Friday, 12 April 2013

पर्वतमा नयाँ कामको थालनी

जिल्ला पशुसेवा कार्यालय पर्वतका बरिष्ठ पशुविकास अधिकृत डा दीर्घनाथ ढुङ्गानाले उदाहरणीय कामको थालनी गर्नुभएको छ ।
अधिकृत डा ढुङ्गानाले आफ्नै मोबाइबाट जिल्लावासी कृषकहरूका पशुमा हुने रोग र समस्याको बारेमा समस्या समाधान गराउन सेवा सुरु गर्नुभएको हो । सो सुरुवातपछि घरमा पशु बिरामी भएमा वा पशुमा कुनै खालको समस्या छ भने कृषकहरुले घरमै बसीबसी पशुमा भएको समस्यालाई समाधान गर्न सक्ने भएका छन् । जिल्लामा २०० व्यावसायिक कृषकहरू रहेको र प्रायजसो सबै घरधुरीमा नै पशुपालन गरिएको भएता पनि जिल्लाका सबै गाविसहरूमा सेवा केन्द्रहरू नभएको र सबै सेवा केन्द्रमा विशेषज्ञ सेवा दिन नसकिएका कारण कृषकहरूलाई सहजताका लागि मोबाइलबाट नै सेवा सुरु गरिएको डा ढुङ्गानाले बताउनुभयो ।

Thursday, 11 April 2013

एक चौथाइ वयस्क उच्च रक्तचापको समस्याले पीडित

VIDEO: Dogs' sense of smell helps patients monitor blood pressure, diabetes, epilepsy.नेपालको वयस्क जनसंख्यामध्ये एक चौथाइ 'हाइपरटेन्सन' अर्थात् उच्च रक्तचापको समस्याले पीडित छ । त्यस्ता पीडितमा ग्रामीण क्षेत्रको दाँजोमा सहरका बासिन्दाको संख्या बढी छ ।
यो समस्याले मुटु, मृगौला, मस्तिष्क र आँखा सबैभन्दा बढी प्रभावित हुन्छ । स्ट्रोकले हुने मृत्युमा भने करिब ५७ प्रतिशत केस उच्च रक्तचापको हुन्छ । 'हाम्रो मुलुकको १८ वर्षमाथिको २० देखि २५ प्रतिशत जनसंख्या उच्च रक्तचापले पीडित छ,' सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रका निर्देशक एवं वरिष्ठ मुटु रोग विशेषज्ञ डा. मनबहादुर केसी भन्छन्, 'उच्च रक्तचापको ९० प्रतिशत केस थाहा पाउन सकिँदैन । यसैले वयस्कले वर्षमा कम्तीमा एकपटक पे्रसर जचाउनुपर्छ ।' १४०/९० भन्दा तलको रक्तचापलाई सामान्य नै मानिन्छ । उच्च रक्तचापका कारण मुटुले अतिरिक्त कडा परिश्रम गर्नुपर्छ । उक्त रक्तचापले गर्दा धमनी क्षतिग्रस्त हुन सक्छ । यो समस्याले विस्तारै विस्तारै मुटुको मांसपेसी कमजोर पार्छ । यसले गर्दा मुटुलाई अक्सिजनसमेत बढी चाहिन्छ ।

Wednesday, 10 April 2013

रामकृष्ण र मल्लिका युरोप यात्रामा

गायक रामकृष्ण ढकाल र गायिका मल्लिका कार्की दुई महिने युरोप यात्रामा निस्केका छन ।
नयाँ बर्ष २०७० सालको आगमनसँगै युरोपका बिभिन्न मुलुकमा आयोजना हुने कार्यक्रममा भाग लिन उनीहरु आइतवार राती बेल्जियमतर्फ लागेका छन ।
सुगम संगीतमा स्थापित गायक रामकृष्ण ढकाल पछिल्लो समय प्रख्यात भारतीय गायिका लता मंगेशकरसँग गायको युगल गीत ‘बाँचुन्जेलीलाई’ का कारण चर्चामा छन । युरोपका धेरैजसो स्टेज सोमा लताको ठाउँमा मल्लिकाले रामकृष्णलाई साथ दिनेछिन । युट्युवमा पनि पछिल्लो समयमा यो गीत निकै लोकपि्रय भएको छ ।
एल्बम बिक्रि हुन नसकेपछि पछिल्लो समय गायक गायिकाहरु स्टेज कार्यक्रम र डिजिटल बिजनेसबाट चलिरहेका छन । नेपाली श्रमिकहरुको गन्तब्य मुलुकमा रुपमा चिनिने खाडी मुलुक र मलेसियामा पछिल्लो दिनमा सीआरवीटीको राम्रो ब्यापार भइरहेको छ भने नेपाली कलाकारहरुको स्टेज कार्यक्रम पनि बाक्लै हुन थालेका छन् । ढकाल केही महिनाअघि मात्रै लण्डनमा कार्यक्रम गरी फर्किएका थिए ।

