भएकाले रोगको सम्भावना कम हुने अध्ययनको निश्कर्ष छ । एसोसिएसनले डा. ज्लेन एन लेभिन प्रमुख रहने गरी अध्ययन टोली गठन गरेको थियो । अवलोकन विधिबाट गरिएको अध्ययनमा बढी स्वस्थ मानिसहरुले यस्ता घरेलु जनावर राख्ने गरेको समेत भेटिएको छ । 'घरेलु जनावर पाल्दैमा मुटुरोग कम हुने होइन्', टोली प्रमुख डा. लेभिनले भनेका छन्,'तर, घरेलु जनावर राख्दा मानसिक, सामाजिक र शारिरीक कारणले गर्दा मुटुरोग लाग्ने सम्भावना कम हुन्छ ।' तथ्यांक अनुसार अमेरिकीहरुले ७ करोड कुकुर र त्यो भन्दा बढी बिरालो घरेलु जनावरको रुपमा पाल्ने गरेका छन् ।