साभार : onlinekhabar

Tuesday, 9 April 2013

नेपाली नायिका कोसँग नजिक ?

दीपाश्रीदेखि केकीसम्मका साथी को-को ?
नेपाली सिनेमा क्षेत्रमा साथी कमाउन जति गाह्रो छ, त्योभन्दा धेरै सजिलो छ दुश्मन कमाउन । कलाकार-कलाकारवीच दुश्मनीको कथा सधैंजसो सञ्चारमाध्यमको प्रमुख समाचार बन्ने गर्दछन् । विशेषगरी एउटै पेशामा हुने प्रतिस्पर्धाले कलाकारवीच दुश्मनी बढेको देखिन्छ । यसैले पनि भनिन्छ, सिनेमा क्षेत्रमा को कतिबेला साथी र दुश्मन बन्छन्, पत्तै हुँदैन ।
भनिन्छ, साथी बनाउने मामिलामा पुरुषभन्दा महिलाहरु बढी संवेदनशील हुन्छन् । स्कुल कलेजका विद्यार्थी, गृहणी वा कुनै पेशा व्यवसायमा संलग्न महिलाहरुसँग कुनै न कुनै ‘क्लोज’ साथी रहेकै हुन्छन् । कोमल नारी संवेदनाको धनी भएका कारण सिने क्षेत्रमा काम गर्ने नायिकाहरुका पनि त्यस्तै भित्री साथी नहुने कुरै भएन ।
नेपाली सिनेमा क्षेत्रमा नायिकावीचको आपसी प्रतिश्पर्धाले गर्दा पनि यहाँ धेरैले दुश्मन कमाएका हुन सक्छन् । भेट्दा मुसुक्क हाँसे पनि धेरै नायिकावीच भित्री सम्बन्ध सुमधुर छैन । तर, थोरै नायिकाले भने आपसमा सुमधुर सम्बन्ध राख्ने गरेको पाइन्छ । केही नायिकाहरुका मन मिल्ने साथी नायिका नै भएका सीमित उदाहरण भेटिने गरेका छन् । यहाँ त्यस्तै नायिकाहरुको जोडीबारे चर्चा गरिएको छ :
ज्यान दिन तयार हुने नीता र अनु

प्रेसर जँचाउनु भयो ?

A doctor checking a patients blood pressure.बदलिँदो सहरिया जीवनशैली, अनियमित दिनचर्याले उच्च रक्तचापको समस्या बढ्दो छ । चिकित्सकहरूका अनुसार बढी धूमपान-मद्यपान, व्यायाम नगर्नु, तनाव, गलत खानपान र असंयमित रहनसहन यसको प्रमुख कारण हो ।
'सहरी क्षेत्रमा जंक फुडको बढी सेवन र व्यायामको कमी, तनाव, धूमपान, मद्यपानले उच्च रक्तचापलाई बढाइरहेको छ,' सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रका निर्देशक वरिष्ठ मुटुरोग विशेषज्ञ डा. मनबहादुर केसीले भने, 'खानपान र जीवनशैलीमा सकारात्मक परिवर्तन गरेर उच्च रक्तचापको समस्याबाट धेरै हदसम्म बँच्न सकिन्छ ।' विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले समेत उच्च रक्तचापको समस्या वृद्घि हुनुमा अन्य कारक तत्त्वबाहेक तीव्र सहरीकरण, आधुनिक सहरी जीवनशैली, कृषिमा आधारित जीवनशैलीबाट ज्यालादारीमा काम गरेर जीवन बिताउने प्रक्रिया बढी सहयोगी रहेको जनाएको छ । डब्लूएचओ, दक्षिण-पूर्व एसियाका क्षेत्रीय निर्देशक डा. सामली प्लेइनवाङचाङले भने, 'प्रत्येक व्यक्तिलाई स्वस्थकर जीवनशैली, सन्तुलित आहार, खानामा नुनको कम उपयोग, नियमित व्यायाम, मद्यपदार्थको अस्वस्थकर उपयोग नगरेर, तमाखुको उपयोग छाडेर र नियमित रक्तचाप जाँचेर उच्च रक्तचापबाट बँच्न सकिन्छ ।' सहरी बासिन्दाले स्वस्थकर खानपानको बानी बसाउनुपर्ने औंल्याउँदै नेपाल हृदयरोग प्रतिष्ठानका अध्यक्ष एवं वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीले भने, 'स्वस्थकर खानपानसँगै, तनावबाट मुक्ति, शारीरिक क्रियाकलापमा वृद्घि र धूमपान एवं मद्यपान त्यागेर उच्च रक्तचापबाट जोगिन सकिन्छ ।' हाल

Sunday, 7 April 2013

कम्प्युटरमा भाइरस पसेको कसरी थाहा पाउने ? कसरी बँच्ने ?


हामी अहिले साइबर युद्धको युगमा छौँ । तपाइँलाई थाहै नदिइकन तपाइँको कम्प्युटर भाइरसद्धारा संक्रमित हुनसक्छ र अदृश्य ठाउँबाट कुनै ह्याकरले तपाइँको कम्प्युटर नियन्त्रण गरिरहेको हुनसक्छ । तपाइँको ल्यापटपका डाटाहरु साइबर अपराधीहरुले चोर्ने खतरा पनि हुन्छ ।
त्यसैले आफ्नो पिसिलाई ह्याक हुनबाट वा भाइरसबाट जोगाउन सचेत हुनुपर्छ । कम्प्युटरमा भाइरस घुसेको थाहा पाउने केही लक्षण निम्न छन् :
पिसीको गति निकै स्लो हुन्छ । कम्प्युटरमा धेरै डाटा लोड नहुँदा पनि गति निकै स्लो हुन थाल्छ ।
इन्टरनेट ब्राउजर आफै खुल्ने वा पपअप विन्डो आफै खुल्ने भयो भने पनि भाइरस छिरेको लक्षण हो । ब्राउजर बन्द गर्दा पनि बन्द हुनेबित्तिकै आफै खुल्ने लक्षण पनि भाइरस संक्रमणको हुनसक्छ ।
कम्प्युटरमा सेक्युरिटी विज्ञापन आफै देखिनु, ल्यापटप संक्रमित भएको चेतावनी जारी हुनु तथा सेक्युरिटी सफ्टवेयर डाउनलोड गर्न आफै सूचना पप अप हुन्छ ।
इन्टरनेट खोल्दा आफुले अर्कै बेवसाइट लगअन गरेको बेला अर्कैमा रिडाइरेक्ट हुनु ।

चुरोट खानेले पुरेत्याइँ गर्न नपाउने

1
धर्म, संस्कार र संस्कृति संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने पण्डित, पुरोहित एवं ज्योतिषीहरुले जथाभावी गर्ने गरेको गुनासो बढेपछि उनीहरुको लागि आचारसंहिता तयार भएको छ । शुक्रबार र शनिबार राजधानीमा भएको प्रथम राष्ट्रिय पण्डित महासम्मेलनले आचार संहिता तयार पारेको हो । आचारसंहिता कडाईका साथ लागू गरिने राष्ट्रिय धर्मसभा नेपालका प्रवक्ता एवं संस्कृतिविद डाक्टर वासुदेव कृष्ण शास्त्रीले बताउनुभयो ।
आचारसंहितामा पण्डितहरुको टुपी, शिखा, जनै, निधारमा टीका चन्दन अनिवार्य हुनुपर्ने व्यवस्था गरिएको छ । यस्तै धूमपान र मद्यपान गर्नेलाई पण्डितको मान्यता नदिने उल्लेख छ । यस्तै छोराछोरीलाई धर्म, संस्कृति र संस्कारको शिक्षा दिनुपर्ने व्यवस्था पनि गरिएको छ । पैसा उठाउने मात्रै उदेश्य लिएर गरिने यज्ञ पुराणलाई निरुत्साहित गर्न पनि पण्डितहरु सहमत भएका छन् ।

साभार : Online Khabar